Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • कांग्रेसको कर्तव्य, पद र पद्धति
कांग्रेसको कर्तव्य, पद र पद्धति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ८, २०७८
Shanti Basnet
Hardik health
नेपाली राजनीतिक गर्विलो इतिहास र ऐतिहासक पार्टी हो, नेपाली कांग्रेस । राणाशासनदेखि राजतन्त्र अन्यसम्मको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । नेपाली इतिहासमा ७० वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसलाई हाम्रो देशमा जनताको जनमतमा केही आन्तरिक रूपमा हार बेहोर्नु परेको थियो । समयले कांग्रेसको माग ग¥यो, दुई तिहाइको नारा र नाम लिएर जनताले बहुमतका साथ जिताएर देश बनाउनका निम्ति सरकारमा पठाएका थिए । तर, कम्यनिस्टको आन्तरिक संघर्षका कारण जनताको हितमा काम गर्न सकेन । जसका कारण आज सरकारबाट लज्जासपद रूपमा बाहिरिनु परेको छ र समयले नेपाली कांग्रेसलाई सरकारको जिम्मेवारी बहन गर्न सुम्पिएको छ । विश्वमा नै फैलिएको कोभिड–१९ को भाइरसले नेपाल पनि अछूतो रहेन । यो समयमा नेपाली कांग्रेस सरकारमा पुगेको छ । यस सन्दर्भमा नेपाली कांग्रेसको पहिलो जिम्मेवारी भनेको हरेक नेपालीहरूको कोभिड–१९ बाट जीवनलाई बचाउनु हो, यस्तै बर्खायामको समय छ हरेक वर्षझैँ यो वर्ष पनि बाढीपहिरोले देशका विभिन्न स्थानहरूमा धनजनको ठूलो क्षति पु¥याएको छ, यस्ता ठाउँलाई सरकारको मूख्य भूमिका हुनुपर्छ । अघिल्लो सरकारले यस्ता जनताका प्राथमिकताका कुराहरूलाई वास्ता गरेको थिएन तर वर्तमान सरकार र स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले यस्ता कुराहरूलाई प्रमुख रूपमा पहल कदमी थाल्नु पर्छ । कांग्रेसको काँधमा यो जुन समयले पद सुम्पिएको छ, यस अवसरलाई सही समयमा नै सदुपयोग गर्नु र गराउनु पर्दछ । कम्युनिस्टको शासनबाट नेपाली जनताहरू वाक्क दिक्क भइसकेको अवस्थामा नेपाली कांग्रेसको यो सरकार आएपछि केही मल्हमपट्टी पाइन्छ कि भन्ने आसाका किरणहरू जगाएका छन् । साथै कतिपयले यसो भन्ने पनि सुनिन्छ, ‘यो भन्दा पहिला पनि त कांग्रेस सरकारमा आएको नै थियो के ग¥र्या त... ?’ हो, यस्ता वाहिरी हल्लाहरू पनि प्रशस्तै रूपमा सुनिन्छन्, यस्तै जनताका अविश्वासका कारण चुनावमा कांग्रेसले हार बेहोर्नु परेको थियो । कांग्रेसले देशमा धेरै परिवर्तन गरेको इतिहास साक्षी छन् तर पनि अहिलेको स्थितिमा मानिसहरू इतिहासभन्दा पनि क्षणिक लोभलालचमा फसिरहेका छन्, यसले हरेक मानिहरूलाई दीर्घकालीन असर पार्ने देखिन्छ साथै कांग्रेसले नेपालको संविधान ल्याउने कुरादेखि विभिन्न देशको आमूल परिवर्तन गर्ने आन्दोलनमा अग्रणी रूपमा भूमिका खेलेको छ । वर्तमानमा बोल्नुभन्दा अघि युवा पुस्ताहरूले एकपटक इतिहासहरूलाई पनि पल्टाएर हेर्ने गरियो भने हरेक कुरा र समयको महत्व बुझ्ने मौका मिल्छ । कांग्रेसको काँधमा धेरै नै आसा र भरोसा छ । आज कोभिडको कारण कैयौँ नेपालीहरूलाई आफ्नो हातमुख जोड्न धौ–धौ परिरहेको छ । देशको अर्थतन्त्र ध्वस्त भएको छ, कलकारखाना चलेका छैनन् । हरेक दिन गरिवीको जालो झन्झन झाँगिँदै गएको छ, सबैतिर समस्या नै समस्याले घेरेको छ । यस्तो विषम परिस्थितिमा नेपाली कांग्रेसको काँधमा जिम्मेवारी आइपरेको छ । अब देशमा पनि असल नेता र असल पार्टी रहेछ भनेर जनताका सामु कामको साक्षी बसेर नेपालीको नैरस्यताको कालो बादललाई हटाउनु परेको छ । उज्यालो किरण ल्याउनलाई नेपाली कांग्रेसले भूमिका खेल्नुपर्छ । हरेक घरघरमा सायदै प्रत्येक व्यक्ति बेरोजगारी र गरिबीले गर्दा विभिन्न पारिवारिक कहल भएर जघन्य अपराधहरू पनि भइरहेका छन् । अघिल्लो सरकार त छ या छैन भन्ने कुराको जनताले केही भेउ नै पाउन सकेका थिएनन् । अब नेपाली कांग्रेस देशका लागि र देश बचाइरहेका नेपाली जनताहरूको अभिभावकत्व निर्वाह गर्नु पर्छ । समाजमा भएका बेतिथि र विसंगतिका साथै समाजको कालो धब्बालाई बढारेर सुखी नेपाली, समृद्ध नेपालको नारालाई नेपालीहरूको घरदैलोसम्म पुग्ने गरी गुञ्जयमान बनाउनु पर्छ । अबको कांग्रेसको भूमिकाले नै अबको कांग्रेसको भाग्य र भरोसाको उदय हुनेछ, त्यस कारण कांग्रेसले जनमुखी काम गरी हरेक नेपालीहरूलाई आफ्नै घरदैलोमा साग र सिस्नो खाएर आनन्दसँग आफ्नै देशमा परिवारसँग रमाएर बस्ने र कांग्रेस भनेको सबै वर्ग, समुदायको अभिभावक हो भन्ने कुराहरूको प्रमाणित गरेर देखाउन सक्नुपर्छ । बिपीका हरेक सपनाहरूलाई नेपाली कांग्रेसले आत्मसात् गर्ने हो भने कांग्रेस कहिल्यै जनतासँग हार्नु पर्दैन थियो । कांग्रेसमा पद मोहका कारण आन्तरिक कलहले गर्दा चुनावमा जनताले हराइदिएका छन् कांग्रेस पार्टीलाई मन नपराएर होइन, कांग्रेस पार्टीको आन्तरिक पद्धतिलाई मन नपराएर जनताहरूले पार्टी सुधार्नलाई गजबको चड्कन हानेकै हुन्, जनताकको यो चडकनलाई नेपाली कांग्रेस पार्टीले ठूलो ओखतीको रूपमा लिएर आफ्ना कमी कमजोरीहरूलाई मनन् गरेर अगाडि बढ्नुको विकल्प छैन । हिजोको दिनहरूमा कांग्रेस पार्टीको गरिमा बेग्लै थियो, नेपाली कांग्रेसको एउटा साधरण सदस्य पाएको मान्छेमा बेग्लै गौरव अनुभाव हुन्थ्यो । अब त पार्टीको क्रियाशील सदस्य पाएका सदस्यमा हौसला होइन, निरासा धेरै छ र यो किन यस्तो निरासाको बाटो पैदा भइरहेको छ ? पार्टीले खै त मूल्यांकन गरेको ? नेपाली कांग्रेस १४औँ महाधिवेशनको संघारमा आइपुग्दै छ, त्यस कारण पनि सक्रयाशील सदस्यलाई कसरी क्रियाशिल बनाइराख्न सकिन्छ भन्ने कुरामा पार्टीको ध्यान जान सकोस् । आफू पार्टीजस्तै निष्क्रिय रहने बनाउने हो भने क्रियाशीलको अर्थ के चाहिँ रह्यो त ? नाम अनुसारको काम दिनु होला, कांग्रेसको रुख हेरेर मात्रै कांग्रेस पार्टी ठूलो हुन र बन्न सक्दैन । कांग्रेसले आफ्नो कमीकमजोरीहरूलाई सम्मानपूर्वक स्वीकार्न सक्यो भने नै विजयको सुरुवात मान्न सकिन्छ । यो गुटगत राजनीति नै मुख्य पराजयको वास्तविकता हो । आफूले आफ्नै पार्टी हराउनले कांग्रेस हार्नु परेको छ । अब पनि १४औँ महाधिवेशनमा पनि यस्तै प्रवृति देखियो भने अर्को चुनावमा पुनः जनताले त्यस्को सजाय दिने नै छन् । प्रतिष्पर्धा एउटा खेलको मैदानभित्र मात्रै खेलाडीहरूमा प्रतिष्पर्धी भावना हुनुपर्छ । यदि हारलाई स्विकार्न नसक्ने र जितलाई बाँड्न नसक्ने हो भने किन खेल मैदानमा खेलाडीको रूपमा उत्रिनु ? जुनसकै क्षेत्रमा होस्, मैदानबाट निस्किएपछि हारजितलाई स्विकारेर सँगै काँधमा काँध, हातमा हात मिलाएर सहकार्य गरेर अगाडि बढ्न र बढाउन सक्नुपर्छ । अनि मात्रै नैतिक रूपमा पनि राजनीतिक सफल हुन्छ । पार्टीका विभिन्न भ्रातृ संघसंगठनहरूलाई समायानुसार चुस्तदुरुस्त रूपमा निर्माण गरी चलयामान बनाउन सक्नुपर्छ । नयाँ–नयाँ–बोट विरुवाहरूलाई जगेर्ना गर्न पनि लाग्नु पर्छ । नीतिगत कुराहरूलाई लागू गर्न सक्नु पर्छ । अधिकारको कुरा गरेर मात्रै लेखेर मात्रै हुन्न, स्थानीय स्तरबाट नै हरेक महिला, पिछडिएका वर्गजस्तालाई निर्णायक भूमिकामा स्थापित गर्न सक्नु पर्छ । यो कांग्रेसको १४औँ महाधिवेशन भनेको कांग्रेसको महान् पर्वको रूपमा लिइनु पर्छ, जुनसुकै क्षेत्रबाट प्रतिनिधित्व गर्ने मानिसमा केही भिजन, मिसन भएको मानिसलाई अगाडि ल्याउन सकियो भने यो कांग्रेस पार्टीमा असल, इमान्दारी, सक्षम व्यक्ति हुने भनेको नै देशको मेरुदण्ड हो भनेर मान्न सक्नुपर्छ । नेता र नेतृत्वमा धेरै फरक छ नेता हुनु मात्रै सर्वैसर्वा होइन, कुन नेतृत्वले कस्तो काम ग¥यो, देशका निम्ति के परिवर्तन ग¥यो ? भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ । समय परिवर्तनशील छ, एउटा हत्केलाबाट संसारलाई नेतृत्व गर्ने प्रविधि आइसकेको छ, अबका पार्टीका प्रतिनिधि अर्थात् जनप्रतिनिधिहरूमा समयानुसारको ज्ञान हुन सकेन र हामीले त्यस्तै मान्छेलाई मात्रै नेतृत्व हस्तान्तरण ग¥यौँ भने हाम्रो देश विकसित देशहरूभन्दा धेरै पछाडि धकेलिन सक्छ । त्यस कारण हरेक पार्टीले पनि अब राजनीति नीतिहरूको नै मूख्य नीति भएकाले यस्ता प्राविधिक कुराहरूलाई पनि सँगै अगाडि बढाउन सकेमा नेपालीहरूको पनि दैनिकीमा केही वरिवर्तनका लक्षणहरू देखिन्छन् भन्ने विश्वास गर्न सकिन्छ । हाम्रोलाई भन्दा पनि राम्रोलाई पद सुम्पिन सकियो भने पार्टीको असल पद्धतिलाई लागू गर्न सकिनेछ ।
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०३:२४
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP