Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • पुच्छरबाट सल्केको आगो टाउकोमा
पुच्छरबाट सल्केको आगो टाउकोमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २६, २०७८
227409096_2786419098263353_1004489220668326814_n
Hardik health
बिधान र पद्धतिको बाटो छल्दै गएपछि नाम लोकतन्त्र तर काम अलोकतन्त्र हुने नै भयो । न त समयमा, न त ढिलै भए पनि कलेज तथा विश्वबिद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुन्छ । हरेक दुई बर्षमा स्ववियुको चुनाव हुन्छ भनिन्छ तर हुनै सक्दैन, त्यसको मुख्य कारणका रूपमा पार्टीको नेतृत्वमा रहेकाहरूको चाहना र लगनशीलता नहुनु नै हो । यो रोग अहिले जतासुकै देख्न सकिन्छ । पछिल्लो समयमा यो रोगबाट नेपाल विद्यार्थी संघसमेत अलग हुन सकेको छैन । यो समस्या नेविसंघ हुँदै माउ पार्टी नेपाली कांग्रेसको हरेक कमिटीमा देखिरहेको छ । माउ पार्टीमा देखिएको यो समस्या सुभेच्छुक संघसंस्थामा समेत देखिँदै आएको छ । नेपाली कांग्रेसमा नेता जन्माउने संगठनमध्येको एक नेपाल विद्यार्थी संघमा पनि विगत लामो समयदेखि अधिवेशन हुन नसकेको तीतो यथार्थ हामीमाझ छ । अझ भन्दा नेता जन्माउने संगठनले लामो समयदेखि पूर्णतासमेत पाउन नसकिरहेको अवस्था रहेको छ । यस्ता विविध कारणबाट वास्तविक विद्यार्थी भने छाँयामा परेका छन् । सोही परिस्थिति कांग्रेसका अरु भ्रातृ संगठनहरू तरुण दल, महिला संघ, किसान संघलगायत अरु सम्पूर्ण संगठनमा पनि देखिन्छ । भ्रातृ संगठनमा यस्तो अवस्था आउनुको मुख्य कारण माउ पार्टीको नेतृत्व गर्नेहरूको असक्षता हो । यसको सम्पूर्ण भागीदार नेतृत्वकर्ता नै हुन् । उनीहरू यसमा पूर्ण रूपमा दोषी छन् । माथि उल्लेख गरिएका सबै प्रकारका समस्याहरू अहिले माउ पार्टी नेपाली कांग्रेसमा समेत देखिएको छ । कांग्रेस पार्टीले बेला–बेलामा अधिबेशन तथा महाधिवेशनको तालिका सार्बजनिक गर्छ तर कार्यान्वयन गर्न सक्दैन । क्रियाशिल सदस्यको विवाद टुंगो लगाउन सकिरहेको छैन । हो, यहि नै हाम्रो कमजोरी हो जब हामीले सुरुदेखि नै गन्तव्य पुग्ने बाटो भुलेर अन्यत्र हिँड्छौँ, पक्कै पनि लक्ष्य भेट्न कठिन हुन्छ । यस्ता यावत् कारणले प्रजातान्त्रिक पार्टीभित्रको आन्तरिक प्रजातन्त्र भने कमजोर बन्दै गएको भान भइरहेको छ । लामो समय विद्यार्थी संघको अधिवेशन नहुँदा पार्टीप्रति आस्था भएका लाखौँ युवाहरू निराश बनिरहेको अवस्था छ । हिजोको समयमा नियमित स्ववियुको चुनाव हुने र संघभित्र पनि आन्तरिक प्रतिपस्र्धा हुने भएकाले नेता कार्यकर्तामा जोस र जाँगर देखिन्थ्यो तर अहिले लामो समय क्याम्पस वा विश्वविद्यालयमा राजनीति गर्दा पनि न त आन्तरिक प्रतिपस्र्धामा सहभागी हुने अवसर मिलेको छ । न त स्ववियुको चुनाव नै प्रतिस्पर्धा गर्ने वातावरण बनेको छ । स्ववियु र नेपाल विद्यार्थी संघमा देखिएको जस्तै असक्षमता नेपाली कांग्रेसमा देखिन थालेको छ । पार्टीको महाधिवेशन पनि बारम्बार सर्दै आइरहेको छ । अहिले भदौ महिनाभित्र चुनाव गरिसक्नुपर्ने नेपाली कांग्रेस पार्टीको संवैधानिक बाध्यात्मक परिस्थिति पनि छ । भोलि लोकतान्त्रिक पार्टीले अलोकतान्त्रिक पद्धतिद्वारा पार्टी संचालन गर्ने परिस्थिति आए त्योभन्दा लाजमर्दो कुरा अरु हुनै सक्दैन । पार्टी सभापति, केन्द्रीय पदाधिकारीहरूको यो बिषयप्रति विशेष ध्यान जाओस् । यस्ता तमाम विषयमा पार्टीमा गहिरो समीक्षा हुनु जरुरी छ । (बस्नेत नेपाल विद्यार्थी संघ त्रिवि समितिका उपसभापति हुन् ।)
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  ०३:४४
प्रतिक्रिया दिनुहोस्
थप विचार
नेपालको योजना प्रणालीमा संस्थागत दूरदर्शिताको खाडल
नेपालको योजना प्रणालीमा संस्थागत दूरदर्शिताको खाडल बिहीबार, साउन २१, २०८३
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP