Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • यातायात व्यवसायीको लुट, सरकार मूकदर्शक
यातायात व्यवसायीको लुट, सरकार मूकदर्शक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ३, २०७८
Sawan 6 (4)
Hardik health
नेपालका सडकमा ३६ लाखभन्दा बढी सार्वजनिक, निजी, संस्थानका सवारीसाधन गुड्छन् । यातायात कार्यालयमा ३÷४ लाख मात्र सार्वजनिक सवारी दर्ता छन् । हाम्रो देशमा सञ्चालनमा रहेको सार्वजनिक सवारीसाधनहरूले गुणस्तरीय, भरपर्दो र सुरक्षित तवरले सुविधा दिन सक्दैनन् । सरकारी कर्मचारी र राजनीतिक दल सबै जनताले तिरेको करबाट खरिद गरेको आरामदायी गाडीमा सवारी हुन्छन् । अनि सार्वजनिक यातायातमा भएको बेतिथिबारे बोल्ने कुरै भएन । नेपालका राजनीतिक दलहरूले सार्वजनिक यातायात गरिबहरूका लागि मात्र हो जस्तो गरेको छन् । जनताले तिरेको करबाट बनेको बाटोमा सार्वजनिक सवारी गुडेका छन् । जनसंख्या तीव्र रूपले बढेको छ । तर, सार्वजनिक सवारीको संख्यामा कृनै पनि परिवर्तन आएको छैन । यातायात व्यवसायीहरू हाम्रो सार्वजनिक यातायातमा अर्बौँँ लगानी छ भनेर गर्व साथ छाती ठोक्छन् । सार्वजनिक यातायातमा अर्बौँ लगानी भएको देशको स्थिति छ । अर्बौँ लगानी भएको देशमा सार्वजनिक यातायातको हाल हेर्ने हो भने कहिल्यै यात्रा गर्न नपरेजस्तो हुन्छ । सार्वजनिक यातायातको विकास र सुधारमा विश्वले नै फड्को मारिसके पनि नेपाल जहाँको त्यहीँ छ । यातायात व्यवसायले कसरी सर्वसाधारणहरूलाई राम्रो सेवासुविधा दिनेभन्दा पनि कसरी लुट्न सकिन्छ भन्ने बारेमा मात्र सोचेका छन् । सार्वजनिक यातायातमा यातायात व्यवसायीहरूले वर्षौँदेखि एकलौटी दादागिरी देखाएका छन् । सार्वजनिक यातायातमा राज्यको लगानी न्यून भए तापनि बाटो त राज्यको हो । राज्यले बनाएको बाटोमा यातायात चलाइसकेपछि राज्यको हरेक नियम कानुन मान्नु यातायात व्यवसायीको दायित्व हो । सेवा दिने नाममा यातायात व्यवसायीहरूले लुटको धन्दा मच्चाएका छन् । राज्यको लगानी छैन भन्दैमा आफ्नो मनोमानी चलाउन व्यस्त छन् यातायात व्यवसायी । सार्वजनिक सवारीमा बस्नका लागि ढंगको सिट छैन । सरसफाइ छैन । सार्वजनिक यातायातको झ्याल फुटेको, पानी प¥यो भने भित्रैसम्म पानी छिर्छ । सार्वजनिक यातायात २४ घन्टा नै सञ्चालन हुँदैन । रात्रिकालिन समयमा सार्वजनिक सवारी पाइँदैन । ट्याक्सी, पठाओ र टुटलको भाडा हरेक सर्वसाधारणले तिर्न सक्ने स्थिति छैन । त्यहीमाथि उपत्यका बाहिर जाने लामो सडकका सवारीसाधन । आफ्नो घर पुगिन्छ कि पुगिँदैन भन्ने डर बोकेर हिँड्नुपर्छ । एकातिर लामो सडकमा चल्ने सवारीसाधनहरूको कन्डिसन ठिक छैन । देख्दै थोत्रो, पुराना र कबाडी छन् । अर्कोतिर यात्रुको चाप । कोचाकोच गरेर यात्रु हालेका हुन्छन् । बाटोमै कहीँ दुर्घटना भएर ज्यान गुमाउनु पर्ने त होइन भन्ने भय बोकेर हिँड्नुपर्ने स्थिति छ । सार्वजनिक यातायातमा वर्षौँदेखि सिन्डिकेट कायमै छ । यातायात व्यवसायीहरूले वर्षौँदेखि एकलौटी व्यापार गरेका छन् । अन्य व्यक्तिले म पनि सार्वजनिक सवारी चलाउँछु, यात्रुलाई सस्तो र गुणस्तरीय सेवा सुविधा दिन्छु भन्दा पनि यातायात व्यवसायीहरूको दादागिरीको सामु कोही टिक्दैन । ह्ुन त सरकार पनि यातायात व्यवसायीको अगाडि बेवारिसे बनेर बसेको छ । अनि सिमित जनताको आवाज त कहाँ पुग्छ । यातायात व्यवसायीहरूलाई जनता ठग्ने लत लागिसकेको छ । भन्छन्, नि लत लागिसकेपछि पछि छुटाउन असम्भवजस्तै हुन्छ । जनसंख्या तीव्र रूपमा बढिरहेको छ । सार्वजनिक यातायातले भरपर्दो र गुणस्तरीय सेवासुविधा दिन सकेको छैन । यातायात व्यवसायीहरूले वर्षौँदेखि लगाएको सिन्डिकेट तोड्न सरकारले किन कृनै ठोस कदम चालेको छैन । सार्वजनिक सवारीका लागि कृनै नियम कानुन नै छैन । सरकारले यातायात प्राधिकरण गठन गर्नका लागि दुईवटै सदनबाट ऐन बनाएर पारित गरेको छ । त्यो ऐनलाई कार्यान्वयनमा लान यातायात व्यवसायीले दिएका छैनन् । नदिनुको कारण अहिले भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जुन संस्था ऐन २०१८ अन्तर्गत सिडियो कार्यालयमा दर्ता छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ उद्योग मन्त्रालयमा दर्ता छ । यो दुवै महासंघको कार्यसमितिहरू राजनीतिक पार्टीको सदस्य लिएर कमाउनका लागि, राजनीतिकर्मी बन्नका लागि सरकारको निर्णय कार्यान्वयनमा जान दिएका छैनन् । प्राधिकरण गठनको नियम कार्यान्वयनमा जाने हो भने यी महासंघहरूको राजनीति र कमाउने धन्दा सिद्धिने भयो । जनता ठग्ने सपना चकनाचुर हुने भो । सिन्डिकेट लाउन पाउँदैनन् । जनताले तिरेको करबाट बनेको सडक खरिद बिक्री गर्न पाउँदैनन् । सडक खरिद गरेर गाडी धनीसँग मोटो रकम लिन पाउँदैनन् । बाटो कब्जा गर्न पाउँदैनन् । सवारी दुर्घटनाको नाममा यातायात व्यवसायीले पैसा खान पाउँदैनन् । समितिमा बस्नेहरूले पर्दाभित्र बसेर गाडी साहुहरूलाई जनता ठग्न लाएका छन् । एउटा गाडीबाट दिनको १५०० सम्म लेबी उठाएर गाडी साहुलाई ठगेको छन् । गाडी साहुले लेबी उठाएको पैसा त जनतासँग बढी भाडा उठाएको रकम हो । महासंघका नेताहरूले व्यवसायीहरूसँग पैसा उठाएर यातायात व्यवस्था विभागको डिजी, राजनीतिक दललाई पैसा दिएर मन्त्रीहरूलाई आफ्नो पक्षमा पारिरहेको छन् । सिन्डिकेट लाउनका लागि यातायात व्यवसायी दिनहुँ मन्त्रालय धाइरहेको छन् । यातायात व्यवसायी यति शक्तिशाली हुनुको कारण चाहिँ यातायात मन्त्री र यातायात व्यवस्था विभागको महानिर्देशक लाचार हुनु हो । यातायात मन्त्री र विभागको डिजीलाई यातायात व्यवसायीको सामु हात पसार्दै ठिक्क । नयाँ ट्याक्सीको दर्ता नखोल्न यातायात व्यवस्था विभागमा दैनिक लबिङ भइरहेको छ । यातायात व्यवसायी र विभागको डिजीको कारण जनता ठगिएका छन् । अहिले सञ्चालनमा रहेको सार्वजनिक सवारीसाधनहरू एउटै छातामुनी संगठित छन् । एउटै छातामुनी भएपछि त सरकारलाई घुँडा टेकाउन सहज हुने भो । सरकारले आफैँले बनाएको नीति कार्यान्वयनमा ल्याउन सक्दैन । काम गर्न नसक्नेले कुर्सी ढाकेर मात्र बसेर केही फाइदा हुन्न । अहिलेको यातायात व्यवस्था विभागको डिजी काम गर्नुभन्दा पनि यातायात व्यवसायीको गुनगान गाउँनमै व्यस्त छन् । हरेक मुलुकमा सार्वजनिक यातायातमा सरकारको स्वामित्व रहन्छ । सार्वजनिक यातायात सञ्चालनका लागि नीतिगत व्यवस्था जरुरी हुन्छ । तर यहाँ त सार्वजनिक यातायातको विषयमा बोल्न जनता र सरकारलाई नै बन्देज लगाइएको छ । के गर्नु जुन देशमा सरकारको नै चल्दैन त्यो देशको विकास गर्न असम्भवजस्तै हुन्छ । सार्वजनिक यातायातहरूले यात्रुहरूलाई भरपर्दो सेवा सुविधाको अनुभूति गराउन नसक्दा केही वर्षयता निजी सवारीसाधन किन्नेको चाप निकै बढेको छ । व्यवस्थित तवरले सार्वजनिक सवारी सञ्चालनमा नआउँदा निजी सवारीसाधनको खरिददर उकालो लागिरहेको छ । निजी सवारीसाधनको आयातदर बढेसंगै बाटोमा ट्राफिक जाम बढ्न थालेको छ । उपत्यकाको सडकले सवारीको चाप थेग्न सकिरहेको अवस्था छैन । सवारी चापले गर्दा ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ आएको छ । सार्वजनिक सवारीले उचित र भरपर्दो सेवासुविधा दिन सकेको भए अहिले नेपालका सडकमा यतिका निजी सवारीसाधन गुडेको हुँदैन थिए होलान् । निजी सवारीसाधनमा लगानी बढ्दो छ । निजी सवारीसाधन अन्य मुलुकबाट आयात गर्नुपर्छ । निजी सवारीसाधनको आयात बढेसँगै इन्धनको खपत बढ्छ । जसबाट हाम्रो मुलुक व्यापार घाटामा गइरहेको छ । यसमा सरकारको ध्यान कहिले जाने ?
प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  ०४:००
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP