Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • विषन्तरित यात्राको नियती
विषन्तरित यात्राको नियती
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १९, २०७८
Devraj Aryal
Hardik health
कानुनी रूपमा दलीय गतिविधि संचालन गर्न अप्ठ्यारो हुने भएपछि नेपालका ठूला राजनीतिक दलहरू राष्ट्रिय महाधिवेशन गन बाध्य भए । यस क्रममा प्रमुख प्रतिपक्ष दल–नेकपा एमालेले आफ्नो दशौँ राष्ट्रिय महाधिवेशन गत मंसिर महिनामा सम्पन्न गरेको छ । एमालेले १० मंसिरमा महाधिवेशनको उद्घाटन गरेको थियो भने १५ गते नयाँ नेतृत्व चयन गरी महाधिवेशन सम्पन्न गरेको थियो । त्यसपछि लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन भयो । यसैगरी सत्तारुढ दल नेपाली कांग्रेसले पनि मसिंर मै आफ्नो १४औँ महाधिवेशन सम्पन्न गरेको छ । नेपाली कांग्रेसको महाधिवेशन गत मंसिर महिनाको २४ गते भएको थियो । यतिबेला सत्तारुढ गठबन्धनमा रहेको दल नेकपामा ओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन चलिरहेको छ । नेकपा माओवादी केन्द्रको जारी आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन यही पुस ११ गते उद्घाटन भएको थियो । महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा प्रतिवेदनउपर छलफल गरी समूहगत रूपमा निष्कर्ष प्रस्तुत गर्ने सम्पन्न भइसकेको छ । अब नयाँ नेतृत्व निर्वाचित गरेपछि नेकपा माओवादी केन्द्रको महाधिवेशन पनि सम्पन्न हुनेछ । नेपालको वर्तमान राष्ट्रिय राजनीतिमा ठूला मानिएका उल्लेखित तीनवटा राजनीतिक दलहरूले विधानले व्यवस्था गरेको प्रावधानअनुरूप तोकिएको समयमा महाधिवेशन गर्न सकेका थिएनन् । नेपालको कानुनी र संवैधानिक प्रावधानको कारणले गर्दा ठूला दलहरूले अहिले आएर बाध्यतावश आफ्नो राष्ट्रिय महाधिवेशन गरेका हुन् । देशको वर्तमान राजनीतिक प्रणालीमा लोकतान्त्रिक अभ्यासलाई जीवनशैली बनाउने जिम्मेवारी लिएका राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र हविगत यस्तो छ । अर्थात् स्वतःस्फूर्त रूपमा पूरा गर्नुपर्ने दायित्वका लागि पनि अन्तिम डेडलाइन र कानुनी बाध्यता नआइपुग्दासम्म नगर्ने प्रवृत्ति रहेको छ । लामो समयदेखि देशमा राजतन्त्रात्मक व्यवस्था रहेको पृष्ठभूमिमा ०६२/६३ को जनआन्दोलनपछि लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । राजतन्त्रात्मक व्यवस्था कानुनी र संवैधानिक रूपमा नै विस्थापित भयो । तर, व्यवस्थामा बदलाव आए पनि शासन सञ्चालनको शैली, संस्कार र मनोवृत्तिमा भने अहिले पनि उल्लेखनीय सुधार आउन सकेको छैन । सरकार संचालन गर्ने शैली उस्तै छ । नीतिगत भ्रष्टाचार उत्तिकै मात्रामा भइरहेको छ । सुशासन कायम गर्नुपर्ने दायित्व पूरा भएको छैन । जनताले सही रूपमा सेवाप्राप्त गर्न सकेका छैनन् । कर्मचारीतन्त्रमा रहेको ढिलासुस्ती र भ्रष्टाचारमा कुनै कमी आएको छैन । त्यसलाई सुधार गर्नेतर्फ पनि कुनै पनि भरपर्दो पहलकदमी भएको पाइँदैन । यस्तो अवस्थामा पनि प्रमुख राजनीतिक दलहरू परिस्थितिलाई सुधार गरी जनताप्रतिको जिम्मेवारी बोध गर्ने मनस्थितिमा आएका छैनन् । ०६२/६३ मा भएको जनआन्दोलनको सफलतापछि प्रमुख राजनीतिक दलहरू आसातीत रूपमा जिम्मेवार, जवाफदेही र इमान्दार भएको जनताले महसुस गर्न पाएका छैनन् । जसले गर्दा यसबीचको १४ वर्षको अवधिमा नै आमजनतामा निराशाको कालो बादल मडारिँदै गरेको छ । सुशासनको सवालमा अलिकति पनि सुधार आउन सकेको छैन । महँगी बढेको बढकै छ, रोजगारीको अवसर सिर्जना हुन सकेको छैन । युवाहरू अहिले पनि रोजगारीका लागि विदेश जानै पर्ने बाध्यता विद्यमान रहेको छ । यता राज्यबाट प्राप्त हुनुपर्ने न्यूनतम् सेवा र सुविधाहरू कार्टेलिङ भइरहेको छ । प्रशासनमा भ्रष्टाचार छ । कर्मचारीतन्त्रमा जवाफदेहीता र जिम्मेवारीबोध मात्र नभएको होइन, इमान्दारिता पनि विलुप्त हुँदै गएको छ । पदको दुरूपयोग गर्ने अनि जनताको काम छल्ने प्रवृत्ति मौलाउँदै गएको छ । जसको सिधा असर सेवा वितरण प्रणालीमा परेको छ । यतिबेला समस्याको मैजारो प्रशासन यन्त्रमा मात्र होइन, न्यायक्षेत्र र विधायन क्षेत्रमा पनि उत्तिकै बग्रेल्ती रूपमा देखा परेको छ । न्याय क्षेत्रमा बढ्दै गएको राजनीतिक रुची र चासोले गर्दा न्याय सम्पानमा प्रक्रिया र परिणामहरूमा प्रश्न उठेका छन् । यद्यपि स्वीकार गर्ने सन्दर्भमा समस्या नआएको भए पनि न्यायपालिको निर्णय र फैसलाहरूमा प्रश्न उठ्नु भनेको यसको विश्वसनीयता हराउँदै गएको संकेत हो । यसले पूर्ताल गर्न निकै कठीन र इमान्दार प्रयत्नको आवश्यकता पर्ने गर्दछ । यसैबीच नेपालको विधायिकी संस्थाहरूमाथि पनि जनताले प्रश्न उठाउन थालेका छन् । सरकार गठन गर्ने र सरकार गिराउनेबाहेक अन्य बिजिनेस सम्पन्न गर्ने सवालमा विधायन सभाहरूको भूमिका निकम्मा बन्दै गएको छ । जनताले बलिदानीपूर्ण संघर्ष गरेर स्थापना गरेको नयाँ राजनीतिक व्यवस्थामा यत्ति छिट्टै न्यायपालिका र व्यवस्थापिकाजस्ता संस्थाहरूप्रति अविश्वास बढ्न सक्ने खतरनाक संकेत देखापरेको छ । यो देशकै लागि शुभसन्देश होइन । तथापि नेपालमा प्रमुख राजनीतिक दलहरू खासगरी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी यसतर्फ खासै चिन्तनशील र सम्वेदनशील बनिरहेका छैनन् । उल्लेखित प्रमुख राजनीतिक दलहरूको सम्पन्न राष्ट्रिय महाधिवेशन परिणामले पनि यस्तै कम सम्वेदनशीलताको सन्देश प्रवाह गरेको छ । लोकलाजको भयका कारणले यतिबेला प्रमुख राजनीतिक दलहरूले आ–आफ्नो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका छन् । अहिले पनि राष्ट्रिय महाधिवेशन नगरेको भए यी दलहरू कानुनी र संवैधानिक रूपमा निर्वाचन प्रयोजनका लागि अयोग्य सावित हुने हालतमा थिए । यो उनीहरूका लागि बाध्यता थियो । बाध्यतालाई पूरा गर्न महाधिवेशन आयोजना गरेको हुनाले त्यसबाट जनता र राष्ट्रको हितमा राम्रो हुने नीति र विचार आउने भन्ने अपेक्षा त्यसै पनि थिएन । तथापि प्रमुख नेताहरू आफ्नै पार्टीप्रति इमान्दार हुन सकेको पाइएन । यस्तो अवस्थामा भोलिको दिन सुन्दर होला भनेर कसरी विश्वस्त हुने ? प्रश्न जटिल रूपमा उत्पन्न भएको छ । यसका लागि जनताले खबरदारी गर्नु पर्ने बेला आएको छ । यति बेला देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश भइसकेको भए पनि यो व्यवस्था बलियो रूपमा स्थापित हुन बाँकी नै छ । संवैधानिक आधारहरू तयार भएका छन् । तदनुरूप प्रशासनिक संरचनाहरू पनि निर्माण भइसकेका छन् । फेरि पनि सैद्धान्तिक रूपमा स्वतःस्पूmर्त रूपमा कार्यन्वयन हुने सन्दर्भमा अहिले पनि अलमल, अन्योल र उल्झनहरू पर्याप्त मात्रामा रहेका छन् । आसातीत रूपमा काहिँ कतै काम हुन नसक्नेबित्तिकै संघीय प्रणालीका कारणले समस्या उत्पन्न भएको भनेर तर्क–वितर्क गर्ने परिपाटी छ । हिजो लोकतन्त्र, गणतन्त्र र संघीयताका लागि लडेकाहरूले पनि बिनाहिचकिचाहट यस्तो तर्क राख्ने गर्दछन् । यस्तो हुनु विद्यमान व्यवस्थाका लागि स्वस्थकर ऊर्जा होइन । राजनीतिक दलहरू यस विषयमा गम्भीर हुन आवश्यक छ । अहिलेको अवस्थामा ठूला भनिएका राजनीतिक दलहरूले लोकतान्त्रिक व्यवस्थाको स्वस्थ विकास र समृद्धिका लागि साझा रूपमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यस सन्दर्भमा सत्ता प्राप्ति र सरकारमा जाने विषयलाई मात्र उद्देश्य बनाउने हो भने त्यसले समग्र व्यवस्थाको संरक्षण गर्न सक्दैन । यो पक्षमा अहिलेका राजनीतिक दलहरू जान अन्जान रूपमा उद्देश्यबाट विषयान्तरित भएका छन् । सम्पन्न राष्ट्रिय महाधिवेशनका दृश्यात्मक पक्षहरूले पनि यस्तै संकेत गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीको राष्ट्रिय महाधिवेशनहरू विचार, कार्यक्रम, कार्यदिशा र सिद्धान्तको बहसमा बढ्ता केन्द्रित हुनु पर्ने थियो । तर, अफशोच नै भन्नु पर्दछ, यसतर्फ खासै गहन विमर्श र विवेचना हुन सकेन । विगतमा अवलम्बन गर्दै आएका नीति, सिद्धान्त, कार्यक्रम र कार्यदिशालाई थपघट र कपिपेस्ट गर्दै औपचारिकता पूरा गर्ने काम भए । जसले गर्दा आगामी दिन दलहरूका लागि निकै चुनौतीपूर्ण र अन्योलका दिन हुन सक्ने आँकलन भइरहेको छ । पार्टीजीवन र देशको जीवनसँग जोडिएका समस्याहरूलाई समाधान गर्ने ढंगबाट वैचारिक कार्यदिशा तय हुने पर्ने थियो । त्यो भावी दिनमा आउन सक्ने समस्यालाई समाधान गर्ने तवरबाट तर्जुमा हुनु पर्ने थियो । तर, बढ्ता ध्यान यथास्थितिमै केन्द्रित रह्यो । यो पक्ष विचरणीय पक्ष हो । अझै पनि बितिहालेको छैन । सहमति र समझदारी वातावरण निर्माण हुने गरी नवीनतम् कार्यक्रमको खाका कोरी वर्तमान व्यवस्थालाई मजबुत बनाउने र जनताको जीवनस्तर उकास्नेतर्फ यात्रा तय गर्नु आवश्यक छ ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ०३:१७
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP