Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • गणतन्त्र र सरकार
गणतन्त्र र सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १६, २०७८
शान्ति बस्नेत फोटो
Hardik health
‘हुँदैन विहान मिरमिरे तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए...’ भूपी शेरचनको यी हरफहरू हरेक साँझ, हरेक पलमा मानसपटलमा झझल्को आई नै रहन्छ । हाम्रो देश नेपालमा पनि हरेक परिवर्तनहरू हुँदा नेपाल आमाका वीर सपुतहरूले आङ्खनो ज्यानलाई नै बाजी राखी देश र जनताका निम्ति आहुति दिन पछि हटेनन् । हरेक परिस्थितिहरूको सामना गरी देश र जनताको सार्वभौमका निम्ति ज्यानको वलिदान दिइनै रहे । अहिले हाम्राहरू लोकतान्त्रिक गणतन्त्र नेपालको आँगनमा पंखा फिँजाएर स्वतन्त्रतापूर्वक आङ्खनो हक अधिकारका निम्ति आफ्नो बुलन्द आवाजलाई गुञ्जयमान रूपमा प्रस्तुत गर्न पाएका छौँ, यस्को श्रेय भने हाम्रा निम्ति अर्थात हक अधिकाका निमित्त ज्यान गुमाउने वीर सहिद तथा अंगभंग भएका हाम्रा महान् व्यक्तित्वहरूलाई सलाम छ । जनताको निम्ति यति धेरै दुःख गरेर नै आज देशलाई स्वतन्त्र रूपमा अगाडि बढाउन अतुलनीय भूमिकाको निम्ति प्राण त्याग्नेप्रति नमन गर्दै श्रदाञ्जली अर्पण गर्दछौँ । नेपालमा गणतन्त्रको सुरुवात भएको एकदशक भइसकेको छ । गणतन्त्रभन्दा पहिले नेपालमा राजतन्त्र थियो । राजतन्त्रमा राजा नै राष्ट्र प्रमुख हुने व्यवस्था थियो । ०६२÷६३ को जनआन्दोलनपछि नेपालको संविधान सभाको निर्वाचनपश्चात गठित संविधान सभाको १५ जेठ ०६५ को पहिलो बैठकले मुलुकलाई गणतन्त्र घोषणा ग¥यो । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्य भएको घोषणा गरिएको दिनलाई नै प्रत्येक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउन थालिएको छ । नेपालको संविधान सभाले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवलाई घोषणा ग¥यो । त्यसैगरी नेपालकी छोरी वर्तमान सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको राष्ट्राध्यक्ष हुन् । नेपालको संविधान, ०७२ ले राष्ट्रपतिलाई राष्ट्रध्यक्ष र संविधानको संरणक एवं अभिभावकको रूपमा स्थापित गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान बनेर पनि कार्यान्वयन भएको पनि ४ वर्ष बितिसकेको छ । नयाँ संविधान बनेर पनि संविधानको मर्मानुसार तीनै तहमा निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्था छ । संघीय, प्रदेश र स्थानीय तहले आ–आङ्खनो जिम्मेवारीहरूलाई वहन गर्दै आएका छन् । राजनीतिक अस्थिरताले देशलाई पटकपटक गहिरो खाल्डोभित्र पुरिरहेको अवस्थामा देशमा चुनाव भएपछि जनतामा अर्थात दुई तिहाइको नेकपाको गठबन्धनले संयुक्त सरकार बनाइरहँदा जनतामा धेरै आसाको किरण जाग्दै थियो । अब नेपालमा पनि राजनीति स्थिरताले देशमा धेरै नै परिवर्तन गर्ला भन्ने थियो । हुन पनि जनता राजनीतिक अस्थिरताबाट वाक्क÷दिक्क पनि किन नहुन् र देशमा धेरै परिवर्तनका निम्ति धेरै घरमा मानिसहरूले न्यानै समेत वलिदान दिनु परेको थियो । हरेक राजनीतिक परिवर्तनमा सोझासिधा जनताहरूलाई नै प्रयोगमा ल्याएर नेताहरू जनताको कुम चढेर नै सत्तामा पुग्ने गरेका छन् । इतिहास साक्षी छ, अहिलेसम्म पनि नेतृत्वकर्ताहरूको दिमागमा त्यस्तो विषम परिस्थितिलाई काँध दिने जनतालाई नेतृत्वकर्ताहरूले सान्त्वनाको सट्टा घाउमा नुन छर्कने मात्रै गरेका छन् । हरेकपटक चुनावमा जुन उत्साह उमंग बोकेर घरबाट निस्किइन्छ तर चुनावको नतिजासँगै हरेक नेपालीहरूको मनमा चिन्ताको भूमरीले भुंग्रोमा पार्ने गरेको छ । आज पनि ती चुनावमा र भोट माग्न आउने नेताहरूलाई सम्झँदा र नेताका वचनलाई सम्झँदा यस्तो विकराल परिस्थितिमा पनि नेतालाई पुनः चुनावमा अनगिन्ती प्रश्नहरू गर्न मन लाग्छ । विभिन्न सञ्चार माध्यमबाट र स्वयं प्रधानमन्त्री केपी ओलीको हावादारी वाचाहरू मात्र बारम्मार सुन्नु परेको छ । जनतालाई अहिले के आवश्यकता छ भन्ने कुरालाई लत्याएर आङ्खनो पद र पार्टीको निम्ति जनतालाई पटक–पटक जनताको मतलाई कुल्चिएर अघि बढ्न खोजेको स्पष्ट हुन्छ । पाँच वर्षसम्म राजकाज चलाउन प्राप्त जनादेशलाई उल्टाएर फेरि जनमत माग्नु जनताको अपमानभन्दा अरु केही होइन । यो जनतामाथि सरकारले गरेको कुठाराघात हो । संघीय लोकतान्त्रिक गणन्त्र भएको देशमा पनि राजतन्त्रमा जस्तै जनताको अभिमतको दुरूपयोग भइरहेको छ । यस्तो महामारीका बीच पनि सरकारको मनपरीतन्त्रले मात्र स्थान पाउँछ भने यो भन्दा दुःख लाग्दो कुरा अरु होला र ? अहिलेको यो विराल परिस्थितिमा जनताको घाउमा मलम लगाउनुको सट्टा आफैँ हत्यारा भएको सावित हुँदै छ । सत्ताधारी दलले सत्ताको शक्तिको दुरूपयोग गर्दै जनतालाई सत्ताको डोरीले पलपल कसिरहेको छ । सरकार आफैँले पटक–पटक नेपालको संविधानमाथि लात हानेर जनताको मतलाई छातीमा कुल्चिएर हिँड्दा पनि देश र जनताकी राष्ट्रपति अर्थात राष्ट्रध्यक्ष स्वय संविधानको मलामी बन्नु दुःख लाग्दो कुरा हो । राष्ट्रपति पद भनेको ‘हिहिहि..., त्यो पर्दैन’ जस्ता लज्स्पद शब्द बोल्नलाई त्यहाँ बस्न पठाएको होइन । कानुनलाई पालना नगर्ने हो भने किन आज त्यो कुर्सी ओगट्ने ? राष्ट्रपतिलाई यहाँ ठोकुवाका साथ भन्न सकिन्छ, आज ‘क’ सम्म अक्षर चिन्न नसक्ने नेपाली जनताले राष्ट्रपति को हुन् भन्दा राष्ट्रपकिो नाम लिन्छन् । तर, उनले भने तिनै सोझासादा जनतामाथि बेइमान गर्न मिल्छ त ? त्यस अर्थ पनि खै त पदको जिम्मेवारी बहन गर्न सकेको ? आज पिएचडीसम्म अध्ययन गर्नेदेखि निरक्षर नेपालीले पनि गर्वका साथ नेपालको राष्ट्रपतिको नाम लिन सकून् भन्ने हिसाबले काम गर्नुपर्छ । खै त विवेक ? कम्तीमा पनि नेपाली छोरीले राष्ट्रपति बन्ने एउटा हैसियत बनाएकी छे, किन यो पदलाई खेलौना सम्झिएको हो ? यो हैसियतमा पु¥याउनका निम्ति कैयौँ नेपाली नारीहरूले आङ्खनो घरव्यवहारलाई गुमाएर आर्जेको पद हो । यति कुरा याद गरेर पदको मर्यादा बिर्सनु हुन्न । सम्पूर्ण आमनेपाली नारी जगत्को अस्तित्वलाई नै समाप्त पारेको कुरा कत्तिको मनन हुन्छ ? याद रहोस् । गणतन्त्र नेपालको राष्ट्रपति भएर अरुको इसारामा चल्ने होइन, संविधानको धाराहरूलाई अध्ययन गरी देश र जनताको पक्षमा काम गर्न सक्नुपर्छ । दुई तिहाइ बहुमतसहितको वामपन्थी सरकारले जनतालाई जनताले चुनावमा भोट दिएको सट्टा आज के दियो ? जनतालाई आज निरासाको कालो बादलले घुम्टो ओढाई जनताको लाशमाथि चुनाव गर्ने भनी तम्सिरहेका छन् । यही हो गणतन्त्रको चुरीफुरी ? जनता ज्यादै निरास छन् । देशमा रोजगारी नभएर वैदेशिक रोजगारमा जान बाध्य छन्, नेपाली । रोगमा पिल्सिएका बेला भोकले इन्त र चिन्तु बन्ने अवस्था आएको छ । हुने खाने र हुँदा खानेबीचको खाडल अत्यन्तै बढिरहेको छ । गणतन्त्रमा पनि गरिब गरिबी नै पाइरहेका छन् भने धनी वर्ग झन् धनी नै भइरहेका छन् । सरकारले अहिले त कोभिडको निहुँ पारेर विकासे कार्यमा संलग्न भएको छैन, सरकार खाली जनतालाई मात्रै दोष थोपार्न खोजेर हुन्छ त ? खै त दाबी गरेअनुसारका स्वास्थ्य, शिक्षा पूर्वाधारका क्षेत्रमा प्रगति ? यसरी सामन्ती राजतन्त्रभन्दा खतरा भएको छ । यो श्रीपेच नलगाएको राजाले जनताको अस्तित्वमाथि आघात पु¥याएको छ । जसरी हामी चार जात ३६ वर्णको फूलबारीका साझा सम्पत्ति हौँ, त्यसैगरी सरकारले पनि सोच्नुपर्छ । नेपाल भनेर काठमाडौंलाई मात्रै हेने होइन । स्थानीय सरकारलाई सरकारले मेरुदण्ड मानेर विकासलाई अगाडि बढाउन सक्नुपर्छ । जनताले खोजेको जस्तो गणतन्त्रलाई स्थापित गर्नलाई जनताले नै सरकारलाई सडक र सदनमा घच्घच्याउन छाड्नुहुन्न । गणतन्त्र ल्याउनका निम्ति आङ्खनो परिवार गुमाएर, अंगभंग भएका मानिसहरूलाई अहिले यो गणतन्त्र देखेर कस्तो घृणा जाग्दो हो ? एकपटक होइन, पटकपटक सरकारले सोच्ने गर्नुपर्छ । गणतन्त्र सरकारको मनपरीतन्त्र होइन, यो त खुद नेपाली जनताले लडेर ल्याएको व्यवस्था हो । देश कोभिड–१९ बाट आक्रान्त हुँदै गर्दा सबैले प्रण गरौँ, यस्तो विपत्मा पनि सरकारले जनताको स्वास्थ्यलाई खेलबाड गरेर चुनावको रटान दिने यो बेला होइन । चुनाव अहिलेका लागि बेमौसमको बाजा हो । अहिले जनताको जीउ, धनको सुरक्षा गर्ने बेला हो न कि नेताको कुर्सीका लागि मत दिने बेला होइन ।
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ०२:०५
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP