Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनिए ४ हजार १५७ विद्यालय
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनिए ४ हजार १५७ विद्यालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ३, २०७८
IMG_9878
Hardik health
काठमाडौं– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका चार हजार एक सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले देशभरका चार हजार एक सय ५७ विद्यालय छनोट गर्ने निर्णय गरेको हो । उक्त कार्यक्रमअन्तर्गत देशभर नौ सय ७६ वटा चार कोठे र नौ सय ६६ वटा दुई कोठे विद्यालय भवन बन्ने भएका छन् । यस्तै दुई हजार एक सय ६ वटा विद्यालयमा आइसिटी ल्याब व्यवस्थापन, ८८ वटा विद्यालयमा प्राविधिक ल्याब र २१ वटा नयाँ प्राविधिक विद्यालय स्थापना गरिने भएको छ । शिक्षामन्त्री पौडेलका अनुसार चार कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख रूपैयाँ, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि छ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन भएको छ ।शिक्षण सहयोग अनुदानस्वरूप २१ विद्यालयलाई ७० करोड ५९ लाख छ हजार रूपैयाँ, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट भएका १४ विद्यालयका लागि अनुदानस्वरूप ३३ करोड ६० लाख रूपैयाँ र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा ८८ विद्यालयलाई स्तरनोन्नतिका लागि ८८ करोड रूपैयाँ रकम छुट्याइएको छ । चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सात अर्ब ८५ करोड ५१ लाख रूपैयाँ बजेट छुट्याइएको छ । विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रूपैयाँ रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताए ।‘देशभरका विद्यालयको भौतिक संरचना, आइसिटी व्यवस्थापन गर्ने अभियानमा छौं,’ मन्त्री पौडेलले भने, ‘निवेदन दिन बाँकी रहेका पालिकाहरूलाई सम्बोधन गछौं ।’ कार्यक्रममा छनोटका लागि देशभरका सात सय ३७ स्थानीय तहबाट १३ हजार चार सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा सात हजार नौ सय ८६ विद्यालयले भवन निर्माण, चार हजार दुई सय ३५ विद्यालयले आइसिटी ल्याब, एक सय १७ विद्यालयले नयाँ प्राविधिक धार, एक सय ८८ विद्यालयले प्राविधिक ल्याब व्यवस्थापन र नौ सय ४७ विद्यालयले घेराबार तथा खेल मैदानका लागि आवेदन दिएका थिए । कुन प्रदेशलाई कति कार्यक्रमअन्तर्गत प्रदेश १ बाट सबैभन्दा धेरै विद्यालय भवन निर्माणका लागि छनोट भएका छन् । प्रदेशगत वितरणको विवरणअनुसार प्रदेश १ मा एक सय ९८ विद्यालयमा चार कोठे भवन, एक सय ७९ विद्यालयमा दुई कोठे भवन, तीन सय ४९ विद्यालयमा आइसिटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र सात नयाँ प्राविधिक विद्यालय स्थापनाका लागि छनोट भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा एक सय ९५ विद्यालयमा चार कोठे भवन, एक सय ३७ विद्यालयलमा दुई कोठे भवन, दुई सय ८१ विद्यालयमा आइसिटी ल्याब व्यवस्थापन, १८ विद्यालयमा प्राविधिक ल्याब र तीन नयाँ प्राविधिक विद्यालय स्थापनाका लागि छनोट भएका छन् । यस्तै, मधेश प्रदेशमा एक सय ८० विद्यालयमा चार कोठे भवन, एक सय ९७ विद्यालयमा दुई कोठे भवन, दुई सय ३५ विद्यालयमा आइसिटी ल्याब व्यवस्थापन, पाँच विद्यालयमा प्राविधिक ल्याब र चार वटा नयाँ प्राविधिक विद्यालय स्थापनाका लागि छनोट भएका छन् । सुदूरपश्चिम प्रदेशमा एक सय ४१ विद्यालयमा चार कोठे भवन, एक सय ७९ विद्यालयमा दुई कोठे भवन, दुई सय ७० विद्यालयमा आइसिटी व्यवस्थापन, आठ विद्यालयमा प्राविधिक ल्याब र एउटा नयाँ प्राविधिक विद्यालय स्थापनाका लागि छनोट भएका छन् । भूकम्पबाट प्रभावित बागमती प्रदेशका १४ जिल्लामा भवनका लागि बजेट विनियोजन नगरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुरामणि पौडेलले जानकारी दिए । चितवनबाहेकका १४ जिल्लामा र मदरसा, गुरूकुल र भूकम्पपछिको पुनर्निर्माणका क्रममा नबनेका २२ वटा विद्यालयमा चार कोठे भवन, १२ विद्यालयमा दुई कोठे भवन, चार सय ९१ विद्यालयमा आइसिटी ल्याब, १८ विद्यालयमा प्राविधिक ल्याब र चार वटा नयाँ प्राविधिक विद्यालय स्थापनाका लागि छानिएका छन् । यस्तै, गण्डकी प्रदेशमा एक सय ३० विद्यालयमा चार कोठे र एक सय २५ विद्यालयमा दुई कोठे भवन, दुई सय ५५ विद्यालयमा आइसिटी ल्याब, १३ विद्यालयमा प्राविधिक ल्याब निर्माणका लागि छनोट भएका छन् । कर्णालीमा एक सय १० विद्यालयमा चार कोठे भवन, एक सय ३८ विद्यालयमा दुई कोठे भवन, दुई सय २५ विद्यालयमा आइसिटी ल्याब, दुई विद्यालयमा प्राविधिक ल्याब र दुई वटा नयाँ प्राविधिक विद्यालय स्थापना गर्न छनोट भएका छन् ।  
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय शुक्रबार, असोज २४, २०८२
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु शुक्रबार, असोज १०, २०८२
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन शुक्रबार, असोज १०, २०८२
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP