Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • जीवनपथका बिर्सन नसक्ने सहयात्रीहरू
जीवनपथका बिर्सन नसक्ने सहयात्रीहरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ५, २०७८
Hardik health
संघर्षै संघर्षले भरिएको यस जीवनयात्रामा हामीले विभिन्न समयमा विभिन्न चरित्र, स्वभाव र उमेरका मानिसहरूको सम्पर्कमा आउनुपर्ने हुन्छ । र, यस यात्राकालमा भेटिने यी विभिन्न प्रकारका मानिसहरूको व्यवहार पनि छुट्टाछुट्टै हुन्छन्– सहायक, सद्भावनापूर्ण र कहिले अमर्यादापूर्ण । कोही बिर्सनेयोग्य त कोही सदैव स्मरणीय । जीवनको प्रारम्भिक कालमा बा–आमाले डोर्‍याएर स्कुल पुर्‍याउँदा शिक्षक र सहपाठीहरूको सम्पर्कमा आइन्छ । कुनै–कुनै शिक्षक आजीवन स्मरणीय हुन्छन् भने केही सहपाठी । शिक्षार्जनको क्रम अगाडि बढ्दै जाँदा हाइस्कुल, कलेज र विश्वविद्यालय पुग्ने क्रममा पनि नयाँ मार्गदर्शक र सहपाठीहरूको सम्पर्क र प्रभावबाट अनुभव प्राप्त गर्दै ज्ञानवान् हुन्छौँ र कमाइ खाने क्रममा सेवामा प्रवेश गर्दा फेरि नयाँ संगती, नयाँ सम्पर्क । कोही स्मरणीय । अनुभव पनि थरि–थरिका । कहिले तीतो, कहिले मीठो, कहिले सुखद, कहिले विरक्तिपूर्ण । यसरी जीवनले प्राप्त गर्ने गतिमा विभिन्न खालको अनुभव र संघर्षले पनि स्थान ओगटिन थाल्छन् । आकाश वृष्टिको वातावरण नभएको कार्यालय पर्दा अर्थाभावले पारिवारिक वातावरणको मिठास हराउन थाल्छ र नयाँ कार्यालयको तलासले अवसादको वातावरण पनि उत्पन्न गर्छ । जीवन–पथको यो यात्रा म मनुवाको निम्ति पनि अनेक अनुभवको पोको प्रमाणित भएको छ । कर्मक्षेत्रमा अग्रसर हुँदा योे बाटो सहज महसुस नभए पनि यस मार्गमा हिँड्दै गर्दा यस्ता अनेक अग्रज एवं कनिष्ठ पात्रहरू भेटेँ, जसका सद्भावनापूर्ण व्यवहारले मेरा निम्ति मल्हमको काम गरे, मेरा पीडा विस्मृतिको अंग बन्दै गयो र नयाँ जोशले म अगाडि बढ्दै गएँ । फलस्वरूप मेरो ४६ वर्षको विदेश प्रवास सहज रूपमा बित्यो । र, ४२ वर्षको सेवाकालबाट अवकाश पाएर निस्कने अवसर पनि सुखद रह्यो । नयाँ अनुभूति र उत्साहका साथ स्वदेश फर्कें । तर, नौलो परिवेशको जीवनप्रति सशंकित पनि थिएँ । किनभने आफ्नै मातृभूमि, जन्मभूमि भए पनि नयाँ ठाउँका प्रायः जसो अनुहार अपरिचित । जिन्दगीमा अनेकपल्ट छलिएको र ठगिएकाले कसलाई पत्याउने, कसलाई नपत्याउने भन्ने भावले सशंकित पारिरहन्थ्यो । यस नयाँ गोरेटोमा पनि अनेक प्रकारका पात्रहरू भेटिए । सबैजना विभिन्न स्वभावका । तर, साहित्य र पत्रकारिताको क्षेत्रका गोरेटोमा हिँड्ने क्रमले मलाई अनेक साहित्यकार एवं विभिन्न पत्र–पत्रिकाहरूका सम्पादक, उप–सम्पादक र सहायक सम्पादकहरूको नजिक पुर्‍यायो । कतै पारिश्रमिकको व्यवस्था थियो त कतै प्रकाशनको सुख प्रदान गर्ने नियम । म सबै स्थितिमा दंग थिएँ किनभने कतै देवी लक्ष्मीको कृपा भएको अनुभव हुन्थ्यो त कतै देवी सरस्वतीले प्रकाशनको हर्षका अतिरिक्त आशिर्वाद प्रदान गरेको अनुभूति । मनभित्रको संशय यसरी मेटिँदै जाने क्रममा भेटिए, एकजना पत्रकार एवं युवा राजनीतिककर्मी कुमार रञ्जित । गणतन्त्रवादी नेता रामराज प्रसाद सिंहको नव जनवादी मोर्चाका उनी केन्द्रीय सदस्य र म पनि त्यसैसित संलग्न व्यक्ति । दुवै जना पत्रकार भएकाले होला नजिकिँदै गयौँ, र विगत १५ वर्षदेखि मित्रका रूपमा भेटिरहन्छौँ । कुमारले अनेक ठाउँमा पुर्‍याए, कतै मञ्चासिन गराए, कतै दर्शक भई बसेँ । यस अवधिमा नवजनवादी मोर्चाभित्रको यात्राकालमा त्यहाँका तत्कालीन सचिव शंकरलाल श्रेष्ठ र केन्द्रीय समिति सदस्य डा. मनोजकुमार सिंह (हाल सभासद, २ नम्बर प्रदेश) सितको भेटले पनि हामीलाई एकार्काको नजिक पुर्‍यायो। डा.सिंह हाल मेरो निवास–स्थलकै नजिक बस्ने गरेकाले पारिवारिक मित्र नै बनेका छन् भन्दा अतिशयोक्ति नहोला । पत्रकारिताकोे क्षेत्र र पत्रकारिताको कार्यालयमा लेख पुर्‍याउने क्रममा राजधानी राष्ट्रिय दैनिकको विचार–सम्पादक अशोक सिलवालसितको भेट पनि मित्रताको बन्धनमा बाँधिन पुग्यो । एकजना लेखक, पत्रकार, सम्पादक र पर्यटन क्षेत्रमा प्रमुख स्थान बनाई देशको नाउँ पनि विदेशसम्म पुर्‍याउने अशोक सिलवालसित हाल कोरोनाकालका कारण भेट हुन नसके पनि फोनले विगत १२–१४ वर्षको हाम्रो मित्रतालाई विस्मृतिको पाटो बन्न दिएको छैन । आफ्नो आत्मवृत्तान्त ‘रेडियो जिन्दगी (अल इन्डिया रेडियोमा चारदशक)’ को प्रकाशनको चाहनाले मलाई घोस्ट राइटिङका प्रबन्ध निदेशक कमल ढकालनजिक पुर्‍यायो । उनले सहर्ष पुस्तक प्रकाशित गरे र भृकुटी मण्डपको मैदानमा ०७१ सालमा पुस्तक विमोचन भयो । हाम्रो मैत्री सम्बन्ध आजपर्यन्त कायम छ । कुनै पारिवारिक समारोहमा मलाई आमन्त्रित गर्न उनी बिर्सँदैनन् । फोनद्वारा भलाकुसारी भइरहन्छ । यी सबैका बीच जीवनयात्रा गतिमान रहिरह्यो र केही यस्ता पात्रहरूलाई पनि भेट्न पाएँ, जससित म उनका कृतिहरूको माध्यम र नाउँले मात्र चिन्दथेँ । भेटघाट थिएन । भेट हुने सम्भावना पनि देखिरहेको थिइनँ । तर, उनको नाउँले मलाई उनको सम्झना गराइरहन्थ्यो । ‘को हुन् यिनी, भेट्न पाउने हो कि होइन’ भन्ने भाव जागिरहन्थ्यो किनभने उनको नाउँसित गाँसिएको उपनाममा केसीसित झा (ब्राकेटमा) लेखिएको थियो । मानिसहरू उपनाममा ‘व्यथित’, ‘व्याकुल’, ‘गोठाले,’ ‘सुमन’ आदि–आदि लेख्छन् तर यहाँ त झा पो छ । म हैरान हुन्थेँ । तर एक दिन गजबसित उनलाई भेटेँ नेपाल–भारत पुस्तकालयका अध्यक्ष महेशचन्द्र शर्माको कार्यकक्षमा । आफूभन्दा वरिष्ठ रहेको अनुभव हुँदा र हँसिलो एवं उज्यालो अनुहार देख्दा मैले उनलाई अभिवादन गर्दै आफ्नो परिचय दिएँ । उनले पनि आफ्नो परिचय दिए । मैले भेट्न चाहेको व्यक्तित्वलाई यसरी अकल्पनीय रूपमा आफूसामु पाउँदा म दंग परेँ र आफ्नो भाव प्रकट गर्दै भन्न थालेँ, ‘सरसित यो मेरो पहिलो भेट हो, तर तपाईंको एउटा कृतिको झलकले तपाईंसित भेट गराइसकेको थियो र त्यतिबेलादेखि नै तपाईलाई भेट्ने चाहना थियो । आज भेट्न पाएँ । खुसी लागेको छ ।’ बहुआयामिक व्यक्तित्वका धनी डा. इन्दुल केसी (झा)ले जीवनमा कति धन कमाए, त्यो त सोध्ने कुरै भएन, तर उनीबाट उपहारस्वरूप पाएका विभिन्न कृतिहरू पढ्दै गर्दा थाहा भयो– निष्ठाभावसित काम गर्दै सरकारी सेवाबाट निवृत्त डा.इन्दुल केसी (झा)ले बौद्धिक, यौगिक, शैक्षिक, साहित्यिक, धार्मिक र सामाजिक क्षेत्रमा अर्जन गरेका सम्पत्तिको अपार भण्डार रहेछ । झन् भजन गायनले त जीवनलाई संगीतमय बनाउँदै त्यसमा पावनताको पनि सञ्चार गराइरहेको रहेछ । यसरी उनको जीवनको यस्तो कुनै क्षेत्र देखिनँ, जसमा उनले हात हालेर यश र जयजयकार प्राप्त गरेका नहुन् । यस्तो व्यक्ति समाजका मात्र नभई राष्ट्रका लागिसमेत गौरवका पात्र हुन्छन् । र, यस्तो व्यक्तिलाई आफ्नो जीवनयात्रामा भेट्दा मनलाई पनि असीम हर्ष प्रदान गरेको छ । कोरोनाकालले घरभित्र खुम्चिएर बस्ने स्थिति उत्पन्न गराएको छ । तर मस्तिष्क चलायमान छ । चञ्चल र गतिमान मनले यस अवधिमा आफ्ना विगतका दिनहरूको समीक्षा गर्न घच्घच्याइरहन्छ । फलस्वरूप यस क्रममा जीवनमा प्राप्त सफलता–विफलता, मान–अपमान, हेला–सम्मान, घोचपेच, छेडछाड र लाभ एवं हानिका घटनाहरू पनि मस्तिष्कमा आइरहन्छन् । कहिले छलिएको, कहिले ठगिएको, कहिले खुट्टा तानिएको (यद्यपि लम्बाई उत्तिकै छ), त कहिले पुरष्कृत भएको दृश्य पनि स्मृतिपटलमा प्रकट भई रहे । समाजमा विद्यमान दोहरो मापदण्ड (आफ्नो र आफ्नो परिवारको निम्ति एउटा र अरूहरूको निम्ति अर्को), मानवीय मूल्य, मान्यता र आदर्शहरूमा हुँदै गएका ह्रास, समाज र सरकारी निकायहरूमा विद्यमान छल–कपटपूर्ण व्यवहार, अकुत सम्पत्ति जम्मा गर्ने लालसाबाट उत्पन्न भ्रष्टाचार, अनाचार र दुराचारका घटनाहरू र जीवनलाई अर्थपूर्ण बनाउन खोज्ने त्यस्ता व्यक्तिहरूबाट पीडित हुनेहरूका अवस्था आदिका दृश्य पनि आँखा अगाडि आउँछन्, मन–मस्तिष्कलाई छिचोल्न थाल्छन् । र, प्रश्न उत्पन्न हुन्छ– किन चाहिन्छ मानिसलाई यत्तिको अपार सम्पत्ति, जुन अरूलाई पीडा पुर्‍याउँदै भ्रष्टाचारको माध्यमबाट बटुलिएको हुन्छ र जुन पछि स्वयंका लागि मानसिक व्यथा र दुःखका कारण बन्ने गर्दछ ! जीवन जत्ति लम्बिँदै जान्छ, पथ कण्टकमय, तनावयुक्त र संघर्षपूर्ण हुँदै जान्छ । जीवन–चक्र त झन् रहस्यपूर्ण । यसले आगामी दिनहरूको यात्रामा कुन पक्ष (सुख र दुःखको अनुभव) लाई कति बेला प्रकाशमा ल्याउने हो, व्यथित पार्ने हो, कति बेला कुन रोगको सामना गर्न लगाउने हो, कस्ता–कस्ता पात्रलाई सहयात्री बनाउने हो, त्यस्तो पात्रलाई भेटाएर कस्तो अनुभव गराउने हो, केही थाहा हुँदैन । तर गीताको सार, ‘जे होला, राम्रै हुनेछ’ भन्ने उक्ति सम्झिँदै यात्रा जारी राखिराख्ने हो भने, कण्टकपूर्ण पथको यात्राकालमा भेटिने सत्पात्रका कारण पीडा पनि सहनीय हुँदो रहेछ । (लेखक उपाध्याय वरिष्ठ सञ्चारकर्मी/लेखक हुन् ।)
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०६:१८
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP