Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • नयाँ ट्याक्सीको दर्ता खोल्न लबिङ
नयाँ ट्याक्सीको दर्ता खोल्न लबिङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १, २०७८
Sawan 6 (4)
Hardik health
उपत्यकामा सञ्चालित ट्याक्सीको इतिहास खोतल्ने हो भने नेपालमा २९ वर्षदेखि नयाँ ट्याक्सीको दर्ता खोलेको छैन । २०५७।२।१७ गतेबाट बन्द भएको कालो प्लेटको ट्याक्सीको दर्ता अझै पनि खोलेको छैन । अनि कँहा हट्यो त सिन्डिकेट । सिन्डिकेट कागजमा त हट्यो तर काममा हटेन । ट्याक्सीमा सिन्डिकेट भएको कारणले सर्वसाधारणले भनेको बेलामा ट्याक्सी पाउँदैनन् । अहिले उपत्यकामा भएको ट्याक्सीहरू सबै थोत्रा, कबाडी छन् । भक्तपुरको गठ्ठाघरको नागरिक अस्पतालबाट डिस्चार्ज भएर सानमाया कार्कीमा गुण्डु जानका लागि ट्याक्सीले १००० रुपियाँँ माग्यो । ट्याक्सी मिटरमा जान मानेनन् । उनी १००० रुपियाँ तिरेर आफ्नो गन्तव्यस्थल जान बाध्य भइन् । ट्याक्सी मिटरमा हिँड्दैनन । यात्रुले भनेको ठाँउमा जान मान्दैनन् । गठ्ठाघरबाट गुण्डु ३÷४ किमी होला । ट्याक्सीमा चढ्नेबित्तिकै १४ रुपियाँ आउँछ । प्रत्येक किमी सरकारले निर्धारण गरेअनुसार ३९ रुपियाँ छ । मिटरमा यात्रु नबोक्ने ट्याक्सीलाई यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखाले कारबाही गर्नुपर्ने होइन । ट्याक्सीको नयाँ दर्ता ७ वटै प्रदशेमा बन्द छ । उपत्यकाको भन्दा बाहिर जिल्लाको जनताले बिरामी हुँदाखेरि पनि ट्याक्सी पाउँदैनन् । उपत्यकामा सञ्चालित ट्याक्सीहरू सबै ७९६ सिसीको छ । अहिले भएको ट्याक्सीहरू सबै झ्याम्पट छन् । जसले उपत्यकाको सृन्दरतालाई नै कुरूप बनाइदिएको छ । यातायात मन्त्रालय र यातायात ब्यवस्था विभागले ट्याक्सी सञ्चालन गर्नका लागि मापदण्ड बनाएर पारित गरेको थियो । पारित गरेको मिति २०७६।५।३० गतेको मन्त्रिपरिषद्को बैठ्कले । नयाँ ट्याक्सीको दर्ता तत्कालै खोल्ने भनेको थियो । अब सरकारले खोल्ने नयाँ ट्याक्सीको दर्ता हजार सिसीको भन्दा माथिको मात्र दर्ता गर्न दिने भनेको थियो । सरकारले खोल्ने भनेको ट्याक्सीहरू लक्जरियएस हुने भनेर सरकारले आश्वासन मात्र दिए । सरकारले राम्रो ट्याक्सीको दर्ता खोल्दा सरकार र जनतालाई फाइदा हुने भो तर अहिले सञ्चालनमा भएको ट्याक्सीहरूलाई घाटा पर्ने भनेर अहिले सञ्चालनमा भएको ट्याक्सी व्यवसायीले सरकारलाई नयाँ ट्याक्सीको दर्ता खोल्न दिएनन् । ट्याक्सी व्यवसायीहरू सरकारलाई नयाँ ट्याक्सी खोन नदिन विभिन्न मागहरू राख्दै आन्दोलन गदै सिन्डिकेट लाउन सफल भए । पैसा तिरेर पनि सर्वसाधारणहरू सेवासुविधा लिनबाट जनता वञ्चित भए । तर, पनि यातायात व्यबस्था विभाग र यातायात मन्त्रालय नयाँ ट्याक्सीको दर्ता खोल्न किन चासो देखाइरहेको छैन । कही यहाँ पनि आर्थिक चलखेलले त ठूलो भूमिका खेलेको छैन भनी धेरै आमसर्वसाधारणको मनमा प्रश्न उब्जिएको छ । विगत २९ वर्षदेखि ट्याक्सीले खुलेआम जनता लुटिरहेको छ । जनताले ट्याक्सी व्यवसायले भनेजत्ति पैसा तिरेर पनि राम्रो सेवासुविधा पाएको छैनन् । तीन जना मोटामोटा मान्छे ट्याक्सीमा अट्दैन् । ट्याक्सीको परमिट उपत्यकामा मात्र छ । उपत्यका बाहिर ट्याक्सीको परमिट् छैन । दृर्गम जिल्लाका नागरिकहरूले बिरामी हुँदा पनि ट्याक्सी पाएका छैनन् । उपत्यका बाहिरको सर्वसाधारणहरू चाहिँ नेपालको जनता होइनन् । के उनीहरूलाई चाहिँ ट्याक्सी चढ्न मन लाग्दैन । सरकारले नै किन हामीमाथि यत्रो विभेद् गरेको होला भन्ने प्रश्न धेरै जिल्लाको सर्बसाधारणको मनमा खस्किएको छ । सरकारले नै हामीलाई किन छुट्टयाएको ? भन्ने पनि धेरैको मनमा परेको छ । अरु जिल्लाको त कुरै छाड्देऔँ । उपत्यकामा भनेको बेलामा ट्याक्सी पाउँदैन । ट्याक्सी चढ्नका लागि मात्र उपत्यकामै कत्ति हिँड्नुपर्छ । पुतलीसडक र बागबजारमा मात्र ट्याक्सी देखेर उपत्यकामा ट्याक्सी फालाफाल छ भन्न मिल्दैन नि । ट्याक्सीमा यस्तो विकृति छ । नयाँ ट्याक्सीको दर्ता किन नखोलेको भनी यातायात ब्यवस्था विभागको डिजी नवराज घिमिरेलाई प्रश्न गर्दा उनले ठाडो रूपमा जवाफ फर्काए । उनले भने के उपत्यकामा ट्याक्सी कम छ र ? यहि भएको ट्याक्सी त बढी भइसक्यो । उनले व्यवसायीको पक्षमा रहेर जवाफ दिए । व्यवसायीको पक्षमा रहेर जवाफ दिनुमा पनि उनको केही स्वार्थ अवश्य नै होला । तर, व्यवसायीभन्दा पहिला जनता आउँछन् । नयाँ ट्याक्सीको दर्ता खोल्दा अहिले सञ्चालनमा भएको ट्याक्सीको मूल्य घट्छ । ट्याक्सीको दैनिक आम्दानी घट्छ । ट्याक्सीले अहिले जसरी जनता ठगिरहेको छन् । त्यसरी जनता ठग्न पाउँदैनन् । ट्याक्सीको दर्ता बन्द हुने बेलामा उपत्यकामा ट्याक्सीको संख्या ६५०० थियो । ५६५० ट्याक्सी पेट्रोलबाट चल्थ्यो भने बाँकी १८५० वटा डिजेलबाट चल्थ्यो । ०५७ सालपछि जनसंख्या तीन गुणाले बढेको छ । तर, ट्याक्सीको संख्या बढेको छैन । २०७२।२।२८ गते सरकारले १८५० ट्याक्सीको दर्ता खोल्यो । १८५० ट्याक्सी किन्नका लागि यातायात अञ्चल कार्यालयले १५ दिने सूचना जारी गरेको थियो २०७२।४।२० गते । १ जनाले १०१० रुपियाँ राजस्व तिरेर १५७५१ जनाले फर्म बुझाए ।२०७२।१२।२१ गते सरकारले १५०० ट्याक्सीको दर्ता खोलेको थियो । २०७३।४।५ गतेबाट १ महिनाको सूचना जारी गरेको थियो । भूकम्पपीडितका लागि ट्याक्सीको दर्ता खोलेको थियो । १ जनाले ११० रुपियाँ राजस्व तिरेर १ महिनाको अवधिमा १४९५५८ जनाले फर्म बुझाए । १५०० ले ट्याक्सी पाए अरुले ट्याक्सी पाएनन् । ट्याक्सी मिटरमा हिँड्न मान्दैनन् । ट्याक्सी चढ्नेबित्तिकै कुनै सुविधाको प्रयोग नगरिकन यात्रुले १४ रुपियाँ तिर्नपर्छ । अहिले सञ्चालनमा भएको ट्याक्सीहरूले यात्रुले भनेको ठाँउमा जान मान्दैनन् । ट्याक्सीमा सिन्डिकेट अझै पनि कायमै छ । ट्याक्सीमा विगत ३ दशकदेखि एउटै व्यवसायले एकलौटी व्यवसाय गरिरहेको छन् । अझै पनि २० वर्षे पुराना स्क्र्याब गरेको नम्बर प्लेटमा नयाँ ट्याक्सी दर्ता भइरहेको छ । एउटा स्क्र्याब गरेको नम्बर प्लेट १०।११ लाखमा बिक्री बितरण भइरहेको छ । जसले गर्दा उपत्यकामा सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दा व्यवसायीहरूले त्यत्तिकै नम्बर प्लेट पाउँछन् । नम्बर प्लेट सित्तैमा पाउँदा ट्याक्सीको मूल्य पनि कम हुन्छ । र, यात्रुले तिर्नुपर्ने भाडा पनि कम हुन्छ । १०।११ लाखमा स्क्र्याब गरेको नम्बर प्लेट खरिद गर्दा यसको पैसा यात्रुसँग लिने गर्छन् । जत्ति ट्याक्सीको मूल्य कम हुन्छ त्यत्ति नै भाडा पनि कम हुन्छ । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दा एउटा ट्याक्सीको मूल्य १८ लाखसम्म पर्न जान्छ । अहिले एउटा नयाँ ट्याक्सीको मूल्य ३१ लाखसम्म पर्न जान्छ । यातायात व्यबसायीहरूको अनुसार ट्याक्सीको भाडा महँगो भएको कारण सरकार नै हो । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले सरकारलाई नयाँ ट्याक्सीको दर्ता खोल्न नदिने बताएका छन् । यदि सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्ने हो भने हामी सरकारको विरोधमा सडक आउछौँ भनेर उनले सिधै सरकारलाई नै धम्की दिए । ट्याक्सी चालकले ट्याक्सी साहुलाई दैनिक २४ घन्टाको १९०० रुपियाँ बृझाउँछ । दिउँसो चलाउने चालकले साहुलाई १००० बुझाउँछ । राति चलाउनेले ९०० बुझाउँछ । त्यही पनि पेट्रोल हालेर । यो पैसा जनतासँग उठाउँछन् । मिटरमा नहिँडेर हुन्छ कि जनता ठगेर । एयरपोर्टमा सञ्चालनमा भएको ट्याक्सी सबै हरियो प्लेटमा दर्ता भएको छन् । ०५० सालदेखि एयरपोर्टमा नयाँ ट्याक्सीको दर्ता बन्द छ । एयरपोर्टमा ट्याक्सीको दर्ता बन्द हुने बेलामा त्यहाँ जम्मा २०७ वटा ट्याक्सी सञ्चालनमा थिए । एयरपोर्टमा अहिले पनि २०७ वटै ट्याक्सी सञ्चालनमा छन् । सरकारले देशैभरिबाट २० बर्षे पुराना गाडी विस्थापन गर्ने भने पनि एयरपोटको ट्याक्सीहरू किन विस्थापन भएन । एयरपोर्टमा सञ्चालनमा रहेको ट्याक्सीहरू मिटरमा हिँड्दैनन् । एयरपोर्टमा भएको ट्याक्सीहरू सबै पुराना, थोत्रा, कबाडी र झ्याम्पट छन् । यात्रुले भनेजत्ति पैसा तिरे पनि एयरपोर्टको ट्याक्सीले राम्रो सेवासुविधा दिन सकेको छैन । एयरपोर्टको ट्याक्सीहरूले जनता ठगेर मनलागी पैसा उठाइरहेको छ । एयरपोर्टको ट्याक्सीहरूमा अनुगमन छैन । कोरोनाको कारणले धेरै मान्छेहरू बेरोजगार भएका छ । सरकारले नयाँ ट्याक्सीको दर्ता खेलिदिने हो भने धेरै मान्छेले रोजगारी पाउँछन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०३:२७
प्रतिक्रिया दिनुहोस्
थप विचार
नेपालको योजना प्रणालीमा संस्थागत दूरदर्शिताको खाडल
नेपालको योजना प्रणालीमा संस्थागत दूरदर्शिताको खाडल बिहीबार, साउन २१, २०८३
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP