Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • आर्थिक चलखेलमा नयाँ ट्याक्सीको दर्ता बन्द
आर्थिक चलखेलमा नयाँ ट्याक्सीको दर्ता बन्द
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ७, २०७८
Sawan-6-4
Hardik health
यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयको आर्थिक चलखेलमा नयाँ ट्याक्सीको दर्ता रोकिएको हो । महाराजगंजको टिचिङ अस्पतालको अगाडि तीन ओटा ट्याक्सी पार्किड. गरेको थियो । एकजना महिलाले पुरुषलाई डोर्‍याउँदै ट्याक्सीको अगाडिसम्म ल्याइन् । अधैबैँसे उमेरका ती पुरुष अस्पतालबाट भखरै डिस्चार्ज भएका रहेछन् । उनी आफ्नो कोठा जानका लागि ट्याक्सीको खोजीमा भौतारिहेका थिए । चितवन घर बताउने श्याम कार्की हाल नारायनस्थानमा कोठा लिएर बस्दा रहेछन् । अस्पतालअगाडि पार्किङ गरेको ट्याक्सीलाई उनले ‘भाइ, नारायणस्थान जाने हो’ भनेर सोधे । उनले ‘मिटरमा नारायणस्थानसम्म लगिदिन्छौ’ भनेर पुनः प्रश्न गरे । तर, ट्याक्सी चालक मानेनन् । बिरामीलाई उभिन पनि गाह्रो भइरहेको थियो तर त्यस ट्याक्सी चालकलाई केही फरक परेन । ट्याक्सीको चालकसँग उनको श्रमितीले धेरैबेर मिटरमा जानका लागि मोलमोलाइ गरिरहिन् । एउटाले त मानेन तर अरु पनि मिटरमा उनलाई नारायणस्थान छाड्न मानेनन् । यो दिउँसो करिब ३ बजेको कुरा हो । उनको श्रीमतीले पटक–पटक ‘दिउँसै छ फर्किँदा यात्रु पाइहाल्नुहुन्छ’ भनेर प्रस्ताव राखिन् । तैपनि ती ट्याक्सी चालक मानेनन् । ‘अहिले फर्किँदा यात्रु पाइएन भने खाली फर्किनुपर्छ,’ त्यस ट्याक्सीका ट्याक्सी चालकको भनाइ हो यो । एउटाले हजार माग्छ अर्कोले आठ सय रूपैयाँ । तर मिटरमा जान कोही पनि मान्दैनन् । टिचिड. अस्पतालबाट नारायणस्थानको औसत दूरी करिब ५ किलोमिटर होला । अन्ततः उनीहरू माइक्रोबस कुरेर नारायणस्थान जान बाध्य भए । त्यस्तै चाबहिलको ओम अस्पताल अगाडि एकजना दाइको पनि ट्याक्सी चालकसँग मोलमोलाइको काम जारी थियो । ओम अस्पतालबाट कपनको रामहिटी गएको भाडा ट्याक्सी चालकले भने अनुसार सात सय रुपियाँ हो । चाबहिल र कपनको औसत दूरी चार किलोमिटर छ । यी त ट्याक्सीबाट आजित भएका केही पात्र मात्र हुन् । दिनहुँजसो कति सर्वसाधारणलाई ट्याक्सीले दिक्क बनाएको छ । ट्याक्सीले मच्चाएको लुटबारे ट्राफिक प्रहरीका उजुरी गर्न खोज्यो भने आफ्नो ड्यटीमा ट्राफिक प्रहर देखिँदैनन् । ट्राफिक प्रहरीलाई यसबारे खबर भए पनि बेखबरजस्तै भएर बसेका छन् । यातायात व्यवसायीहरूले नयाँ ट्याक्सीको दर्ता खोले, सडकमा उत्रिने चेतावनी सरकारलाई दिएका छन् । सबै सेवासुविधा सम्पन्न गाडी चाहिए त आफ्नै निजी गाडी किन्नुपर्ने ट्याक्सी व्यवसायीहरूको भनाइ छ । साथै, यातायात क्षेत्रको सरकार नै हामी हौ भन्दै यातायात व्यवसायीहरू दाबी गर्छन् । सरकारको यातायात क्षेत्रमा लगानी छैन भन्दै यातायात व्यवसायीहरूले दादागिरी देखाएको प्रस्टै देखिन्छ । आफ्नो निजी सम्पत्ति हो भन्दै यातायात व्यवसायीले आफ्नो मनोमानी चलाएका छन् । ट्याक्सी चढ्नेबित्तिकै यात्रुले १४ रुपियाँ तिर्नुपर्छ । सरकारले तोकेअनुसार ट्याक्सीको एक किलोमिटरको भाडादर ३९ रुपियाँ छ । एक किलोमिटर यात्रा गर्दा यात्रुले ५३ रुपियाँ तिर्नुपर्छ । सरकारी रेटमा ट्याक्सीले यात्रु गन्तव्यमा पुर्‍यायो भने प्रत्येक किमी ५३ तिरे पुग्छ । तर ट्याक्सी सरकारी रेटमा त के मिटरमा हिँड्न नि मान्दैनन् । मिटर ट्याक्सी सेवाको अध्यक्ष हरिकष्ण बस्नेतलाई नयाँ ट्याक्सीको विषयमा केही कुरा बुझ्न खोज्दा उनले सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्यो भने ट्याक्सीको मूल्य र दैनिक कमाइ घट्ने भएकाले उनले ट्याक्सीको दर्ता खोल्न नदिएको बताएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघको महासचिव भरत नेपाललाई नयाँ ट्याक्सीको दर्ता केलाइ नखोलेको भनेर सोध्दा नयाँ गाडी बेच्ने कम्पनीले यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयमा कमिसन नदिएको कारण नयाँ ट्याक्सीको फाइल अड्काएको बताए । आर्थिक चलखेल नमिलेर नयाँ ट्याक्सीको फाइल अड्केको हो भनेर यातायात व्यवस्था विभागको एकजना कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिएका छन् । अहिले सञ्चालनमा रहेको ट्याक्सी मिटरजडित कालोप्लेटको ट्याक्सीले यात्रुहरूलाई सेवासुविधा दिएका छैनन् । ट्याक्सी मिटरमा हिँड्दैनन् । भएको ट्याक्सी पनि पुराना, थोत्रा र कवाडी भइसकेका छन् । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्ने भनेको फाइल पनि आठ महिना अघिदेखि मन्त्रालयको दराजमा थन्किएको छ । सरकारले खोल्ने भनेको लक्जरियरस नयाँ ट्याक्सीको दर्ता यातायात व्यवसायी र यातायात मन्त्रालय, विभागको कमिसनको खेलमा नखुल्ने छाँटकाट देखिरहेको छ । नयाँ ट्याक्सीको दर्ता खोल्ने कसले हो ? पहिला सुरु यसमै सरकारका केही निकायहरू अलमलमा परेका छन् । यातायात मन्त्रालय यातायात व्यवस्था विभाग देखाउँछ । यातायात व्यवस्था विभाग यातायात मन्त्रालयतिर औँला तेस्र्याउँछ । यी दुई सरकारी निकायहरूको हानाथापले बीचमा जनता पिल्सिरहेका छन् । विभाग र मन्त्रालय आफ्नो जिम्मेवारीबाट पन्छिसकेकोजस्तो देखिन्छ । यसको फाइदा ट्याक्सी व्यवसायीलाई भइरहेको छ । नयाँ ट्याक्सीको दर्ता कहिले खोल्ने हो बारे उत्तर दिन प्रदेश सरकार, यातायात मन्त्रालय र विभाग तयार छैन । यसो गर्दा सिन्डिकेट कायम रहने भो भनेर धेरै जनगुनासोहरू आइरहेको छ । नयाँ ट्याक्सीको दर्ता नखोल्दा यात्रुले थुप्रै कठिनाइको सामना गर्नुपरेको छ । यातायात व्यवसायीहरूले चाहिएको नै सिन्डिकेट हो । आर्थिक लेनदेन र राजनीतिक पहुँचको कारणले पनि ट्याक्सीमा भएको सिन्डिकेट कायमै रहेको हो । सबै प्रदेशमा नयाँ ट्याक्सीको दर्ता बन्द छ । उपत्यकाभन्दा बाहिरी जिल्लाका सर्वसाधारणले मर्दा र पर्दा पनि ट्याक्सीको प्रयोग गर्न पाएका छैन । ट्याक्सीको परमिट उपत्यकामा मात्र छ । उपत्यकाबाहिर ट्याक्सीको परमिट छैन । दुर्गम जिल्लाका नागरिकहरूले बिरामी हुँदा पनि ट्याक्सी पाएका छैनन् । यसको दोष कसलाई दिने ? यातायात व्यवस्था विभाग यसको दोष लिन तयार छैन । यातायात मन्त्रालय सुनिरहेको छ तर नसुनेजसो गरेर बसेको छ । सरकारले जनताका लागिभन्दा पनि यातायात व्यवसायका लागि मात्र काम गरेको जनता नै बताउँछन् । सरकारले ट्याक्सी व्यवसायीको हितमा मात्र काम पनि गरेको सर्वसाधारणहरूको भनाइ छ । ट्याक्सीमा विगत २९ वर्षदेखि सिन्डिकेट कायमै छ । उपत्यकाबाहिर ट्याक्सीको रोड परमिट छैन । उपत्यकाबाट बाहिर बस्ने सर्वसाधारणले भनेको बेलामा ट्याक्सी पाएका छैनन् । ट्याक्सीको नयाँ दर्ता खोल्नका लागि सरकारले कुनै पनि कार्ययोजना तयार गरेको छैन । ट्याक्सीमा वर्षौँदेखि एकाधिकार चलिआएको छ । जनताको करबाट निर्माण भएको बाटोमा ट्याक्सीले मनोमानी चलाउँदै आएको छ । तैपनि सरकार वर्षौँदेखि मौनधारण गरेर बसेको छ । सेवासुविधाको नाममा जनता ठगिएका छन् । गरिब जनता मर्न लागे पनि उनीहरू ट्याक्सी चढ्न सक्दैनन् । किनभने अहिलेको ट्याक्सीको भाडा सरकारले गरिब जनताले पनि प्रयोग गर्न पाऊन् भनेर निर्धारण गरेकोजस्तो देखिँदैन । जनताले ट्याक्सी ब्यवसायीले भनेजत्ति पैसा तिरेर पनि राम्रो सेवासुविधा पाएका छैनन् । तीन जना मोटामोटा मान्छे ट्याक्सीमा अट्दैनन् । सलाईको बट्टाजस्तो आकारभएको ट्याक्सीमा खुट्टा पसार्ने ठाउँसमेत छैन । ट्याक्सी चालकहरू मिटरमा यात्रु बोक्दैनन् । सरकारलाई पनि नयाँ ट्याक्सीको दर्ता खोल्न दिँदैनन् । र, जनतालाई सस्तोमा सेवा दिने तयार छैनन् । यदि ट्याक्सी व्यवसायीले जनताको मन पनि जित्न सक्ने हो भने यस्तो स्थिति नै आउँदैनन् । अनि कहाँ हट्यो त सिन्डिकेट ? खुला प्रतिस्पर्धाबाट नयाँ व्यावसाय आउन पनि नदिन यातायात व्यवसायीले मरिहत्ते गरेका छन् । जहिले पनि सरकारसँग विभिन्न माग राखेर जनता ठग्ने काम गरेका छन् । ‘ट्याक्सी व्यवसायी कहिले नसुध्रिने भए,’ एकजना यात्रुको भनाइ हो यो । ‘ट्याक्सी व्यवसायीलाई ठाउँमा ल्याउनलाई यिनीहरूको विरोधमा आवाज उठाउनै पर्छ,’ उनले भने । साथै उनले ट्याक्सी चढेको यात्रुले ट्याक्सीभित्रबाट ट्याक्सीको ठगिबारे आवाज उठाउनै पर्छ । अनि मात्र जनताले सस्तोमा सेवासुविधा पाउँछन् । राजनीतिक पार्टीहरूको झोला बोकेर नेता बन्दै हिँडेका छन् उनले थप भने । एउटा ट्याक्सी व्यवसायीसँग महासंघका नेताहरूले एक महिनाको ५०० लेबी उठाउने गरेको एकजना ट्याक्सी चालकले नाम नबताउने सर्तमा भने । उनको भनाइअनुसार उपत्यकामा जम्मा ९ हजार ट्याक्सी छ । त्यो पनि नयाँ पुराना सबै जोडेर । एउटा ट्याक्सीबाट ५०० उठाउँदा महिनाको कति लेबी उठ्छ ? यसरी लेबी उठाएको पैसाबाट यातायात व्यवस्था विभाग, यातायात मन्त्रालय र ट्राफिक महाशाखालाई चटाउने गरेको उनले भने । त्यही भएर त मिटरमा यात्रु नबोक्ने यातायात व्यवसायीलाई ट्राफिकले छुट दिएको छ । तर यसको घाटा भने राज्य र जनतालाई भएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ०३:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP