नेपालगन्ज । मंसिर ९ गते ।
भ्रष्टाचार बिरुद्ध चौथो राष्ट्रिय युवा सम्मेलन तथा बासको ८औं महाधिवेशन आगामि फागुन १० र ११ गते नेपालगन्जमा गर्ने निर्णय सहित बासको ३१औं पुर्णकालिन बैठक सम्पन्न भएको छ ।
यसैगरी बैठकले ७२ जिल्लाहरुमा शाखा विस्तार भएकोमा अव बाँकी रहेका जिल्लामा शाखा विस्तारका गर्दै देश भरी नै सञ्जाल बिस्तार गर्ने योजना पारित गरेकोछ । बैठकले जिल्ला शाखाहरुको संजालिकरण, क्षमता विकास र श्रोत व्यवस्थापन गर्ने, युवा उद्यमशिलतामार्फत युवा स्वरोजगार प्रवद्र्धन गर्न सम्भाव्यता अध्ययन गर्ने लगाएतका निर्णयहरु गरेको छ ।
भ्रष्टाचार विरुद्धको चौथो राष्ट्रिय युवा सम्मेलन तथा बासको ८ औं महाधिवेशन भब्यताको साथ सम्पन्न गर्नका लागि बासका केन्द्रीय अध्यक्ष मन भण्डारीको संयोजकत्वमा महासचिब छविलाल सुनार सह–संयोजक तथा केन्द्रिय पदाधिकारीहरु, बासका पुर्व केन्द्रीय पदाधिकारीहरु, कर्मचारी सदस्य रहनेगरी मुल तयारी समिति गठन गरेकोछ । भ्रष्टाचार विरुद्धको चौथो राष्ट्रिय युवा सम्मेलन बासको मुल आयोजना तथा बिभिन्न संघ संस्था र निकायहरुको समन्वयमा गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बासका केन्द्रीय अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको बैठकमा केन्द्रिय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले चार महिनाको अवधिमा गरेका कामको वारेमा व्यक्तिगत प्रतिवेदन, प्रदेश संयोजकहरुले प्रदेश प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रज्जव अलि बागवानले चार महिनाको सांगठनिक प्रतिवेदन, महासचिव छविलाल सुनारले प्रगति प्रतिवेदन र कोषाध्यक्ष लुना बुढाथाकीले चार महिनाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बासले यस कार्यकालनमा प्राप्त गरेका उपलव्धिहरु, चुनौतिहरु, सिकाईहरुको विश्लेषण गर्दै परिवर्तित सन्दर्भमा भावि योजना तथा रणनितिको वारेमा छलफल गरिएको थियो ।