Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • राप्रपालाई वैकल्पिक राजनैतिक दल बन्ने अवसर
राप्रपालाई वैकल्पिक राजनैतिक दल बन्ने अवसर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २, २०७८
Hardik health
यतिबेला मुलुकको राजनीति जटिल मोडमा छ । देशैं असफल पार्ने अभियानमा प्रमुख दलहरू सक्रिय भएको देखिन्छ । प्रमुख दलका नेताहरूको क्रियाकलापले यस्तै अनुभव भइरहेको छ । हामीले नेपाल जोगाउनको लागि आम जनताले नजर लगाएर विचार गर्नुपर्ने अवस्था छ । प्रमुख दलहरू आङ्खनै सत्ता स्वार्थमा मात्र लागिरहेको देखिन्छ । देशको माया उनीहरूलाई रहने छ । कार्यपालिका, न्यायपालिका व्यवस्थापिका यि तिनै निकाय विभिन्न बाहनामा असफल हुँदै गएको देखिन्छ । यसरी हेर्दा अब जनताले विकल्प खोज्नु पर्ने तड्कारो आवश्यकता देखिएको छ । असफल भएका दलहरूलाई हामी आम जनताले तिरस्कृत गर्ने बेला आएको छ । जनता अब अन्धो छैनन् भन्ने प्रमुख दलका नेताहरूले बुझे हुन्छ । जनतालाई झुक्याउने, भ्रम फैलाउनेदेखि बाहेक उनीहरूबाट कुनै काम भएको छैन । यहाँ नेकपा एमाले होस, नेपाली कांग्रेस होस् या नेकपा माओवादी केन्द्रलगायत सबै प्रमुख दलहरूका विचार र सिद्धान्त सत्ताका लागि मात्र रहेछ भन्ने प्रमाणित भइसकेको छ । नेताहरूले राज्यका ढुकुटीमा ब्रम्हलुट गरिरहेका छन् । अब त्यो सबै छानबिन हुनुपर्छ भन्ने जनआवाज आइरहेको छ । यसलाई, सकारात्मक रूपमा लिनु पर्छ । मैले उधुमै विकास गरे भनेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली भ्रम फैलाइरहेका छन् । वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको स्थिति पनि त्यस्तै छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि दोहोरो कुरा गरेर जनतामा भ्रम फैलाई रहेको छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि घरभडुँवा हुन् । जनताले अनिवार्य रूपमा पाउनु पर्ने गाँस, बास, कपास खोजिरहेका छन् । गाँस, बास र कपास जनताको मौलिक हक हो । तर, यतातिर प्रमुख नेताहरूको ध्यान पटक्कै दिएको हैन । आफैँ मात्र बनौँ, आफैँ मात्र खाउँ, आङ्खनै सन्तानलाई मात्र सुख सयल दिउँ भन्नेमा प्रमुख दलका नेताहरू तल्लीन छन् । देशव्यापी रूपमा भ्रष्टाचार छ, नेताहरूले नै भ्रष्टहरूको संरक्षण गरिरहेका छन् । वर्तमान सरकारले विभिन्न निकायमा भइरहेको भ्रष्टाचारका बारेमा एकरति पनि ध्यान दिएको छैन । स्वदेशमा रोजगारी नपाएर लाखौँलाख होनाहार युवा विदेशिनु परिरहेको छ । महँगी व्यापक रूपमा बढिरहेको छ । प्रधानमन्त्री, मन्त्रीदेखि प्रमुख नेताहरू यसमा मौन बसिरहेका छन् । सरकारले विभिन्न अवस्थामा परेर घरवारविहीन भएकालाई उचित राहत दिएको छैन । उनीहरूलाई रोजीरोटीको ग्यारेन्टी गरिएको छैन । जनताले खानलाई सिस्नोसम्म नपाउने अवस्था छ । यसरी मूल्याङ्कन गर्दा देश सरकारसँगै असफल भएको स्पष्ट हुन्छ । विदेशबाट आएको सहयोग पनि विभिन्न बाहानामा दुरूपयोग गरी नेताहरूले महल ठड्याइरहेका छन् । आफन्त, पोसिरहेका छन् । जनता झनै पीडामा छन्, दुःख भोगिरहेका छन् । उनीहरूले जनतालाई भने आश्वासनबाहेक केही दिएका छैनन् । हामी राम्रो गर्छौँ भनेर जनतालाई उनीहरूले भ्रम छरिरहेका छन् । देउवा सरकारको यो करिब ६ महिने कार्यकालमा कुनै पनि क्षेत्रमा राम्रो भएको छैन । सरकारले न बिरामी हेरेका छन् । विदेशमा भएका नेपाली कयौँ ठाउँमा अलपत्र परिरहेका छन् । कलकारखाना विभिन्न बाहानामा बेचिसके, बेचिरहेका छन् । यो अवस्थामा देउवाको खोइ त ध्यान पुगेको ? भत्केका मठमन्दिर बनाउन सरकारको ध्यानाकर्षण भएको छैन । नेपालको प्रधानमन्त्री भएर नेपालकै माया गर्दैनन्, धर्म संस्कृतिको माया गर्दैनन्, मठमन्दिरको पुनर्निर्माणमा ध्यान दिँदैनन् भने देउवामाथि औँला ठह¥याउनुलाई अस्वभाविक मान्न सकिन्न । यसरी हेर्दा देउवा सरकार मुलुकको जल्दाबल्दा विषयमा गम्भीर नभएको देखिन्छ । यसै मेसोमा देशैभर कोरोना भाइरसको संक्रमण फैलिरहेको देखिन्छ, तर खोप ल्याउँदासमेत घोटाला भएको सार्वजनिक भइसकेको छ । कोरोना नियन्त्रण गर्न जनमानससमेत सजग हुनुु पर्ने अवस्था छ । कोरोना नेपालमा मात्र होइन, विश्वभर फैलिरहेको छ, त्यसैले आफूले कसरी हुन्छ कोरोनालाई नियन्त्रण गर्नु पर्ने अवस्था छ । यसैबीच राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपा छोड्दा हामी अत्यन्त दुःखित भएका छौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकै अध्यक्ष उहाँ हुँदा, उहाँले गरेको त्याग, तपस्या र कार्यहरूले गर्दा राप्रपा नेपालको पक्षमा जनलहर आएको हो । ‘एक गाई एक दाइ’ भनेर जनताले राप्रपा नेपाललाई सम्मानजनक स्थितिमा पु¥याउनुभयो । राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि पनि उहाँले पार्टीलाई माथि उठाउन, सशक्त भूमिका खेल्नु भएकै हो । उहाँले महाधिवेशनमा आङ्खनो हारको प्रमुख कारण निर्मल निवासको सचिवालयबाट हो भन्ने बताई रहनु भएको छ । यो कुराको पार्टीमा छलफल होस् भनेर अध्यक्ष राजेन्द्र लिङदेनलाई दुुई पटक पत्र पठाउँदा कुनै सुनुवाइ भएन भनेर उहाँले दुःख मान्दै पाटी परित्याग गर्ने बाध्यता आयो भन्नुु भएको छ । निवर्तमान अध्यक्ष कमल थापासँग छलफल गर्न तयार छु भन्दाभन्दै उहाँले पार्टी छोड्नुभयो भनेर बताइरहनु छ, अध्यक्ष लिङदेनले । यस प्रकरणमा कोही कसैको धेरै कमजोरी होला, तर समग्रमा कमजोरी दुवै पक्षबाट भएको कुरालाई स्वीकार गर्नुपर्छ । यो अवस्थामा कमल थापाले पार्टी छोड्दा हामी राप्रपामा आस्थावान नेता तथा कार्यकर्ताहरू अत्यन्त दुःखित छौँ । दशकौदेखि उहाँले पार्टीमा पु¥याउनु भएको योगदानको स्मरण गर्नुपर्छ । उहाँ राप्रपामै रहेको भए हामी सबैलाई राम्रो हुने थियो । केही समय अघि भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक महाधिवेशनले राजासहितको प्रजातन्त्र र हिन्दू राज्य चाहिन्छ भनेर प्रमुख एजेण्डाको रूपमा त्यसलाई पारित गरेको छ । अब महाधिवेशनले दिएको सन्देश लिएर हामी गाउँ–गाउँ, टोल–टोल जाने बेला आएको छ । हामी संगठित भएर चुनावमा भाग लिनु पर्छ । जनता हामीप्रति आकर्षित छन्, जनताको अभिमतलाई खेर फाल्न दिनु हुँदैन । यस्तो बेलामा हामीले हालै पार्टी परित्यागको घोषणा गर्नुभएका पूर्वअध्यक्ष कमल थापाले सधैं स्मरण गरिरहने छौँ । उहाँ अभाव संघर्षको मैदानमा सधैं खड्किरहने छ । त्यसले उहाँलाई राप्रपाको केन्द्रीय सदस्यको हैसियतले पार्टी परित्याग गर्ने निर्णयलाई पुनर्विचार गर्न आग्रह गर्छु । महाधिवेशनपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी संगठन बनाउन लागिरहनु भएको देखिन्छ । यसमा हामीले पनि साथ र सहयोथ दिइरहेका छौँ । हाम्रो प्रमुख एजेण्डा हिन्दू राज्य र राजसंस्था हो, यसमा हामीहरू दृढ भएर लागिरहेका छौँ । यतिबेला मुलुकभर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को चर्चा परिचर्चा छ । एमसिसी भनेको के हो, हामी त्यसको व्याख्या गर्न सकिरहेको छैनौँ, विशेषज्ञ र जानकारहरूले भनेको कुरा सुन्दा एमसिसी नेपालमा बिल्कूल ल्याउनुहुन्न । एमसिसी नेपालको हितमा छैन । एमसिसी ल्याएपछि अमेरिकाले हाम्रो राष्ट्रलाई दबाबमा राख्छ भन्ने सुनिन्छ । अमेरिका एमसिसीको आवरणमा नेपाललार्ई उसको सुरक्षा छाताभित्र राख्न चाहन्छ भन्ने कुरा उसले यतिबेला एमसिसी पारित गर्न प्रधानमन्त्रीदेखि प्रमुख नेताहरूलाई दिएको दबाबले प्रमाणित गर्छ । देउवा, दाहाल, ओली, माधव, डा. बाबुराम भट्टराई, यी सबै मिलेर एमसिसीलाई गुपचुप पारित गर्न चाहन्छन् भन्ने देखिन्छ । जनतामा नगई एमसिसी पारित भए पनि हामी मान्नेवाला छैनौँ । एमसिसी हुनुपर्छ भनेर गुपचुप लागेका अरु नेताहरूदेखि पनि हामी सजग हुने बेला आएको छ । यसै मेसोमा राप्रपा स्थानीय तहको निर्वाचनमा देशैभर भाग लिने तयारीमा छ । निर्वाचनको तयारी र परिचालनको लागि हाम्रो पार्टीले समितिसमेत गठन गरिसकेको छ । हामी हिन्दू राज्य र राजसंस्थालाई प्रमुख एजेण्डाको रूपमा जनतामाझ राख्छौँ । मलाई लाग्छ, स्थानीय तहको निर्वाचनमा राप्रपाको स्थिति अत्यन्त राम्रो हुनेछ । यो भन्नुको प्रमुख कारण देउवा, ओली, दाहाल, बाबुराम, माधव नेपाल प्रधानमन्त्री भए तर उनीहरू सबैले जनताको लागि राम्रो काम नगरेकाले अब राप्रपालाई हेर्नुपर्छ भनिरहेका छन् । देश बचाउन राप्रपालाई भोट दिएर ठूलो पार्टी बनाउन पर्छ भनेर जनआवाज आइरहेको हो, यो स्वभाविक छ । (लेखक गंगा विश्वकर्मा राप्रपाको केन्द्रीय सदस्य हुुनुहुन्छ ।)
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ०६:०२
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP