Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • समाज सेवा र अर्बुद रोग
समाज सेवा र अर्बुद रोग
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १७, २०७८
Hari Gopal Pradhan
Hardik health
सन्दर्भः विश्व धूम्रपानरहित दिवस राजनीतिक विचारधाराले समाजसेवाको आदर्शलाई खर्लप्पै निलिरहेको वर्तमान समयमा पनि केही समाजसेवीहरू यस्ता पनि छन्, जो वर्तमानलाई चुनौतीका रूपमा ग्रहण गरेर मानवसेवालाई नै आफ्नो अभीष्ट बनाउँछन् । त्यस्ता समाजसेवी व्यक्तिहरूको एउटा संस्था हो नेपाल अर्बुद रोग निवारण संस्था । समाजलाई, राष्ट्रलाई सेवा उपलब्ध गराउनमा पनि राजनीतिक क्षेत्रबाट बन्देज लगाइने स्थिति विगत केही वर्ष अघिदेखि हामीले भोग्दै आएका छौँ । त्यसमा पनि समाजसेवीको मूल्यांकन गर्ने, समाजसेवीलाई हेर्ने दृष्टिमा पनि त्यस्तै खालको दोष देखा परिसकेको छ । राजनीतिक आस्था नै सर्वोपरि देखापर्न थालिसकेको हुँदा आफूले बोकेको राजनीतिक विचारधारा नै बोक्ने सामान्य समाजसेवीको पनि अत्यूच्च मूल्यांकन गरिने र आफूले बोकेको राजनीतिक विचारधाराभन्दा विपरीत राजनीतिक विचारधारा बोक्ने अत्यूच्च समाजसेवीको चाहिँ सामान्य मूल्यांकन गरिने कार्यलाई अब जोसुकैले पनि सामान्य मान्न थालिसकेका छन् । निःस्वार्थ भावले समाजसेवाको क्षेत्रमा लागेका समाजसेवीहरू व्यक्तिगत प्रतिफल र मूल्यांकनको अपेक्षा नगरी समाजसेवा गर्छन् । त्यस्ता समाजसेवीहरूको जमघट रहेको यो संस्था वास्तवमा राष्ट्रको स्वास्थ्यक्षेत्रको एउटा सबल स्तम्भका रूपमा अगाडि आएको छ । ४२ जिल्लाहरूमा यसका शाखा कार्यालयहरू स्थापना भइसकेका छन् र ती शाखाहरूबाट पनि आ–आफ्ना क्षेत्रहरूमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा यसको महत्वपूर्ण अग्रसरता सदैव रहने गरेको छ । अर्बुद रोग, जसलाई अंग्रेजी भाषामा क्यान्सर भन्ने गरिन्छ, नेपालको मात्र होइन विश्वकै भयावह समस्याका रूपमा देखा परिरहेको छ । चिकित्सकहरूले यस रोगका थुप्रै लक्षणहरू देखाएका छन् र त्यसको निदानका उपायहरू पनि पत्ता लगाएका छन् । तैपनि दक्षिण एसियाली मुलुकहरूमा र विशेषतः नेपालमा यस रोगका रोगीहरूको संख्या प्रशस्तै देखा परिसकेको छ । कुन कारणले अर्बुद रोग लाग्छ भन्ने कुराको जानकारी सर्वसाधारण नागरिकमा नभएको हुनाले यो रोगले त्यही अज्ञानताको फाइदा उठाइरहेको छ । तसर्थ यो रोगका विषयमा जानकारी उपलब्ध गराउनु समाजसेवीहरूको प्रधान दायित्व हो । रोग लागिसकेपछि उपचार गराउनु महत्वपूर्ण कुरा होइन, बरू रोग लाग्नै नदिनु या रोग लाग्ने वातावरण नै बन्न नदिनुचाहिँ महत्वपूर्र्ण कुरा हो । रोग लागेपछि यस कुराको महत्व झन् बढी ज्ञात हुन्छ । स्वास्थ्य नै धन हो भन्ने प्राचीन उक्ति वर्तमानको विश्वले पनि चरितार्थ गराइरहेको छ । नेपालका असंख्या नेपालीहरू यही ज्ञानको अभावमा छट्पटाइरहेका छन् । आफूलाई प्रकृतिको प्रतिकूल स्वरूपमा ढाल्दा के–कस्ता रोगहरूले आफूमाथि आक्रमण गर्छन् र शरीरमा विजातीय तत्वको प्रवेश भयो भने के–कस्ता प्रकारका रोगहरू शरीरमाथि आक्रामक बन्छन् भन्ने कुरा बुझाउन सकियो भने ‘नेपाल अर्बुद रोग निवारण संस्था’ जस्ता सामाजिक संस्थाहरूले आफ्नो कर्तव्य पूरा गरेको ठहरिनेछ । रोगीहरूको उपचार गराउन अस्पताल खोल्नु जत्तिकै महत्वपूर्ण कुरा रोग लाग्नबाट बचाइदिनु हो भनेर समाजसेवीहरूले बुझेमा समाजसेवाको सार्थक महत्व अझ स्पष्ट हुने कुरामा कुनै विवाद छैन । नेपालमा समाजसेवाको औपचारिक इतिहास केलाउँदा हामीले विक्रम संवत् १९९० साल माघ २ गते र ०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको घटनासम्म पुग्नुपर्छ । त्यसपछिदेखि विभिन्न चरणहरू पार गरेर समाजसेवीहरूले अझसम्म आफूलाई राष्ट्र र जनताको सेवामा समर्पण गरिरहेका छन् । राजनीतिक हस्तक्षेपको कारण विगत एकदशक अगाडिदेखि निःस्वार्थ समाजसेवीहरूले निस्क्रिय बन्नुपर्ने वातावरणको सिर्जना भइसकेको छ, तापनि जनताको दुःख, दर्द सहन नसक्ने समाजसेवीहरू प्रतिकूल परिस्थितिमा पनि आफ्नो उद्देश्यप्रति प्रतिबद्ध र कटिबद्ध छन् । यो सह्रानीय र गौरवपूर्ण कुरा हो । हाल फैलिरहेको महामारी कोरोना (कोभिड–१९) पनि सरुवा रोग धेरै धूम्रपान गर्ने व्यक्तिहरूलाई बढी संक्रमण देखिएकाले तत्कालिन केही महिनाका लागि चुरोट, खैनीजस्ता सूर्ती पदार्थ तुरुन्त नेपाल अधिराज्यभर विक्री बन्द गर्नु पर्दछ । सूर्तीजन्य पदार्थ, अल्कोहल र क्यान्सरभन्दा कोरोना लाग्ने व्यक्तिको मृत्यु संख्या कम नै रहेको छ । यो एक सरुवा रोग भएकाले मात्र महामारीको रूपमा सजिलै फैलिएर आफ्नो प्रकोप देखाइरहेको छ । अर्बुद रोग सरुवा रोग नभएकाले यो रोग लागेकाहरूमा पहिलो, दोस्रो सूक्ष्म लक्षण देखिए तापनि डर त्रासरहित भई त्यसको त्रासदी नदेखिएको अवस्थामा छन् । नेपाल अर्बुद रोग निवारण संस्था नेपाल सरकारको स्वास्थ्य नीतिलाई सघाउ पु¥याउने संस्था हो । यो संस्थाका हरेक क्रियाकलापहरूले राष्ट्रिय स्वास्थ्य नीतिलाई टेवा दिइरहेका हुन्छन् । नेपाली जनताको स्वास्थ्यलाई सबल बनाउन विश्व स्वास्थ्य संगठनले गरेको सहयोग र अध्ययन यो संस्थालाई ज्ञात भएकै कुरा हो । विश्व स्वास्थ्य संगठनको अध्ययनलाई मात्र आधार नबनाई आफ्नै स्रोत, साधन र अध्ययनका आधारमा समेत यो संस्थाले आफ्ना कार्यक्रमहरूलाई अघि बढाउने गरेको छ । त्यसैले समाजसेवीहरूको साझा मञ्च यो संस्थालाई नेपाल सरकारले पूर्णरूपमा सहयोग गर्नु आवश्यक देखिन्छ । यस संस्थाले आफ्नो कार्यक्षेत्रलाई प्रतिकारात्मक र उपचारात्मक दुवै क्षेत्रलाई समान रूपमा अगाडि सारेको छ । प्रतिकारात्मक क्षेत्रको मुख्य कडी नै व्यापक रूपमा जनचेतना जगाउनु हो । तसर्थ संस्थाले विभिन्न समयमा क्यान्सर रोगबारे परिचयात्मक कार्यक्रमहरू विभिन्न स्कुलहरू, समुदायहरू, पत्रकारहरू, कलाकारहरू, शिक्षकहरू माझ गर्दै आइरहेको छ भने आज धूम्रपानरहित दिवसको उपलक्ष्यमा धूम्रपानविरुद्धको ¥याली आयोजना तथा पोस्टर, पम्पलेट, स्मारिका तथा विभिन्न प्रकारका क्यान्सर समाचारहरू, प्रकाशन गरी व्यापक रूपमा केन्द्र शाखाले प्रचार प्रसार गर्दै नै आइरहेको छ । विश्वमा क्यान्सर रोगबाट करिव ४० लाख मानिसहरूको मृत्यु हुने गरेको छ । सो रोगलाई रोकथाम गर्न सकिने विभिन्न क्यान्सर रोगहरूको मुख्यकारक तत्वको रूपमा रहेको सूर्तीजन्य पदार्थविरुद्ध सशक्त कार्यक्रमहरू संचालन गर्दै आएको छ । विश्वमा भइरहेको बर्सेनि ३२ लाख व्यक्तिहरूको मृत्युको कारण रहेको सूर्तीजन्य पदार्थ नेपाली समाजबाट विस्थापित गर्नका लागि विश्व धूम्रपानरहित दिवसको अवसर पारेर सोही दिनदेखि संचालनमा ल्याएको एसिआरएस, टोबाको क्विटलाइन फोन नं. ५२०२६६६ मार्फत धूम्रपन त्याग्न चाहनेहरूका लागि निःशुल्क टेलिफोन परामर्श सेवा नेपाल अर्बुद रोग निवारण संस्थाबाट संचालन गरेको छ । नेपालमा सूर्तीजन्य पदार्थको प्रयोगका कारणले गर्दा करिब बर्सेनि २८ हजार मानिसहरूको मृत्यु हुन्छ भने क्यान्सर रोग सम्बन्धि २०औँ अर्ब आर्थिक क्षति भइरहेको छ । विश्वको रेकर्डअनुसार विविध रोगबाट विश्वमा वार्षिक ५० लाख व्यक्तिहरूको मृत्यु भएका छन् । स्वास्थ्यसम्बन्धी समस्याले नेपालीलाई अरूले भन्दा बढी नै पिरोलेको हुनाले समाजसेवी सामाजिक संस्थाले स्वास्थ्य क्षेत्रलाई प्रश्रय दिनु अत्यन्त स्वाभाविक कुरा हो । यसमा प्रचार मात्रैको कुरै आउँदैन । राजनीतिबाट अलग रहेर अर्बुदजस्तो कडा रोगबाट नेपाली जनतालाई मुक्त पार्नु समाजसेवी प्रत्येकको दायित्व हो, प्रमुख कर्तव्य हो । नागरिकप्रति जिम्मेवार रहेको बोध छ भने नेपाल सरकारले पनि अर्बुद रोगको समस्याबाट पन्छिन मिल्दैन । यसै गरी समाजसेवी कार्यलाई राजनीतिक पूर्वाग्रहबाट अलग राखी राष्ट्रिय चिन्तनका दृष्टिले हेर्ने बानी बसाल्यौँ भने अर्बुद रोगलाई नियन्त्रणमा लिन कुनै कठिनाइ पर्दैन भन्ने कुरामा म विश्वस्त रहेको छु । (लेखक प्रधान स्वतन्त्र पत्रकार हुन् ।)
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०८:५७
प्रतिक्रिया दिनुहोस्
थप विचार
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा शुक्रबार, कात्तिक १४, २०८२
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP