Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • कमलजी अब सम्झनामा मात्र
कमलजी अब सम्झनामा मात्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २३, २०७८
Dinesh Karki
Hardik health
कमलराज राई दाजुको अकल्पनीय मृत्युको खबरले म अहिले निकै चिन्तित छु । भृकुटीमण्डपमा आउँदा सधैँ मेरो पसलमा आएर ‘के छ दिनेश ?’ भनेर भन्ने मेरो अति शुभचिन्तक कमल जी आज हामीबीच रहनु भएन । मेरो र परिवारको स्वास्थ्य अवस्थाप्रति सधैँ सोधखोज गर्ने उहाँ परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो । केही महिना अघि म बिरामी हुँदा उहाँले मेरो मनोबल उच्च राख्न गर्नु भएको सम्वाद अझैँ ताजै छ । पत्रकारिता क्षेत्रका एकजना होनाहार कलमजीवी प्रिय कमलराज दाइ अब हामीबाट सदाका लागि बिदा हुनु भएको छ । उहाँले मलाई त्यतिबेला भन्नुभएको थियो, ‘भाइ चिन्ता र अप्ठ्यारो नमान्नु, म तिमिलाई सहयोग गर्न सधैँ तत्पर छु, अनि तिम्रो अरु भाइ, साथी हामी सबै छौँ, स्वास्थ्य ठीक हुन्छ, केही भए खबर गर्नु म, हामी आउछौँ र आइरहेको छु’ भन्दै मलाई अस्पतालको पटक–पटकको फलोअपका लागि बासस्थानबाट लग्ने र ल्याउने कर्ममा सक्रिय हुनुभयो । उहाँ असल, इमानदार, क्षमतावान, प्रखर, सरल, मृदुभाषी, स्वाभिमानी, अत्यन्तै सहयोगी, सहृदय, सहकर्मी, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा कार्यसमितिका सदस्य तथा प्रभाव दैनिकका सम्पादक प्रिय कमलराज खम्बू राईको बिहीबार मित्रपार्कको नेपाल–भारत मैत्री अस्पतालमा दुःखद निधन भएको छ ।छातीमा अप्ठेरो भएपछि उहाँलाई त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएको थियो । तर, त्यहाँ आइसियू बेड खाली नभएको भनेर अस्पतालले भर्ना नगरी फिर्ता पठायो र उहाँ उपचारका लागि खासै सुविधा नभएको नेपाल–भारत मैत्री अस्पतालमा भर्ना हुन बाध्य हुनुभयो । त्यहाँ उहाँको उपचार गर्दागर्दै असामयिक निधन भयो । उहाँको असामयिक निधनको खबर सुनेर म अत्यन्तै स्तब्ध र मर्माहत भएको छु । कमल जीको दिवंगत आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद् घडीको सामना गरिरहनु भएका शोकमग्न परिवारहरूलाई धैर्य धारण गर्ने शक्ति भगवान तीनचुला माङ, सुम्निमा पारुहाङले दिउन् भन्दै गहिरो समवेदना प्रकट गर्दछु, र भन्न चाहन्छु अल बिदा कमल जी । तपाईंको आत्माले शान्ति पाओस् । ०५६ सालमा उहाँ ओखलढुंगाको दुर्गम गाउँबाट पत्रकारिता पढ्न काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसको रात्रि कक्षामा भर्ना हुनु भएको थियो । होचो कदका राई रसिलो र फरासिलो हुनुहुन्थ्यो । ओखलढुंगाबाट आएका उहाँ पढाई खर्चका लागि दिउँसो पुतलीसडकको ‘माइसप’ नामको ड्राइक्लिनर कम्पनीमा काम गर्नुहुन्थ्यो । पछि पत्रकारिता पढ्दै मिडियामा अवसरको खोजी गर्दै जाँदा केही समय ‘साप्ताहिक आवाज’ तामाकोसी सन्देश, प्रभाव दैनिक पत्रिकामा पनि काम गर्नु भयो । साइडमा केही व्यवसायिक काममा पनि अप्रत्यक्ष संलग्न हुनु भएको थियो । उहाँले साप्ताहिक आवाज पत्रिकाको व्यवस्थापकीय कार्यमा समेत सहयोग पु¥याउनु हुन्थ्यो । केही समय कागजसमेत किनिदिनु भएको थियो । बागबजारको पत्रकार भेटघाट जक्सन र मेरो कम्प्युटर डेक्सटपमा बारम्बार भेटघाट भइरहन्थ्यो । अलि पछि उहाँले आङ्खनै नाममा ‘खास खबर’ नामको साप्ताहिक पत्रिका दर्ता गरेर चलाउन थाल्नु भयो । अहिले यो पत्रिका निस्कन थालेको १५ वर्ष पुगेको छ । त्यतिबेला धिम्ले प्रेसमा त्यो पत्रिका छापेर उनले बिहान ५ बजे नै मोटरसाइकलमा हालेर भुगोलपार्क पु¥याउनु हुन्थ्यो । तामाकोसी सन्देश साप्ताहिकमा उहाँले स्थापना कालदेखि नै भाषा सम्पादन र समाचार लेखनको काम गर्दै आउनु भएको थियो । प्रभाव दैनिकको सम्पादक भएपछि भने नभ्याउने भएर उहाँले छाडनु भएको थियो । तामाकोसी सन्देश साप्ताहिकमा रहँदा मैले उहाँसँग करिव १० वर्ष सँगै काम गर्ने मौका पाए । उहाँ अत्यन्तै सरल, मृदुभाषी, धेरै मेहनती, जागरुक, सचेत, ऊर्जावान र जिम्मेवार पत्रकार हुनुहुन्थ्यो । साथै दुःख पर्दा साथ सहयोग गर्नु हुन्थ्यो । केही अप्ठ्यारो पर्दा मलाई सम्झनु भनेर भन्नुहुन्थ्यो । हामी बीचमा दुःख पर्दा ऋण आदान–प्रदान पनि हुन्थ्यो । नेपाल पत्रकार महासंघको काठमाडौं शाखा कार्यसमितिको गत निर्वाचनमा उहाँले सदस्यमा उम्मेदवारी दिनु भएको थियो । चुनावमा हामी सबैले उहाँलाई सहयोग गरेर अत्याधिक मतले जिताएका पनि थियौँ । धेरै पुराना मित्र भएकाले होला, उनले जित्दा म आफैँले जितेजस्तो गरी अनुभूति साट्यौँ पनि । पछिल्लो पटक उहाँसँग कोभिडको डरले भेटघाट पातलिएको थियो । एकपटक उहाँले फोन गरेर ‘भेटेर सल्लाह गरौँन’ भन्नु भएको थियो । मैले ‘हुन्छ नी, दिँउसोतिर भृकुटीमण्डपमा आउनु चिया खाएर कुरा गरौँला भनेको थिएँ ।’ तर कमल राई जी, अब त्यो दिन कहिल्यै नआउने हुनुभयो, सामाजिक सञ्जालभरि तपाईंप्रति श्रद्धाञ्जलीका शब्द पोखिएको देख्छु । यतिबेला म निशब्द छु । भावविभोर छु । केही लेख्न सकेको छैन । हात काँपिरहेको छ । केवल १५ वर्ष अघिदेखिका यादगर क्षण झलझली ङ्खल्यासब्याक भइरहेको छ । मेरो परम मित्रलाई आज दैवले चुँडेर लग्यो । मेरो आङ्खनै व्यस्तता र पारिवारिक समस्याले अन्तिम अनुहार हेर्न नेपाल–भारत मैत्री अस्पताल मित्रपार्क जान पनि सकिन । परिवारजनको सल्लाहमा उहाँको पार्थिव शरीर ओखलढुंगा घरमै लगि सद्गद गरिएको जानकारी पाएको छु । फेरि पनि अल विदा मित्र कमलराज राई जी । भावपुर्ण श्रद्धाञ्जली । परिवारमा गहिरो समवेदना । -दिनेश कार्की
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ०७:०२
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP