Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
अर्थ
  • Home
  • अर्थ
  • आइफोनको अवैध कारोबार ,आधिकारिक बिक्रेताको दाबी गलत
आइफोनको अवैध कारोबार ,आधिकारिक बिक्रेताको दाबी गलत
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २३, २०७८
mobile_house
काठमाडौं– भन्सार राजस्व छलेर नेपाल भित्र्याइएका अधिकांश मोबाइल सेटको कारोबार बजारमा खुलेआम हुँदै आएको छ । सस्तो फोन सेटको बिक्री गर्ने केही कम्पनीका आधिकारिक बिक्रेता नेपालमा रहे पनि विश्वभर महँगो मूल्यमा बिक्री हुने एप्पल कम्पनीको आइफोनको आधिकारिक बिक्रेता नेपालमा छैन । तर, आफूलाई आइफोनको आधिकारिक बिक्रेता भएको भ्रामक प्रचार गरेर केही व्यवसायीहरूले चोरीपैठारी गरी ल्याइएका सेट बिक्री गर्दै आएका छन् । नेपालमा आइफोन बेच्ने अधिकांश व्यापारीहरूले आफूलाई एप्पलको आधिकारिक बिक्रेताको रूपमा प्रचार गर्ने गरेका छन् । उनीहरूले चोरीपैठारी गरी ल्याइएका एप्पल ब्राण्डको मोबाइल सेट अत्याधिक महँगोमा बिक्री गरिरहँदा पनि सम्बन्धित निकायबाट अनुगमन नहुँदा अवैधधन्दाले तीव्रता पाएको छ । संघीय राजधानीका न्युरोड, पुतलीसडक, पुल्चोक, चावहिल, कोटेश्वर, नयाँबानेश्वर, कलंकीलगायतका पसलमा आइफोन बेच्न राखिएका छन् । त्यहाँका सबैजसो पसलले आफूलाई आइफोनको आधिकारिक बिक्रेता दाबी गर्ने गरे पनि उनीहरू कोही पनि आधिकारिक बिक्रेता होइनन् । एप्पलले नेपालमा हालसम्म कसैलाई पनि बिक्रेताका रूपमा नियुक्त गरेको छैन । नेपालमा सिंगापुर, मलेसिया, कतार, दुबईलगायत देशबाट अवैधरूपमा भित्र्याइएको सेटलाई झोलामा हालेर बिक्री गर्ने एजेन्टमार्फत पसलले खरिद गरेर बेच्न राखेको स्रोतको दाबी छ । पछिल्लो समय अवैधरूपमा सेट नेपाल भित्र्याउनेहरूले सामाजिक सञ्जालको प्रयोग गरी ‘आइफोन १२ प्रोम्याक्स’ र ‘आइफोन १३’ मोडलको सेट बिक्रीका लागि राखिएको भन्दै राखी ठगीधन्दा चलाउँदै आएका छन् । सम्बन्धित कम्पनीले नेपालमा आधिकारिक बिक्रेता नराखेको अवस्थामा आफूलाई सो कम्पनीको आधिकारिक बिक्रेता भएको देखाउन नक्कली प्रमाणपत्र समेत बनाइएको भेटिएको छ । स–साना मोबाइल पसलदेखि ठूलो लगानीमा मोबाइल सेटको खरिद बिक्री गर्ने व्यापारीहरूसमेत नक्कली प्रमाणपत्रको भरमा अवैध मोबाइलको कारोबारमा संलग्न रहेको पाइएको छ । न्युरोडस्थित ताम्राकार हाउस मोबाइल खरिद बिक्रीका लागि चर्चित रहेको छ । ताम्राकार हाउसमै अवैध सेटको बिक्री गरिनुका साथै नक्कली प्रमाणपत्र राखिएको पाइएको छ । आफूहरूलाई मुख्य आयातकर्ता भएको भन्दै पेम्बा लामा, यशु श्रेष्ठ र लोकेश तिवारीलगायतको समूहले झोलामा सेट राखेर पसल–पसलमा बिक्री गर्ने गरेको समेत खुलेको छ । वैधानिक बाटो भएर आएका मोबाइल सेटको कर तिरिएको हुन्छ । तर, लुकाइछिपाई ल्याइएका मोबाइल सेटको कर तिरिएको हुँदैन । जसका कारण अवैध सेट बिक्री गर्दा सरकारलाई बुझाउनु पर्ने कर राजस्व र मूल्य अभिवृद्धि (भ्याट) का साथै आयकरसमेत छल्ने काम भइरहेको छ । कर छल्न पाउने र्भएपछि व्यापारीहरूले अवैधरूपमा भित्रिएकै सेटको बिक्री गर्न रुचाउँदै आएका छन् । अवैध सेट बेच्ने व्यापारीले भ्याट बिल दिने गरेका छैनन् भने अधिकांशले नक्कली भ्याट बिलबाट कारोबार गर्दै आएको खुलेको छ । अवैध रूपमा लिइएको एक सेटबाट व्यापारीले १० हजारदेखि ५० रूपैयाँभन्दा बढी नाफा लिँदै आएका छन् । वैध सेटमा सो नाफा खान नपाउने भएकाले व्यापारीहरूले वैधभन्दा अवैध रूपमा नेपाल ल्याएको सेटकै कारोबार गर्ने गरेका छन् । नेपालमा यसरी बजारलाई अवैध सेट उपलब्ध गराउन ठूलै गिरोह सक्रिय रहेका छन् । यसरी सेट अवैधरूपमा नेपाल भित्र्याउनेमा दरबारमार्ग र बबरमहलमा पसल राखी व्यवसाय गर्दै आएको ‘एप्पल स्टोर ओलिज’ नामक कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनी खासमा मोबाइलको कभर र पाटपूर्जा बिक्री गर्ने कम्पनी हो । तर, चोरीपैठारी गरी नेपाल ल्याएका सेटलाई आफूखुसी मूल्य निर्धारण गरेर गोप्य रूपमा बिक्री गर्दै आएको पाइएको छ । सो कम्पनीले बाहिर पसलमा मोबाइलका सिरिजहरू राखेको छ भने भित्रबाट अवैध रूपमा नेपाल ल्याइएका सेटहरू महँगोमा बिक्री गर्ने गरेको छ । त्यो गिरोहले अवैध सेटको काम मात्रै गर्दैन । वैध सेटको आवरणमा अवैध सेटको काम गर्नेहरू पनि धेरै छन् । कतै पनि दर्ता गर्नु नपर्ने भएका कारण कति परिमाणमा अवैध सेटको खरिद बिक्री हुन्छ भन्ने तथ्यांक उपलब्ध छैन । भन्सार नतिरी अवैध बाटो हुँदै कति मोबाइल भित्रिन्छन् भन्ने एकिन तथ्यांक पनि कोही कसैसँग छैन । उपभोक्ताहरूले प्रयोग गरेको र बजारमा कारोबार भएका हिसाबले यस आर्थिक वर्षमा मात्र ५० अर्ब मूल्यमाथिको मोबाइल सेटहरू कारोबार भएको देखिन आएको छ । यसले बजारमा अवैध मोबाइलकै बिगबिगी रहेको सजिलै देखाउँछ । वैधानिक आयातको तुलनामा ६० प्रतिशतको हाराहारीमा यस्तो अवैध कारोबार हुने अनुमान गरिएको छ । यसबाट राज्यलाई अर्बौं रूपैयाँको नोक्सानी हुँदै आएको छ । यसमा ६० प्रतिशत मोबाइल सेट विदेशबाट वैदेशिक रोजगारीमा फर्किएकालाई बोकाएर र आफन्तलाई पठाउने नाममा नेपाल भित्र्याउने गरिएको छ । यस्ता मोबाइलहरू राजधानीका विभिन्न सपिङ सेन्टर, मोबाइल पसल, कम्प्लेक्स तथा मलहरूमा एजेन्टमार्फत पु¥याउने गरिन्छ । मोबाइलको कारोबार, प्रयोगकर्ताहरूको संख्या, आयातको अनुपात आदि हेर्ने हो भने यो व्यापारमा अनियमितता सजिलै भएको पुष्टि हुन्छ । बजारमा एप्पलबाहेक सामसुङ, हुवाई, वान प्लसलगायतका सेटहरूको पनि अवैध कारोबार हुने गरेको बताइएको छ । नेपाली बजारमा कारोबार भएका आइफोनहरू ९९ प्रतिशत नै अवैध भएको व्यापारीहरू नै बताउँछन् । यसमा कुनै वारेन्टी ग्यारेन्टी हुने गरेको छैन । नेपाल सरकारले मोबाइल आयातमा ५ प्रतिशतको भन्सार शुल्क लगाएको छ । यसमा १३ प्रतिशतको भ्याटसमेत जोडिदा १८ प्रतिशत पुग्छ । तर, भन्सार छली गर्दा १८ प्रतिशत बराबरकै रकम बच्ने हुँदा व्यापारीहरूले अवैध बाटो प्रयोग गर्दै मोबाइल ल्याउने गरेका छन् । यसले एकातिर कर छलेको देखिन्छ भने अर्कोतर्फ अवैध सेटको प्रयोगले सुरक्षा खतरा पनि हुने विज्ञहरूको दाबी छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावकारी रूपमा नियमन गर्न नसक्दा बजारमा अहिले चोरीपैठारीका मोबाइल सेटहरूको खुला रूपमा बिक्री भइरहेको छ । प्राधिकरणको ‘टाइप अप्रुभल’ नभएका मोबाइल सजिलै भित्रिने गरेका छन् । प्राधिकरणले यसअघि सबै मोबाइल सेटको आइएमइआई नम्बर दर्ता गर्नुपर्ने बताए पनि त्यसको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जसले गदौ अवैधरूपमा मोबाइल सेट नेपाल ल्याउन व्यापारीहरू उत्साहित भएका हुन् ।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ०५:३२
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत मंगलबार, असार ३१, २०८२
दक्षिण कोरियाको अनलाइन किनमेल ०.९ प्रतिशतले वृद्धि
दक्षिण कोरियाको अनलाइन किनमेल ०.९ प्रतिशतले वृद्धि बुधबार, असार १८, २०८२
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी शुक्रबार, असार १३, २०८२
काठमाडौं र धरानसहित ३९ स्थानीय तहले ल्याएनन् बजेट
काठमाडौं र धरानसहित ३९ स्थानीय तहले ल्याएनन् बजेट बुधबार, असार ११, २०८२
पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो
पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो बुधबार, असार ११, २०८२
रेमिट्यान्सको योगदानले नेपालकाे अर्थतन्त्र बलियो बन्दै
रेमिट्यान्सको योगदानले नेपालकाे अर्थतन्त्र बलियो बन्दै मंगलबार, जेठ २७, २०८२
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा आइतबार, जेठ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP