Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • विभेद्को अन्त्यका लागि जनचेता आवश्यक
विभेद्को अन्त्यका लागि जनचेता आवश्यक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १५, २०७८
Dal Mardan Kami
Hardik health
रूपा सुनार कामीलाइ विभेद् गर्ने सरस्वती महर्जन पिँजडाभित्र राखिएको सुगाजस्तै विचरा हुन् भने हिन्दूवर्णवादी शिक्षाबाट ग्रसित नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महाअपराधी हुन् । रूपा सुनारको मुद्दालाई जोडेर शिल्पी (कथित दलित) र नेवार समुदायवीच जातीय द्वन्द्व जन्माउन खोजिँदै छ, यहि विषयलाई उचालेर दुई समुदायबीच कटूतापूर्ण व्यावहार होस्, जसका कारण मुलुकमा अस्थिरता पैदा होस् भन्नेहरूको लस्कर लामै देखिन्छ, तर, कोह िकसैले पनि यस्तो दुस्साहस नगरेस् । यो घटना हिजो र आज मात्र सिर्जना गरिएको होइन, यो त सैयौँ वर्षदेखि हिन्दूवर्णश्रमवादी व्यवस्थामा आधारित जात व्यवस्थाको उपज हो रूपा सुनार र सरस्वती महर्जनबीचको विवाद, यो कुरा सबैले बुझ्न जरुरी छ । हिजोदेखि यस्ता घटनाहरू पटकपटक हुँदै आएका छन् र आज सरस्वती महर्जन जो आफैँ उत्पीडित समुदायको हुँदाहुँदै अर्को उत्पीडित समुदायकी एक चेली रूपा सुनार कामीमाथि विभेद् गर्न बाध्य भइन्, यो नौलो कुरा होइन । नेपालको कानुनले जातीय छुवाछूत विभेद् गर्नु मानवता विरोधी अपराध कार्य हो, जसलाई कारबाही गर्नु पर्छ भनेको छ । कारबाहीमा उमेरको पनि हदबन्दी होला तर गल्ती गर्नेले सजाय भने पाउनु पर्छ । अपराध पनि कुन किसिमको भन्ने होला यसको न्यायिक छानबिन गर्न पाउनु पर्छ । विश्वब्यापी मानवीय चिन्तनका आधारमा गल्तीको सबैभन्दा ठूलो सजाय आत्मआलोचना, आत्मआलोचित हुनु पनि एक हो । यदि ६० वर्ष वृद्धआमा सरस्वती महर्जनले अनुसन्धानको क्रममा गल्तीको महसुस गरेको भए, सम्बन्धित निकाय, प्रहरी प्रशासन, अधिकारकर्मी र शिक्षामन्त्री भनिएका विभेद्कारीको संरक्षक कृष्णगोपाल श्रेष्ठले सकारात्मक भूमिका खेलेको भए रूपा सुनार र अधिकारकर्मीले यसलाई सामान्य रूपमा लिएर मिलापत्रमा सहमति गर्ने वातावरण बन्न सक्थ्यो । सैयौँ वर्षदेखि हिन्दूवर्णाश्रम जातीय व्यवस्थामा आधारित रही राज्यले सदिऔँदेखि शिल्पी समुदायलाइ धन, मान, शिक्षा, स्वास्थ्यको पहुँच बाट अलग्गै राख्यो यतिसम्मकी चाहेको र आवश्यकता अनुसारको गाँस, बास र कपास घरपरिवारमा समेत हस्तक्षेप गरी अत्यन्तै क्रूर अमानवीय रूपमा वञ्चित गराए । समाजमा कंगाल बनायो र अहिलेसम्म यो समुदायको एकाधबाहेक अधिकांशको अवस्था कमजोर छ र निरीह नै छन् । कसैलाई भ्रम नपरोस् कि नेपालका शिल्पी समुदाय अराजक हुन हत्या, हिंसा लडाइँ, झगडा वैमनस्यता चाहन्छन् । बरु उल्टो आफू जन्मसिद्ध सीप, कला, सिर्जना र आविष्कार गरी समग्र मानव समाजको विकास र समृद्धिमा अत्यन्तै महत्वपूर्ण र अग्रपंक्तिमा रहेर काम गर्दै आए । यदि यो कसैले गलत हो भन्छ भने त्यो अपराधी हो । यदि त्यसो भन्छ भने यो हिन्दूवर्णाश्रममा आधारित जातीय व्यवस्थाले लादेको उग्रवादी नश्लीय चिन्तनबाट अभिप्रेरित मानव रूपी दानव हो । जातीय विभेद्, छुवाछूत, अन्याय र अत्याचारको मुल जड भनेको नै हिन्दूवर्णाश्रम व्यवस्था हो । हिन्दूवर्णाश्रम व्यवस्थामा आधारित विभाज्य चार वर्ण ब्राह्मण, क्षत्री, वैश्य र शूद्रमा गरी वर्ण श्रम व्यवस्था लादियो र त्यसको भूत आज पनि जिवित छ । हिन्दूधर्ममा ग्रसित एकाधिकारवादी नश्लीय राज्यसत्ता र तिनका पक्षपोषणकर्ता नै हर्ताकर्ता भएर सिल्पी समुदायमाथि शोषण गरेर जातीय विभेद्को थालनी गरे । छुवाछूतजस्तो अन्याय अत्याचार नै त्यहाँबाट सुरु भएको छ । त्यसैले जातीय छुवाछूतको मूल जड भनेको नै हिन्दूधर्ममा ग्रसित एकाधिकारवादी नश्लीय राज्यसत्ता र तिनका पक्षपोषणकर्ता नै हुन् भनियो भने अन्यथा हुन जाँदैन । जसको प्रतिनिधित्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गरे, जुन घामजस्तै छर्लंग छ । सत्ता र शक्तिमा रहेर कानुनको धज्जी उडाएर न्यायालयलाइ प्रभाव पारी अपराधीलाई संरक्षण गर्नु त्यो भन्दा ठूलो अपराधी अर्को कोही हुनै सक्दैन । रूपा सुनार कामीलाइ विभेद् गर्ने सरस्वती महर्जन पिँजडाभित्र राखिएको सुगाजस्तै विचरा हुन् भने हिन्दूवर्णवादी शिक्षाबाट ग्रसित मन्त्री श्रेष्ठ भने महाअपराधी नै हुन् । रूपा सुनार विभेद् र संघर्षको रूप हुन् भने सरस्वती महर्जन पिँजडाभित्र राखिएको सुगाजस्तै विचरा हुन् । किमार्थ नेपालका उत्पीडित नेवार समुदाय र शिल्पी (कथित दलित) बीच द्वन्द्वमा लगेर समुदायगत आन्दोलन विद्रोह गराएर संगठित हुन नदिने गिरोहले अरुलाई लडाएर आफू फाइदा लिन खोज्नेहरूको लर्को लामै छ । शान्ति र भाइचारा अवलम्बन गरेर सम्बन्धित सबैले एकाअर्कालाई तत्काल आत्माआलोचित गराई सहमति, सद्भाव, एकता र मेलमिलापको पहल गर्नु पर्ने राज्य सञ्चालनको तहमा बस्नेले नै समुदायमा फुट ल्याउने कोसिस गरिरहेका छन् । यहाँनिर सबै उत्पीडितहरूले सोच्नै पर्ने बेला भएको छ । ख्याल गरौँ, शिल्पी (कथित दलित) माथि भएको उत्पीडन, अन्याय, अत्याचारको विरुद्धमा विद्रोहको आगो दन्किनेवाला छ । अहिले हिन्दूधर्ममा भएको जात व्यवस्थामा आधारित जातीय विभेद्को अन्याय, अत्याचार, विभेद्, दमन र जातीय छुवाछूतविरुद्धको विद्रोह भित्रभित्रै भुसको आगोको रूपमा अनदेखा अत्यन्तै गुम्सिएर उकुसमुकुस अवस्थामा रहेको छ । यस क्रममा शिल्पी सचेत युवाहरूमा विद्रोह जाग्दै छ, जुनबेला पत्पत्ती धुवाँ आउँदै जल्न थाल्छ, सो बेला धेरै विभेद्कारीहरू मुर्दा जलेसरह जल्ने छन् र विभेद्कारीहरूको जिउँदो लासको आगो ताप्ने छन् चेतना भया । समाज, राज्य र राज्यसत्ताबाट सिल्पी समुदाय साँच्चै अपहेलित छन् । अन्याय, अत्याचार, दमन, शोषण विभेद् र छुवाछूतजस्तो अत्यन्तै क्रूर पशुभन्दा निच अवस्थामा ती समुदायलाई राख्नु कुनै पनि हालतमा न्यायोचित हुँदैन । किनभने समाज र राज्यलाई आजको विकसित अवस्थासम्म ल्याइपु¥याउनु, नेपालको राजनीति परिवर्तन शासन प्रणालीको परिवर्तनसम्म ल्याउनु ती समुदायले महत्वपूर्ण भूमिका खेलेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा शिल्पी समुदायको ठूलो भूमिका छ । समाज परिवर्तनका लागि त्याग, तपस्या र बलिदान गरिसकेका शिल्पी समुदाय शुद्र, अछूत, तल्लो जात, दलितजस्तो अपमानित भएर कदापि अन्याय सहन सक्दैनन् । न्याय, स्वतन्त्रता र अधिकारको आन्दोलनमा मावव जाति संसारमा कहिँ कतै हारेको छैन । कहिलेकाहीँ आन्दोलन वा विद्रोह एकछिन केही समय अल्मलिएला, रोकिएला तर उत्पीडितहरूको आन्दोलन कहिल्यै पनि रोकिनेवाला छैन । कुनै न कुनै दिन ज्वालामुखीको रूपमा विष्फोट हुने नै छ । आन्दोलनमा जतिसुकै ठेस पुगोस् एकदिन जित सुनिश्चित छ । यथास्थितिवादी, पुरातनवादीहरूले यहाँ कथित दलितहरूले न्याय र अधिकारको कुरा गर्नेबित्तिकै थोरै आन्दोलनको रूप यसो देख्न साथ युरोपेली युनियन र डलर खेतीसँग जोड्ने र धर्मका नाममा जोडी इसाई, बुद्धिष्टहरूको चलखेल गरेर हिन्दूमाथि आक्रमण गर्न लागे, धार्मिक आक्रमणको संज्ञा दिने र मानिसको मनलाई अन्तैतिर मोड्ने र आन्दोलनलाई निस्तेज पार्ने प्रवृत्ति छ, यस्तो खालको घिनलाग्दो खेल खेलेर आङ्खनो संस्थागत अपराधलाई आमनागरिकको अगाडि थुन्सेले कहिलेसम्म छोप्ने ? खबरदार ! अपराधलाई ढाकछोप गरेर अपराधीलाई संरक्षण जति हुन्छ, त्यो भन्दा बढी विद्रोहका स्वरूप र रणनीति च्याउझैँ उम्रने र भुसझैँ सल्कने हुन्छ । याद राखौँ, सत्ता र शक्तिको दुरूपयोग गर्दै सदैव अपराधलाई ढाकछोप गर्दै धर्म र जाति समुदाय विशेषलाई जोडी अमानवीय क्रूर कार्य गरेर मानवरूपी दानवहरूले सदैव चयन गर्ने दिनको एकदिन अन्त्य हुने नै छ । शिल्पी (कथित दलित)ले आङ्खनो आत्मसम्मान र अधिकार खोज्दा ‘सामाजिक सद्भाव’ भत्काउन लागे भनेर अतिरन्जित गर्दै आन्दोलनलाई जतिसुकै बंग्याउन खोजे पनि अबका सचेत शिल्पी युवा र न्याय र समानताका पक्षधर न्याय मुक्ति स्वतन्त्रता र समानताको आन्दोलनमा आङ्खनो शिर कहिले झुक्याउने छैनन् । देशमा शान्ति र समृद्धिका लागि तत्काल भएको घटना काठमाडौं–११ बबहरमहलबाट विभेद्कारीको अभियोगमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई प्रहरीले गर्दै गरेको अनुसन्धानलाई प्रभाव पारी सत्ता र शक्तिको दुरूपयोग गर्दै छुटाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठ र त्यस्तै प्रकृतिका सैयौँ अनि हजारौँ अपराधीलाई सत्ता, शक्ति र अधिकारबाट बर्खास्त गरी न्याय र कानुनको परिधिभित्र राखेर कारबाही गरी कानुनी राज्यको प्रत्याभूति सम्पूर्ण उत्पीडित जनतालाइ राहत दिऔँ । (लेखक जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष हुन् ।)
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP