Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोषको परोपकारी काम, तीन बालबालिकालाई पढाईमा सहयोग
कोषको परोपकारी काम, तीन बालबालिकालाई पढाईमा सहयोग
admin123
admin123 बिहीबार, साउन ३, २०७५
IMG_20180719_164311
नेपालगञ्ज/आर्थिक अवस्था कमजोर भएका ३ जना बालबालिकाहरुलाई साउन ३ गते सहयोग प्रदान गरिएकोछ । नेपालगञ्ज—१८ निवासी बासकी साधारण सदस्य दिला शाहले आफ्ना जीवन साथी दिनेश चन्दसँगको सहकार्यमा आफ्ना बुवा मान बहादुर शाह र मुवा देवा शाहको सम्मानमा २०७४ पौष २१ गते स्थापना गरेको मानदेवा परोपकारी अक्षय कोष, बासको बालबालिका सहयोग कार्यक्रम र बास जन्मदिन शुभकोषबाट सहयोग प्रदान गरिएको हो । मानदेवा परोपकारी अक्षय कोषकी संस्थापक दिला शाहको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा कोषको व्याजबाट प्राप्त रकमबाट नेपालगञ्ज १९ आलानगर, बसुदेबपुरकी १५ बर्षियाा पूजा परियारलाई नगद रु. १५ हजार प्रदान गरिएकोछ । चरम गरिविका कारण पूजाका आमा, बुवा दुबै मज्दुरीका लागि भारत छन् । पूजा आफ्नो र १ बहिनीको पढाईका लागि बिहान, बेलुकी मज्दुरी गर्दछिन् । श्री निमाबि कण्ठिपुरको कक्षा ७ मा अध्ययनरत उनलाई कार्यक्रमकी प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर, अक्षयकोषकी संस्थापक दिला शाह र शाहका वुवा मान बहादुर शाहले चेक प्रदान गरेका थिए । यसैगरी जानकी गाउँपालिका ४ निवासी ११ बर्षिय कालिमान बि.क.लाई पढाईका लागि रु. १० हजार प्रदान गरिएकोछ । जनचाहना प्रा.बि. खजुराखुद्र्धको कक्षा ३ मा अध्ययनरत बि.क.की आमाको ५ बर्ष अघि मृत्यु भएको थियो । बुवा भारत गएर नफर्केपछि उनको अभिभाकत्व उनका ठूला बुवा सरे बि.क.ले ग्रहण गरिरहेका छन् तर उनको पनि आर्थिक अवस्था कमजोर छ । उनलाई बासका सल्लाहकार द्धए बरिष्ठ पत्रकार पूर्णलाल चुके र प्राध्यापक रुद्र प्रसाद तिमिल्सिनाले चेक प्रदान गरेका थिए । उक्त सहयोग बासको जन्म दिन शुभकोष र बालबालिका सहयोग कार्यक्रममा संकलित रकमबाट गरिएको हो । जन्म दिन शुभ कोषमा बास पदाधिकारी, स्वयंसेवक र शुभचिन्तकहरुले जन्मदिनको अवसरमा रकम जम्मा गर्दछन् भने बालबालिका सहयोग कार्यक्रममा पनि बिभिन्न व्यक्तिहरुले सहयोग प्रदान गर्ने गर्दछन् । उक्त रकमबाट बिभिन्न मानविय कार्यहरु गरिन्छ । यसैगरी नेपालगञ्ज परसपुर घर भई हाल अमेरिकामा रहेका बासका साधारण सदस्य मेराजुद्धिन ईद्रिसीको सहयोगमा नेपालगञ्ज १ धम्बोझि निवासी १४ बर्षिया सोना बि.क.लाई रु. ७ हजार सहयोग प्रदान गरिएकोछ । धम्बोझि मा.बि.को कक्षा ७ मा अध्ययनरत बि.क.का बुवा टायल मज्दुर हुन् भने उनकी दिदि मृगौला रोगबाट पीडित छन् । उनलाई नेपालगञ्ज उद्योग बाणिज्य संघकी उपमहासचिव तारा रोकाय र धम्बोझि मा.बि.की प्राचार्य किरण आचार्यले चेक हस्तान्तरण गरेकि थिईन् । सहयोग प्राप्त भएपछि प्रृतिकृया दिँदै पूजा परियारले बासबाट ठूलो सहयोग प्राप्त भएको बताउँदै सहयोग पढाईमा खर्चिने बताईन् । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले बालबालिकाहरुको शिक्षाका लागि सहयोग गरेर बासले उदाहरणिय कार्य गरेको       बताईन् । उनले भनिन्—बालबालिकामा गरिने लगानीले सबैलाई फाईदा हुन्छ । कार्यक्रममा बोल्दै अक्षयकोषकी संस्थापक दिला शाहले जिवित वुवा, मुवाको सम्मानमा अक्षयकोष स्थापना गरि सहयोग गर्न पाउँदा खुसी लागेको बताईन् । सानो रकमबाट शुरु गरिएको कोष अभिबृद्धि गरि बिपन्न बालबालिका, हिँसामा परेका महिला र प्राकृतिक प्रकोेपबाट पीडितहरुलाई सहयोग गर्ने उद्धेश्य रहेको उनले बताईन् । अक्षयकोषकी संस्थापक दिला शाहका बुवा मान बहादुर शाहले बोल्दै आफ्नो र श्रीमतीको नाममा कोष स्थापना गरेर मानव सेवा गरेकोमा खुसी लागेको बताए । कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार पूर्णलाल चुकेले ईश्वरीको रुपको रुपमा चिनिने बुवा, मुवाको सम्मानमा कोष स्थापना गरि शाहले परोपकारी कार्य गरेको बताए । कार्यक्रममा बासका सल्लाहकार प्राध्यापक रुद्र प्रसाद तिमिल्सिनाले मानविय कार्य उत्कृष्ठ कार्य भएको बताए । कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघकी उपमहासचिव तारा रोकाय र धम्बोझि मा.बि.की प्राचार्य किरण आचार्य लगाएतले बोेलेका थिए । कार्यक्रममा मानदेवा परोपकारी अक्षयकोषमा बिभिन्न महानुभावहरुले सहयोग गरेका थिए । नेपालगञ्ज निवासी कल्पना गिरीले रु. ५० हजार, प्रमोद सोनीले रु. ११ हजार र बिकास न्यौपानेले रु. ११ हजारको चेक बासका अध्यक्ष मन भण्डारीलाई प्रदान गरेका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत र उद्धेश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा कोषकी संस्थापक शाहलाई बासका कार्यकारी निर्देशक नमस्कार शाहले किताव उपहार प्रदान गरेका थिए भने कार्यक्रमकी प्रमुख अतिथी थापा मगरले अछामको तुर्माखाँद स्थित बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकिय क्षेत्र बिकास समितिले प्रदान गरेका सम्मान पत्र प्रदान गरेकि थिईन् । बास उपनिर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष मन भण्डारीले गरेका थिए । कार्यक्रममा १०० बढिको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ३, २०७५  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै
एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै मंगलबार, असार १७, २०८२
एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा
एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा सोमबार, असार १६, २०८२
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत सोमबार, असार ९, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP