Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • सरकार जनताभन्दा कर ठूलो भो ?
सरकार जनताभन्दा कर ठूलो भो ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १३, २०७८
Sawan 6 (4)
Hardik health
गत १३ वैशाखका दिन काठमाडौं, ललितपुर, र भक्तपुर गरी तीन सिडियो मिलेर गरेको महत्वपूर्ण निर्णय– २०७८।१।१६ गतेबाट उपत्यकाको यी तीन जिल्लामा कोभिड १९ नियन्त्रणका लागि निषेधाज्ञा गर्ने । यहि निर्णयअनुसार सरकारले वैशाख १४ र १५ गते दृई दिन उपत्यकाबासीहरूलाई आ–आफ्नो जन्मथलो फर्कनेका लागि समय दियो । यो अवधिमा लाखौँ सर्वसाधारणले उपत्यका छाडे । २०७८।१।१६ गतेबाट उपत्यकाको यी तीन जिल्लामा निषेधाज्ञा जारी भयो । वैशाख १६ बाट सुरु भएको निषेधाज्ञाको अवधि एकहप्ता अर्थात वैशाख २२ गतेसम्मको थियो भने मन्त्रिपरिषद्को बैठक वैशाख २९ गतेसम्म निषेधाज्ञा लैजाने तयारीमा थियो । तर कोरोनाको संक्रमण र मृत्यृदरले विकराल रूप लिँदै गएकाले निषेधाज्ञाको अवधि पनि बढ्दै गयो । २०७६।१२।११ गते सरकारले लकडाउन गर्दा कोरोना संक्रमण निकै न्यून देखिएको थियो । कोरोनाको कारण मृत्युदर पनि कमै थियो । जब दोस्रो लहरको कोभिडको संक्रमण र मृत्युदरले पनि निकै विकराल रूप लिँदै गयो । कोभिडको कारण अहिलेसम्म हजारौँले ज्यान गुमाए भने लाखौँ मृत्यृको मुखमा पुगेर फर्के । २०७८।३।८ गते सरकारले विभिन्न स्वास्थ्य मापदण्डको सर्तहरू अपनाएर निषेधाज्ञा खुकुलो बनायो । दृई मिटरको सामाजिक दूरी, मुखमा अनिवार्य मास्क, स्यानिटाइजर आदि सरकारको सरकारका नियमित सर्तहरू थिए । तर, सरकारले बनाएको यी स्वास्थ्य मापदण्डहरू कसैले र कहीँ पनि पालना भएको देखिएन । यी स्वास्थ्य मापदण्डहरू अपनाएर सरकारले व्यापार त सञ्चालन गर्न दियो तर ती स्वास्थ्य मापदण्डहरू कुनै पनि व्यापारीले टेरेनन् । नटेर्नेको एक मात्र कारण अनुगमनमा सुस्तता । उपत्यकाको यी तीन जिल्लाको सिडियो मिलेर हामी स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गछौँ, त्यस व्यापारीको बिजनेस बन्द गराउछौँ भनी आश्वासन दिए तर त्यो पनि आश्वासनमै सिमित भयो । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै हरेक किसिमको व्यापार÷ व्यवसायमा आयो । तरकारी, खाद्य, किराना त दैनिक जीवनमा आवश्यक पर्ने वस्तुहरूसँगै यातायात, उद्योग, होटल व्यवसाय पनि सञ्चालनमा आए । सरकारले सार्वजनिक यातायातमा सिटभन्दा बढी यात्रु राख्न नपाउने भने पनि सार्वजनिक सवारीमा चालक, सहचालकले भेडाबाख्रा कोचेझैँ यात्रु कोचेका छन् । टयाम्पृ र माइक्रोबसको स्थिति पनि यस्तै छ । न चालकको हातमा पन्जा छ न त मुखमा मास्क नै । के यस विषयमा ट्राफिक महाशाखाको ध्यान आकर्षण हुन सकेको छ ? सरकारले होटल व्यवसायहरूका लागि टेकअवेको मापदण्ड बनायो तर यो नीीत कार्यान्वयन भयो कि भएन सरकारलाई केही अनुगमन गरेको छैन । पार्टी प्यालेस, कपाल काट्ने हजाम, ब्युटिपार्लर, दोहोरी साँझ सरकारले सञ्चालनमा ल्याएको छैन तर यी व्यवसायहरू सरकारको नीति नमानी आफ्नो व्यवसाय सञ्चालन गरिरहेको छन् । अनुगमन छैन । उपत्यकाको विभिन्न सडकमा बेलुकीपख हामी फुटपाथ व्यापारीहरूले बाटोमा सामान बेच्ने गरेको देखेको छौँ । के ती फुटपाथ व्यापारीहरूले स्वास्थ्य मापदण्ड पूरा गरिरहेको छन् त ? हातमा पन्जा, मुखमा मास्क छैन, स्यानिटाइजरको अभाव, र सामाजिक दूरीको पनि पालना भएको छैन । २०७८।१।१६ गतेभन्दा अगाडि आफ्नो जन्मथलो छिरेकाहरू पनि धमाधम राजधानी छिर्न थालेको छन् । तर के उनीहरूको कोरोना परीक्षण भएको छ त ? सरकारले यस विषयमा चासो दिन फुर्सद पाएको छैन । उनीहरू कोभिड परीक्षण नगरी आफ्नो बासस्थान फर्किरहेको छन् । यसबाट कत्ति आमसर्वसाधारणलाई प्रभाव परेको छ र कोरोनाको संक्रमण बढिरहेको छ ? कोरोनाबाट बच्नका लागि हामी आमसर्वसाधारणले कत्ति सर्तकता अपनायौँ ? सरकारको निषेधाज्ञा मान्यौँ र खाइ नखाई घरभित्र बस्यौँ । तर, सरकारको लापरबाहीले गर्दा आज कोरोनाको जोखिम बढिरहेको छ । आमनागरिकको एउटै गुनासो ः राज्यले कर उठाउनका लागि निषेधाज्ञा खोलेर जनता मार्ने भो । सरकार जनताभन्दा कर ठूलो भो ? यो प्रश्न हामी आवाजविहीन नेपाली जनताको हो । यातायात व्यवसायी, उद्योग व्यवसायी र अन्य व्यवसायीको दबाबमा आएर हामी सिधासादा जनताको जिन्दगी जोखिममा हाल्नु उचित हो ? सत्ता सरकारको हो व्यवसायीको होइन । जहिले पनि व्यवसायीको अगाडि झुक्नु उचित छ ? निषेधाज्ञा खुकुलो पारिसकेपछि स्वास्थ्य मापदण्ड पूरा भएको छ कि छैन भनेर अनुगमन गर्ने कर्तव्य तीन जिल्लाको सिडियोको होइनन् । खोइ त अनुगमन ? स्वास्थ्य मन्त्रालयले दैनिक कोरोना संक्रमितको तथ्यांक प्रकाशित गर्छ । दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको छ । तर यी तीन जिल्लाको सिडियो देखेर पनि नदेखेजस्तो गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमणको जोखिम छ अझै निषेधाज्ञा खोल्नु हुँदैन भन्दा भन्दै पनि गृहमन्त्रालयले व्यवसायीको दबाबमा, आर्थिक चलखेलमा आएर निषेधाज्ञा खोल्यो । निषेधाज्ञा खुकुलो भएपछि व्यवसायीलाई सबैभन्दा बढी फाइदा भएको छ । कोरोनाको बिरामी प्रतिदिन बढिरहेका छन् । कहिलेकाँही त जनताले सरकारको लापरबाही गरेर कोरोना बढ्यो भनेको पनि ठिकै हो जस्तो लाग्छ । २०७८।३।८ गतेबाट सरकारले जोरबिजोर रूपमा सार्वजनिक यातायात चल्न दिने निर्णय ग¥यो । २०७८।३।२१ गतेबाट जोरबिजोर हट्यो र सरकारले दिनभरि पसल सञ्चालन गर्ने अनुमति दियो । सरकारले ७ बजेसम्म पसल सञ्चालन गर्न दिने भनेर अनुमति दिए पनि राति ९ बजेसम्म पसल खुल्ला हुन्छन् । सरकारको निर्णय कसले कार्यान्वयन गर्ने ? ट्राफिक महाशाखा कानमा तेल हालेर बसेको छ । सिडियोहरू यस्तो स्थिति देख्दादैख्दै पनि मौन बसिरहेका छन् । सरकारले कोरोनाको खोप लगाउनको विभिन्न अस्पाताल, वडा कार्यालयलाई जिम्मेवारी दिएको छन् । तर के त्यो जिम्मेवारी अस्पाताल र वडा कार्यालयले बहन गर्न सकेको छ । अस्पातालमा कोरोनाको खोप लगाउनेको भीड त्यत्तिकै छ । वडाले पनि व्यवस्थित रूपमा खोप दिने कार्यक्रम सञ्चालन गर्न सकेको छैन । व्यवस्थित रूपमा खोप दिन नसक्दा कोरोनाले विकराल रूप लिँदै गएको छ । अझै कति मानिसले भने अनुसार कोरोनाको खोप लाउन पनि भनसुन गर्नुपर्ने र पावर ल्याउनुपर्छ रे । कालोबजारी गर्नेहरूले त दश हजार लिएर कोरोनाको खोप बेचिरहेको पनि खुलेआम सुनिन्छ । एकदिनमा कत्ति खोप जनतालाई दिने, कसरी दिने, कसरी मानिसको भीड व्यवस्थापन गर्ने भनेर वडा कार्यालय र अस्पातालले ठोस कदम चाल्न नसक्दा कोरोनाको जोखिम बढेको छ । यो त स्वास्थ्य मन्त्रालय र तीन जिल्लाको मेयरको एकदम ठूलो कमी कमजोरी हो । बिहान ३ बजेदेखि दिउँसो ३ बजेसम्म लाइनमा बस्दा हामी सर्वसाधारणको कत्ति खुट्टा दुख्छ होला । कत्ति भोक लाग्छ होला । तर, हाम्रो दुखाइ र भोकको कसलाई मतलब ? सरकारले खोप दिने नाममा कोरोना फैलाइरहेको छ । सरकारले व्यवस्थित ढंगले खोप दिन नसक्दा कोरोनासँगै आमसर्वसाधारणको दृःख पनि बढिरहेको छ । निवर्तमान प्रधानमन्त्री केपी ओलीले जनताको सोचअनुरूप काम गर्न नसक्दा पद त्याग्नु प¥यो कहीँ हालसालै सत्तामा चढेको हामी ३ करोड नेपाली जनताको प्रधानमन्त्री शेरबहादृर देउवाको पनि त्यस्तै हालत हुने त होइन ? कोरोना नियन्त्रण गर्ने कि फैलाउने भन्ने कुरा अब सरकारको हातमा छ । सरकारले यस विषयमा एकचोटी सोच्न जरुरी देखिन्छ ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ०३:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP