Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • क्षेत्रीलाई बास, ब्राईटल्याण्ड युवा पुरस्कार
क्षेत्रीलाई बास, ब्राईटल्याण्ड युवा पुरस्कार
admin123
admin123 सोमबार, भदौ ४, २०७५
39685789_10216769886748694_806100610532245504_n
Hardik health
नेपालगन्ज/ युवाहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले हरेक बर्ष अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने बास, ब्राईटल्याण्ड युवा पुरस्कार लागु पदार्थ दुब्यसन बिरुद्ध क्रियाशिल युवा अभिराज क्षेत्रिलाई प्रदान गरिएको छ । १८औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बास नेपालगन्ज र ब्राईटल्याण्ड स्कुलको संयुक्त आयोजना मा भाद्र ३ गते नेपालगन्जमा सम्पन्न एक भब्य कार्यक्रमका बिच सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमालले क्षेत्रीलाई दोसल्ला, ताम्रपत्र, ट्रफि र नगद रु. १५ हजार सहित सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमालले युवाहरु बेरोजगार भएका कारण कुलतमा फस्ने गरेको भन्दै रोजगारिको सिर्जना गर्नु अपरिहार्य रहेको बताए । हरेक ब्यक्तिमा आत्मबल आवश्यक पर्ने भन्दै सन्तानहरुमा आत्मबलको बिकास गर्न परिवारको भुमिका महत्वपूर्ण हुने बताए । स्वास्थ्यका लागि हरेक युवाहरु खेलकुदमा लाग्न सके दुब्यसनबाट मुक्त हुने उनको भनाई थियो । ओलम्पीयन समेत रहेका प्रमुख अतिथि हमालले लागु औषध बिरुद्ध लाग्न सबैलाई आब्हान गरे । कार्यक्रममा बोल्दै अतिथि सेच द चिल्ड्रेनका प्रोगाम अप्रेसन्स डाईरेक्टर बिरेन्द्र ठगुन्नाले युवाहरुलाई सिर्जनशिल र सकारात्मक बाटोमा डो¥याउन गरिने हरेक कार्यक्रममा आफ्नो पूर्ण समर्थन रहने बताए । बासका सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले बासले युवाहरुलाई सहि बाटोमा लाग्न अभिप्रेरीत गरेको भन्दै सहि काम गर्ने युवालाई पुरस्कृत गर्नु सहनिय कार्य भएको बताए । लागु पदार्थ बिरुद्ध सबैले एक जुट भएर लाग्नुपर्नेमा कार्यक्रमका अतिथि तथा बासका सल्लाहकार पूर्णलाल चुकेको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य झलक गैरे, २०१६ मा बास ब्राईटल्याण्ड युवा पुरस्कार बिजेता मुस्लिम अगुवा सबनम प्रबिण लगायतले बोलेका थिए । सम्मान पछि बोल्दै सम्मानित युवा अभिराज क्षेत्रीले आफुले गरेको संघर्षबाट पाएको सफलताले निशब्द बनाएको प्रतिकृया दिए । सम्मानले लागु औषध बिरुद्धको अभियानलाई थप सशक्त रुपमा लैजाने जिम्मेवारी थपेको भन्दै सो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले युवा पुरस्कारको बारेमा जानकारी तथा युवा पुरस्कार–२०१८ को घोषणा गरेका थिए । बासका उपनिर्देशक हेमराज भट्टले संचालन गरेको कार्यक्रममा स्वागत तथा उद्धेश्य माथि प्रकाश बासका प्रदेश नं. ३ संयोजक राधिका गिरीले गरेका थिए भने धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । सम्मान पूर्ब सम्मानित युवा अभिराज क्षेत्रीले सामाजिक क्षेत्रमा गरेका कार्यहरु सहितको श्रब्य दृष्य प्रश्तुत गरिएको थियो । कार्यक्रममा ९० बढीको सहभागीता रहेको थियो । २०११ देखि शुरु भएको पुरस्कार बितरण कार्यक्रम अन्तरगत २०११ मा खेलाडी बिनु बुढा मगर, २०१२ मा पत्रकार भेषराज बस्नेत, २०१३ मा कलाकार प्रशान्त के.सी., २०१४ मा सृजनशिल युवा किशोर मल्ल, २०१५ मा कलाकार राज बहादुर साने, २०१६ मा मुस्लिम युवा शबनम परबिन र २०१७ मा सामाजिक अभियन्ता हेमन्तराज काफ्लेलाई उक्त पुरस्कारबाट सम्मान प्रदान गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी मंगलबार, पुस ८, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्‍ने मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP