Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • व्यवसाय एक, दृष्टिकोण अनेक
व्यवसाय एक, दृष्टिकोण अनेक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १९, २०७८
Bhesh KC
Hardik health
प्रकरण– १ सिद्धार्थ वनस्थली स्कुलको कक्षा ९ मा अध्ययनरत मेरो छोरा सँगसँगै पढ्ने सहपाठी लगभग ३५ जना (उसको सेक्सनमा) छन् । कक्षामा साथीभाइहरूबीच परिचयात्मक कार्यक्रम राखिएको छ, सबैले आङ्खनो नाम, थर, ठेगाना तथा आङ्खनो अभिभावकको बारेमा भन्नुपर्नेछ । सबैले आवश्यकताअनुसार भन्दै जान्छन् । एवं रितले मेरो छोराको परिचयको पालो आउँछ, उसले सबै कुरा भन्दै जान्छ, तर बाबुको पेसा भन्नुपर्दा केही अक्मकाएर मेरो बाबा वकिल (अधिवक्ता) हुनुहुन्छ भन्छ । उसले मेरो बाबा वैदेशिक रोजगार व्यवसायी हुनुहुन्छ भनेर खुलेर भन्न सकेन रे । प्रकरण–२ ०७७ सालको दसैँको दिनको कुरा हो । बिहान १०ः५५ मा टीकाको शुभसाइत भएकाले घरमा सबैजना टीका थाप्ने तरखरमा थियौँ, त्यस्तै १०ः३० तिर एउटा अपरिचित नम्बरबाट फोन आयो । फोन उठाएँ । कतै कसैलाई समस्या परेको पनि हुन सक्छ भन्ने मनमा लाग्यो । तराईतिरको लवजमा स्वर आयो– सर नमस्कार, म रामप्रकाश यादव, सिरहाबाट । मैले उसलाई बिर्सिसकेको रहेछु । उसले अगाडि भन्यो– आजभन्दा ५ वर्षअगाडि मलाई हजुरले दुबई पठाउनुभएको थियो । मैले राम्रो काम र स्यालरी पाएँ, त्यसैअनुरूप सिरहामा मकान बनाएको छु । आज घर पस्ने दिन जुरेको छ, घर पस्ने समयमा हजुरको धेरै सम्झना आएर ढोका अगाडिबाट हजुरलाई फोन गरेको छु । सरलाई दसैँको शुभकामना छ, साथै हजुरको कारणले आज म पक्की मकानमा सर्दै छु, सरको आशिर्वाद मलाई सधैँ लागिरहोस् । प्रकरण– ३ ‘०७८ साउन ४ गते राधास्वामी सत्सर्ग सामाखुशीको दृश्य’ देश कोरोनाले ग्रस्त छ । पहिलो लहरको तुलनामा दोस्रो लहरले धेरै मानवीय क्षति पुर्‍याएको छ । जे होस्, ढिलै भए पनि खोप प्राप्त भएर सरकारले उमेर समूह हुँदै अन्य पेसाका व्यक्तिलाई पनि खोप लगाउने योजनाअनुरूप खोप केन्द्रमा खोप चल्दै थियो । लाइनमा आङ्खनो पालो कुरेर बसेका वैदेशिक रोजगार व्यवसायी पनि छन्, तर उनलाई खोप केन्द्रका कर्मचारीले अमानवीय व्यवहार गर्छन् । मानौँ, उनी नेपाली नै होइनन् तथा उनको पेसा कुनै सम्मानित वा लक्षितवर्गको पेसामा नै गन्ती हुँदैन । धेरै अनुनय विनय गर्छन्, तर उनलाई खोप लगाउनबाट वञ्चित गरिन्छ, सँगै बसेका सार्वजनिक यातायातका सहचालकले स–सम्मान खोप लगाएर पाखुरा मिच्दै बाहिर निस्कन्छन् । त्यति मात्रै होइन, उनकै म्यानपावरबाट भिसा प्राप्त भएका विदेश जाने सामान्य कामदार पनि खोप लगाउन सफल हुन्छन् । विषय प्रवेश नेपालीको वैदेशिक रोजगारीको यात्रा दुई शताब्दी भनेको पुरानो हो । सदियौँदेखि चलिआएको लाहुरे प्रथा हुँदै हाल यो नेपाल र नेपालीको एउटा अभिन्न अंगको रूपमा रहिआएको पाइन्छ । नेपालको कुल गाह्र्रस्थ उत्पादनमा झन्डै २७.७१ प्रतिशत योगदान रहेको यो व्यवसाय कृषिप्रधान देश भनेर चिनिने देशमा कृषिले पु¥याएको योगदानको झन्डै झन्डैनजिक छ । रेमिट्यान्सलाई अहिले नेपालको मुख्य मेरुदण्डको रूपमा समेत अर्थविज्ञहरूले व्याख्या गरेका छन् । विगतमा २० महिनाअगाडि विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण नेपालीको श्रम गन्तव्य मुलुकलाई पारेको प्रभावका कारण देशको अर्थतन्त्र धरासायी हुने भनेर गरिएको आँकलन, यसैको एउटा कडी हो । ०६८ सालको जनगणनाले झन्डै ५० लाख नेपाली (भारतसहित) हरू विभिन्न काममा विदेश भएको तथ्यांक देखाउँछ । प्रत्यक्ष तथा परोक्षरूपमा धेरै नेपालीको मुख्य रोजीरोटी बनेको यो पेसालाई आजको दिनसम्म सम्मानित र व्यवहारिक रूपमा बुझ्ने तथा बुझाउने गरिएको पाइँदैन । प्रकरण–१ मा भनेजस्तै सबै जनाले आङ्खनो बुबाको पेसाप्रति गर्वका साथ वर्णन गर्दा मेरो छोराले किन ठाडो शिरले मेरो पेसालाई निर्धक्क भन्न सकेन ? प्रहरी, सेना, निजामति, वकिलजस्तै यो पनि एउटा सम्मानित पेसा हो भनेर भन्न त्यो बाल मानसपटल किन तयार भएन ? किनकि यो पेसालाई सम्मानित र मर्यादित बनाउन न त हामी व्यवसायीहरूले नै भूमिका खेल्यौँ, न त जिम्मेवार निकाय नै । वास्टतवमा आजसम्म मैले वकालतको पैसाले मासिक बच्चाले दूध खाने पैसा पनि कमाएको छैन । मेरो घर–परिवार औषधि उपचार तथा सम्पूर्ण व्यवस्था यदि वैदेशिक रोजगारीको पेसाले चलेको भन्न लाज मानेँ भने मलाई पाप लाग्छ । हामी व्यवसायीहरूले कहिल्यै पनि आङ्खनो यो पेसाको विरासत मेरो पुस्तामा हस्तान्तरण गर्छु भनेर लागेकै छैनौँ । पैसा कमाएर छोराछोरी डाक्टर, पाइलट बनाउँछौँ भनेर लागेका छौँ । अरु व्यवसायजस्तो आङ्खनो सन्नततिलाई समेत यही पेसामा आबद्ध गराएर पुस्ता हस्तान्तरणको सपना बुनियो भने पक्कै पनि यो पेसालाई गर्व गर्न लायक बनाउन सकिन्छ । यसमा दुई मत नै छैन । अर्कोतर्फ प्रकरण–२ मा भनेजस्तो पेसा व्यवसायमा यदाकदा आउने समस्याबाहेक के सबै विदेश जाने व्यक्तिहरू घर न घाटका भएका छन् त ? फसेका छन् त ? पक्कै छैनन् । रामप्रकाश त प्रतिनिधिपात्र मात्रै हुन् । हामीले पठाएका व्यक्तिहरू धेरैको हामीलाई आशिर्वाद प्राप्त छ । नियामक निकायको नियमनमा ध्यान नपुग्नु, परिआउने समस्यालाई हल गर्नुभन्दा त्यसलाई पन्छाउने तथा बल्झाउने कारणले अवश्य पनि यस पेसालाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक भएकै हो । गल्ती भएको खण्डमा कानुनी कठघरामा उभ्याउने कानुन तथा क्षतिपूर्तिबापत समेत राखिएको जमानत रकम सुरक्षित हुँदाहुँदै पनि सीमित मुठ्ठीभरका मान्छेहरूको व्यक्तिगत कुण्ठा तथा आवेगले सम्मानित व्यवसायका सञ्चालकलाई सामाजिक बहिष्करण गर्ने, लछारपछार तथा गाली बेइज्जतिसम्मको अवस्थामा झर्नु र राज्यसत्ताले त्यस्ता कुरीतिको पक्षपोषण गरेजस्तो गरी हुने असन्तुलित व्यवहार गर्दा अहिले पेसाप्रति गर्व गर्ने वातावरण नबनेको हो भन्न सकिन्छ । कोभिड–१९ ले समग्र अर्थतन्त्रलाई पारेको नकारात्मक प्रभाव वैदेशिक रोजगार व्यवसायमा पनि नपर्ने कुरा त भएन, अझ भन्नुपर्दा सम्पूर्ण व्यवसायहरू सुचारु भइसक्दासमेत अन्तर्राष्ट्रिय हवाइ उडान नखुल्नु र नेपालीको श्रम बजारका मुख्य गन्तव्य मुलुकहरूले नेपालबाट कामदार लैजान आनाकानी गर्दा वैदेशिक रोजगार व्यवसाय जर्जर अवस्थामा गुज्रिएको छ । सरकारले आव ०७८/७९ को बजेटमा सम्पूर्ण संकटग्रस्त व्यवसायलाई सम्बोधन गर्दा यो व्यवसायलाई सम्बोधन गर्न नखोज्नु तथा नचाहनु खेदजनक कुरा हो । पाँच लाखको लगानीमा सञ्चालित रेस्टुरेन्ट व्यवसायलाई सहुलियत कर्जाको कुरा उठ्ने तर तीन करोड रूपैयाँ धरौटी बुझाएर निःसर्त ब्याज बोकेका व्यवसायीहरूको रोदन नसुन्नु तथा कुनै सहुलियत प्रदान नगर्नु के यो व्यवसायी मैत्री वातावरण भयो त ? मुख्य कुरा के हो भने छिमेकी राष्ट्रहरूले यस प्रकारका व्यवसाय प्रवद्र्धन तथा नियमनका लागि ठोस कदम चालेर यथेष्ट सहयोगस्वरूप कार्यानुकूल वातावरण बनाइराखेको अवस्थामा हामी व्यवसायीलाई नै दलदलमा पार्ने गरी निमोठ्ने कार्यमा संलग्न हुँदा आज यस व्यवसायमा आबद्ध धेरै व्यवसायीहरू पेसाबाट हात धोएर अर्को पेसा अंगाल्नु पर्ने वातावरण सिर्जना हुँदै छ । अझै केही समय कसैले चाहेर तथा सोचेर नेपालबाट वैदेशिक रोजगारीको तत्काल विकल्प देखिँदैन । यसको विकल्प भनेको नै ‘सुरक्षित र भरपर्दो वैदेशिक रोजगार हो ।’ यसैलाई मनन् गरेर अगाडि बढ्न सके सरकार, सरोकारवाला तथा व्यवसायीको हित हुनेछ । अर्कोतर्फ प्रकरण–३ मा जुन व्यवहार वैदेशिक रोजगार व्यवसायीमाथि गरिएको छ, त्यो प्रतिनिधि घटना हो । साँच्चै भन्ने हो भने सरकारको व्यवसायीलाई हेर्ने दृष्टिकोण र रबैया नै त्यही हो । एउटा सार्वजनिक यातायातको सहचालकले स–सम्मान खोपको अधिकार पाउँदा तीन करोड लगानी गरेर हजारौँ युवालाई रोजगार प्रदान गर्ने तथा रेमिट्यान्समा यत्तिका योगदान पुर्‍याएको व्यवसायलाई गर्ने व्यवहार त्यही हो त ? अर्कोतर्फ, वैदेशिक रोजगारीमा जाने कामदारलाई फ्री भिसामा पठाऊ भनेर उर्दी लगाउने सरकारले आफूले समन्वय गरेर ‘जी–टु–जी’ मार्फत विदेश पाठाउने कामदारसँग कुन नाकले लाखौँ असुल गरेको हो ? त्यसको जवाफ दिनु पर्दैन ? त्यसकारण सस्तो लोकप्रियताका लागि काम गर्नेभन्दा पनि वैदेशिक रोजगार व्यवसायका यथार्थ समस्या के हुन् ? त्यो केलाउनुपर्ने बेला भएको छ । यसलाई उपेक्षा गर्नेभन्दा पनि प्रणालीगत आधारमा लागे सरकार र व्यवसायीबीच ‘विन–विन’ को अवस्था आउँछ, यसमा सबै गम्भीर हुनुपर्ने देखिन्छ । (लेखक वैदेशिक रोजगार व्यवसायी हुन् ।)
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ०३:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP