Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • पुच्छरबाट सल्केको आगो टाउकोमा
पुच्छरबाट सल्केको आगो टाउकोमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २६, २०७८
227409096_2786419098263353_1004489220668326814_n
Hardik health
बिधान र पद्धतिको बाटो छल्दै गएपछि नाम लोकतन्त्र तर काम अलोकतन्त्र हुने नै भयो । न त समयमा, न त ढिलै भए पनि कलेज तथा विश्वबिद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुन्छ । हरेक दुई बर्षमा स्ववियुको चुनाव हुन्छ भनिन्छ तर हुनै सक्दैन, त्यसको मुख्य कारणका रूपमा पार्टीको नेतृत्वमा रहेकाहरूको चाहना र लगनशीलता नहुनु नै हो । यो रोग अहिले जतासुकै देख्न सकिन्छ । पछिल्लो समयमा यो रोगबाट नेपाल विद्यार्थी संघसमेत अलग हुन सकेको छैन । यो समस्या नेविसंघ हुँदै माउ पार्टी नेपाली कांग्रेसको हरेक कमिटीमा देखिरहेको छ । माउ पार्टीमा देखिएको यो समस्या सुभेच्छुक संघसंस्थामा समेत देखिँदै आएको छ । नेपाली कांग्रेसमा नेता जन्माउने संगठनमध्येको एक नेपाल विद्यार्थी संघमा पनि विगत लामो समयदेखि अधिवेशन हुन नसकेको तीतो यथार्थ हामीमाझ छ । अझ भन्दा नेता जन्माउने संगठनले लामो समयदेखि पूर्णतासमेत पाउन नसकिरहेको अवस्था रहेको छ । यस्ता विविध कारणबाट वास्तविक विद्यार्थी भने छाँयामा परेका छन् । सोही परिस्थिति कांग्रेसका अरु भ्रातृ संगठनहरू तरुण दल, महिला संघ, किसान संघलगायत अरु सम्पूर्ण संगठनमा पनि देखिन्छ । भ्रातृ संगठनमा यस्तो अवस्था आउनुको मुख्य कारण माउ पार्टीको नेतृत्व गर्नेहरूको असक्षता हो । यसको सम्पूर्ण भागीदार नेतृत्वकर्ता नै हुन् । उनीहरू यसमा पूर्ण रूपमा दोषी छन् । माथि उल्लेख गरिएका सबै प्रकारका समस्याहरू अहिले माउ पार्टी नेपाली कांग्रेसमा समेत देखिएको छ । कांग्रेस पार्टीले बेला–बेलामा अधिबेशन तथा महाधिवेशनको तालिका सार्बजनिक गर्छ तर कार्यान्वयन गर्न सक्दैन । क्रियाशिल सदस्यको विवाद टुंगो लगाउन सकिरहेको छैन । हो, यहि नै हाम्रो कमजोरी हो जब हामीले सुरुदेखि नै गन्तव्य पुग्ने बाटो भुलेर अन्यत्र हिँड्छौँ, पक्कै पनि लक्ष्य भेट्न कठिन हुन्छ । यस्ता यावत् कारणले प्रजातान्त्रिक पार्टीभित्रको आन्तरिक प्रजातन्त्र भने कमजोर बन्दै गएको भान भइरहेको छ । लामो समय विद्यार्थी संघको अधिवेशन नहुँदा पार्टीप्रति आस्था भएका लाखौँ युवाहरू निराश बनिरहेको अवस्था छ । हिजोको समयमा नियमित स्ववियुको चुनाव हुने र संघभित्र पनि आन्तरिक प्रतिपस्र्धा हुने भएकाले नेता कार्यकर्तामा जोस र जाँगर देखिन्थ्यो तर अहिले लामो समय क्याम्पस वा विश्वविद्यालयमा राजनीति गर्दा पनि न त आन्तरिक प्रतिपस्र्धामा सहभागी हुने अवसर मिलेको छ । न त स्ववियुको चुनाव नै प्रतिस्पर्धा गर्ने वातावरण बनेको छ । स्ववियु र नेपाल विद्यार्थी संघमा देखिएको जस्तै असक्षमता नेपाली कांग्रेसमा देखिन थालेको छ । पार्टीको महाधिवेशन पनि बारम्बार सर्दै आइरहेको छ । अहिले भदौ महिनाभित्र चुनाव गरिसक्नुपर्ने नेपाली कांग्रेस पार्टीको संवैधानिक बाध्यात्मक परिस्थिति पनि छ । भोलि लोकतान्त्रिक पार्टीले अलोकतान्त्रिक पद्धतिद्वारा पार्टी संचालन गर्ने परिस्थिति आए त्योभन्दा लाजमर्दो कुरा अरु हुनै सक्दैन । पार्टी सभापति, केन्द्रीय पदाधिकारीहरूको यो बिषयप्रति विशेष ध्यान जाओस् । यस्ता तमाम विषयमा पार्टीमा गहिरो समीक्षा हुनु जरुरी छ । (बस्नेत नेपाल विद्यार्थी संघ त्रिवि समितिका उपसभापति हुन् ।)
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  ०३:४४
प्रतिक्रिया दिनुहोस्
थप विचार
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा शुक्रबार, कात्तिक १४, २०८२
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP