Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • महामारीको चपेटाबीच तातिएको रंगमञ्च
महामारीको चपेटाबीच तातिएको रंगमञ्च
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ३०, २०७८
Binod Paudel.
Hardik health
नेपाली चलचित्र इतिहास त्यति लामो छैन । तर, नेपालको पहिलो चलचित्र कुन हो भन्नेृ विषयमा बेलाबेला विवाद उठ्ने गरेको छ । ‘सत्य हरिशचन्द्र’ र ‘आमा’मध्ये कुन चलचित्र पहिलो हो भन्ने विरोधाभास चलिरहन्छ । यद्यपि, यी दुई चलचित्र निर्माण भएको समयमा अन्य चलचित्र बनेका थिएनन्, जसकारण यी दुईमध्ये एक पहिलो नेपाली चलचित्र हो भन्ने निश्चित नै छ । ‘सत्य हरिशचन्द्र’लाई पहिलो चलचित्र मान्ने हो भने नेपाली चलचित्रको इतिहास ७० वर्ष पुग्छ । यदि ‘आमा’लाई पहिलो चलचित्र मान्ने हो भने एक दशक घट्ने देखिन्छ । कोभिड–१९ महामारीका कारण विश्वको अर्थतन्त्र निकै धराशायी बन्न पुग्यो । नेपालजस्तो विकासोन्मुख मुलुकमा कोभिड–१९ को प्रभाव झन् बढी प¥यो । २०७२ सालको विनासकारी भूकम्पले थिलथिलो बनाएको मुलुकको अर्थतन्त्र विस्तारै माथि उठ्दै गरेको अवस्थामा विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसले पुनः प्रभावित बनायो । कोरोनाको प्रभावपश्चात् मुलुकको अर्थतन्त्र, व्यापार व्यवसाय, उद्योगधन्दा, कलकारखाना विस्तारै माथि उठ्दै गरेको अवस्थामा नेपाली चलचित्र क्षेत्र भने अझै पनि माथि उठ्न सकेको छैन । कोरोनाको पहिलो, दोस्रो, तेस्रो लहरको प्रत्यक्ष प्रभाव चलचित्र क्षेत्रले भोग्नुप¥यो, जुन आजसम्म पनि कायमै रहेको छ । यतिबेला चलचित्रस“ग आबद्ध रहने चलचित्रकर्मीहरू प्रायः बेरोजगार जस्तै छन् । चलचित्र क्षेत्रलाई नै कर्म क्षेत्र बनाएका एकाध निर्माता, निर्देशक, कलाकार, प्राविधिक टोलीबाहेक अन्यको हात खाली छ । यद्यपि, म्युजिक भिडियो बन्ने क्रम भने अहिले बढेको छ । निर्माण सकिएका चलचित्र प्रदर्शनको मिति तय भएका छन् । चलचित्र क्षेत्रमा निस्क्रिय अवस्था सिर्जना हुनुमा कोरोना भाइरसको महामारीलाई कारण मानिन्छ । यद्यपि, अहिले भने केही सक्रिय हुँदै गएको छ । कोरोनाकै कारण पर्दामा देखिने कलाकारले वैकल्पिक मार्ग अपनाउ“दै अर्थोपार्जन गरेका छन् भने पर्दाबाहिरका सिनेकर्मीको अवस्था भने दर्दनाक रहेको देख्न सकिन्छ । हुन त चलचित्र क्षेत्रको यो अवस्था नेपालमा मात्र होइन, विश्वमा नै यस्तै हालत छ । अन्य मुलुकमा भने चलचित्र क्षेत्र विस्तारै उठ्दै छ । तर, नेपालमा भने उठ्नै सकिरहेको छैन । निर्माण भएर बसेका चलचित्रको थुप्रो नै लागिसकेको छ तर प्रदर्शन गर्न कोही निर्माताले अग्रसरता देखाएको पाइ“दैन । पछिल्लो समय नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ लगायतका चलचित्र प्रदर्शनमा आयो । यसले केही सकारात्मक सन्देश प्रवाह गरेको मान्न सकिन्छ । अन्य निर्माता निर्देशकले चलचित्र प्रदर्शन गर्न खोजेता पनि दर्शकको उपस्थिति नभएमा चलचित्रले लगानी उठाउन निकै मुस्किल पर्ने अवस्था आत्तिएका छन् । हलसम्म दर्शक जाने परिपाटी विस्तारै बढ्दै गएको थियो । नेपाली चलचित्रलाई माया गर्ने बानी बस्दै थियो तर कोरोना महामारी बाधक बनिदियो । त्यतिमात्र होइन कोरोनाको प्रभावकै कारण कतिपय हलसमेत बन्द भइसकेका छन् । मुलुकमा पहिलो लकडाउन सुरू हुनुभन्दा अगाडि निर्माण सम्पन्न भएका चलचित्रहरू प्रदर्शन गरी लगानी उठाउन मुस्किल हुने अवस्था छ । अहिले बन्ने चलचित्रका लगानी करोडभन्दा निकै माथिका बजेटमा हुन्छन् । सहजै लगानी सुरक्षित गर्न निकै मुस्किल नेपाली बजार छ । त्यसमाथि नेपाली चलचित्र उद्योगमा भारतीय चलचित्रको दबदबा कायम रहुञ्जेल साधारणतया नेपाली चलचित्रले लगानी उठाउन गाह्रो छ । तसर्थ, भारतीय चलचित्रलाई कम प्राथमिकता दिँदै नेपाली चलचित्रलाई प्रदर्शनमा उच्च प्राथमिकता दिन आवश्यक छ, जसबाट यो उद्योग बचाउन सकिन्छ । नेपाली चलचित्र क्षेत्रमा भारतीय फिल्मको दबदबा कायम छ । नेपाली चलचित्रमा कति प्रभाव पा¥यो भन्ने विषयमा हालसालै प्रदर्शन भएको भारतीय चलचित्र सूर्यवंशीको उदाहरण काफी छ । यसर्थ, नेपाली चलचित्र हेर्ने नेपालीमा बानी बसाल्न जरूरी छ । कोरोनाको त्रासबाट माथि उठाउँदै सुरक्षित वातावरणमा नेपालीपनको चलचित्र प्रदर्शनको खाँचो छ जसबाट लगानी सुरक्षित बनाउन पहल कदमीको खाचो छ । यो त भयो नेपाली चलचित्रमा कोरोना महामारी पछिको बजारको अवस्था, अब यो क्षेत्रलाई चलायमान बनाउन जरुरी देखिन्छ । तर चलचित्र प्रदर्शन नभए पनि नेपाली चलचित्र क्षेत्र विभिन्न बहानामा चलयमान बनिरह्यो । रंंगमञ्च भन्नेबित्तिकै एउटा रमाइलो दुनियाभित्र पर्ने गर्दछ । यो क्षेत्रमा कार्य गर्दा रमाइलो मात्र हुने अनुमान पर्दाबाहिर बसेर गरिन्छ । यो क्षेत्रमा कार्यरत चर्चित व्यक्तिहरूको स–साना विषयले समेत सञ्चारमाध्यममा राम्रो स्थान पाउने गर्दछ । प्रेम, बिछोड, विवाह, सम्बन्ध विच्छेद्जस्ता घटना त यहा“ सामान्यजस्तै भइसकेका छन् । दर्शक श्रोता शुभेच्छुकको माया पाएका कलाकारहरूले जिन्दगीको रमाइलो नै यही हो भन्दै त्यसैको पछि लाग्नेहरूलाई भविष्यमा के होला भन्ने कुराको हेक्का राख्न जरुरी छ । यही रमाइलोभित्र जिन्दगीभर संघर्ष गरेर कमाएको मान, सम्मान, प्रतिष्ठा निमेषभरमै खरानी हुन बेर पनि लाग्दैन । रंगमञ्चमा हुने चर्चा र आलोचनाको घटना नेपालमा मात्र हुने होइन, अन्य मुलुकमा पनि यस्ता घटना हुने गर्दछ । रातारात ‘स्टार’ बनेका सेलिब्रेटीहरू स्टारडम गुमेका उदाहरण हामीले देखेका छौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्र एकाएक तातियो । तातिनुमा कुनै नेपाली चलचित्रले सुपरडुपर हिट भएर, १०० दिन मनाएर भव्य सफलता पाएर भने तातिएको होइन । अभिनेता पल शाहलाई एक नाबालिक गायिकाले आफूमाथि पटक–पटक विभिन्न स्थानमा जबर्जस्ती यौनशोषण गरेको आरोपसहितको उजुरी प्रहरी कार्यालयमा दर्ता गरेस“गै चलचित्र उद्योगमा चर्चा र आलोचना दुवै बढ्दै गएको छ । आरोपित नायक शाह स्वयं प्रहरीमा उपस्थित भएपछि उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानपछिको परिणाम भने प्रतीक्षा गनैपर्छ ।नेपाली चलचित्र क्षेत्रमा यस्तो घटना यो नै पहिलो भने होइन । जबर्जस्ती यौन शोषणका घटनायसअघि पनि बाहिर आइसकेका छन् । दोषीले सजाय पनि पाएका छन् । पीडितलाई क्षतिपूर्ति भराइएको छ भने यस्ता घटनाको सामना गर्न नसक्नाले आत्महत्याजस्ता दुर्घटनासमेत नेपाली चलचित्र क्षेत्रमा भएको सर्वविदितै छ । कुनै समय निर्माता तथा निर्देशक छवि ओझाले श्रीमती शिल्पा पोखरेललाई शारीरीक हिंसा गरेको विषयले पनि चलचित्र क्षेत्र तातिएको थियो । त्यस्तै अर्का निर्देशक तथा निर्माता भुवन केसीविरुद्ध एक नायिकाले आफ्नो इच्छाविपरीत अनैतिक हर्कत देखाएको आरोप लगाएकी थिइन् । अर्का गायक प्रकाश ओझा त जेलसमेत परेका थिए । नायक पलको विषयमा चलचित्रकर्मीहरू यतिबेला दुई कित्तामा विभाजित भएका छन् । चलचित्रकर्मीहरू खुलेरै कोही पीडितका पक्षमा छन् भने कोही आरोपितका पक्षमा उभिएका छन् । घटनाको फैसला आउनु अगाडि नै सञ्चारमाध्यमहरू यहाँ न्यायाधीश बनिसके । कतिपय अनलाइन विद्युतीय सञ्चारमाध्यमहरूले तर्क र वितर्कका कुरा गर्दै छिनोफानोसम्म गर्न भ्याए । तर अहिले विस्तारै यो घटना सेलाउ“दै गएको छ । समग्रमा भन्ने हो भने घटनाको सत्यतथ्य बाहिर ल्याउने जिम्मा प्रहरी र अदालतको हो । तर यस्ता विषयमा बढी बहस गर्नाले पीडितले न्याय नपाउने त्यस्तै आरोपितले उत्मुक्ति पाउनसक्ने खतरा बढ्दै गएको छ । तर त्यस्तो कदापि हुनु हुँदैन । दोषी ठहरे कानुनबमोजिम सजाय भोग्नैपर्छ भने पीडितले न्याय पाउन जरूरी छ । कानुनको नजरमा सबै एक हुन् । त्यसैले यो रंगमञ्चलाई सही सदुपयोग गरौं । दुरूपयोग भयो भने पछिल्लो पुस्ताले यो क्षेत्रलाई पेसागत रूपमा अठोट लिन झन् कठिन बन्ने स्पष्ट हुन्छ ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP