Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • कांग्रेसको चौधौँ महाधिवेशनः नेतृत्वमा समानता र विचारउपर व्यापक बहस
कांग्रेसको चौधौँ महाधिवेशनः नेतृत्वमा समानता र विचारउपर व्यापक बहस
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ३०, २०७८
Pabitra Pudasaini
Hardik health
राजनीतिक हिसाबले परिपक्वदेखि उमेर र लैंगिक हिसाबले समानतासँगै विचारका हिसाबले बहसमा खरो रूपमा उत्रन सक्ने कार्यकर्ता निर्माण गर्न सक्दा मात्र कुनै पनि राजनीतिक दल जनतामा टिकिराख्न सक्षम हुने हो । नेपाली कांग्रेस आफ्नो १४औँ माधिवेशनको तयारीमा छ । तर, गुटगत विचार र कोभिड–१९ को महामारीका कारण उसले महाधिवेशनपूर्व बाँड्नु पर्ने क्रियाशील सदस्यतासमेत बाँडिसकेको छैन । गत फागुनमै पार्टीको विधानअनुसार १४औँ महाधिवेशनबाट आएको नेतृत्वको कार्यकाल सकिएको छ । ६ फागुन ०७७ मा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले संविधानको प्रावधानलाई टेकेर ७ देखि १० भदौ ०७८ सम्म आफ्नो १४औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय ग¥यो । निर्णय त ग¥यो तर, असार ५ र ७ गते वडा र गाउँ अधिवेशन सम्पन्न गर्ने तालिका अनुसारको समय आउन जम्माजम्मी दुई साता मात्र बाँकी छ । अब प्रष्ट भइसक्यो निर्धारित मितिमा महाधिवेशन सम्भव छैन । यतिबेलाको विषम् परिस्थितिलाई मध्यनजर राख्दै पार्टीका नेताहरूको एक आपसमा गुटगत झगडाभन्दा पनि पार्टीको वैद्यानिकता जोगाउन अब ढिला गर्न हुन्न । ढिला चाँडो महाधिवेशन हुने नै छ । महाधिवेशनले कम्तीमा तीनवटा विषयमा आफूलाई केन्द्रित गर्न सक्दा मात्र नेपालको ऐतिहासिक पार्टी नेपाली कांग्रेसले आफ्नो पुरानो छवि कायम राख्न सम्भव छ । पहिलो नेपाली कांग्रेसको एजेन्डा बन्न सक्नु पर्दछ ‘विचार’ । नेपालका ठूलाठूला अन्दोलनको नेतृत्व र परिवर्तनको नेतृत्व गर्न नेपाली कांग्रेस सफल भएको भनेकै विचारका कारण हो । लोकतान्त्रिक पद्धतिको जगमा कांग्रेसले निर्माण गरेको विचारको आधारमा राणा, राजा, पञ्चायत तथा माओवादीको बन्दुकसमेत फिका भए । तर, यो ऐतिहासिक पृष्ठभूमि बोकेको कांग्रेसमा आज विचारको कुरा सुनिन छाडेको छ । केन्द्रीय समितिको बैठकमा पनि गुटका धारणा आउने, विचारको सामूहिक भावना नआउने स्थिति देखिँदै छ । केन्द्रीय समितिको बैठकपश्चातका समाचार सुन्दा नेताका अलगअलग धारणाबाहेक पार्टीको धारणा आउनै छाड्यो । आजकै हिसाबले नेपाली कांग्रेस चल्नै सक्दैन । नेतृत्वमा पुग्नेले अर्को पक्षको धारणा सुन्ने र अर्को पक्षले पनि नेतृत्वलाई वैचारिक सहयोग गर्ने फराकिलो छाती देखाउन सक्नु पर्दछ । दोस्रो विषय युवाको हो । युवाले पार्टीमै भविष्य देख्ने भएपछि गुटलाई बलियो बनाउन गुटका पछाडि दौड्नेभन्दा पनि समग्र पार्टीलाई विचारको पार्टीमा लैजान देशैभरका लाखौँ युवालाई कांग्रेसमा आकर्षित गर्ने विचार पुनर्निर्माणतिर लाग्न जरुरी छ । हामी युवालाई आकर्षित गर्ने कांग्रेसका युवा नेतामा पनि विचार तथा नयाँ दृष्टिकोण निर्माण भएको पाइँदैन । प्रजातन्त्रमा आस्था राख्ने युवाको मन बरु धेरथोर तान्दै लगेको देखिन्छ विवेकशील साझा पार्टीले । साझा पार्टीले युवा आकर्षित नगराऊन् भन्ने मनसाय होइन । मनशाय केवल नेपालको जेठो तथा ऐतिहासिक पार्टी कांग्रेस युवाको पनि भावना बोक्न सक्षम होस् भन्ने नै हो । २१औँ शताब्दी सुहाँउदो कांग्रेस निमार्णका लागि नेपाली कांग्रेसका देशैभरका युवाले आज एकपटक पार्टीको अस्तित्व जोगाउन पनि विचार निर्माणको बहसमा जुट्नु पर्ने बेला आएको छ । तेस्रो विषय हो– महिला सहभागिता । पार्टीका नीति, सिद्धान्त तथा व्यवहारिक विचारलाई घरघरसम्म पु¥याउने दरिलो माध्यम हुन महिला । प्राकृतिक हिसाबले पनि घाँस दाउरा र चुलोचौकाको जिम्मेवारी महिलामाथि नै भएकाले पनि पार्टी संगठनको विचारलाई ग्रामीण बस्तीसम्म तत्काल पु¥याउन पनि महिलाको भूमिका अधिक हुन्छ । सँगै, काममा भोलि नभन्ने, आर्थिकमा पारदर्शिता, जिम्मेवारी बोध गर्ने क्षमता आदि महिलाका विशेषता नै हुन् । हो–हल्ला बेगर नै चुपचाप जनमत निर्माण गर्न सक्ने शक्ति हुन्छ, महिलामा । सफलताको श्रेय मात्र नभई विफलताको जिम्मेवारी र त्यो विफलताको समीक्षामा जुट्ने सामथ्र्य पनि महिलामा हुन्छ । हामीलाई थाहा छ, प्रकृतिले पुरुषलाई भन्दा महिलालाई एक पाइलो पछाडि नै राखेको छ । तर, त्यो पाइलोको दूरी घटाउने प्रयास विश्वभर नै हुँदै गरेका पाइन्छ । नारी पुरुषबीच राजनीतिक, आर्थिक, सामाजिक र मनोवैज्ञानिक समानता केवल भाषणले मात्र आउँदैन । महिलालाई जिम्मेवारीमा पुग्नबाट पुरुषले नरोके मात्रा पुग्छ । बाँकी मार्गरेट थ्याचर प्रधानमन्त्री बन्दा चलाउन सक्तिनन् भन्नेहरूलाई श्रीमती थ्याचरले विश्वलाई नै आश्चर्यचकित पार्ने गरी चलाएर देखाइ दिइन् । नेपाली कांग्रेस र कांग्रेसको संगठन निर्माणका सम्बन्धमा महाधिवेशनको पूर्वसन्ध्यामा थप लिखित सामग्रीहरू लेखमार्फत थप सार्वजनिक गर्ने नै छु । सन्र्दभ, कांग्रेसको १४औँ महाधिवेशनको हो । महिला आरक्षणका कुरा पनि आएका छन्, महिला सहभागिताको विषय केवल आरक्षणले मात्र हुँदैन । नीति मै सुधार चाहिन्छ । आरक्षण केवल निश्चित अवधिका लागि मात्र लागू गर्ने विषय हो । नारी मुक्ति आन्दोलन चलाउने जर्मिन ग्रेथरले भनेकी छन्, ‘कोशिश जारी रहने छ ।’ दक्षिण एसियाली अर्थात अल्पविकसित र अविकशित मुलुकमा महिलाले नेतृत्वदायी भूमिका पाउन र पाएको भूमिका प्रभावकारी रूपमा कार्यसम्पादन गर्न मुस्किल छ भन्ने आरोप लगाइन्छ । प्रभावकारी भूमिका देखा पर्दा र भूमिका पाउने नारीका बारे पनि पुरुषसँगको सम्बन्धमा लगेर जोड्ने परम्पराले हाम्रो समाजमा जरा गाडेको छ । कांग्रेसकै वडा तहदेखि केन्द्रसम्म सञ्चालनको हैसियत राख्ने महिला छन् । तर, भूमिका पाउनका निम्ति अदृष्य त्याग खोजिन्छ । यो भन्दा दुर्भाग्य केही पनि हुनै सक्दैन । कांग्रेसलाई आजका मितिमा बलियो बनाइराख्ने हो भने विचारको बहस, नेतृत्वमा युवा सहभागितासँगै संगठनमा महिलाको योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिँदा र लिँदा मात्र नेपालको ऐतिहासिक जेठो पार्टी नेपाली कांग्रेस पनि जीवन्त रहन सम्भव छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ०६:४०
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP