Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भ्रष्टाचारलाई शुन्यमा झारौं
भ्रष्टाचारलाई शुन्यमा झारौं
admin123
admin123 सोमबार, मंसिर २४, २०७५
IMG_2571
Hardik health
नेपालगन्ज । मंसिर २४ गते । गलत कार्य गर्नेहरुलाई सामाजिक बहिष्कार गरे मात्र भ्रष्टाचार नियन्त्रण हुने सरोकारवालाहरुले बताएकाछन् । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस तथा बासको १८ औं बार्षिकोत्सवको अवसरमा आज नेपालगञ्जमा सम्पन्न ईन्टिग्रेटी सेमिनारमा उपस्थित सरोकारवालाहरुले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणाले गलत काम गर्नेलाई दण्ड र असल कार्य गर्नेलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउँदै उपमहानगरपालिका भ्रष्टाचारलाई शुन्यमा झार्ने अभियानमा लागेको बताए । आफु कार्यरत निकायमा गलत कार्य गर्ने परिपाटी हटेमा वा नेतृत्वमा रहेको व्यक्तिको नियतनैं असल भएमा मात्र सुशासन बाहालि हुने उनले बताए । जिल्लालाईनैं भ्रष्टाचारमुक्त जिल्ला बनाउने अभियानमा लाग्न सबैलाई उनले अनुरोध गरे । केही दिन अघि मात्रै नागरिक समाजका तर्फबाट प्रदान गरिएको ईन्टिग्रेटी आईडल २०१८ का बिजेता बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङलाई कार्यक्रमकै बिचमा बाँकेवासीहरुका तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणाले सम्मान प्रदान गरेका थिए । सम्मान प्राप्त गरिसकेपछि बोल्दै कुरुम्वाङले आफु जनताको शासक नभई सेवक भएको बताए । ईमान्दारिता पूर्बक काम गरिरहेका कारण नागरिकहरुबाट देशकै ठूलो सम्मान पाएको उल्लेख गर्दै जीवन प्रयन्त सम्म सुशासनका लागि काम गर्ने बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले कार्यक्रममा बोल्दै भ्रष्टाचारले नछोएको ठाउँ कतै नभएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्न सबैको भूमिका अपरिहार्य भएको बताए । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका निमित्त प्रमुख नारायण दत्त उपाध्याय, एक्सनएड नेपालका टेकराज भट्ट, बासका सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, युएनडिपि धनगढीका प्रमुख सतिष पाण्डे लगाएतले बोलेका थिए । कार्यक्रममा बाँके जिल्लाको सामाजिक सद्भाव तथा सामुदायिक सवलिकरणका लागि पुर्याएको योगदानको कदर गर्दै युएनडिपिका सुदुरपश्चिम तथा प्रदेश नम्वर ५ का संयोजक सतिष पाण्डेलाई सम्मान गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणा, ईन्टिग्रेटी आईडल २०१८ का बिजेता बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले संयुक्त रुपमा पाण्डेलाई सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए । यसैगरी बासमा कार्यसमिति सदस्य, सचिव, उपाध्यक्षको जिम्मेवारीमा रहि संस्थागत बिकासमा योगदान पुर्याई हाल नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुख पदमा कार्यरत उमा थापा मगर, बासको बर्दिया शाखा अध्यक्ष र केन्द्रीय सदस्यमा रहि संस्थागत बिकासमा योगदान पुर्याउने गुलरिया नगर कार्यपालिका सदस्य नैन सुनार र बासको उदयपुर उपशाखा बाँकेका सदस्य रहि संस्थागत बिकासमा योगदान पुर्याउने नेपालगञ्ज वडानम्वर १३ का वडा सदस्य ओम प्रकाश चौहानलाई कार्यक्रममा सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यद्धारा लिखित यसो गरे कसो होला ? नाटक मञ्चन गरिएको थियो । नाटकमा श्यामानन्द सिंह, रबिन्द्र बोहरा, छविलाल सुनार, शर्मिला थापा, शोभा थापा, सपना परियार, तपेन्द्र मलाति लगाएतले अभिनय गरेका थिए । कार्यक्रममा रबिन्द्र्र बोहरा, ममता पुन, मिनु गुप्ता, शर्मिला थापा, शोभा थापा लगाएतले नृत्य गरेका थिए । श्यामानन्द सिंहले बाँसुरी धुन प्रस्तुत गरेका थिए भने आदित्य प्रकाश र तपेन्द्र मलाती लगाएतले गजल प्रस्तुत गरेका थिए । कार्यक्रमकै बिच बासका प्रतिनिधिमूलक १८ फोटो सार्वजनिक गरिएको थियो । बासका केन्द्रीय सदस्य शिब कुमार बर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए । धन्यवाद ज्ञापन बासका महासचिव छविलाल सुनारले गरेका थिए भने समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । 
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी मंगलबार, पुस ८, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP