Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • ओलीसँग राजनीति गर्ने होइन, सिक्ने हो
ओलीसँग राजनीति गर्ने होइन, सिक्ने हो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १२, २०७८
Hardik health
पछिल्लो राजनीतिक घटनाक्रमले ओलीसँग राजनीति गर्ने होइन, सिक्ने हो’ भन्ने भनाइलाई चरितार्थ गरेको छ । ओली कुशल राजनीतिक खेलाडी हुन् भन्ने कुरालाई नर्कान सकिँदैन । ओलीलाई राम्रोसँग थाहा छ, कसको हात समाउनु पर्ने हो, कसको पाउ समाउनु पर्ने हो र कसको कठालो । त्‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा केपी ओली पुनः चतुर सावित भएका छन् । अदालत, संसद, मिडिया, आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ ।’ केही दिन अगाडि पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओलीको पुनः नियुक्तिपछि गरेको ट्वीट हो यो । डा.भट्टराईको यो ट्वीट आधा सत्य छ, आधा झुट । सत्य यस कुरामा छ कि ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भए’ र झुट ‘अदालत, संसद, मिडिया, आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ ।’ तर, डा.भट्टराईले भनेजस्तै ओलीको विकल्प परिस्थितिले टारिदिएको छ । हो, केपी ओली चतुर साबित भए, तर, छलकपट, जादु, टुनामुना गरेर होइन, आङ्खनै स्वविवेकले । ओली तेस्रोपटक देशको प्रधानमन्त्री हुँदै गर्दा सामाजिक सञ्जालमा उनीप्रति विभिन्न टीकाटिप्पणीहरू भए । टीकाटिप्पणीमा उनको विरोध कम, सहानुभूति र श्रद्धा धेरै । मुलुकको ४२औँ र आङ्खनो जीवनको तेस्रोपटक प्रधानमन्त्री बनेका ओलीले यसपटक राजनीति मात्र गरेनन्, राजनीतिको गतिलो पाठ सिकाए, समकक्षीका साथै विपक्षीलाई पनि । पछिल्लो राजनीतिक घटनाक्रमले ‘ओलीसँग राजनीति गर्ने होइन, सिक्ने हो’ भन्ने भनाइलाई चरितार्थ गरेको छ । ओली कुशल राजनीतिक खेलाडी हुन् भन्ने कुरालाई नर्कान सकिँदैन । ओलीलाई राम्रोसँग थाहा छ, कसको हात समाउनु पर्ने हो, कसको पाउ समाउनु पर्ने हो र कसको कठालो । ओली स्वभावैले चतुर छन्, चलाख छन्, तर यति कुरा सत्य हो ओलीको चतु¥याइँ स्वयं उनको व्यक्तिगत जीवनलाई भन्दा देशलाई धेरै लाभदायिक छ । ओलीमाथि सबैले गर्व गर्नुपर्ने कुरा धेरै नहोलान् तर राष्ट्रवादको सवालमा गर्नै पर्छ । देश र जनताको हितलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय समुदाय समक्ष खुलेर कुरा गर्ने ओलीलाई जनताले कुशल राजनीतिकर्मीका रूपमा चिन्ने गरेका छन् । जनताको विश्वास र भरोसालाई आत्मसात् गर्दै देश र जनताको हितलाई सर्वोपरी ठान्ने ओली जहिले पनि आङ्खनो विचारमा अडिग रहन्छन् । देश र जनताको हितविपरीत कसैसँग सम्झौता नगर्ने कुरा उनको बोली र व्यवहारबाट प्रष्टै देखिन्छ । यिनै ओलीका विरुद्धमा केही पार्टीका नेता, कार्यकर्ताहरू दिनरात नभइनी सडक, सदन र सामाजिक सञ्जालमा सक्रिय भएपनि ओलीको कदमलाई कसैले माथ खुवाउन सकेनन्, यो कुरा ओलीले धेरैपटक प्रमाणित गरिसकेका छन् । अब कुरा गरौँ झुटको । नेपाली राजनीतिलाई डा. भट्टराईले जुन रूपमा परिभाषित गर्दै ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको’ भनेका छन्, जसको दोषी को ? ओली या अरु (माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई) विषय सोचनीय र गम्भीर छ । यसको दोषी केही हदसम्म ओली होलान् तर त्यसको दोष केपी ओलीकै थाप्लोमा हालिनु न्यायोचित पक्कै हुँदैन त्यो दोषको भार स्वयं भट्टराईको थाप्लोमा पनि जान्छ । नेपाली राजनीतिलाई धमिल्याउनेहरूले नै यस्तो भन्नु अनुपयुक्त देखिन्छ । सहमति र सहकार्यका नाममा सधै बाँडिचुँडी खाने संस्कारमा हुर्किएका नेपाल, दाहाल, देउवा, ठाकुर, यादव, राजेन्द्र महतो, के यिनीहरूको दोष छैन ? सत्ताको लुछाचुँडीमा ओलीभन्दा कैयौँ गुणा बढी दोषी यिनीहरू छन्, जसलाई जनताले सजाय दिइरहेका छन् । यतिबेला पनि ठीक त्यही भएको हो । ओली सत्ताको स्वाद चाख्न चुचुरामा पुग्ने प्रयासबाट सबैलाई भुँइमै पछारिदिएका छन् भन्दा फरक नपर्ला । ओली पुनः प्रधानमन्त्री हुँदा पंक्तिकारले खुसी व्यक्त गरेको सम्झिनु होला, त्यो पटक्कै होइन । तर पंक्तिकारलाई लागेको के सत्य हो भने ओलीको विकल्पमा हुने प्रधानमन्त्री देउवा वा दाहालभन्दा ओली नै ठीक छन् । अहिले राजनीतिक वृत्तमा ओलीमाथिको अर्को प्रहार हो, महामारीका बेलामा राजनीति ग¥यो । जनता मरिरहेको बेला कुर्चीका लागि मरिहत्ते ग¥यो । तर त्यही कुर्चीका लागि देउवा र दाहालले रातदिन नभनी गरेको अनेकन तिकडम भने कसैले देखेन । राजनीतिमा सत्य र धर्म भन्ने हुँदैन भन्ने कुरालाई पनि यो परिवेशले चरितार्थ गरेको छ । हामी जनता अलिकति इमानदार भइदिने हो र सत्यलाई सत्य, असत्यलाई असत्य भनिदिने हो भने राजनीतिक संस्कारमा केही सुधार आउने नै छ । वाग्मती फोहोर भयो भन्ने तर वाग्मतीमा गएर सफा कसैले नगरेजस्तै राजनीतिमा पनि प्रशस्तै फोहोर देख्ने तर, सफा नगर्ने हामी नै होइनौँ ? एकपटक आफैँलाई प्रश्न गरौँ । हामी कसैको कार्यकर्ता, कसैको समर्थक, कसैको पेवा भएरभन्दा पनि इमान्दार, कर्मठ देशभक्त भएर विश्लेषण गरौँ र आलोचना गरौँ । गल्ती, कमीकमजोरी जो कोही पनि हुन्छ, रचनात्मक सल्लाह, सुझावहरू दिऔँ । अहिलेको समय हामीले ओलीको राजनीतिक बठ्याइहरूको आलोचना र समर्थनतिर होइन सरकारलाई कोरोना महामारीका विरुद्धमा लड्नका लागि सहयोग गरौँ ।
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  ०४:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा शुक्रबार, कात्तिक १४, २०८२
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP