Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • मुलुकको राष्ट्रिय राजनीति र राप्रप
मुलुकको राष्ट्रिय राजनीति र राप्रप
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २८, २०७८
Thokarrr
Hardik health
मुलुकको राष्ट्रिय राजनीति, गतिहीन, दिशाहीन तरिकाबाट अगाडि बढिरहेको छ । कहाँ पुग्ने गन्तव्यविहीन तरिकाबाट देशको हरेक क्षेत्र अघि बढिरहेको छ । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता यो देशको लागि अहिलेसम्मको सरकार संचालन तौरतरिकाबाट अफापसिद्ध हुँदै गइरहेको छ । भ्रष्टाचार नांगो रूपमा भइरहेको छ । दिनानुदिन नेपाली जनता परनिर्भर हुँदै विदेशिन बाध्य भएका छन् । स्वदेशमा उद्योग कलकारखाना खोल्नको लागि यो सरकारले कुनै तयारी गरेको देखिँदैन । खाद्यन्नदेखि दैनिक उपभोग्य सामग्रीहरू मित्र राष्ट्र भारत, चीन र अन्य मुलुकबाट आयात गरिरहनु पर्ने अवस्था छ । आज नेपालको उर्वर जमिनहरू बाँझो बनिरहेको छ । संघीयताकै कारणले असाधरण खर्च खेर गइरहेको छ । स्थानीय सरकारदेखि प्रादेशिक र संघीय सरकारहरूलाई गाडी, मोटरसाइकल तलब भत्ता दिनुपर्ने कारणले असाधारण खर्च बढेर गएको छ । ठूल्ठूला भ्रष्टाचारको काण्ड तथा मुद्दाहरू केपी ओली नेतृत्वको सरकार र शेरबहादुर देउवा नेतृत्वका सरकारले उन्मुक्ति दिँदै आइरहेको छ । भ्रष्टाचारीहरू, अपराधीहरू समाजमा दण्डहीनताको कारणले थप भ्रष्टाचार गर्नका लागि तम्तयार भएर बसेको अवस्था छ । भर्खर राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक एकता महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशन अत्यन्त प्रजातान्त्रिक विधि, पद्धतिअनुसार सम्पन्न भएको छ । अत्यन्त प्रजातान्त्रिक विधि, पद्धतिअनुसार नेतृत्व चयन भएको छ । मुलुकमा क्रियाशील राजनीतिक दलहरूमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समावेशी, प्रजातान्त्रिक पार्टीको रूपमा स्थापना र सबै जाताजाति, धर्म, संस्कृति, रितिरिवाज, परम्पराप्रति आस्थावानहरूलाई पार्टीभित्र विधि, प्रकृया र स्थान सुनिश्चित छ भन्ने सन्देश राप्रपा महाधिवेशनले दिएको छ । अवश्य, नेपाल र नेपाली जनता र पार्टी हितको लागि हामीले आसा गरेको भन्दा बढी राजेन्द्र लिङ्देनले जिम्मेवारी पूरा गर्नु हुनेछ भन्ने मैले आसा भरोसा गरेको छु । यसै क्रममा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राप्रपाको सदस्य नरहने गरी पार्टी छोड्ने घोषणा गरेको सुन्नमा आएको छ, यो अप्रत्यासित घटनाले हामी सबैलाई दुःखी बनाएको छ । राप्रपाको स्थापनाकालदेखि विभिन्न पदहरूमा बस्दै १५ वर्ष राप्रपाको अध्यक्षसमेत भइसकेको र यही राप्रपाको नामबाट पटक–पटक मन्त्री, उपप्रधानमन्त्रीसमेत भइसकेको व्यक्तिले अप्रत्यासित रूपमा यस्तो निर्णय गरेको सुन्दा अत्यन्तै दुःख मनाउ लागेको छ । त्यसैले उपत्यकामा उपलब्ध पदाधिकारीहरूको बैठकले यो निर्णय फिर्ता लिन, फेरि पनि राप्रपामै सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ । मलाई आसा छ उहाँले पुनः राप्रपामै रहेर सक्रिय राजनीतिमा पुनरागमन गर्नु हुनेछ । वर्तमान सत्ता गठबन्धन सत्ता शक्ति पैसा प्राप्त गर्नका लागि जस्तोसुकै कार्यहरू गर्न पनि तम्तयार रहेको देखिन्छ । जनजीविकाको मुद्दालाई कुनै वास्ता गरेको देखिँदैन । न्यायलयमा सत्ता गठबन्धन कै प्रभाव छ । व्यवस्थापिका संसद अनिर्णयको बन्दी बनिरहेको छ । यो सबै दोषको भागिदार सत्ता गठबन्धन र नेकपा एमालेलाई नै जान्छ । सत्ता गठबन्धन सत्ताको लागि मात्र लागेको देखिन्छ भने एमालेले पनि प्रमुख प्रतिपक्षको धर्म ननिभाएर संसद अवरुद्ध गरिरहेको छ । यसले के देखाउँछ भने सत्ता गठबन्धन र एमालेको विकल्प जनताले खोजेको अवस्था छ । भर्खर सम्पन्न एमालेको महाधिवेशनबाट प्रजातान्त्रिक विधी प्रकृयालाई मिचेर एकदलीय तानाशाही उन्मुख एमाले देखिन्छ । सरसर्ती हेर्दा जनताले यतिबेला विकल्प खोज्नु स्वभाविक हो । २०४६ सालदेखि अहिलेसम्म बनेका सरकारले पूर्ण कार्यकाल सरकार सञ्चालन गर्न पाएका छैनन् । देशी–विदेशी शक्ति केन्द्रहरूको चलखेलका कारणले पूर्ण कार्यकाल सरकार सञ्चालन गर्न नदिएको स्थिति देखिन्छ । त्यसैले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री मुलुकको लागि आवश्यक छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे मेरो अध्ययन, चिन्तन मनन्अनुसार नेपाल र नेपाली जनताको हितमा छैन । जहाँसम्म त्यस सम्बन्धी विज्ञहरू, सरोकारवाला निकायहरू पक्षविपक्षमा रहेकाहरूको टिका टिप्पणीबाट पनि के स्पष्ट छ भने, एमसिसी नेपालीको हितमा छैन । साथै एमसिसी सम्झौतामा उल्लेखित विभिन्न बुँदाहरूले पनि नेपाल र नेपाली जनताको अहितमा छ भन्ने थप स्पष्ट पारेको छ । राप्रपाको पहिलो बैठकबाट नवनिर्वाचित महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय निर्वाचन परिचालन समिति बनाई सकेको छ । त्यस समितिले ७५३ गाउँपालिका, नगरपालिकाहरू र ६ हजार ७४३ वडाहरूमा कार्यालय उद्घाटन गर्ने, प्रशिक्षण कार्यक्रम संचालन गर्ने, विस्तारित बैठकहरू गर्ने, घरदैलो कार्यक्रमहरू गर्नेलगायतका कार्यक्रमहरू सो समितिको सक्रियतामा सञ्चालन भइरहेका छन् । यो क्रम तीव्र गतिमा, अघि बढ्ने छ । सुशासन, विधि प्रव्रिmया स्थापना गर्नका लागि राष्ट्र राष्ट्रियतालाई बलियो बनाउनका लागि, स्वधीन अखण्ड नेपाल राखिराख्नका लागि, धर्म, संस्कृति परम्परा बचाई राख्नका लागि र हिन्दू राष्ट्रभित्र हिन्दू, बौद्ध, किराँत, मुस्लिम र व्रिmस्चियनलगायत अन्य धर्मावलम्बीहरूको संरक्षण र सम्बद्र्धन गर्नका लागि पूर्णधार्मिक स्वतन्त्रतासहितको र राजासहितको प्रजातन्त्र पुनस्र्थापनाको लागि सबै नेपाली जनतामा राप्रपाको झण्डामा एकताबद्ध हुन आह्वान गर्दछु । लेखक प्रविणकुमार थोकर तामाङ राप्रपाको केन्द्रीय सदस्य हुनुहुन्छ । - प्रविणकुमार थोकर तामाङ
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  ०४:५७
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP