Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • ओलीसँग राजनीति गर्ने होइन, सिक्ने हो
ओलीसँग राजनीति गर्ने होइन, सिक्ने हो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १२, २०७८
Hardik health
पछिल्लो राजनीतिक घटनाक्रमले ओलीसँग राजनीति गर्ने होइन, सिक्ने हो’ भन्ने भनाइलाई चरितार्थ गरेको छ । ओली कुशल राजनीतिक खेलाडी हुन् भन्ने कुरालाई नर्कान सकिँदैन । ओलीलाई राम्रोसँग थाहा छ, कसको हात समाउनु पर्ने हो, कसको पाउ समाउनु पर्ने हो र कसको कठालो । त्‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा केपी ओली पुनः चतुर सावित भएका छन् । अदालत, संसद, मिडिया, आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ ।’ केही दिन अगाडि पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओलीको पुनः नियुक्तिपछि गरेको ट्वीट हो यो । डा.भट्टराईको यो ट्वीट आधा सत्य छ, आधा झुट । सत्य यस कुरामा छ कि ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भए’ र झुट ‘अदालत, संसद, मिडिया, आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ ।’ तर, डा.भट्टराईले भनेजस्तै ओलीको विकल्प परिस्थितिले टारिदिएको छ । हो, केपी ओली चतुर साबित भए, तर, छलकपट, जादु, टुनामुना गरेर होइन, आङ्खनै स्वविवेकले । ओली तेस्रोपटक देशको प्रधानमन्त्री हुँदै गर्दा सामाजिक सञ्जालमा उनीप्रति विभिन्न टीकाटिप्पणीहरू भए । टीकाटिप्पणीमा उनको विरोध कम, सहानुभूति र श्रद्धा धेरै । मुलुकको ४२औँ र आङ्खनो जीवनको तेस्रोपटक प्रधानमन्त्री बनेका ओलीले यसपटक राजनीति मात्र गरेनन्, राजनीतिको गतिलो पाठ सिकाए, समकक्षीका साथै विपक्षीलाई पनि । पछिल्लो राजनीतिक घटनाक्रमले ‘ओलीसँग राजनीति गर्ने होइन, सिक्ने हो’ भन्ने भनाइलाई चरितार्थ गरेको छ । ओली कुशल राजनीतिक खेलाडी हुन् भन्ने कुरालाई नर्कान सकिँदैन । ओलीलाई राम्रोसँग थाहा छ, कसको हात समाउनु पर्ने हो, कसको पाउ समाउनु पर्ने हो र कसको कठालो । ओली स्वभावैले चतुर छन्, चलाख छन्, तर यति कुरा सत्य हो ओलीको चतु¥याइँ स्वयं उनको व्यक्तिगत जीवनलाई भन्दा देशलाई धेरै लाभदायिक छ । ओलीमाथि सबैले गर्व गर्नुपर्ने कुरा धेरै नहोलान् तर राष्ट्रवादको सवालमा गर्नै पर्छ । देश र जनताको हितलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय समुदाय समक्ष खुलेर कुरा गर्ने ओलीलाई जनताले कुशल राजनीतिकर्मीका रूपमा चिन्ने गरेका छन् । जनताको विश्वास र भरोसालाई आत्मसात् गर्दै देश र जनताको हितलाई सर्वोपरी ठान्ने ओली जहिले पनि आङ्खनो विचारमा अडिग रहन्छन् । देश र जनताको हितविपरीत कसैसँग सम्झौता नगर्ने कुरा उनको बोली र व्यवहारबाट प्रष्टै देखिन्छ । यिनै ओलीका विरुद्धमा केही पार्टीका नेता, कार्यकर्ताहरू दिनरात नभइनी सडक, सदन र सामाजिक सञ्जालमा सक्रिय भएपनि ओलीको कदमलाई कसैले माथ खुवाउन सकेनन्, यो कुरा ओलीले धेरैपटक प्रमाणित गरिसकेका छन् । अब कुरा गरौँ झुटको । नेपाली राजनीतिलाई डा. भट्टराईले जुन रूपमा परिभाषित गर्दै ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको’ भनेका छन्, जसको दोषी को ? ओली या अरु (माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई) विषय सोचनीय र गम्भीर छ । यसको दोषी केही हदसम्म ओली होलान् तर त्यसको दोष केपी ओलीकै थाप्लोमा हालिनु न्यायोचित पक्कै हुँदैन त्यो दोषको भार स्वयं भट्टराईको थाप्लोमा पनि जान्छ । नेपाली राजनीतिलाई धमिल्याउनेहरूले नै यस्तो भन्नु अनुपयुक्त देखिन्छ । सहमति र सहकार्यका नाममा सधै बाँडिचुँडी खाने संस्कारमा हुर्किएका नेपाल, दाहाल, देउवा, ठाकुर, यादव, राजेन्द्र महतो, के यिनीहरूको दोष छैन ? सत्ताको लुछाचुँडीमा ओलीभन्दा कैयौँ गुणा बढी दोषी यिनीहरू छन्, जसलाई जनताले सजाय दिइरहेका छन् । यतिबेला पनि ठीक त्यही भएको हो । ओली सत्ताको स्वाद चाख्न चुचुरामा पुग्ने प्रयासबाट सबैलाई भुँइमै पछारिदिएका छन् भन्दा फरक नपर्ला । ओली पुनः प्रधानमन्त्री हुँदा पंक्तिकारले खुसी व्यक्त गरेको सम्झिनु होला, त्यो पटक्कै होइन । तर पंक्तिकारलाई लागेको के सत्य हो भने ओलीको विकल्पमा हुने प्रधानमन्त्री देउवा वा दाहालभन्दा ओली नै ठीक छन् । अहिले राजनीतिक वृत्तमा ओलीमाथिको अर्को प्रहार हो, महामारीका बेलामा राजनीति ग¥यो । जनता मरिरहेको बेला कुर्चीका लागि मरिहत्ते ग¥यो । तर त्यही कुर्चीका लागि देउवा र दाहालले रातदिन नभनी गरेको अनेकन तिकडम भने कसैले देखेन । राजनीतिमा सत्य र धर्म भन्ने हुँदैन भन्ने कुरालाई पनि यो परिवेशले चरितार्थ गरेको छ । हामी जनता अलिकति इमानदार भइदिने हो र सत्यलाई सत्य, असत्यलाई असत्य भनिदिने हो भने राजनीतिक संस्कारमा केही सुधार आउने नै छ । वाग्मती फोहोर भयो भन्ने तर वाग्मतीमा गएर सफा कसैले नगरेजस्तै राजनीतिमा पनि प्रशस्तै फोहोर देख्ने तर, सफा नगर्ने हामी नै होइनौँ ? एकपटक आफैँलाई प्रश्न गरौँ । हामी कसैको कार्यकर्ता, कसैको समर्थक, कसैको पेवा भएरभन्दा पनि इमान्दार, कर्मठ देशभक्त भएर विश्लेषण गरौँ र आलोचना गरौँ । गल्ती, कमीकमजोरी जो कोही पनि हुन्छ, रचनात्मक सल्लाह, सुझावहरू दिऔँ । अहिलेको समय हामीले ओलीको राजनीतिक बठ्याइहरूको आलोचना र समर्थनतिर होइन सरकारलाई कोरोना महामारीका विरुद्धमा लड्नका लागि सहयोग गरौँ ।
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  ०४:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP