Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • सत्ताभन्दा ठूलो स्वास्थ्य हो
सत्ताभन्दा ठूलो स्वास्थ्य हो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २६, २०७८
शान्ति बस्नेत फोटो
Hardik health
हाम्रो देशमा जब चुनाव आउँछ, अनि गाउँ–गाँउमा विकासका नाराहरू टोलटोलमा विभिन्न पार्टीका नेताहरूको मुखराविन्दुबाट गुञ्जिरहेको हाम्रो आँखा र कानले सुनेका छौँ । सरकार नबनुन्जेलसम्म नेताहरूको यस्तै भ्रामक प्रवचनले अहिलेसम्म आउँदा नेपाली जनताहरूको मनमा चेतनाको स्तर कम नै रहेको छ । काममा भन्दा पनि भाषणमा मख्ख पर्ने प्रवृतिले हामीलाई हरेक परिस्थितिहरूमा समस्याहरूको समाधान गर्नलाई कठिन परिरहेको छ । कोरोनाको यो दोस्रो लहर चलिरहेको समयमा आफू सत्तामा टिक्ने दाउमा दिउँसै टर्च बालेर खोज्नु पर्ने पार्टी नेपाली कांग्रेस भनेर आफैँले संज्ञा दिँदै गर्दा नेकपाका एक हुल मान्छेहरू नै जन्तीजस्तै लगेर प्रधानमन्त्री आफैँ सत्ता टिकाउनका निम्ति नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवासमा सत्ताको भीख माग्न गएको हामी सबैले विभिन्न सामाजिक सञ्जालबाट नियालेका छौँ । सत्ताका निम्ति प्रतिपक्षसँग भीख माग्न जानु प्रधानमन्त्रीको कतिसम्मको पदप्रतिको मोह छ ? भनेर स्पष्टसँग भाव बुझ्न सकिन्छ । आज आएर जनमतको कदर भएको छैन जनताले दुई तिहाई मत दिएर पनि सत्ता र सरकारमा पुगे पनि जनताको हितका निम्ति यो सरकारले के काम ग¥यो त ? हरेक क्षेत्रमा सरकारले जनताप्रतिको उत्तरदायित्व बहन गर्न सकेको छैन, सत्ता पक्षको काम के त ? स्रोत र साधनलाई किन राम्रोसँग सञ्चालन गर्न नसकेको हो ? आज जनताहरूको स्वास्थ्यमा किन खेलवाड गरिँदै छ ? सरकार पक्षबाट गर्न सकिने स्वास्थ्य मापदण्डलाई राम्रोसँग व्यवस्थापन गर्न सकिएको भए अहिलेको भयावहक स्थितिबाट हाम्रो देश गुज्रिनु पर्दैन थियो । अहिलेको स्थितिमा अस्पतालका शैयाहरू कोभिडका बिरामीहरूले भरिभराउ हुन थालेका छन् र बिरामीहरूले बेडसम्म पाउन मुस्किल परेको अवस्था छ । देशको यस्तो विकराल अवस्थामा पनि सरकार पक्षका केही मानिसहरू चाहिँ एक हुल मान्छे लिएर सत्ताकै खेलका लागि विश्वासको मत लिनलाई दश औँला हात जोडी लम्पसार परेर नेताहरूको घरदैलोमा चुनाव आएजत्तिकै दौडधुप गरिरहेका छन् । सरकारसँग जनताका पीर, व्याथा, भोकमारी बुझ्ने क्षमता नै छैन । निषेधाज्ञाले भोकभोकै बसिरहेका छन् ? कम्युनिस्ट सरकार हुँदा पनि हुने खाने र हुँदा खानेको भिन्नता चारैतिर देखिएको छ । अहिलेको यो अवस्था भनेको एकअर्कालाई सहयोग गरेर कोरोना भाइरससँग सामना गरी आत्मबल बलियो बनाई सरकारी पक्षको सहयोग हुनु पर्ने भए तापनि सरकार भने जनताको मतलाई अपमान गरिरहेको छ । यसो गर्दा सरकारप्रति जनताहरूको विश्वासमा कमी आएको छ । बिहान काम गरेर साँझको छाक टार्नेको अवस्था कस्तो होला ? यो अवस्थाले सबैतिर बन्दाबन्दी रहेको अवस्थामा सरकारले यस्ता न्यून आय भएका मानिसहरूलाई सरकारले हेर्नु पर्ने हो । त्यही काम गर्ने हातहरूले चुनावमा भोट दिएर आज त्यो पदमा आसिन भएका तमामा नेताहरूले यस्तो समाजलाई पनि ध्यान दिन जरुरी छ । चुनावमा भोट चलेकाहरूलाई विपत्तिमा भोकबाट बचाउन महत्वपूर्ण भूमिका निभाउन सक्नुपर्छ । अनि मात्रै जनताको सरकार भएको आभास हुने गर्दछ । सडकमा नाम्लोका भरमा जिविका चलाउनेहरू आज भोकभोकै बसेका छन् । उनीहरूको तथ्यांक सरकारसँग के छ ? विपतिमा उनीहरूलाई सरकारबाट राहत दिनु पर्छ त्यो सरकारको कर्तव्य हो । सरकारले यस्ता विकराल परिस्थितिहरूलाई समयमा नै सोच्नु पर्ने हुन्छ । समय बितिसकेपछिको निर्णय निरर्थक बन्न सक्छ । सरकारले निषेधाज्ञा लगाएर मात्रै समस्याबाट पन्छिन मिल्दैन । यसरी जोखिमलाई हेरेर मात्रै बस्ने हो भने कोरोना नियन्त्रण बाहिर जान सक्छ । साधरण कुराहरूलाई नै ध्यानमा नराख्दा कोरोनाको अवस्था भयाबहक बन्ने संकेत गरिसकेको छ । यो नियन्त्रण गर्नलाई सरकारको मात्रै भरोसा गरेर हुन्न आफैँ जनताहरू पनि सजकता अपनाउन सक्नु पर्छ । छिमेकी राष्ट्र भारतमा हामी दिनानुदिनको कोरोनाको संक्रमण दरलाई आँकलन गर्न नि सक्छौँ । हामीले पनि सरकार र जनताहरू दुवैले स्वास्थ्यजस्तो कुरालाई सामान्य मान्ने हो भने परिस्थिति भयावहक बन्दै जाने कुरामा दुई मत छैन । अहिलेको यो स्थितिमा हामी सबै कामलाई छाडेर पनि स्वास्थ्यलाई ध्यान दिनु पर्ने स्थिति रहेको छ । सरकार पक्षले पनि यस्तो विकराल स्थितिमा सत्ताको खेलभन्दा पनि जनताहरूको स्वास्थ्यप्रति उत्तरदायी बन्न सके मात्रै सत्ताको र सरकारको औचित्य मापन गर्न सकिन्छ । सरकारले जनताहरूलाई अर्थात् जनताको ज्यूज्यानलाई बचाउन सक्यो भने मात्रै देशको आर्थिक, भौतिक पूर्वाधारहरूमा सुधार ल्याउन सक्छ । विडम्बना भनौँ या दुर्भाग्य अहिले सरकार प्रतिपक्षीसँग नभई पार्टीको आन्तरिक कहल र सत्ता जोगाउने दलदलमा फसिरहेको छ । जनताप्रति त सरकारले केहि नि सोच्नसम्म नि सकेको छैन । सत्ता टिकाउने खेल मात्रै चलिरहेको छ । जनता भने अहिले पनि सरकाको नै भूमिकालाई पर्खिरहेको छन् भने सरकार आङ्खनै धुनमा मग्न बनिरहेको छ । अहिलेको यो अवस्थामा अरु देशमा त जनताहरूलाई कसरी सुरक्षित बनाउने भनेर रातारात अस्पतालहरू बनाउने कार्यमा जुट्टिरहेका छन् र हरेक जोखिममा जनतालाई पहिलो प्राथमिकता दिइएको पाइन्छ, हाम्रो देशमा त रातारात सरकार ढल्छ कि भनेर सत्ताको होड्बाजी मात्रै गरेर बसेका छन् । सरकार स्वास्थ्यप्रति पन्छिन मात्रै खोज्छ, सरकारी अस्पतालमा बेड पाउन नै मुस्किल छ, सर्वसाधरणहरूका लागि साधारण समयमा नै त लाइन बसी नसक्नु हुने गथ्र्यो सरकारी अस्पताल झन् यस्तो जटिल समयमा त सर्वसाधारणहरूको बेड पाउने त कुरै छाडौँ कुरासम्म नि सुन्दैनन्, कि त ठूला सरकारी हाकिमका आफन्त हुनु प¥यो कि त नेताका आफन्त हुनु पर्छ । हाम्रो देशको सरकारी अस्पतालमा उपचार पाउन नत्र यति गा¥हो छ नि भनेर साध्यै छैन यस्तो समस्या भएको बेला सरकारको के काम खै सरकारी तवरबाट किन अनुगमन गरिँदैन त ? अनुगमन त गरेको भनेर पेस गर्ने अनि जनताहरूले कहाँ सहज रूपमा उपचार गर्ने सके त सरकार अनुगनमलाई प्रभावकारी बनाउनका लागि सकरकारको नै गैरजिम्मेवारी कार्यले हो सरकारी हरेक स्थानमा व्यवस्थापन कमजोर नै भएको हुन्छ यो सम्पूर्ण सर्वसाधरणले भोगेको कुरा हो । निजी अस्पतालहरूमा स्वास्थ्यको हिसाबले व्यवस्थापन त राम्रो हुन्छ तर के गर्ने सर्वसाधरणको आम्दानीले उपचार गर्न नै नसक्ने पैसा असुल्ने गरेका छन् । जताबाट पनि सर्वसाधरणलाई नै मार पर्न गएको छ, निजी क्षेत्रका अस्पतालमा मनपरी पैसा लिने कामलाई सरकारी क्षेत्रका नै दलाली पुँजीपति वर्गहरूको नै मिलेमतोमा कमिसनको रोगले ग्रस्त हाम्रो देशमा स्वास्थ्य क्षेत्र झन् महामारीको स्थितिमा चुर्चुम्म डुबेको छ । अब हुन त सरकारले जोगाउने सत्ता मात्रै रहेछ भनेर र विगत र वर्तमानको सरकारको क्रियाकलापबाट जनताहरूले बुझिसकेका छन् । त्यसैले सरकारले वर्तमान स्थितिमा अर्थतन्त्रलाई भन्दा पनि जनस्वस्थ्यलाई विशेष ध्यान दिनुपर्छ । सर्वप्रथम जनतालाई जोगाउने काम गरिनुपर्छ अनि मात्रै आर्थिक स्थितिको र सत्ताको कल्पना गर्न सकिन्छ । स्वास्थ्यभन्दा ठूलो सत्ता हुन सक्दैन । जनता बाँचे मात्रै राजनीतिको अस्तित्व पनि रहन सक्छ । सबै मिली यो महामारीलाई परास्त गरस् सुन्दर शान्त देश निर्माण गर्न एकजुट हौँ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  ०७:२९
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP