Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • सीमान्तीकरणको चपेटामा हिमाली आदिवासी
सीमान्तीकरणको चपेटामा हिमाली आदिवासी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २७, २०७८
Himali Aadibasi
Hardik health
[caption id="attachment_22358" align="alignleft" width="300"]                                        डाेल्मा शेर्पा[/caption] विविधताले भरिएको नेपाली समाजमा आदिवासी जनजातिहरूको छुट्टै पहिचान छ । आदिवासी जनजातिहरूमा पनि विविधता रहेको पाइन्छ । यस्तो विविधता हिमाली आदिवासी जनजातिमा पनि कायम रहेको छ । नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष चिङछिपा ल्होमीका अनुसार हिमाली क्षेत्रमा करिब १८ वटा जाति रहेका छन् । अरूले हेर्दा एकै किसिमको लागे पनि आफूहरू फरक भएको उनको भनाइ छ । ‘तराईतिरका धिमाल, मेच, राजवंंशी, किसान, उरावलगयतका समुदायलाई एकै हो भन्ने धारणा रहेजस्तै हामी हिमालमा बस्ने बख्खु लगाउनेहरू एकै ठान्छन् । तर हामी एकै होइनौँ । हाम्रो परिचय र पहिचान फरक छ,’ महासंघकी उपाध्यक्ष चिङछिपा ल्होमी भन्छिन् ।हिमाली आदिवासीहरूमा सबैभन्दा धेरै जनसंख्या भएको जाति शेर्पा हो । हिमाली क्षेत्रका आदिवासीहरूमा शेर्पालगायत नेपाल सरकारले सूचीकरण गरेका १८ आदिवासी जनजाति रहेका छन् । पश्चिमी हिमाली क्षेत्रमा बसोबास गर्ने व्याँसी, होस वा डोल्पो, पूर्वी क्षेत्रका तोप्केगोला होस् वा वालुङ सबैको फरक भूभाग, फरक थातथलो रहेको छ । यसरी नै बाह्रगाउँले, भोटे, छैरोतन्, लार्के, ल्होपा, ल्होमी सिंसावा, मार्फाली, मुगाली, सियार, थकाली, ताङ्वे, थुदाम, तीन गाउँले, तोप्केगोला आदि जाति हिमाली क्षेत्रका बासिन्दा हुन् । ‘हिमाली सबै आदिवासीहरूको मातृभाषा मुख्य स्रोत तिब्बती भोटबर्मेली परिवारबाट आएको हो । तर, हाम्रो एक अर्काको भाषाचाहिँ एकदमै फरक छ त्यही भएर पनि हाम्रो एउटा छुट्टै जाति पहिचान हुन गएको छ,’ महासंघकी उपाध्यक्ष ल्होमीले थपिन्, ‘हाम्रो भेषभूषामा पनि बख्खुदेखि गरगहनामा फरक छ । संस्कृतिहरू पनि फरक छन् । विवाह, मृत्युसंस्कार तथा न्वारानमा गरिने संस्कारहरू पनि १८ आदिवासीमा फरक छ ।’ ल्होमी सिंसवाहरू संखुवासभा जिल्लाको हिमाली उच्च भूभागमा बसोबास गर्ने जाति भएको जानकारी दिँदै ल्होमीले आफ्नो जातिको गौरुङ ङोरिम्बा भन्ने परम्परागत प्रथाजन्य संस्था कायम रहेको दाबी गरिन् । उनका अनुसार ल्होमी बहुल क्षेत्रमा वर्षमा एक पटक गौरुङ ङोरिम्बा छान्ने गरिन्छ । यो प्रथाजनित संस्था हो । यस संस्थाले सूचना तथा सामाजिक सुव्यवस्थाको काम गर्ने उनको भनाइ छ ।

‘हामी भोटे हौँ’

हिमाली आदिवासीहरूमा भोटे जाति पनि सूचीकृत रहेको छ । तर, आफ्नो नागरिकतामा गुरुङ तथा कसैकसैको लामा लेखिएकोले भ्रममा परेको नेपाल भोटे जनजाति सेवा समितिका अध्यक्ष गम्भीरसिंह गुरुङको भनाइ छ । ‘भाषा फरक, रीतिरिवाज, संस्कृति तथा ऐतिहासिकताका आधारमा मात्र आदिवासीको सूचीककरण हुन्छ । हिमाली भेगमा बसोबास गर्ने भोटे पनि सूचीकृत भएकाले ५९ आदिवासीमध्येका एक हौ,’ अध्यक्ष गुरुङले भने, ‘हामी गुरुङ लामा, कार्की जे लेखे पनि शुद्ध भोटे नै हो । नागरितामा हामीलाई गुरुङ लेखिदिएको मात्र हो । तर हामी भोटे हौँ।’ उनले नागरिकतामा भोटे जाति लेखिदिन पनि सरकारलाई आग्रह गरे । नेपाल आदिवासी जनजाति महासंघमार्फत् यो विषयमा पटक–पटक सरकारलाई आग्रह गरेको भए पनि प्रक्रिया अगाडि नबढेको उनको दाबी छ ।पशुपालन र व्यापार गर्ने मूल पेसा अपनाएका भोटेहरूको बसोबास अछाम, डोटीलगायतमा रहेको छ । भोटेहरूले बोकटी, कुँवर, कार्की जात लेखेर नागरिकता पाएका छन् । कुनै कालक्रममा भोटे शब्द अपमानित ठानेको भए पनि अहिले आदिवासीमा सूचीकृत भएपछि गौरवको अनूभूति गर्ने गरेको भोटे अगुवाहरूको कथन छ ।

फरक आध्यात्मिक परम्परा

हिमाली आदिवासीहरूमा सियार समुदाय अर्को जाति हो ।गोरखा जिल्लाको चुम उपत्यका उनीहरूको परम्परागत थातथलो हो । चुम उपत्यकालाई नै सियार समुदायको उद्गम थलो मानिन्छ । सियार समुदाय चीनको तिब्बतको सिमानामा बसोबास गर्ने जातिका रूपमा पनि चिन्न सकिन्छ । गोरखा जिल्लाबाट ५० किलोमिटर टाढा पर्ने चुम उपत्यका अति दुर्गम क्षेत्रमा पर्छ । ‘सियार जाति सबैजना बौद्धमार्गी हुन् । यहा“को आफ्नै परम्परा पनि रहेको छ,’ सियार समाज कल्याण केन्द्रका अध्यक्ष निमा लामाले भने, ‘हाम्रो परम्परा र संस्कृति विशेष खालको छ । पानी नपरेको अवस्थामा प्रकृतिको पूजा गरेर पानी पार्ने प्रचलन छ । कुनै बेला पानी धेरै परेको खण्डमा पुजा गरेर मौसम सफा गर्ने तान्त्रिक विधि गाउँघरमा अझै कायमै छ । कोरोना महामारी समयमा पनि हाम्रो गुम्बामा शान्ति पूजा र प्रकृतिक पूजाहरू गरिएको थियो । पूर्वी जिल्ला ताप्लेजुङको उत्तरी भेगमा बसोबास गर्ने वालुङहरू पनि हिमाली आदिवासीहरूमा फरक पहिचान कायम भएको छ । ‘भौगोलिक दृष्टिकोणले पनि वालुङ आदिवासी जनजातिहरू पृथक तरिकाले बसोबास गरिरहेका छौँ,’ वालुङ सेवा समाजका अध्यक्ष सोनाम लामाले भने, ‘जस्तै हाम्रो वालुङ बस्तीमा पनि हामी वालुङबाहेक अरू समुदायको उपस्थिति न्यून छ । हामी कोही नया“ मान्छे आएको खण्डमा उसलाई फरक तरिकाले स्वगत गर्ने गर्छौं ।’ हिमालय पर्वत शृंखलासँगै जीविका चलाइरहेका हिमाली आदिवासी जनजाति नेपालको उत्तरी सीमाको रखवारी गर्दै त्यहाँको प्राकृतिक सम्पदा, विशिष्ट ज्ञान प्रणालीलाई बचाएका छन् । उनीहरूको फरक प्रथा, परम्परा र प्रथाजन्य मान्यताका आधारमा जीविकालाई सहज बनाएका छन् । यी जातिहरूको राज्यमा समावेशीकरण तथा उनीहरूको साँस्कृतिक संरक्षणको पाटोमा भने कम ध्यान दिने गरेको गुनासो छ । आदिवासी भनेर मात्र हुँदैन सीमान्त भूमिमा बस्ने सिमान्तीकरणको चपेटामा बस्ने आदिवासीहरूमा राज्यको उपस्थिति न्यून भएर नै राज्यको सेवाबाट वञ्चित बनेका छन् । (इण्डिजिनियस फिचर सेवा)
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP