Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • समाज सेवा र अर्बुद रोग
समाज सेवा र अर्बुद रोग
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १७, २०७८
Hari Gopal Pradhan
Hardik health
सन्दर्भः विश्व धूम्रपानरहित दिवस राजनीतिक विचारधाराले समाजसेवाको आदर्शलाई खर्लप्पै निलिरहेको वर्तमान समयमा पनि केही समाजसेवीहरू यस्ता पनि छन्, जो वर्तमानलाई चुनौतीका रूपमा ग्रहण गरेर मानवसेवालाई नै आफ्नो अभीष्ट बनाउँछन् । त्यस्ता समाजसेवी व्यक्तिहरूको एउटा संस्था हो नेपाल अर्बुद रोग निवारण संस्था । समाजलाई, राष्ट्रलाई सेवा उपलब्ध गराउनमा पनि राजनीतिक क्षेत्रबाट बन्देज लगाइने स्थिति विगत केही वर्ष अघिदेखि हामीले भोग्दै आएका छौँ । त्यसमा पनि समाजसेवीको मूल्यांकन गर्ने, समाजसेवीलाई हेर्ने दृष्टिमा पनि त्यस्तै खालको दोष देखा परिसकेको छ । राजनीतिक आस्था नै सर्वोपरि देखापर्न थालिसकेको हुँदा आफूले बोकेको राजनीतिक विचारधारा नै बोक्ने सामान्य समाजसेवीको पनि अत्यूच्च मूल्यांकन गरिने र आफूले बोकेको राजनीतिक विचारधाराभन्दा विपरीत राजनीतिक विचारधारा बोक्ने अत्यूच्च समाजसेवीको चाहिँ सामान्य मूल्यांकन गरिने कार्यलाई अब जोसुकैले पनि सामान्य मान्न थालिसकेका छन् । निःस्वार्थ भावले समाजसेवाको क्षेत्रमा लागेका समाजसेवीहरू व्यक्तिगत प्रतिफल र मूल्यांकनको अपेक्षा नगरी समाजसेवा गर्छन् । त्यस्ता समाजसेवीहरूको जमघट रहेको यो संस्था वास्तवमा राष्ट्रको स्वास्थ्यक्षेत्रको एउटा सबल स्तम्भका रूपमा अगाडि आएको छ । ४२ जिल्लाहरूमा यसका शाखा कार्यालयहरू स्थापना भइसकेका छन् र ती शाखाहरूबाट पनि आ–आफ्ना क्षेत्रहरूमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा यसको महत्वपूर्ण अग्रसरता सदैव रहने गरेको छ । अर्बुद रोग, जसलाई अंग्रेजी भाषामा क्यान्सर भन्ने गरिन्छ, नेपालको मात्र होइन विश्वकै भयावह समस्याका रूपमा देखा परिरहेको छ । चिकित्सकहरूले यस रोगका थुप्रै लक्षणहरू देखाएका छन् र त्यसको निदानका उपायहरू पनि पत्ता लगाएका छन् । तैपनि दक्षिण एसियाली मुलुकहरूमा र विशेषतः नेपालमा यस रोगका रोगीहरूको संख्या प्रशस्तै देखा परिसकेको छ । कुन कारणले अर्बुद रोग लाग्छ भन्ने कुराको जानकारी सर्वसाधारण नागरिकमा नभएको हुनाले यो रोगले त्यही अज्ञानताको फाइदा उठाइरहेको छ । तसर्थ यो रोगका विषयमा जानकारी उपलब्ध गराउनु समाजसेवीहरूको प्रधान दायित्व हो । रोग लागिसकेपछि उपचार गराउनु महत्वपूर्ण कुरा होइन, बरू रोग लाग्नै नदिनु या रोग लाग्ने वातावरण नै बन्न नदिनुचाहिँ महत्वपूर्र्ण कुरा हो । रोग लागेपछि यस कुराको महत्व झन् बढी ज्ञात हुन्छ । स्वास्थ्य नै धन हो भन्ने प्राचीन उक्ति वर्तमानको विश्वले पनि चरितार्थ गराइरहेको छ । नेपालका असंख्या नेपालीहरू यही ज्ञानको अभावमा छट्पटाइरहेका छन् । आफूलाई प्रकृतिको प्रतिकूल स्वरूपमा ढाल्दा के–कस्ता रोगहरूले आफूमाथि आक्रमण गर्छन् र शरीरमा विजातीय तत्वको प्रवेश भयो भने के–कस्ता प्रकारका रोगहरू शरीरमाथि आक्रामक बन्छन् भन्ने कुरा बुझाउन सकियो भने ‘नेपाल अर्बुद रोग निवारण संस्था’ जस्ता सामाजिक संस्थाहरूले आफ्नो कर्तव्य पूरा गरेको ठहरिनेछ । रोगीहरूको उपचार गराउन अस्पताल खोल्नु जत्तिकै महत्वपूर्ण कुरा रोग लाग्नबाट बचाइदिनु हो भनेर समाजसेवीहरूले बुझेमा समाजसेवाको सार्थक महत्व अझ स्पष्ट हुने कुरामा कुनै विवाद छैन । नेपालमा समाजसेवाको औपचारिक इतिहास केलाउँदा हामीले विक्रम संवत् १९९० साल माघ २ गते र ०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको घटनासम्म पुग्नुपर्छ । त्यसपछिदेखि विभिन्न चरणहरू पार गरेर समाजसेवीहरूले अझसम्म आफूलाई राष्ट्र र जनताको सेवामा समर्पण गरिरहेका छन् । राजनीतिक हस्तक्षेपको कारण विगत एकदशक अगाडिदेखि निःस्वार्थ समाजसेवीहरूले निस्क्रिय बन्नुपर्ने वातावरणको सिर्जना भइसकेको छ, तापनि जनताको दुःख, दर्द सहन नसक्ने समाजसेवीहरू प्रतिकूल परिस्थितिमा पनि आफ्नो उद्देश्यप्रति प्रतिबद्ध र कटिबद्ध छन् । यो सह्रानीय र गौरवपूर्ण कुरा हो । हाल फैलिरहेको महामारी कोरोना (कोभिड–१९) पनि सरुवा रोग धेरै धूम्रपान गर्ने व्यक्तिहरूलाई बढी संक्रमण देखिएकाले तत्कालिन केही महिनाका लागि चुरोट, खैनीजस्ता सूर्ती पदार्थ तुरुन्त नेपाल अधिराज्यभर विक्री बन्द गर्नु पर्दछ । सूर्तीजन्य पदार्थ, अल्कोहल र क्यान्सरभन्दा कोरोना लाग्ने व्यक्तिको मृत्यु संख्या कम नै रहेको छ । यो एक सरुवा रोग भएकाले मात्र महामारीको रूपमा सजिलै फैलिएर आफ्नो प्रकोप देखाइरहेको छ । अर्बुद रोग सरुवा रोग नभएकाले यो रोग लागेकाहरूमा पहिलो, दोस्रो सूक्ष्म लक्षण देखिए तापनि डर त्रासरहित भई त्यसको त्रासदी नदेखिएको अवस्थामा छन् । नेपाल अर्बुद रोग निवारण संस्था नेपाल सरकारको स्वास्थ्य नीतिलाई सघाउ पु¥याउने संस्था हो । यो संस्थाका हरेक क्रियाकलापहरूले राष्ट्रिय स्वास्थ्य नीतिलाई टेवा दिइरहेका हुन्छन् । नेपाली जनताको स्वास्थ्यलाई सबल बनाउन विश्व स्वास्थ्य संगठनले गरेको सहयोग र अध्ययन यो संस्थालाई ज्ञात भएकै कुरा हो । विश्व स्वास्थ्य संगठनको अध्ययनलाई मात्र आधार नबनाई आफ्नै स्रोत, साधन र अध्ययनका आधारमा समेत यो संस्थाले आफ्ना कार्यक्रमहरूलाई अघि बढाउने गरेको छ । त्यसैले समाजसेवीहरूको साझा मञ्च यो संस्थालाई नेपाल सरकारले पूर्णरूपमा सहयोग गर्नु आवश्यक देखिन्छ । यस संस्थाले आफ्नो कार्यक्षेत्रलाई प्रतिकारात्मक र उपचारात्मक दुवै क्षेत्रलाई समान रूपमा अगाडि सारेको छ । प्रतिकारात्मक क्षेत्रको मुख्य कडी नै व्यापक रूपमा जनचेतना जगाउनु हो । तसर्थ संस्थाले विभिन्न समयमा क्यान्सर रोगबारे परिचयात्मक कार्यक्रमहरू विभिन्न स्कुलहरू, समुदायहरू, पत्रकारहरू, कलाकारहरू, शिक्षकहरू माझ गर्दै आइरहेको छ भने आज धूम्रपानरहित दिवसको उपलक्ष्यमा धूम्रपानविरुद्धको ¥याली आयोजना तथा पोस्टर, पम्पलेट, स्मारिका तथा विभिन्न प्रकारका क्यान्सर समाचारहरू, प्रकाशन गरी व्यापक रूपमा केन्द्र शाखाले प्रचार प्रसार गर्दै नै आइरहेको छ । विश्वमा क्यान्सर रोगबाट करिव ४० लाख मानिसहरूको मृत्यु हुने गरेको छ । सो रोगलाई रोकथाम गर्न सकिने विभिन्न क्यान्सर रोगहरूको मुख्यकारक तत्वको रूपमा रहेको सूर्तीजन्य पदार्थविरुद्ध सशक्त कार्यक्रमहरू संचालन गर्दै आएको छ । विश्वमा भइरहेको बर्सेनि ३२ लाख व्यक्तिहरूको मृत्युको कारण रहेको सूर्तीजन्य पदार्थ नेपाली समाजबाट विस्थापित गर्नका लागि विश्व धूम्रपानरहित दिवसको अवसर पारेर सोही दिनदेखि संचालनमा ल्याएको एसिआरएस, टोबाको क्विटलाइन फोन नं. ५२०२६६६ मार्फत धूम्रपन त्याग्न चाहनेहरूका लागि निःशुल्क टेलिफोन परामर्श सेवा नेपाल अर्बुद रोग निवारण संस्थाबाट संचालन गरेको छ । नेपालमा सूर्तीजन्य पदार्थको प्रयोगका कारणले गर्दा करिब बर्सेनि २८ हजार मानिसहरूको मृत्यु हुन्छ भने क्यान्सर रोग सम्बन्धि २०औँ अर्ब आर्थिक क्षति भइरहेको छ । विश्वको रेकर्डअनुसार विविध रोगबाट विश्वमा वार्षिक ५० लाख व्यक्तिहरूको मृत्यु भएका छन् । स्वास्थ्यसम्बन्धी समस्याले नेपालीलाई अरूले भन्दा बढी नै पिरोलेको हुनाले समाजसेवी सामाजिक संस्थाले स्वास्थ्य क्षेत्रलाई प्रश्रय दिनु अत्यन्त स्वाभाविक कुरा हो । यसमा प्रचार मात्रैको कुरै आउँदैन । राजनीतिबाट अलग रहेर अर्बुदजस्तो कडा रोगबाट नेपाली जनतालाई मुक्त पार्नु समाजसेवी प्रत्येकको दायित्व हो, प्रमुख कर्तव्य हो । नागरिकप्रति जिम्मेवार रहेको बोध छ भने नेपाल सरकारले पनि अर्बुद रोगको समस्याबाट पन्छिन मिल्दैन । यसै गरी समाजसेवी कार्यलाई राजनीतिक पूर्वाग्रहबाट अलग राखी राष्ट्रिय चिन्तनका दृष्टिले हेर्ने बानी बसाल्यौँ भने अर्बुद रोगलाई नियन्त्रणमा लिन कुनै कठिनाइ पर्दैन भन्ने कुरामा म विश्वस्त रहेको छु । (लेखक प्रधान स्वतन्त्र पत्रकार हुन् ।)
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०८:५७
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP