Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • राजनीतिक स्थिरता र वैज्ञानिक शासकीय स्वरूप
राजनीतिक स्थिरता र वैज्ञानिक शासकीय स्वरूप
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ३१, २०७८
Amar KC
Hardik health
देशभित्र विभिन्न काल खण्डको आन्दोलनपश्चात पनि बारम्बार नेपालको राजनीतिलाई केही वर्गले अधिनस्त गर्न गराउने षड्यन्त्र हुँदै आएको छ । यथार्थमा दरबारको खोपीबाट झिकेको लोकतन्त्र दलीय वर्चस्वको आधारमा स्थापित गरिएको छ । विगतदेखि संसदीय व्यवस्थाले सार्वभौम सत्ता सम्पन्न जनतालाई मतदाताको रूपमा प्रयोग गराई अधिकार हस्तान्तरण गर्ने खेतालाको रूपमा स्थापित गरेका छन् । अतः लोकतन्त्रको नाममा नागरिक सर्वाेच्चतालाई अधिनस्थ गरी नेता प्रभुत्ववादको अंकुशबाट कुनै पनि शासन चलाइन्छ भने त्यो व्यवस्था लोक सम्मतिको शासन हुन सक्दैन । यस विद्यमान व्यवस्थाले देशलाई पराधीनतन्त्रबाट डो¥याउदै देशको अस्मिता र स्वाभिमानलाई बन्धकी राख्दै औपनिवेसिक शासन सञ्चालन गरिरहेको छ । जसको फलस्वरूप विदेशीहरूको षड्यन्त्रमा पर्दै देशको सम्प्रभुतामाथि धावा वोल्नेहरूप्रति कुनै कारबाही गर्न सकेका छैनन् । जनतामा निहित सार्वभौमसत्ता र जनताको सर्वाेच्चताको स्थापनाका लागि सैद्धान्तिक तवरबाट व्याख्या गरे तापनि व्यवहारिक रूपमा त्यसको उल्टोमा राजनीतिक प्रणालीलाई नेताको स्वार्थमा प्रयोग गरियो । जनप्रतिनिधिहरूलाई अख्तियार प्रदान गर्ने संसदीय व्यवस्थाले देशको राजनीतिमा नेताको वर्चस्व रहने फोहरी र स्वार्थी राजनीतिक शृंखलाहरूलाई आत्मसात् गर्दै आए । सहिदहरूको बलिदानबाट स्थापित गरिएका सबैखाले राजनीतिमा नेताहरूको प्रभुत्ववाद स्थापित हुने गरी शासन व्यवस्थाको रूपमा संसदलाई सर्वोपरी रूपमा स्थापित गरेको अवस्था छ । देशको राजनीतिक सामाजिक न्यायिक र प्रशासनिक क्षेत्रमा दलीय एकाधिकारको शासन व्यवस्था थोपर्दै आएको छ । संसदीय सर्वाेच्चताको साहराबाट विधि कानुन र नियमहरू यी सबै नेताको मातहत र स्वार्थमा कानुनले नभेट्ने गरी स्थापित गर्दै आइरहेका छन् । भ्रष्टाचार वेथिति र दण्डहिनताको पराकाष्ठा नाघिसकेको अवस्था छ । दलीय वर्चस्ववादका कारण उनीहरूको राज्यसत्तामा दबदबा चलेको अवस्था छ । अन्तर्राष्ट्रिय सम्बन्धमा फुट र बाह्य हस्तक्षेपको नांगो नाच चलिरहेको अवस्था छ । देशको राष्ट्रिय सेनालाई कमजोर र निम्छरो बनाउने काम गरेको छ । राष्ट्रिय सुरक्षाको गतिविधिमा अन्योलता र निस्क्रियता बढेको छ । देशमा विखण्डनकारी शक्तिको डर र धम्कीमा राज्य निरिह बनेर मूकदर्शक बन्ने अवस्था सिर्जना भएको छ । जनप्रभुत्व शासन अर्थात् जनप्रधानतन्त्र भनेको त्यो लोकतान्त्रिक व्यवस्थाको पक्ष हो, जसले सार्वभौम जनताको जनशक्ति पुञ्जनिहित निर्णाधिकारलाई संविधानतः अधिकार प्रदान गरेको हुन्छ । राष्ट्र राष्ट्रियता र राष्ट्रवादको पक्षमा जनताद्वारा अवलम्वन गरिने जनप्रभुत्व शासन पूर्ण लोकतान्त्रिक व्यवस्थाको पर्याय शासन पद्दति हो । जहाँ नागरिक सर्वाेच्चतालाई सर्वाेपरी स्थापित गरी जन प्रभुत्ववादको आधारशिलतामार्फत शासन व्यवस्था सञ्चालन गरिन्छ । राजकीय सत्ताले तर्जुमा गरेका नीतिगत दस्तावेजहरूलाई नेपाली जनताले सार्वभौम अधिकार प्रयोग गरी जनमत संग्रहद्वारा निर्णय दिन सक्ने व्यवस्थालाई जनप्रभुत्वमा आधारित शासन व्यवस्था अबको कार्य दिशा बन्नु पर्दछ । राजकीय सत्ताले तर्जुमा गरेका नीतिगत दस्तावेजहरूलाई सार्वभौम नेपाली जनताले अधिकार प्रयोग गरी जनमत संग्रहद्वारा निर्णय दिन सक्ने अबको राजनीतिक व्यवस्था हुनु पर्दछ भन्ने जनताको आवाज पनि हो । राज्य व्यवस्थाको पदमा आसिन शासकले होइन, जनताले राष्ट्रिय विषयमा महत्वपूर्ण निर्णय गर्नेछन् । हामी जनताले शासकको राजनीतिक प्रणालीलाई कानुनतः नियन्त्रण गरी जनशक्ति पुञ्जद्वारा नियन्त्रण गरिनु पर्दछ । सार्वभौम जनताले राज्यको प्रशासनमा लोक कल्याणकारी शासन स्थापना गरिनु पर्दछ । हरेक नागरिकले आवधिक नभई लोकतन्त्र एवं राजकीय सत्ताको प्रभुत्वलाई बारम्बार उपयोग गर्न पाउनु पर्दछ । नागरिक सर्वाेच्चता एवं जनप्रभुत्व पिपुल्स प्राइभेसीलाई प्रधानता प्रदान गर्ने व्यवस्था अर्थात् सार्वभौमसत्ता सम्पन्न जनताका शक्ति र सर्वाेच्चताअन्तर्गत जनतालाई प्रधानतामा राख्दै राजनीतिक अनुशरण गर्ने लोकतान्त्रिक अभ्यासको स्थापनाका लागि नागरिक सर्वेच्चताको शासन हो । १) शक्ति पृथक्कीकरण २) शक्ति विकेन्द्रीकरण ३) शक्तिको सहअस्तत्वि ४) शक्तिको सन्तुलन ५) सर्वशक्तिमान जनता आदि यस प्रकारका मूल्य र मान्यतामा स्थापित देशको शासन व्यवस्थामा सबैभन्दा माथि जनप्रभुत्ववादमा आधारित जनतामा संवैधानिक अधिकारको सर्वाेच्चता कायम हुनु पर्दछ भन्ने मान्यता हो । देशमा राजनीतिक सर्वसत्तावादको भ¥याङ बनाउन निहित स्वार्थमा एकल पक्षका मुद्दाहरूलाई लिएर जनताको सर्वाच्चतामथि कुठाराघात गर्ने कामहरू भएका छन् । जसलाई लोकतान्त्रिक मूल्य र मान्यताभित्रको जन प्रभुत्ववादलाई सम्मान गरेको ठहर्दैन । सार्वभौम जनशक्ति पुञ्जको निर्णाधिकारमा प्रयोग नगरिएका कुनै पनि सर्वसत्तावादी निर्णयहरू जनप्रभुत्वमा आधारित लोकतान्त्रिक शासन व्यवस्था मातहत पर्दैन । त्यसैले ‘आमजनताका भावनालाई प्रत्यक्ष जनमतबाट बुझ्ने र निर्णय लिने व्यवस्था पद्दति नै जनसर्वाच्चताको व्यवस्था हो’ भन्ने मान्यतालाई स्थापित गरिनु पर्दछ । देशमा विभिन्न खालका विचारहरू स्थापित भएका हुन्छन् । त्यसलाई सामन्जस्य गराउने गरी प्रणालीगत डोरीले एकतावद्ध गर्दै राजनीतिक व्यवस्थालाई स्थिरता कायम गरिनु पर्दछ । संवैधानिक सर्वाेच्चतासहितको कानुनी राज्यको अवधारणा र लोक सम्मतिको व्यवस्था प्रणालीलाई आत्मसात् गर्दै स्वतन्त्र एवं सक्षम न्याय प्रणाली स्थापना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित अग्रगामी राष्ट्रवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न अघि बढ्नु आवश्यक छ । यसैगरी लोेक सम्मति अनुकूल जनप्रभुत्व शासन व्यवस्था सञ्चालन गर्ने र राजनीतिक सामाजिक आर्थिक र सांस्कृतिक न्याय प्राप्त गर्नका लागि जनसमृद्धि, समानता र सामाजिक न्याय सुनिश्चित गरिनु पर्दछ । देश र जनताको पक्षमा हुने व्यवस्थाले स्थिर राजनीतिक व्यवस्थाको पक्षमा, जनप्रभुत्ववादको पक्षमा, आलंकारिक संसदीय प्रणालीको पक्षमा, विधिको शासनको पक्षमा, लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा, अग्रगामी र अखण्ड राष्ट्रको पक्षमा, कानुनी राज्यको पक्षमा, लोककल्याणकारी राज्यको पक्षमा, जनन्यायिक सत्ताको पक्षमा, सुशासन र जनहितको पक्षमा, राजनीतिक सहअस्तित्वको पक्षमा आत्मसात् गर्दै देशमा विद्यमान राजनीतिक वेथिति विसंगतिलाई निराकरण गरिनु पर्दछ । नेपालको स्वतन्त्रता भौगोलिक अखण्डता राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण कायम राख्न, स्वायत्तता र स्वशासनमा आधारित लोक कल्याणकारी राज्यको स्थापना गर्न र सार्वभौम जनताको अधिकार सुनिश्चित गर्नका लागि राजनीतिक व्यवस्थाको परिवर्तनको आवश्यकता छ । नागरिक समानताको आधारमा नेपाली जनताबीच राष्टिय एकता कायम गरिनु पर्दछ । भ्रातृत्व, सहिष्णुता सद्भावलाई अभिप्रेरित गर्दै विविधताको बीचमा सामाजिक एकता सामाजिक सांस्कृतिक एकता कायम हुनु पर्दछ । नागरिक स्वतन्त्रता, मौलिक अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, प्रतिस्पर्धात्मक राजनीति, नेपालको शासन पद्दतिबाट दिगो सुख, शान्ति र समृद्धि विकास तथा सुशासन प्राप्त गर्न जनप्रभुत्ववादमा आधारित शासन व्यवस्था लागू हुनु पर्दछ । अतः राजनीतिक रूपान्तरणका लागि देशको यसको विकल्पमा राष्ट्र प्रमुखमा राजा र आलंकारिक राजपरिषद्को महासचिव राष्ट्रपाल रहने व्यवस्था कायम गरिनु पर्दछ । जनशक्ति पुञ्जको सार्वभौम निर्णाधिकारको प्रयोग गर्दै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको नियुक्ति गरिनु पर्दछ । प्रधानमन्त्रीको कार्य परिषद्मार्फत राष्ट्रिय योजनाहरू कार्यान्वयन गरिनु पर्दछ । संघीय शासन प्रणालीलाई अन्त्य गर्दै पूर्ण विकेन्द्रिकृत शासन प्रणाली अनुरूप क्षेत्रपालको नेतृत्वमा ५ क्षेत्रीय तहसहित जिल्लापालको नेतृत्वमा जिल्ला तह र महापालको नेतृत्वमा स्थानीय तहलाई विकेन्द्रीकरणमार्फत प्रशासकीय स्वरूपको पुनर्संरचना गरिनु पर्दछ । नेपालको ठोस भूराजनीति स्थितिले अवस्थाले गर्दा संघीयताले राज्यले प्रशासनिक खर्चमा बोझ र बढोत्तरी गर्नेका काम भएको छ । यसमा देशको भौगोलिक अखण्डतालाई समेत आँच पुग्ने गरी राजनीतिक मुद्दा उठाउन सक्ने आधारहरू भेटिन्छन । यसकारण देशमा राजनीतिक रूपान्तरण गर्न जनताको सार्वभौम सत्ताको प्रयोग गरी राजपरिषद् मातहत राजालाई समेत स्थापित गर्दै संघीयता र संसदीय सर्वाेच्चतालाई खारेज गरिनु पर्दछ । देशको सम्प्रभुता, राष्ट्रियता अखण्डतामा खलल पु¥याउने र जनभावनाविपरीतका कुटिल निर्णयहरू थोपर्ने कामलाई सदाका लागि अन्त्य गरिनु पर्दछ । दलीय नेताको वर्चस्वको आधारमा चल्ने चलाउने दलीय सर्वसत्तावादी व्यवस्थालाई अन्त्य गरी नयाँ राजनीतिक व्यवस्थाको रूपान्तरण हुनु अत्यन्त जरुरी छ । अतः यसका लागि सार्वभौम जनताको विशेषाधिकारसहितको शासन जनशक्ति पुञ्जमा निर्णाधिकार रहने जनप्रभुत्वको शासन नागरिक सर्वोच्चता व्यवस्थाको अवधारणालाई अवलम्बन गरिनु पर्दछ । (लेखक केसी राप्रपा नेता तथा अग्रगामी राष्ट्रवादका सिद्धान्तकार हुन् ।)
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०६:१८
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP