Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • नेपाली राजनीतिमा विदेशी चलखेल
नेपाली राजनीतिमा विदेशी चलखेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ९, २०७८
Shyam Lama
Hardik health
मुलुकको वर्तमान राजनीतिका बारेमा भन्नु पर्दा देशको राजनीति अस्थिर छ । बाह्य शक्तिहरूको चलखेल बढिरहेको छ, नेपालीको भविष्य अन्धकारतिर धकलिँदै लगिएको छ । जुन नेपाली जनताले अपेक्षा गरेका थिए, त्यो भएको देखिँदैन । नेपालमा विकास, सुशासन, स्थिरता समृद्धि नेपाली जनताको चाहना हो । त्यो सपनाहरू चकनाचुर भएको छ । मुलुकमा जुनसुकै सरकार आए पनि जनताप्रति बफादार भएको देखिँदैनन् । कम्युनिस्टहरूकै कुरा गरौँ । जनताले एमाले र माओवादी केन्द्रलाई झन्डै दुई तिहाइ बहुमत दिए तर उनीहरू मिल्न सकेनन् । आज कांग्रेसको हातमा सरकारको नेतृत्व पुगेको छ । यति बेला जनता कम्युनिस्ट शासन राम्रो कि कांग्रेस सरकार राम्रो लेखाजोखा गरिरहेका छन् । जनता स्थिरता विकास र शान्ति चाहिरहेका छन् । त्यसो त यतिबेला महामारीको रूपमा विश्वव्यापी रूपमा फैलिएको कोरोनालाई निमन्त्रण (निर्मुल) गर्न सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्छ । यदि प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोज सबै जनतालाई समयमै लगाउन सके भन्ने देउवाको राजनीतिक उचाइ बदल्ने छ । यतिखेर अन्य क्षेत्रतिर भन्दा सरकारले कोरोनातिर बढि ध्यान दिँदा उपयुक्त होला । सरकार त जसले पनि चलाउँछ, प्रधानमन्त्री त जो पनि होलान् तर असल प्रधानमन्त्रीले इतिहास बदल्ने छ । आज देउवालाई फेरि एउटा अवसर आएको छ । डेढ वर्षमा धेरै काम नगरेपनि देउवाले देशै भरि खोप समयमै लगाए, पुर्वाग्रह रहित शासनले मात्र देउवाको शासनलाई अब्बल मान्ने छ । कांग्रेस सभापति शेरबहादुर देउवा जनताले बनाएर प्रधानमन्त्री बनेका होइनन् । सर्वाेच्च अदालतको परमादेशले बताइएको हो । जुन पाँच दलीय गठबन्धन मिलेर अहिलेको यो सरकारलाई साथ दिइएको छ, यिनीहरूको उद्देश्य भनेको एमसिसी पारित गराउने दलीय भागबन्डा र बाँडीचुँडी राख्ने रहेको छ । र, यिनीहरूले नेपाललाई अफगानिस्तान, र फिजिकरण जस्तै बनाउन खोज्दै छन् । देउवा प्रधानमन्त्री त पटक–पटक भए तर उनले देश र जनताको लागि राम्रो काम भन्ने छैन । सत्ता टिकाउन देउवालाई माहिर खेलाडीको रूपमा लिइन्छ । पैसा र पदका लागि पर्नेहरू कहिले कांग्रेस, कहिले कम्युनिस्ट गर्छन् । अहिले पनि राजनीतिमा त्यहि विकृति भित्रिएको छ । प्रजातन्त्रमा चुनाव अपरिहार्य हो । हामी ताजा जनादेशका लागि जनतामा जान तयार छौँ । तत्पर छौँ । हामी जनताकै माझ गएर यी गणतन्त्रवादीहरूको क्रियाकलापको भण्डाफोर गर्ने छौँ । महँगी, भ्रष्टाचार, वेरोजगारीलगायत प्रमुख मुद्दा उठाएर हामी जनतामा जान तयार भएका हौँ । हामी हाम्रो प्रमुख एजेन्डा बाटै यसपटक राम्रो परिणाम ल्याउने विश्वास लिएका छौँ । विगतमा राप्रपाहरू फुटेर जनतामाझ गए, त्यसको नराम्रो परिणाम भोग्नु प¥यो । यसपटक राप्रपाका तीनै अध्यक्षहरूले गीता छोएर अब नफुट्ने कसम खाएका छन् । यसले आम नेता कार्यकर्तामा राम्रो सन्देश गएको छ । यदि राप्रपाका नेताहरू एकतावद्ध भएर निर्वाचनमा जाने हो, राम्रो परिणाम आउने छ । राप्रपा विगतमा तेस्रो शक्ति छँदै अहिले यो अवस्थामा आइपुगेको हो । अब फुटेर नेताहरूले इतिहास दोहो¥याउनु हुँदैन । यसै शिलशिलामा आगामी कात्तिक २७, २८, २९ र ३० गते राप्रपाको केन्द्रीय महाधिवेशन हुन गइरहेको छ । यस महाधिवेशनमा आफ्नै एजेन्डा लिएर केन्द्रीय सदस्यमा उठ्ने तयारीमा छु । यसपटक युवा पुस्ताले पनि निर्वाचन जित्नु पर्छ । युवामा एकता भयो भने महाधिवेशनमा युवाहरूको लागि राम्रो हुनेछ । राप्रपाको प्रमुख एजेन्डा हिन्दू राष्ट्र र राजसंस्था हो । त्यो एजेन्डाभन्दा राप्रपाका सबै तहका तमाम नेता कार्यकर्ता लागेका छैनन् । तर, विगतमा कोरोनाका कारणले मात्र राप्रपा खुलेर जनतामा जान नसकेको हो तर राप्रपाको अभियान जारी छ । राजसंस्थालाई रापपाले राष्ट्रिय एकताको प्रतिकको रूपमा लिने गरेको छ र हिन्दू राष्ट्र, जातीय सद्भाव, राष्ट्रिय एकता कायम गर्न राप्रपा आफ्नो ठाउँबाट सधँै अग्रसर छ । वास्तविक रूपले भन्नुपर्दा सबै जनजाति, धर्म, संस्कृतिलाई बचाई राख्न र एकतावद्ध पार्न पनि हिन्दूधर्मसँगै राजसंस्थाको पुनरवहाली गर्नुपर्छ । विगत केही वर्ष यता गणतान्त्रिक सरकार आएपछि नेपाली जनताले वास्तविक सरकारको अनुभूति गर्न सकेका छैनन् । त्यस कारण राप्रपाले भन्ने गरेको राजनीतिक स्थायित्व र विकासका लागि राजा सहितको प्रजातान्त्रिक सरकारको निर्माण गर्नुपर्छ । तब मात्रै त्यस दिन नेपाली जनताले साँच्चिकै आफ्नो सरकारको अनुभूति गर्ने छन् । राजाबिना देशमा राजनीति र विकास हुन नसक्ने रहेछ भन्ने कुरा केही वर्ष यताका सरकारले देखाइसकेको अवस्था छ । स्पष्ट रूपमा भन्नु पर्दा राप्रपाको सहि विचार र सिद्धान्तको आधारमा अधिकांश युवाहरू लागेका छन् । महाधिवेशनमा धेरैभन्दा धेरै युवा पुस्ताले जितून् भन्ने लाग्छ । जित्नु होला पनि । र, अब दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनु पर्छ । नेपालमा विदेशीले फुटबल ग्राउन्ड बनाएका छन् । जो आए पनि नेपाललाई पकडमा राख्न चाहन्छन् । धर्म परिवर्तन गर्न पैसाकै चलखेलसमेत भइरहेको देखिन्छ । त्यसो त नेपालका नेता भनिएकाहरू विदेशीको इशारामा चल्न तँछाड मछाड गरिरहेका छन् । विदेशी इशारामा चल्ने, विदेश इशारामा आफ्नो रणनीति बनाउने, विदेश पैसा खाने नेताहरूबाट देशको भलो कसरी होला ? हिजो राजाको नेतृत्वमा सत्ता हुँदा त्यसो थियो त ? आज जनताले मूल्यांकन गर्ने बेला आएको छ । एमसिसी होस् वा अन्य कुरामा होस् नेपालमा हस्तक्षेप गर्न खोजिएको देखिन्छ । विदेशी मनसाय पूरा गर्न नेताहरू तछाड मछाड गरेको अवस्था छ । नेपाली जनता समक्ष के अनुरोध गर्न घ भने यो संघीयता, गणतान्त्रिक व्यवस्था, धर्मनिपेक्षता खारेज गर्न सघाउन आमनेपाली जना एकतावद्ध हुनुपर्छ । धर्म संस्कृति, राजतन्त्रलाई फेरि पहिलेको अवस्थामा ल्याउन एकजुट हुन पनि देशवासी एक हुन जरुरी छ । (लेखक लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य हुन् ।)
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०३:४१
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP