
लन्डन– बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड–१९ संक्रमित भएकी छन् । संक्रमणको लक्षण भने ‘हल्का’ रहेको जनाइएको छ । अहिले उनी आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहेकी छन् ।
महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चाल्र्सले फ्रेबुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिन पछि उनी संक्रमित भएको खबर बाहिरिएको हो ।
बकिङहम दरबारले विज्ञप्तिमार्फत उनी संक्रमित भएको पुष्टि गरेको छ । उनले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहेको बुझिएको छ । उनले कोभिड विरुद्धको खोप भने लगाइसकेकी छन्।
– एएफपी