Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दिवा सेवा केन्द्र सँकटमा
दिवा सेवा केन्द्र सँकटमा
admin123
admin123 आइतबार, भदौ १७, २०७५
newae
Hardik health
नेपालगन्ज । भाद्र १७ गते । लामो समय देखि बौद्धिक अपांगता भएका बालबालिकाहरुकाहरुका लागि नेपालगन्जमा सञ्चालीत दिवा सेवा केन्द्र सँकटमा परेकोछ । बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई ब्यवहारिक शिप दिदै आएको सो सेवा केन्द्र आर्थिक समस्याका कारण संचालनमा कठिनाई भएको बताईएको छ । अपाङ्गताको क्षेत्रमा खासै प्राथमिकतामा पर्न नसकेको बौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि भन्दै बि.स. २०४९ सालमा सो दिवा सेवा केन्द्रको स्थापना भएको बताईन्छ । नेपालगन्ज उप–महानगरपालिका वडा नं. ९ स्थित श्री सरस्वती प्राथमिक बिद्यालयको एउटा कोठामा स्थापना काल देखि नै सो कक्षा संचालन हुदै आएको छ । बाँके जिल्लामा रहेका बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई ज्ञान तथा ब्यवहारिक शिप प्रदान गर्ने उद्धेश्यले तत्कालीन सुस्त मनस्थिती संरक्षण केन्द्रको सहयोगमा सो केन्द्र संचालनमा आएको बताईन्छ । स्थापनाकालको केही बर्ष सो संस्थाको सहयोगमा संचालन भएपनि संस्थाको कार्यक्रम सकिएपछि बन्द हुने अवस्थामा पुगेको बताईन्छ । सो अवस्थामा केन्द्रलाई विभिन्न ब्यक्तिहरुको ब्यक्तिगत सहयोगमा पुनः संचालनमा ल्याईएको थियो । सो अवधिमा केही बिदेसी नागरिकहरुले ब्यक्तिगत रुपमा केन्द्र सञ्चालनका लागि आर्थिक सहायता गरेको केन्द्र निकट ब्यक्तिहरुको भनाईछ । सहयोग गर्ने ब्यक्तिहरुले विविध कारण देखाउदै सहयोग रकम दिन २०११ देखि बन्द गरेको थियो । लामो समय देखि सञ्चालन भई बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई प्रत्यक्ष फाईदा पु¥याईरहेको केन्द्रलाई प्राप्त रकम रोकिएपछि केही समय बौद्धिक अपांगता अभिभावक संघले ब्यक्तिगत रुपमा पैसा उठाएर निरन्तरता दिएका थिए । नियमित रुपमा अभिभावकहरुबाट पैसा उठाएर संचालन गर्न सम्भब नभएपछि संघ कै अगुवाईमा २०११ मा तत्कालीन जिल्ला शिक्षा अधिकारीको सक्रियतामा १ लाख ५० हजार रुपैया जिल्ला शिक्षा कार्यालय मार्फत संचालनका लागि प्रदान गरिएको बताईन्छ । जिल्ला शिक्षा कार्यालयले दिदै आएको रकमले पनि निरन्तरता पाउन सकेन । हाल पुनः सो केन्द्र विभिन्न ब्यक्तिहरुको सहयोगबाट संचालन भईरहेको बताईएको छ । प्राप्त जानकारी अनुसार सो दिवा सेवा केन्द्रमा हाल ३२ जना बौद्धिक अपांगता भएका बालबालिकाहरु भर्ना भई अध्यापन गरिरहेका छन् । बौद्धिक अपांगता दिवा सेवा केन्द्र संचालन भए देखि नै अध्यापन गराउदै आएकी बिराज सिंहले ३२ जना बालबालिकालाई बिहान १० बजे देखि साँझ ३ बजे सम्म अध्यापन गराईरहेको बताईन् । बोद्धिक अपांगता भएका ब्यक्तिहरुले अध्ययन गर्न नसक्ने भएकाले उनीहरुलाई ब्यवहारीक ज्ञान मात्रै प्रदान गरिदै आएको उनको भनाई थियो । के–के सिकाईन्छ भन्ने प्रश्नमा उनले दैनिक रुपमा प्रयोग हुने हात कसरी धुने, खानाखानु अघि र पछि हात धुने तरिकाको जानकारी, कसरी कपडा लगाउने, टाङ कसरी लगाउने, ब्रस कसरी गर्ने, खाना खाने, जुत्ता लगाउने लगायतका बिषयमा ब्यवहारिक ज्ञानका कुरा सिकाईने उनको भनाई थियो । यो बर्ष ८ जना नयाँ बालबालिका थपिएको उनले बताईन् । हाल सो सेवा केन्द्रमा बालबालिका वसार–पसार गर्न ३ ओटा रिक्सा प्रयोगमा रहेका छन् भने सेवा केन्द्रका लागि १ जना शिक्षक, ३ जना रिक्सा चालक र १ जना स्विपर गरि ५ जना कर्मचारीहरु कार्यरत रहेका छन् । बाँके जिल्लामा रहेका बौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि दिवा सुधार केन्द्र संचालन गरिएको भएपनि दिगो श्रोतको अभावमा नेपालगन्ज उप–महानगरपालिकामा मात्रै सिमित हुन पुगेको बोद्धिक अपांग अभिभावक संघका अध्यक्ष गोकर्ण आचार्यले बताए । बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई चमत्कारीक ज्ञान भन्दा पनि जिवनको ब्यवहारिक कामहरुका बारेमा सिप सिकाईने उनले बताए । केन्द्रमा कर्मचारी, बिद्यार्थीहरुको खाजा लगायतको श्रोत नभएका कारण केन्द्र अहिले दयनिय अवस्थामा पुगेको भन्दै त्यसको संरक्षणका लागि सबैसँग अपिल गरिरहेको उनको भनाई थियो । केही बौद्धिक अपांगता भएका ब्यक्तिहरु नियमित कक्षामा आउने गरेको भन्दै सो केन्द्रले आपंगता भएका बालबालिका र परिवारलाई समेत सन्तुष्टी दिईरहेको उनको भनाई थियो । केन्द्रको नियमितताका लागि स्थानिय तह लगायत स्थानमा पहल गरिरहेको भएपनि सहयोगको आस्वासन मात्रै पाएको अध्यक्ष आचार्यले बताए । दिवा सेवा केन्द्रलाई आवासिय सेवा केन्द्रको रुपमा सञ्चालनमा ल्याउन सकेमा बौद्धिक अपांगता भएका सबै ब्यक्तिहरुलाई सहभागि गराउन सकिने सम्बद्धहरु बताउछन् । १८ बर्ष उमेर सम्म शिक्षण सिकाई गर्न नसक्ने बालबालिकालाई बौद्धिक अपांगताको रुपमा परिभाषित गरेको छ । नेपालको जनगणना–२०६८ अनुसार बाँकेमा मात्रै ३६४ जना बौद्धिक अपांगता भएका ब्यक्तिहरु रहेको देखिन्छ । जसमा ३२ जना सिकाई केन्द्रमा अध्ययन गरिरहेका छन् भने ३३२ जना केन्द्रको पहुँचबाट बाहिर रहेको देखिन्छ । बौद्धिक अपांगता भएका ब्यक्तिहरुको सहज जिवनयापनका लागि सचेतना, परामर्श सेवा लगायतका आवश्यक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाहरुको ध्यान जान जरुरी देखिन्छ ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५  ०९:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी मंगलबार, पुस ८, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP