Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • असंगतिपूर्ण राजनीतिका महारथिहरू
असंगतिपूर्ण राजनीतिका महारथिहरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २५, २०७८
Bhim Puma Rai
Hardik health
नेपाली राजनीति अन्योल, अनिश्चित र संकटको दिशातिर अगाडि बढिरहेकोे छ । परिवर्तनकनका निम्ति भएका अनेकौँ बलिदानपूर्ण आन्दोलनमा नेपाली जनताले राजनीतिक दलहरूलाई सधैँ साथ दिँदै आएका छन् । कतिपय आन्दोलनमा राजनीतिक दलहरूभन्दा नेपाली जनता एक कदम अगाडि सरेर राजनीतिक दल र तिनका नेताहरूलाई आन्दोलनमा आउनका लागि बाध्य बनाएको विगत पनि छ । राजनीतिक दलका नेताहरूले आन्दोनका बीचमा सत्तासँग सम्झौता गर्दा त्यस्ता सम्झौताहरूलाई अस्विकार गर्दै आन्दोलनलाई निर्णायक विन्दुसम्म पु¥याउनका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । जनताको पूर्ण साथ पाएर स्थापित भएका राजनीतिक दलहरूबाट जनताको साथ र समर्थनलाई बुझ्ने र त्यस अनुरूपको नेतृत्व गर्न राजनीतिक दल र तिनका नेताहरू बारम्बार चुक्ने गरेका छन् । त्यसको परिणम नेपाली जनताले अस्थिरता, अव्यवस्था, भ्रष्टाचारजस्ता बेथितिको बारम्बार सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । ०४६ सालको संयुक्त आन्दोलनले पञ्चायतलाई परास्त ग¥यो । पञ्चहरू चाहन्थे, नेपाली कांग्रेस र वामपन्थीहरूको बीचमा संयुक्त मोर्चा नबनोस् । त्यस योजनामा पञ्चहरू केही हदसम्म सफल पनि भए । गणेशमान सिंह, मनमोहन अधिकारीजस्ता नेताहरूलाई समेत पञ्चायत विरोधी आन्दोलनलाई संयुक्त रूपमा अगाडि बढाउन ३० वर्ष मेहनत गर्नु प¥यो । आन्दोलनले सफलता प्राप्त गरेको वर्ष दिन नपुग्दै नेपाली कांग्रेस र वामपन्थीहरू शत्रुमा परिणत भइसकेका थिए । इतर पार्टीहरूका बीचमा मात्रै होइन, अन्तरपार्टी विवादहरू शत्रुतापूर्ण बनिसकेका थिए । जनआन्दोलनका सहयात्रीसँग होइन, पञ्चहरूसँग सत्ता साझेदारी गर्न कांगे्रसलाई मात्र होइन, एमालेलाई कुनै संकोच भएन । एउटा लोकतान्त्रिक पार्टी भएको नाताले नेपाली कांगे्रसले लोकतान्त्रिक मान्यताका लागि कुनै पनि अलोकतान्त्रिक शक्तिसँग सत्ता साझेदारी गर्ने नेतृत्व गर्न हुँदैन थियो । तर, नेपाली कांगे्रसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा एमालेको अल्पमतको सरकारका विरुद्ध मोर्चाबन्दी गर्ने काम ग¥यो । त्यसपछाडि सरकारमा बस्नका लागि गरिएका राजनीतिक सौदाबाजीले राजा ज्ञानेन्द्रलाई सत्ता आफ्नो हातमा लिने आधार तयार गरिदियो । यदि नेपाली कांग्रेस र एमालेका बीचमा स्वस्थ्य प्रकारको प्रतिस्पर्धा भएको भए तत्कालिन नेकपा माओकवादीले आफ्नो पार्टी बिस्तार गर्ने आधार प्राप्त गर्ने थिएन । नेकपा माओवादीको पार्टी निर्माण गर्ने आधार, विचार र सिद्धान्तको विषयभन्दा पनि तत्कालिन एमाले, कांगे्रसको भ्रष्ट आचारणको जगमा थियो । विचार र सिद्धान्तको आधारमा बनेको भए आन्दोलनको नेतृत्व गरेको पार्टी आन्दोलनको सफलतासँगै पतनको दिशातिर ओरालो लाग्ने थिएनन् । आज नेपाली राजनीतिले दलहरूको नयाँ परिभषित भूमिकाको माग गरिरहेको छ । त्यस अर्थमा हेर्ने हो भने दलहरूको भूमिका र विचार प्रणालीमा पनि नयाँ विश्लेषण र विचार निर्माणको क्षेत्रमा पनि राजनीतिक दलहरूले आफूलाई परिस्कृत र परिमार्जित गर्नुपर्ने अवस्था छ । नेपाली राजनीतिले नेपाल बहुल राष्ट्रिय राज्य हो कि एकल राष्ट्रिय राज्य हो ? भन्ने प्रश्नको पनि उत्तर खोजिरहेको छ । यी प्रश्नहरूको समाधान ्गर्न कांगे्रेस, एमालेजस्ता पार्टीहरूले आफ्नो पुरानो दृष्टिकोण फेर्नु पर्दछ । साथै, वर्तमान राजनीतिक मान्यताका आधारमा दलहरूको राजनीतिक पक्षधरतालाई पनि हेर्नु पर्ने हुन्छ । यो दृष्टिकोणबाट हेर्दा नेपाली कांगे्रस, एमाले वा माओवादी केन्द्रलाई परिवर्तनकारी शक्ति भन्न सकिन्छ कि सकिँदैन ? जस्ता राजनीतिक प्रश्नहरूको जवाफ पनि सम्बधित दलहरूले आफ्ना गतिविधि र मान्यताहरूबाट दिनु पर्ने हुन्छ । मुलुकका जटिलता र समस्याहरूलाइ हल गर्दा यी राजनीतिक दलहरूबाट दिने समाधान वा समस्या र घटनाहरूलाइ हेर्ने दृष्टिकोण परिवर्तनका पक्षमा हुन्छ या यथास्थितिको पक्षमा हुन्छ भन्नेमा पनि निर्भर गर्दछ । यस हिसाबबाट दलहरूको भूमिकाका आधारमा नेपाली कांग्रेस र एमालेलाई परिवर्तनकारी शक्तिका रूपमा पाउन सकिँदैन । नेपाली कांगे्रस र त्यसका खास–खास नेताहरूको सार्वजानिक अभिव्यक्तिले त कांग्रेस, एमाले यथास्थितिवादी शक्तिका रूपमा रहन्छन् कि रहँदैनन् ? भन्ने प्रश्न नेपालको राजनीतिक वृत्तमा जन्मिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले इतिहासमा गरेको जिम्मेवारीका कारणले मात्रै प्रतिगमनको दिशातिर जान नसकेको अवस्था छ । तर, नेकपा एमालेभित्रको परिवतर्नकारी तप्काको स्वर नेपाली कांगे्रसको नयाँ पुस्ताका नेताहरूको भन्दा कमजोर र रक्षात्मक भएको अवस्था हेर्दा प्रतिगमनको बेग नेकपा एमालेभित्र गतिशील र बेगवान् छ । नेकपा एमालेको अध्यक्ष र उनका विश्वासपात्रका अभिव्यक्तिहरूले नेकपा एमाले यथास्थितिमा रहन नसक्ने र यसले प्रतिगमनको बाटो समात्ने संकेतहरू पर्याप्त दिइसकेको अवस्था छ । नेपाली राजनीतिको विडम्बना मान्नु पर्छ, नेपाली कांग्रेसले प्रजातन्त्रका लागि खास–खास समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपाली कांगे्रसले प्रजातन्त्रकै लागि हतियारसमेत उठाएको छ । तर, कांगे्रसले आफूलाई घोषित रूपमै वामपन्थी विरोधी पार्टीको रूपमा प्रचार गर्छ र आफू वामपन्थी नभएको प्रष्टीकरण दिइरहन्छ । लोकतन्त्रवादी पार्टी हुनुको नाताले कांग्रेसले निरंकुश शक्तिसँग होइन, सहकार्य वाम लोकतन्त्रवादीसँग गर्नु पर्ने हो । कांग्रेसले विगतमा त्यसो गरेन, भविष्यमा पनि नेपाली कांग्रेसले सत्ताका लागि प्रतिगामीहरूसँग सहकार्य गर्दैन भन्न सकिने ठाउँ छैन । अर्कोतिर, माक्र्सवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने कम्युनिस्टहरूले शास्त्रमा प्रधान शत्रुलाई परास्त गर्न अन्य गौण शक्तिसँग सहकार्य मोर्चा वा कार्यगत एकता गर्नु पर्छ भन्ने पढेका छन् तर सहकार्य कहिले पञ्चसँग गर्छन् र प्रधान शत्रु कांग्रेस भएको घोषणा गर्छन् । लोकतन्त्र आफ्नो उद्देश्य मान्नेइतर पार्टीसँग मात्र होइन, पार्टीभित्रका आफ्ना समकालीन सहयोद्धाहरूसँगै शत्रूतापूर्ण व्यवहार गर्छन् । वामपन्थीहरूबीचको सहकार्यलाई समेत अस्विकार गर्छन् । आज नेपालको राजनीतिक समस्या माक्र्सवादी कार्यदिशालाई अंशमा लागू गर्दा मात्रै पनि समाधान हुन्छ । तर, नेपाली राजनीतिको असंगतिपूर्ण राजनीतिक गतिविधिको परिणाम नेपाली जनताले भोगिरहेका छन् । संसदमा कम्युनिस्ट पार्टी कै नाममा निर्वाचित झन्डै दुई तिहाइ सदस्य संख्या रहेका छन् । सरकार कम्युनिस्ट कै नेतृत्वमा छ । तर, दुई तिहाइनजिक भएको कम्युनिस्ट सरकारले सामान्य बहुमत जुटाउन सकेन । सरकारले कम्युुनिस्टहरूसँगको सहकार्य त छाडौँ, आफ्नो पार्टीभित्रको समेत विश्वास प्रप्त गर्न सकेन । आफ्नो पार्टीभित्रका असन्तुुष्टि पार्टी नेताहरूको कार्यशैलीगत समस्या समाधान गरेर संगतिपूर्ण र स्वभाविक सहकार्य गरी अगाडि बढ्नुको बदला विचार, मान्यता र उद्देश्यका हिसाबले नदीका दुई किनाराजस्ता वर्तमान प्रधानमन्त्री केपी ओली र खरो पहाडिया विरोधी परिचय बनाएका राजेन्द्र महतो सत्ता जोगाउने र प्राप्त गर्ने मामलामा आफ्ना पार्टीको तमाम मान्यताहरूलाइ तिलाञ्जली दिँदै एउटै लाइनमा उभिन्छन् । जुन सहकार्य राजनीतिक मान्यताका आधारमा बिलकुल असंगतिपूर्ण अस्वभाविक थियो । नेपाली राजनीतिले यस्ता गलत राजनीतिक गतिविधिलाई परास्त नगरुन्जेल एक जना केपी ओली परास्त होलान्, तर हजारौँ केपी ओलीहरू जन्मिने छन् । आजको राजनीतिक समस्या भनेको केपी ओलीको होइन, आफूभित्र रहेको प्रवृतिको हो । बाँदर र अमृतपान शीर्षकमा कविता लेख्ने माननीय कवयत्री प्रवृतिको हो ।
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  ०७:३५
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP