Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • कमलजी अब सम्झनामा मात्र
कमलजी अब सम्झनामा मात्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २३, २०७८
Dinesh Karki
Hardik health
कमलराज राई दाजुको अकल्पनीय मृत्युको खबरले म अहिले निकै चिन्तित छु । भृकुटीमण्डपमा आउँदा सधैँ मेरो पसलमा आएर ‘के छ दिनेश ?’ भनेर भन्ने मेरो अति शुभचिन्तक कमल जी आज हामीबीच रहनु भएन । मेरो र परिवारको स्वास्थ्य अवस्थाप्रति सधैँ सोधखोज गर्ने उहाँ परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो । केही महिना अघि म बिरामी हुँदा उहाँले मेरो मनोबल उच्च राख्न गर्नु भएको सम्वाद अझैँ ताजै छ । पत्रकारिता क्षेत्रका एकजना होनाहार कलमजीवी प्रिय कमलराज दाइ अब हामीबाट सदाका लागि बिदा हुनु भएको छ । उहाँले मलाई त्यतिबेला भन्नुभएको थियो, ‘भाइ चिन्ता र अप्ठ्यारो नमान्नु, म तिमिलाई सहयोग गर्न सधैँ तत्पर छु, अनि तिम्रो अरु भाइ, साथी हामी सबै छौँ, स्वास्थ्य ठीक हुन्छ, केही भए खबर गर्नु म, हामी आउछौँ र आइरहेको छु’ भन्दै मलाई अस्पतालको पटक–पटकको फलोअपका लागि बासस्थानबाट लग्ने र ल्याउने कर्ममा सक्रिय हुनुभयो । उहाँ असल, इमानदार, क्षमतावान, प्रखर, सरल, मृदुभाषी, स्वाभिमानी, अत्यन्तै सहयोगी, सहृदय, सहकर्मी, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा कार्यसमितिका सदस्य तथा प्रभाव दैनिकका सम्पादक प्रिय कमलराज खम्बू राईको बिहीबार मित्रपार्कको नेपाल–भारत मैत्री अस्पतालमा दुःखद निधन भएको छ ।छातीमा अप्ठेरो भएपछि उहाँलाई त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएको थियो । तर, त्यहाँ आइसियू बेड खाली नभएको भनेर अस्पतालले भर्ना नगरी फिर्ता पठायो र उहाँ उपचारका लागि खासै सुविधा नभएको नेपाल–भारत मैत्री अस्पतालमा भर्ना हुन बाध्य हुनुभयो । त्यहाँ उहाँको उपचार गर्दागर्दै असामयिक निधन भयो । उहाँको असामयिक निधनको खबर सुनेर म अत्यन्तै स्तब्ध र मर्माहत भएको छु । कमल जीको दिवंगत आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद् घडीको सामना गरिरहनु भएका शोकमग्न परिवारहरूलाई धैर्य धारण गर्ने शक्ति भगवान तीनचुला माङ, सुम्निमा पारुहाङले दिउन् भन्दै गहिरो समवेदना प्रकट गर्दछु, र भन्न चाहन्छु अल बिदा कमल जी । तपाईंको आत्माले शान्ति पाओस् । ०५६ सालमा उहाँ ओखलढुंगाको दुर्गम गाउँबाट पत्रकारिता पढ्न काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसको रात्रि कक्षामा भर्ना हुनु भएको थियो । होचो कदका राई रसिलो र फरासिलो हुनुहुन्थ्यो । ओखलढुंगाबाट आएका उहाँ पढाई खर्चका लागि दिउँसो पुतलीसडकको ‘माइसप’ नामको ड्राइक्लिनर कम्पनीमा काम गर्नुहुन्थ्यो । पछि पत्रकारिता पढ्दै मिडियामा अवसरको खोजी गर्दै जाँदा केही समय ‘साप्ताहिक आवाज’ तामाकोसी सन्देश, प्रभाव दैनिक पत्रिकामा पनि काम गर्नु भयो । साइडमा केही व्यवसायिक काममा पनि अप्रत्यक्ष संलग्न हुनु भएको थियो । उहाँले साप्ताहिक आवाज पत्रिकाको व्यवस्थापकीय कार्यमा समेत सहयोग पु¥याउनु हुन्थ्यो । केही समय कागजसमेत किनिदिनु भएको थियो । बागबजारको पत्रकार भेटघाट जक्सन र मेरो कम्प्युटर डेक्सटपमा बारम्बार भेटघाट भइरहन्थ्यो । अलि पछि उहाँले आङ्खनै नाममा ‘खास खबर’ नामको साप्ताहिक पत्रिका दर्ता गरेर चलाउन थाल्नु भयो । अहिले यो पत्रिका निस्कन थालेको १५ वर्ष पुगेको छ । त्यतिबेला धिम्ले प्रेसमा त्यो पत्रिका छापेर उनले बिहान ५ बजे नै मोटरसाइकलमा हालेर भुगोलपार्क पु¥याउनु हुन्थ्यो । तामाकोसी सन्देश साप्ताहिकमा उहाँले स्थापना कालदेखि नै भाषा सम्पादन र समाचार लेखनको काम गर्दै आउनु भएको थियो । प्रभाव दैनिकको सम्पादक भएपछि भने नभ्याउने भएर उहाँले छाडनु भएको थियो । तामाकोसी सन्देश साप्ताहिकमा रहँदा मैले उहाँसँग करिव १० वर्ष सँगै काम गर्ने मौका पाए । उहाँ अत्यन्तै सरल, मृदुभाषी, धेरै मेहनती, जागरुक, सचेत, ऊर्जावान र जिम्मेवार पत्रकार हुनुहुन्थ्यो । साथै दुःख पर्दा साथ सहयोग गर्नु हुन्थ्यो । केही अप्ठ्यारो पर्दा मलाई सम्झनु भनेर भन्नुहुन्थ्यो । हामी बीचमा दुःख पर्दा ऋण आदान–प्रदान पनि हुन्थ्यो । नेपाल पत्रकार महासंघको काठमाडौं शाखा कार्यसमितिको गत निर्वाचनमा उहाँले सदस्यमा उम्मेदवारी दिनु भएको थियो । चुनावमा हामी सबैले उहाँलाई सहयोग गरेर अत्याधिक मतले जिताएका पनि थियौँ । धेरै पुराना मित्र भएकाले होला, उनले जित्दा म आफैँले जितेजस्तो गरी अनुभूति साट्यौँ पनि । पछिल्लो पटक उहाँसँग कोभिडको डरले भेटघाट पातलिएको थियो । एकपटक उहाँले फोन गरेर ‘भेटेर सल्लाह गरौँन’ भन्नु भएको थियो । मैले ‘हुन्छ नी, दिँउसोतिर भृकुटीमण्डपमा आउनु चिया खाएर कुरा गरौँला भनेको थिएँ ।’ तर कमल राई जी, अब त्यो दिन कहिल्यै नआउने हुनुभयो, सामाजिक सञ्जालभरि तपाईंप्रति श्रद्धाञ्जलीका शब्द पोखिएको देख्छु । यतिबेला म निशब्द छु । भावविभोर छु । केही लेख्न सकेको छैन । हात काँपिरहेको छ । केवल १५ वर्ष अघिदेखिका यादगर क्षण झलझली ङ्खल्यासब्याक भइरहेको छ । मेरो परम मित्रलाई आज दैवले चुँडेर लग्यो । मेरो आङ्खनै व्यस्तता र पारिवारिक समस्याले अन्तिम अनुहार हेर्न नेपाल–भारत मैत्री अस्पताल मित्रपार्क जान पनि सकिन । परिवारजनको सल्लाहमा उहाँको पार्थिव शरीर ओखलढुंगा घरमै लगि सद्गद गरिएको जानकारी पाएको छु । फेरि पनि अल विदा मित्र कमलराज राई जी । भावपुर्ण श्रद्धाञ्जली । परिवारमा गहिरो समवेदना । -दिनेश कार्की
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ०७:०२
प्रतिक्रिया दिनुहोस्
थप विचार
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा शुक्रबार, कात्तिक १४, २०८२
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP