Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • राजनीतिमा युवा र महिला
राजनीतिमा युवा र महिला
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १३, २०७८
Shanti Basnet
Hardik health
राजनीतिमा युवा र महिला भनेको एक रथका दुई पांग्रासमान हुन् । यो मानव संसारको परिवर्तनको मेरुदण्ड भनेको नै युवा र महिलालाई मान्न सकिन्छ । समाजलाई कोल्टे फेराउनका लागि सम्पूर्ण समाजमा भएका युवा जगत्लाई अगाडि ल्याउन सकेमा समाजको मुहार चाँडै नै फेरिने कुरा स्पष्ट नै छ । हरेक तहमा युवाहरूलाई मुख्य भूमिकामा काम गर्न दिइयो भने परिवर्तनको बिगुल त्यहीँबाट फुक्न सुरु हुने गर्दछ । वर्तमान स्थितिमा हेर्ने हो भने पनि महिलाहरू विगतभन्दा धेरै नै अब्बल भएका छन् किनकि न्यायनलयको ढोकादेखि राष्ट्रपतिजस्तो देशको उच्च गरिमामय पदमामा आफ्नो आफूलाई स्थापित गराउन सक्ने भएको सबैलाई जानकारी नै छ । तर पनि महिलालहरूलाई कोटाको हिंसामा मात्रै ओगटेको प्रशस्त देख्न सकिन्छ । हरेक तहमा महिलाहरूको समान अधिकार दिनु आवश्यक मानिन्छ र महिलाहरूलाई संख्या पुयाउनका लागि नभई उच्च स्थानमा निर्णायक भूमिकामा स्थान दिन जरुरी छ । विभिन्न राजनीतिक दलहरूमा आस्थावान् महिला नेतृहरू भए पनि उनीहरूलाई पुरुषप्रधान देशको हैकमवादले आजको दिनहरूमा पनि आफ्नो हैसियतअनुसार कार्य गर्न दिइएको छैन् । आरक्षणका आधारमा मात्रै महिलालाई खुम्च्याउँदा पनि हाम्रो देशले गति लिन सकेको छैन । एउटा घर अर्थात् परिवारलाई व्यवस्थापन गर्न सक्ने पहिलाले एउटा देशलाई राम्रोसँग मिलाएर अगाडि बढाउन सक्ने क्षमता राख्दछे । महिला संसारकै शक्तिशाली रूप हो हरेक परिस्थितिहरूमा आफू विचलित नभई आफ्नो कर्मलाई अगाडि बढाउने हिम्मत गर्दछे । वर्तमान स्थितिमा राष्ट्रिय राजनीतिमा भएको विकृति र विसंगतिलाई हटाउन युवा र महिलाको धेरै नै आवश्यकता रहेको छ । देशलाई परिवर्तन गराउन युवा र महिलाको सहभागिताको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ । राजनीतिलाई फोहोरी खेल भनेर युवाहरूले भन्ने गरेका छन् यस्तो भनाइलाई पुराना पुस्ता अर्थात राजनीतिमा अभिभावक मानिने व्यक्तित्वहरूले राजनीतिको महत्वलाई राम्रोसँग बुझाउने क्षमता राख्नु पर्दछ । आजका हरेक युवाहरूमा राजनीतिमा वितृष्णा फैलिएको छ किनकि युवाहरूलाई राजनीतिमा मतदाताको रूपमा मात्रै प्रयोग गरिएको छ आजका दिनमा कैयौँ युवाहरू आफ्नो देशमा भोट दिएर पनि नेता बनाएर उच्च व्यक्तित्व बनायो अनि नेताहरूको जीबन परिवर्तन गराउन त्यही युवाहरूको भोट खाँचो भयो र नेताको सपना पूरा भयो तर आज जुन मत दिने युवाको सपना हरेकपल टुट्ने गरेको छ । अहिले त झन् कोभिड–१९ भएसँगै कैयौँ युवाहरूको सपना चकनाचुर भएको छ । नेताहरू आफैँ भागबन्डामा लुछाचुँडी गरिरहेका छन्, जनतालाई सास्ती मात्रै बढी रहेको छ । आज हरेक दिन युवाहरू कुन देशमा काम गर्न जान पाइन्छ भनी हातमा राहदानीको प्रतिलिलि बोकी हरेक रात निदाएका छैनन् । राजनीति भनेको त सम्भावनाको खेती हो नि के हुन्न र तर हाम्रो देशमा राजनीतिलाई कमाइ खाने भाँडोको रूपमा बनाइएको छ । राजनीतिमा सेवाको भावना हराइसकेको छ । आजका दिनसम्म खै के परिवर्तन गर्न सकेको छ त हरेक वर्ष बजेट घोषणा गर्ने समयमा कानमा रेडियो सुन्दा खुब यस वर्ष त राम्रो राम्रो काममा बजेट छुट्टयाइएछ कम्तीमा पनि आफ्नो गाँउमा गरी खाने मेलो वा रोजगारी पाइने भइयो भनेर बस्यो तर विडम्वना, यो सबै सपना मात्रै हुने गर्छन् । देशमा राजनीति विकासे कार्यमा युवा र महिलालाई विशेष भूमिका नदिएसम्म देशले मुहार फेर्न सक्दैन । देशलाई नयाँ बाटोतर्फ लैजाने हो भने युवा र महिलाप्रति उत्साहजनक भूमिका दिनुपर्छ । अहिले विभिन्न भूमिकामा रहेका महिला र युवाहरूलाई पनि समस्याको चपेटामा पारी आफ्नो नियन्त्रणमा राखी अधिकार दिइको छ । यसो गर्दा अझै मनोबल गिरेको छ । हाम्रो देशमा राजनीतिकमा संस्कार भन्ने कुराको खडेरी लाग्दै गएको छ । वृद्धभत्ता खाएर बस्ने उमेर नाघेकाले नै आज देशमा किल्ला गाडेका छन । युवाहरूलाई खोलो त¥यो लौरो बिर्सियो भन्ने नेपाली उखानसँग चरितार्थ गरिएको छ । चुनावका घोषणापत्र पल्टाएर हेर्ने हो भने युवाका लागि धेरै कागजका पन्नाहरू खर्चिएका छन् ता कि त्यस्ता खोक्रा भाषणले नै आज देश नै खोक्रो बनाइसकेकाछन् । यस्तो दाउपेचका नेतृत्वसँग अबका दिनहरूमा हरेक पार्टीका युवाहरूले नेतृत्व लिँदा या दिँदा ध्यान पु¥याउन सक्नुपर्छ नत्र देशलाई ठूलो खाल्डोमा आफैँले लडाउने निश्चित छ । विश्व ईतिहास हेर्ने हो भने युवा र महिलाको उत्साहजनक भूमिका दिइएको देखिएको छ । युगान्डाकी सांसद प्रोस्कोभिया ओरोमाइट सन् २०१३ मा सांसद निर्वाचित हुँदा १९ वर्षकी थिइन् । उनी अफ्रिका मात्र नभई संसारकै कान्छी सांसद बनिन् । त्यसैगरी ब्रिटिस स्कट मूलकी म्हारी ब्ल्याक सन् २०१५ मा सांसद जित्दा २० वर्षकी थिइन् । सन् १६६७ पछिको ब्रिटिस इतिहासमा उनी कान्छी सांसद हुन्, उनले झन्डै ५ सय वर्षको इतिहास तोडिन् । त्यसै गरी न् २००८ मा लेबर पार्टीबाट २८ वर्षको उमेरमा सांसद बनेकी ज्यासिन्डा आड्रन ३७ वर्षको उमेरमा पार्टी प्रमुख हुँदै २०१९ अगस्टमा न्युजिल्यान्डको तेस्रो महिला तथा त्यहाँको इतिहासमा सवभन्दा कम उमेरकी महिला प्रधानमन्त्री हुन सफल भइन् । त्यसैगरी फ्रान्सका युवा नेता इम्यानुएल माक्रों पहिलोपटक चुनाव जितेर राष्ट्रपति हुँदा ३९ वर्षका थिए । तर नेपालमा त इतिहास हेर्दा जंगबहादुर राणाले ३१ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भई शासनको बागडोर समालेका थिए । तर वर्तमान स्थितिमा हेर्ने हो भने ५०÷७० वर्षीय बृद्धबालकले धेरै जसो पार्टीमा राज गरेको पाइन्छ । यस्तो कारणले पनि युवा शक्तिका लागि राजनीतिमा बाटो साँघुरो भएको पाइन्छ । देशमा लोकतन्त्र आयो तर युवा र महिलाहरूका निम्ति संविधानका ठेलीहरू भरिए तर अधिकारबाट वञ्चित नै रहिरहनु परेको छ । राजनीतिमा युवा र महिलालाई साधन बनाई आज प्रयोग गरी मिल्काइ दिइएका छन्, त्यस कारण अब युवा र महिलाहरूले आफ्नो अधिकार लिनका निम्ति एकजुट भई अधिकारका लागि जुट्नुपर्छ । नेतृत्वको अकर्मण्यता, दूरदृष्टि र स्पष्ट भिजन नहुँदा देशमा स्पष्ट नेतृत्वको समस्या बढिरहेको छ । युवा र महिलाहरूको परिवर्तन ल्याउन पुनः एकपल्ट सबै एकत्रित हुन आवश्यक छ । समान सहभागिता र विकसित देशका रूपमा मुलुकलाई परिचित बनाउन युवा र महिलाले नेतृत्व गर्नु आजको आवश्यकता हो ।
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०३:०२
प्रतिक्रिया दिनुहोस्
थप विचार
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा शुक्रबार, कात्तिक १४, २०८२
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP