Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • हिन्दू आन्दोलन र राप्रपा महाधिवेशन
हिन्दू आन्दोलन र राप्रपा महाधिवेशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २८, २०७८
Ghyu Kumari Basnet
Hardik health
मुलुकको वर्तमान अवस्थालाई विश्लेषण गर्दा राजनीतिक स्थिति हेर्दा विडम्वना पूर्ण छ । चित्त बुझाउने ठाउँ छैन । केही वर्षअघि जनताले कम्युनिस्ट पार्टीह्रूलाई झण्डै दुई तिहाइ बहुमत दिएर पठाएका थिए । तर, उनीह्रूले कालान्तरमा जनतामाथि विश्वासघात गरेका छन् । आपसमै फुटे । यति बेला कम्युनिस्टह्रूबीच नै आरोप प्रत्यारोप गरिरहेका छन् । विगत तीन वर्षमा जनताले यस्तै नौटंकीको अपेक्षा गरेका थिए त ? ०६२/६३ को आन्दोलनपछि हामीले कल्पना गरेका सिंगापुर र स्विजरल्यान्ड यहि हो त ? आज हामीले सत्य रूपमा भन्नुपर्दा ०६२/६३ अघि हामी कुन दिशामा हिँडेका थियौँ र अहिले कहाँ पुगेका छौँ । यो यतिबेला मूल्यांकन गर्ने बेला आएको छ । इमान्दार रूपमा भन्दा हामीले हाम्रो अभिभावक गुमाएका छौँ । हाम्रो धर्म संस्कृतिमाथि दिनानुदिन आक्रमण भइरहेको छ । त्यसैले सम्पूर्ण राष्ट्रवादी, राजावादी, हिन्दूवादीलगायत संघसंस्था एकजुट भई हाम्रो धर्म संस्कृतिलाई फेरि स्थापित गर्नु पर्छ । हाम्रो अभिभावक राजासहितको हिन्दू राजसंस्था चाँडोभन्दा चाँडो स्थापना गर्नुपर्छ । यो अहिलेको समयको माग पनि हो । यहि बटनलाइनमा हामी अघि बढिरहेका छौँ । अब अहिलेको अवस्था धेरै दिन टिक्दैन । विदेशीको दानापानी खाएर नेपालमा जुन उन्माद मच्चाइरहेका छन्, अब तिनीह्रूको दिन समाप्त भयो । विदेशीले नेपाली राजनीतिमा खेलिरहेको छन् । ग्लोबमा एकाधिकार जमाउने शिलशिलामा अमेरिका, बेलायत, युरोपेली युनियन, दक्षिण कोरिया, जर्मनीलगायत एकमाना सरकार ठूलो पार्टी भएको रुचाउँदैनन् । अस्थिर राजनीतिबाट मात्र उनीह्रूको स्वार्थ पूरा हुने कारणले गर्दा नेपालमा अहिलेको अवस्था सिर्जना गराइएका छन् । पार्टीह्रूमा द्वन्द्व बढाउने काम विदेशी चलखेलबाटै भएको छ । यस्तै भारतले पनि जवहारलाल नेह्रू, वल्लभभाइ पटेलको पालादेखि नेपालमा तीन कुरामा आफ्नो पक्षमा पार्न खोजिरहेको देखिन्छ । ती तीन कुरा भनेको परराष्ट्र, सुरक्षा र जलस्रोतमा कब्जा गर्ने रणनीतिअन्तर्गत हो । यो तीन कुरालाई कांग्रेस आइको अध्यक्ष सोनिया गान्धीदेखि तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहसमेतले निरन्तरता दिए । अहिले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन्, उनी प्रधानमन्त्री भएपछि हर्ष न विस्मातको अवस्था छ । उनीह्रूको दलबाट प्रधानमन्त्री पद पाउँदा रमाइरहेका छन्, तर हामीले रमाउने ठाउँ छैन । देउवाले देश कसरी संचालन गर्छन्, त्यो हामी पर्ख र हेरेको अवस्थामा छ । प्रधानमन्त्री चलाउन देउवा अनुभवी हुन् । त्यो अनुभव कसरी सदुपयोग गर्लान् त्यो पनि हेर्न पर्ला । हुन त देउवालाई प्रधानमन्त्री पद अपस्मट प्राप्त भएको हो । झण्डै दुई तिहाई बहुमत पाएको कम्युनिस्टह्रू फुट्दा देउवालाई प्रधानमन्त्री बन्ने अर्काे मौका मिलेको हो । राप्रपालाई यो सरकारमा जानु पनि छैन, यो सरकारको तत्कालै विरोध गर्नु पनि छैन । मुलुकमा अस्थिरता भएपछि निर्वाचितबाहेक विकल्प हुँदैन, जनताले दिएको जनमत नवीकरण गर्ने जनता नै हो । यस कारण निर्वाचनबाहेक विकल्प छैन । निर्वाचनमा हारिन्छ कि भनेर डराउने मात्र निर्वाचनको विरोध गरिरहेका छन् । यो अवस्थामा निर्वाचन भयो भने हाम्रो पार्टीको राम्रो स्थान रहने छ । गणितीय रुमा हेर्दा र विचार र सिद्धान्तलाई हेर्दा कांग्रेस–कम्युनिस्टभन्दा हामी अघि छौँ । संवैधानिक राजतन्त्र, धर्म सापेक्ष हिन्दू राष्ट्र बोकेको पार्टी राप्रपा हो । यो विचारबाट राप्रपा कहिल्यै विचलित भएको छैन । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका शीर्ष नेताह्रूलाई कहिले काहीँ आलोचना गर्ने गरिन्छ । पश्चिमी मुलुकको इच्छा पूरा नहुने बेलामा राप्रपाका नेताह्रूले आलोचना गर्ने गरेका छन्, यो गैर जिम्मेवार कुरा हो । हाम्रो पार्टीको नेताह्रूले चट्टानझैँ उभिएर आफ्नो एजेन्डालाई संसदमा लिपिवद्ध गरेको कुरा रेकर्डबाट स्पष्टै देखिन्छ । यसलाई वास्ता नगरी अनर्गल प्रचार गर्न खोजिएको देखिन्छ । यसबाट जनता सजग भई मतदान गर्न जरुरी छ । यसै शिलशिलामा राप्रपाको ऐतिहासिक केन्द्रीय महाधिवेशन हुँदै छ । महाधिवेशन भनेको प्रजातान्त्रिक अभ्यास र पार्टीको निरन्तरता हो । यो केन्द्रीय महाधिवेशनभन्दा पहिले जिल्लादेखि गाउँ तहसम्म अधिवेशन गरिरहेका छौँ । महाधिवेशनको मिति २७ कात्तिकदेखि ३० गतेसम्म तय भएको छ । म पनि महाधिवेशनलाई सम्पन्न गर्न सक्रिय रूपमा लागिरहेको छु । अहिले राप्रपा पार्टीह्रू एकीकरण भएको छ । अब एकीकृत भई देशलाई विकास र निकास दिन, नेपाललाई अविछिन्न रूपमा विदेशीको हस्तक्षेप रोक्न हाम्रो परराष्ट्र नीति पञ्चशीलको आधारमा र आर्थिक समृद्धिलगायत कुरा लिएर जनतामाझ गर्नुपर्ने आवश्यकता छ । सोहीअनुसार नेता–कार्यकर्ता जनतामा जाने छन् भन्ने मैले विश्वास लिएको छु । वास्तवमा राप्रपा महाधिवेशनले पार्टीलाई थप एकतावद्ध बनाउन मद्दत मिल्ने छ । हामी आफ्ना मागमा दृढ छौँ । हामी आफ्ना मागलाई लिएर आन्दोलन नगरेको पनि होइन, ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र दिनेदेखि मोटरसाइकल ¥याली, आमसभा, विरोध सभा, गर्ने काम काठमाडौं, नेपालगन्ज, झापा, चितवनलगायत ७७ वटै जिल्लामा हाम्रो कार्यक्रम भएकै छ । संसद विघटन को कुरा आएपछि हामी निर्वाचनमा जाने शिलशिलामा तयारी गरिरहेका थियौँ । अब हाम्रो कार्यक्रमले निरन्तरता पाउनुपर्छजस्तो मलाई लाग्छ । खास रूपमा भन्नुपर्दा हाम्रो पार्टीको देश व्यापी जनमत हुँदा पनि संसदमा हाम्रो पार्टीको एक सिट मात्र छ । हाम्रो पार्टी संसदमा राष्ट्रिय पार्टीसमेत छैन । त्यसको मुल कारण विगतको निर्वाचनमा राप्रपाह्रू एक थिएन । फुटेर जनतामाझ जाँदा जनतालाई कुन राप्रपालाई मत दिउँ भन्ने अन्योल थियो । जनता राप्रपा एक भएको हेर्न चाहन्थ्यौँ बल्ल राप्रपाका इमान्दार कार्यकर्ताले सोचेअनुसारको पार्टी भएको छ । अब पक्का छ, अब राप्रपाले आगामी निर्वाचनमा सानदार परिणाम ल्याउने छ । अब महाधिवेशनसँगै राप्रपा जनताको घरदैलोमा पुग्न ढिलाइ गर्नु हुन्न । राप्रपाले आफ्नो आदर्श र पहिचानलाई कुनै पनि मूल्यमा छाड्न हुन्न । अब राप्रपा उदाउने छ । राप्रपाको नेताह्रूले गीता छोएर अब नफुट्ने कसम खाएकाले पनि जनतामा यस कुराले राम्रो सन्देश प्रवाह गरिरहेको छ । राप्रपाको तीनै जना अध्यक्षले अब एक भएर खुसी साथ जनताको घर दैलोमा जानुपर्छ । महाधिवेशनमा परिणाम जस्तोसुकै आए पनि यो परिणामलाई सबैले स्वीकार्नु नै पार्टीको भविष्य छ । निःसन्देह यतिबेला अमेरिकी नियोग एमसिसी चर्चामा छ । यस बारेमा छोटकरीमा भन्नुपर्दा संसदबाट पारित गरेर मात्र एमसिसी कार्यान्वयनमा ल्याउनु पर्छ । हुन त जनताको म्यान्डेट लिएर आगामी निर्वाचनपछि राप्रपाकै नेतृत्वमा सरकार बने राम्रो हुने थियो । हाम्रा पार्टीका अध्यक्ष कमल थापाले विप्लव माओवादीदेखि राजासम्म अटाउने व्यवस्था राखौँ र देशलाई निकास दिउँ र परराष्ट्र नीति पनि पञ्चशीलको सिद्धान्तअनुसार नजिक र टाढाको छिमेकीह्रू समेतलाई समदूरीमा राखेर जानुपर्छ भनेर पार्टीको धारणा राख्नु भएको थियो । तर, संविधान बनाउँदै पूर्वाग्राही ढंगले बनाइयो एउटा पक्षलाई निषेध गर्ने ढंगले बनाइयो । र, २४० वर्षको इतिहास रहेको राजसंस्थालाई पाखा लगाएर विदेशीको एजेन्डामा पूर्वाग्राही ढंगले संविधान बनाइयो । हिन्दू राष्ट्र खारेज गरियो, धर्मनिरपेक्षता ल्याइयो । आपसमा मिलेर बसेका सम्पूर्ण जनजाततिलाई जातीय भेदभावको नाममा झगडामा फसाइयो । पैसाको लोभमा धर्म परिवर्तन गराइयो । संविधान बनाउँदा जनताको सुझाव लिने शिशिलामा ९४ प्रतिशत जनताले हिन्दू राष्ट्रको पक्षमा दिएको सुझावको पोकै नखोली संविधान जारी भयो । यस्तो निषेधको राजनीतिले कुनै देश उभो लाग्दैन । (लेखक बस्नेत राप्रपाको केन्द्रीय सदस्य हुन् ।)
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  ०३:४२
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP