Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • सरकार नै सिन्डिकेटको सूत्राधार
सरकार नै सिन्डिकेटको सूत्राधार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १०, २०७८
Sawan-6-4
Hardik health
यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको हानाथापमा नयाँ ट्याक्सीको दर्ता खुल्न सकेको छैन । यसबाट सरकार नै सिन्डिकेटको सूत्राधार भएको प्रमाणित हुन्छ । काठमाडौंको त्रिपुरेश्वरबाट दरबारमार्ग जानका लागि केदार कार्की ट्याक्सी कुरिरहेको देखियो । ट्याक्सी कुरेको करिब ५ मिनेट जतिमा ट्याक्सी पाए । ट्याक्सी त पाए तर भाडाको विषयलाई लिएर उनी ट्याक्सी चालकसँग १० मिनेट जति आनाकानी गर्न मै व्यस्त भए । त्रिपुरेवरबाट दरबारमार्ग बढीमा ३ किमी होला । ३ किमीसम्म यात्रा गर्नका लागि ट्याक्सी चालकले ४ सय रुपियाँ मागेको कार्की बताउँछन् । ४ सय रुरूैयाँ महँगो भयो भनेर उनले मिटरमा जान ट्याक्सीलाई अनुरोध गरे तर त्यहाँ भएको ट्याक्सी मिटरमा जान मानेनन् । त्यस्तै नागरिक अस्पतालबाट भक्तपुरको गुन्डु जानका लागि २ वटी महिला ट्याक्सी कुरिरहेको थिए । ट्याक्सी कुरेको आधा घन्टा भइसक्यो अझै पनि ट्याक्सी नपाएको उनीहरूको गुनासो थियो । अहिले सञ्चालनमा रहेको ट्याक्सी मिटरजडित कालोप्लेटको ट्याक्सीले यात्रुहरूलाई सेवा सुविधा दिएका छैनन् । ट्याक्सी मिटरमा हिँड्न मान्दै मान्दैनन् । भएको ट्याक्सी पनि पुराना, थोत्रा भइसकेको छन्, जति भाडा लिन्छन्, त्यस अनुसारको सुविधा ट्याक्सीले दिनु सकेको छैन । यहि सन्दर्भमा केही कुरा यातायात मन्त्रालयसँग बुझन खोज्दा प्रवक्ता मन्त्रालयमा नभएको जानकारी मन्त्रालयकै कर्मचारी प्रतिमा कारञ्जितबाट सुन्न पाइयो । कार्यालय समयमा मन्त्रालयको प्रवक्ता कार्यालयबाट गायब छन् । पंक्तिकारले नयाँ ट्याक्सीको दर्ताको विषयमा केही जानकारी दिन मिल्दैन भनी सोध्दा उनले भनिन्, ‘यो हामीले दिनै मिल्दैन, यो मेरो जिम्मेवारी होइन । यातायात यवस्था विभागले हेर्ने हो’ भनेर पन्छिइन् । मन्त्रालयबाट विभागको नम्बर ०१४४७९६९० पाइयो । तर विभागको प्रवक्ताले पनि फोन उठाएनन् । अरु कर्मचारीले पनि फोन उठाएनन् । यातायात व्यवस्था विभागको महानिर्देशक नवराज घिमिरेको पनि फोन उठेन । यातायात व्यवस्था विभागका कर्मचारीहरू कति गैरजिम्मेवारी छन् भन्ने कुरा यत्ति वृतान्तबाट पाठकलाई भन्नै पर्दैन होला । सार्बजनिक सवारीसाधनले सरकारले तोकेकोभन्दा बढी भाडा लिँदै आएका छन् । सरकारले कोभिड–१९ बाट बच्न र बचाउनका लागि तोकेको स्वास्थ्यको मापदण्ड यातायात व्यवसायीले पालना गरेका छैनन् । तर पनि कारबाहीमा कसैको ध्यान गएको छैन । प्रदेश ३ को सरकारले नयाँ ट्याक्सीको दर्ता नखोल्नुको प्रमुख कारक नै यातायात मन्त्रालय र केन्द्रीय सरकार भएको देखाउँछ । यातायात मन्त्रालय र यातायात व्यवस्था विभाग प्रदेश सरकारलाई देखाउँछन् । यताबाट उता गर्दै सिन्डिकेट हटाउने र नयाँ ट्याक्सी खोल्ने नाममा जनता झुल्याउने काम भइरहेको छ । नयाँ ट्याक्सीको दर्ता खोल्ने कसले हो ? विभाग र मन्त्रालय आफ्नो जिम्मेवारीबाट पन्छिसकेका छन् । यसको फाइदा ट्याक्सी व्यवसायीलाई भइरहेको छ । नयाँ ट्याक्सीको दर्ता कहिले खोल्ने हो भन्नेबारे उत्तर दिन प्रदेश सरकार, यातायात मन्त्रालय र विभाग तयार छैनन् । यसो गर्दा सिन्डिकेट कायम रहने भो भनेर धेरै जनगुनासोहरू आइरहेको छ । तर, व्यावसायीहरूको योजनामा सरकार बिक्दा सर्वसाधारणले दुःख पाइरहेका छन् । यातायात व्यवसायीहरूले चाहिएको नै सिन्डिकेट हो । आर्थिक लेनदेन र राजनीतिक पहुँचको बलमा ट्याक्सीमा भएको सिन्डिकेट कायमै रहने देखिन्छ । सबै प्रदेशको पत्रकारहरूले कुन सरकारले नयाँ ट्याक्सी खोल्ने हो यसको जवाफ खोज्नुपर्छ । सबै प्रदेशमा नयाँ ट्याक्सीको दर्ता बन्द छ । ट्याक्सी दर्ता रोक्नु भनेको जनताका लागिभन्दा पनि यातायात व्यवसायीका लागि मात्र भएको देखिन्छ, थोरै ट्याक्सी भए अहिलेका ट्याक्सीहरूले काम पाउने र आपत्विपतमा परेका जनताको ढाड खुस्किने गरी भाडा असुल्न पाउने भएपछि व्यावसायीहरूको बलमा दर्ता रोकिरहेको छ । सरकारले ट्याक्सी व्यवसायीको हितमा मात्र काम गरेको देखिन्छ । ट्याक्सीमा भएको बेतिथिको विषयमा यातायात व्यवस्था विभागको डिजीसँग कुरा राख्न खोज्दा उनी सम्पर्कमा आउनै चाहँदैनन् । यातायात व्यवस्था विभागको महानिर्देशकले नयाँ ट्याक्सीको दर्ता खोल्न आवश्यक ठान्दैनन् । उपत्यकाको नजिक जिल्ला काभ्रेमा ट्याक्सी पाइँदैन । बिरामी भएको बेलामा ट्याक्सी नपाएर मर्नुपर्ने स्थिति आएको छ । ३ नं प्रदेशको १३ वटा जिल्लामा ट्याक्सी पाइँदैन । अन्य प्रदेशमा हाल पनि योभन्दा फरक छैन नै होला । मिटर ट्याक्सी सेवा व्यवसायीको अध्यक्ष हरिकुष्ण बस्नेतलाई ट्याक्सीमा भएको बेतिथिको सन्दर्भमा केही कुरा बुझ्न खोज्दा उनले ठाडो जवाफ दिएका छन् । केलाई ट्याक्सीको दर्ता नखोलेको, ट्याक्सी अपुग भएको, मिटरमा यात्रु केलाई नबोकेको भनेर प्रश्न गर्दा ‘हामी सरकारलाई ट्याक्सी व्यवसायीहरूले नयाँ ट्याक्सीको दर्ता खोल्न दिँदैनौँ’ भनेर ठाडै भनिहेका छन् । यदि सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्यो भने आन्दोलन गर्छौँ । जनताले पैसा तिरेर राम्रो ट्याक्सी चढ्न नपाउने भन्दा राम्रो गाडी चढ्न निजी गाडी किनेर चढ्नुपर्छ भन्नसमेत भ्याए । उनले भने, ‘हाम्रो निजी सम्पत्ति हो, हामी मिटरमा यात्रु बोकौँ कि नबोकौँ ।’ तर राज्यले ऐन, कानुन त जसले पनि मान्नै पर्ने होइन र ? भन्दा ट्याक्सीमा सरकारको लगानी छ र ? सरकारको ट्याक्सीमा १ रुपियाँ पनि लगानी छैन । तर बाटो त राज्यको हो ? राज्यको बाटो भन्दैमा नयाँ ट्याक्सीको दर्ता खोल्न पाउँछ भन्नसम्म सरकारले सकेको छैन । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालबाट पनि यस सन्दर्भमा केही उत्तरहरू आयो । ‘तपाईंहरू सार्वजनिक यातायातमा सिन्डिकेट किन लगाउनुभएको’ भन्दा उनले ‘सरकार छ र ? यातायात क्षेत्रको सरकार नै हामी हौँ,’ भनेर दादागिरी देखाएका छन् । ‘सार्वजनिक यातायातमा सरकारको कौडी पनि लगानी छैन । हाम्रो निजी लगानी हो,’ भनेर भनिरहे पनि निजी लगानी भनेर जनता ठग्न पाइँदैन भनेर कानुनले भनेको कुरा उनले बुझ् पचाउन खोजे । ‘हामीले एकदिन गाडी चलाएनौँ भने जनता हिँड्नुपर्छ । राज्यले बाध्य भएर हामी अगाडि रोक्नुपर्छ । हाम्रो निजी लगानी हो जे मनलाग्यो त्यही गर्छौँ । हामीले बढी भाडा लिएको भए खोइ त अनुगमन ? राज्य केलाई कानमा तेल हालेर बसेको छ ?’ भन्दै उनले गज्जबको अर्घेल्याइँ गरिरहेका छन् । ट्याक्सीमा २९ वर्षदेखि सिन्डिकेट कायमै छ । उपत्यकाबाहिर ट्याक्सीको रोड परमिट छैन । उपत्यकाबाट बाहिर बस्ने सर्वसाधारणले भनेको बेलामा ट्याक्सी पाएका छैनन् । ट्याक्सीको नयाँ दर्ता खोल्नका लागि सरकारले कुनै पनि कार्ययोजना तयार गरेको छैन । यसो हुँदा थोत्रो ट्याक्सीमा महँगो भाडा तिरेर जनताले सयर गरिरहनु परेको छ । शुल्क लिएपछि शुल्क अनुसारको सेवा दिनुपर्छ भन्ने व्यापारिक सिद्धान्त बिर्सेका व्यावसायीहरूले व्यापार गरिरहेका छन् । उनीहरू जति सक्यो त्यत्ति ठग्न चाहिरहेका छन्, यसमा दूधको साक्षी बिरालो भनेझैँ सरकार पनि व्यावसायीहरूकै पक्षमा उभिएपछि जनताले भने सधैँ सास्ती बेहोर्नु परिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  ०३:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP