Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • तेलको मूल्य वृद्धिः विद्यार्थीहरूको विरोध
तेलको मूल्य वृद्धिः विद्यार्थीहरूको विरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ६, २०७८
Hardik health
काठमाडौं– सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढाउन थालेपछि सत्ता गठबन्धन दल आवद्ध संयुक्त विद्यार्थी संगठनहरू नै विरोधमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोप्रति उनीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेसबाहेकका अरु चार दलका विद्यार्थी संगठनले शनिबार विज्ञप्ति जारी गरी मूल्यवृद्धि जनताको हितविरुद्ध भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघसहितको मोर्चामा रहेको अन्य चार विद्यार्थी संगठनले विरोध जनाए पनि नेविसंघले भने सहभागिता जनाएको छैन । यसअघि सबैजसो प्रकरणमा संयुक्त रूपमा धारणा सार्वजनिक गर्ने नेविसंघ पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध निकालिएको विज्ञप्तिमा सहभागी नभएको हो । विज्ञप्तिमा सरकारले जनताविरोधी निर्णय गरेको उल्लेख गरिएको छ । ‘जनतालाई राहत दिनेतर्फ नसोची पटकपटक गरिएको मूल्यवृद्धि जनहित विरुद्धमा छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतिर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि देखाएर जनताका दैनिक उपभोग्य समानमा समेत कालोबजारी व्यापक भइरहेको छ । हामी नेपाल सरकार र नेपाल आयल निगमसँग विगतमा संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल कार्यान्वयन गरी पछिल्लो समय गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गर्दछौँ ।’ विज्ञप्तिमा हप्तादिन नबित्दै पेट्रोल, डिजल र मट्टितेलमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात र ढुवानीमा प्रत्यक्ष प्रभाव पारेको उल्लेख गर्दै यसले जनताको दैनिक उपभोग्य वस्तु र सेवामा समेत चरम मूल्यवृद्धि भएको बताइएको छ । त्यस्तै, चार विद्यार्थी संगठनले जनताको प्रत्यक्ष जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा राज्यले विभिन्न परियोजना निर्माणका निम्ति कर थोपर्नाले वास्तविक मूल्यभन्दा जनताले बढी कर तिर्न बाध्य भइरहेको उल्लेख गरेका छन् । उनीहले जनताले तिरेको उक्त करको वास्तविक अर्थमा सही सदुपयोग नभइरहेको आरोप लगाइएको छ । त्यस्तै, आयल नियमभित्रको चुहावट, भ्रष्टाचार, कमिसन दिनानुदिन बढ्दै गइरहेको उल्लेख गर्दै त्यसतर्फ नियन्त्रण गरी जनतालाई राहत दिनेतर्फ नसोची पटकपटक गरिएको मूल्यवृद्धि जनहितविरुद्धमा रहेको उल्लेख गरिएको छ । चार विद्यार्थी संगठनले पछिल्लोसमय बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै पटकपटक पेट्रोलियम पदार्थमा हुनेगरेको मूल्यवृद्धिको दीर्घकालीन समाधान खोज्न आग्रह गरिएको छ ।संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को भने हस्ताक्षर छैन । यसअघि सत्ता गठबन्धन आवद्ध सबै विद्यार्थीले हरेक विषयमा संयुक्त विज्ञप्ति निकाल्ने गरेका थिए । शनिबार जारी गरिएको विज्ञप्तिमा नेविसंघबाहेकका सत्ता गठबन्धनमा आवद्ध विद्यार्थी संगठनको मात्रै हस्ताक्षर छ ।विज्ञप्तिमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, जनता समाजवादीनिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौँका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय शुक्रबार, असोज २४, २०८२
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु शुक्रबार, असोज १०, २०८२
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन शुक्रबार, असोज १०, २०८२
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP