Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • संघमा सहमतीय नेतृत्वको खाँचो
संघमा सहमतीय नेतृत्वको खाँचो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २३, २०७८
Meghnath Bhurtel
Hardik health
आगामी ३० पुसमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्वको निर्वाचनसहितको साधारणसभाको मिति तोकिएपछि वैदेशिक रोजगार व्यवसायी र यससँग सरोकार राख्ने पक्षहरूबीच आगामी नेतृत्वको विषयमा गम्भीर छलफल सुरु भएको छ । संघले निर्वाचनको मिति घोषणा भएपछि नै आगामी नेतृत्वका लागि राजनीतिक दलनिकट नेतृत्वका आकांक्षी व्यवसायीहरूले आङ्खनो दाबी सार्वजनिक गर्न थालेका छन् । उनीहरू संयुक्त र व्यक्तिगत छलफलमा जुटिरहेको पाइएको छ । संघको नयाँ निर्वाचनको मिति तोकिएको एक हप्ता मात्रै भएको र यसबीचमा सत्तारूढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन परेका कारणले अधिकाश व्यवसायी त्यसतर्फ केन्द्रित भएका कारणले छलफलको क्रममा केही सुस्तता आए पनि महाधिवेशनको समाप्तिसँगै संघको निर्वाचन र नेतृत्वबारेको छलफल सघन रूपमा अघि बढ्न थालेको छ । संघको वर्तमान कार्यसमितिको करिब साढे दुई वर्षको अवधिमा हुन सकेका राम्रा नराम्रा कामको समीक्षा र आगामी कार्यकालमा पेसा व्यवसायको रक्षा र कोभिडका कारणले संकटमा रहेका व्यवसायीहरूको सुरक्षाका लागि गर्नुपर्ने कामहरूको नेतृत्व कौशलताका आधारमा आफू र आङ्खनोभन्दा पनि व्यवसायीहरूले परिपक्व र अनुभवी नेतृत्व छनोट गर्नुपर्ने छ । नेपालबाट प्रत्येक वर्ष ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारका क्षेत्रमा देखिएका कमीकमजोरी हटाई सुधार गरेर यस क्षेत्रलाई व्यवस्थित गर्नुको सरकार र व्यवसायीहरूका अगाडि विकल्प पनि छैन । तर वैदेशिक रोजगार ऐन, ०६४ मा समयसापेक्ष संशोधन, वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई रोजगार करारपत्रका आधारमा अन्तिम श्रम स्वीकृति, नेपाली श्रमिकहरूका लागि आकर्षक मानिएका युरोपेली देशहरूको नयाँ गन्तव्य खोजी, मागपत्र प्रमाणीकरमा रहेका समस्याको समाधान, जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा विभागवाट जारी गरिएका जिट्को लाइसेन्स प्रयोजनविहीन भएकाले त्यसको तत्काल खारेज गरी सबै व्यवसायीको पहुँचामा पुराउनु पर्नेजस्ता विषयले निकास नपाउँदा आमव्यवसायी निसास्सिएको अवस्थामा छन् । यसका अतिरिक्त वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगारका क्षेत्रसँग सम्बन्धित अभिमुखीकरण तालिम तथा अन्य व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने, कोभिड–१९ का कारण रोजगार गुमाई नेपाल फर्किएका कामदारका उजुरी सुनुवाइ गर्न व्यवसायीहरूको समेत प्रतिनिधित्व हुने गरी समिति बनाउनु पर्ने, वैदेशिक रोजगार विभागले परीक्षणका रूपमा प्रयोग गर्न सुरु गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा सुधार गर्नुपर्ने, सेवा शुल्क परिमार्जन, व्यवसायी भलाइ कोषको सञ्चालनजस्ता अनगिन्ति समस्याले वैदेशिक रोजगार जकडिएको छ । लामो समयदेखि यी समस्याको समाधान नआउँदा वैदेशिक रोजगार व्यवसायीहरूमा चरम निराशा र घोर असन्तुष्टि छ । निराशा कै कारणले कतिपय व्यवसायी यस पेसाबाट सधैँका लागि पलायन हुन थालेका छन् भने प्रविधिमैत्री मानिएको नयाँ पुस्ता यस व्यवसायमा प्रवेश गर्न चाहेका छैनन् । अनेकौँ व्यवधानहरूले गर्दा व्यवसायप्रतिको आकर्षक निरन्तर घटिरहेको छ । मुख्यतः वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई सुरक्षित गर्ने र उनीहरूको श्रम प्रक्रियालाई सरल र सहज बनाउने विषयमा संघ नेतृत्वको थप सक्रियता अपेक्षित रहँदै आएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पछिल्लो दुई कार्यकालको समीक्षा गर्ने हो भने व्यवसायीमा नेतृत्वको उपलब्धिलाई लिएर सन्तुष्टि देखिँदैन । पहिलो कार्यकाल नेकपानिकट व्यवसायीहरूले संघमा दुई तिहाइ मतसहित नेतृत्व गरे । तर, तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले व्यवसायीका माग सुन्नै चाहेनन् । अनेक लान्छना लगाउँदै सकेसम्म भित्तामा नै पुर्‍याउने गरी एकोहोरो पेलेर लगे । पछिल्लोपटक नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले ‘क्लिन स्वीप’ नै गरेर संघमा सबै सिट जितेको अवस्था छ । संघमा निर्णय गर्ने सुविधाजनक अवस्था भए पनि कोरोना भाइरसको विश्वव्यापी महामारीको कारणले चाहेर पनि वर्तमान नेतृत्वले पनि निर्वाचनका क्रममा सार्वजनिक गरेका प्रतिवद्धता अनुसारको परिणाम ल्याउन सकेन । कोरोनाका कारणले चाहिने जति सक्रियता देखाउन सकिएन । व्यवसायीले निर्वाचित अध्यक्षलाई नै गुमाउनु पर्‍यो । स्वर्गीय अध्यक्ष विष्णु गैरेले व्यवसायी भलाइ कोषको कार्यान्वयन र सेवा शुल्कमा परिमार्जनजस्ता लामो समयदेखि अलपत्र अवस्थामा रहेका विषयलाई निर्णायक तहमा पुर्‍याउने अठोटमा रहेका थिए । व्यवसायीको हित र रक्षाका लागि दौडधुप मै उनको देहावसान भयो । सुधारका धेरै विषय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको टेबुलमा रहे । यस्तो अवस्थामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वलाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन सक्छ ? त्यसको व्यवहारिक उत्तर खोज्नु वैदेशिक रोजगारलाई मुल पेसा बनाएका आमव्यवसायीहरूको जिम्मेवारी हुन आएको छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा दुई/दुई कार्यकाल गरी करिब दश वर्ष नेतृत्वदायी अवस्थामा रहेर काम गर्दा मलाई के अनुभूति भएको छ भने बलियो संघको खँदिलो र प्रभावकारी आवाज नभएसम्म वैदेशिक रोजगार व्यवसाय मर्यादित र यो पेसा व्यवसायमा लगानी भएको अर्बौँको लगानी सुरक्षित हुन सक्ने अवस्था छैन । प्रजातान्त्रिक मान्यतालाई मानेर निर्वाचनको माध्यमबाट नेतृत्व चयन हुनुलाई नराम्रो मान्नै सकिँदैन । तर निर्वाचनमा पराजित भएको प्यानल वा पक्ष राजनीतिक प्रतिपक्षजस्तो पूरै कार्यकाल विपक्षमा बस्दा संघको निर्वाचित नेतृत्वले अपेक्षित काम गर्न सकेको देखिँदैन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघजस्तो पूर्णतः व्यवसायिक संस्थामा राजनीतिक आस्थाका आधारमा प्यानल बनाएर लडिने निर्वाचन र त्यसले खडा गर्ने नेतृत्वले अपेक्षित परिणाम प्राप्त गर्न नसक्दा प्रजातान्त्रिक प्रणालीका आधारमा हुने निर्वाचनले ल्याउने नेतृत्वले समाज र राजनीतिको सबै पक्षलाई समेट्न नसकेको हो कि भन्ने अवस्था पनि समीक्षाका क्रममा देखियो । निर्वाचित कुनै पनि नेतृत्वलाई काम नगरौँ भन्ने चाहना हुँदैन । निर्वाचित सबै नेतृत्वको उद्देश्य र परिचालन व्यवसायीको आकांक्षा अनुसारको परिणाम देखाउने नै हुन्छ । तर राजनीतिक र प्रशासनिक नेतृत्वमा पहुँच पुर्‍याउन नसक्दा हुनुपर्ने सजिला निर्णय पनि हुन सकिरहेका छैनन् । त्यसको मार कुनै एक दल वा पक्षमा आस्था राख्ने व्यवसायीले मात्र नभई सबै पक्ष र दलमा आस्था राख्ने व्यवसायीले समान रूपमा खेप्नु परेको छ । यो अवस्थाको अन्त्य कसरी गर्ने ? संघको साधारणसभा र निर्वाचनको सम्मुखमा आमवैदेशिक रोजगार व्यवसायीहरूले निर्वाचनको विकल्प सहमतिको आधारमा नेतृत्व छान्ने विषयमा गम्भीरतापूर्वक सोच्नु परेको छ । अहिलेको अवस्थामा वैदेशिक रोजगार क्षेत्रका समस्याको समाधानका लागि संघमा सहमतिको नेतृत्व एउटा बलियो माध्यम हुन सक्ने देखिएको छ । आमव्यवसायीहरू राजनीतिक दलमा पनि सक्रिय रहेको र सोहीअनुसारको पदीय आकांक्षा राख्ने गरेकोे कारण सहमतिको नेतृत्वको खोजी कतिपयलाई असान्दर्भिक र कतिपयलाई अव्यावहारिक पनि लाग्न सक्छ । व्यवसाय प्रवद्र्धनको आकांक्षा राख्ने संघ तथा राजनीतिक दलनिकट संगठनका पूर्व तथा वर्तमान अध्यक्ष र अग्रज व्यवसायीहरूको पहलमा सहमतिमा नेतृत्व स्थापित हुन सक्छ । सत्तापक्ष, प्रतिपक्ष राजनीति तथा प्रशासनिक पहुँच राख्न सक्ने सबै प्रकारका व्यवसायीलाई समेटेर जाँदा निर्वाचनबाट आउने नेतृत्वभन्दा प्रभावकारी हुन सक्नेछ । सहमतिको प्रयासबाट आएको नेतृत्व सफल हुन नसके दुई वर्षपछि मतदानको माध्यमबाट यसअघिका साधारणसभामा जस्तै नेतृत्व छनोट गर्ने विकल्प यथावत् छ । यसतर्फ सबैले सोचौँ । (लेखक भुर्तेल वर्तमान संघको सचिव हुन् ।)
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०३:४०
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP