Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • लोकतन्त्रको मूलमन्त्र
लोकतन्त्रको मूलमन्त्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, वैशाख ११, २०७८
Shanti Basnet
Hardik health
०६२÷६३ सालको दोस्रो ऐतिहासिक जनआन्दोलनको फल हो लोकतन्त्र दिवश । लोकतन्त्र प्राप्तिका लागि भएको सबै जनआन्दोलन, जनयुद्ध र अन्य सबै आन्दोलनमा प्राण त्यागेका ज्ञात–अज्ञात सपूतहरूलाई हार्दिक श्रद्धासुमन । यदि देश बन्छ भने ज्यानको बाजी नै दिन तयार भएका वीर गोर्खालीका ती सहिदहरूको बलिदानले आजसम्म यो धर्ती संचित भएको छ । हरेक कालखण्डमा वा राजनीतिक परिवर्तनका खाका कोर्ने भनेको नै सहिदहरू हुन्, उनीहरूको निःस्वार्थ भावले नै हाम्रो नेपालीको शिर उच्च रहेको छ । नेपाल र नेपालीबीच सधैँ यस्तै उत्तम कार्यका कारण पनि विश्वसामू नेपालको नाम अग्रस्थानमा रहेको छ । ०६२÷६३ को जनआन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोडका रूपमा लिइन्छ । यही लोकतान्त्रिक देश भएपछि नै नेपालीहरूको प्रतिक्षाको घडी अन्त्य गर्न ३ असोज ०७२ मा नेपालको संविधान, ०७२ जारी भयो । यो ऐतिहासिक दिन लोकतन्त्रका नाममा नेपाली सतूतहरूले गरेको ज्यान उत्सर्गको परिणाम हो । संविधानको जन्म भएको दिन हरेकको घरघरमा दीपज्वलन गरिएको थियो । नेपाल र नेपाली जनताहरूले लोकतन्त्रपश्चात पाएको संविधानको पुस्तकले न्याय त पाएको छैन एउटा पुस्तकालयमा सजाउनका लागि मात्रै सीमित भएको भान हुने गर्छन । ‘सानालाई ऐन ठूलालाई चैन’ नै भइरहेको छ र त अझैँ पनि लोकतन्त्र आएको छैन जस्तो लागेको छ । हुनत् ०७४ सालमा नेपाली जनताहरूको संविधानमा टेकेर तीन चरणका निर्वाचन गरेर स्थानीय, प्रादेशिक र संघीय सरकारका लागि नेतृत्व चयन गरेका छन् । नेपाली जनताहरूले नेकपालाई ५ वर्षका लागि भनेर बहुमतको सरकारमा पु¥याएको छ । तर, जति नेपाली जनताहरूले आसा र भरोसाका साथ विश्वासको मत लगाएका थिए, आज आएर राजनीतिक स्वार्थका कारण आफू–आफू बीचको द्वन्द्वका कारण जनताहरूमा निराश बनेका छन् । जनताको दैनिकीमा खास केही पनि परिवर्तन आउन सकेको छैन । जीवनस्तर जस्ताको तस्तै छ । आजका मितिमा लोकतान्त्रिक नेपालमा नेपालको दोस्रो राष्ट्रपति नेपालकी छोरी महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी पदासिन हुनुहुन्छ । तर, महिला राष्ट्रपति भएको देशमा महिलाहरूमाथि दिनदिनै बलात्कार, हत्या हिंसाजस्ता जघन्य अपराधहरू दिनप्रतिदिन बढिरहेका छन् । अहिलेसम्म पनि निर्मला पन्तजस्ता कैयौँ बालवालिकाहरूका आफन्तले न्यायालयको ढोकामा न्यायको भिख मागिरहनु परेको छ । राज्य पक्षबाट हरेक यस्ता घटनाहरूलाई सामान्य रूपमा लिइएको छ । यहाँ लोकतन्त्रका निम्ति धैरैले आङ्खनो ज्यान, परिवार, घरबार त्यागेर ल्याएको सत्यता छ । तर, आज आएर हाम्रो देशमा सत्यतालाई बिर्सिएर झुटको खेतीतिर लागि रहेका छन् । परिवर्तनको ठूलो खम्बा भनेको राजनीति हो तर, अहिले त्यही राजनीतिले बाटो फेरेको छ । यानकी यहाँ राम्रो काम गर्नेलाई दण्ड र गतल कार्य गर्नेलाई पुरस्कृत गर्ने राजनीतिमा विचौलियाको बिगबिगी बढेको छ । गरिब झनै गरिब भइरहेको छन्, भने धनी झन्–झन् धनी नै बनिरहेका छन् । लोकतन्त्र र संविधानका पानाहरू पल्टाउन छोडिसके । नियम भन्दा नेताको गोजीबाट निकालेर मान्छेअनुसार व्यवहार र कानुन लागू गरेको पाइन्छ । यहाँ लोकतन्त्रमा कानुन आफैँ राजनीतिक दलहरूबाट पटक–पटक बलात्कृत भएको छ । किनभने नेताअनुसारको कानुनीरूपमा पनि फेरबदल गरिएको पाइन्छ । पटक–पटक संविधान संशोधन गर्ने हो भने किन जनतालाई झुक्याएर संविधान जारी गरिएको त ? अनि सोझा सीधा जनतालाई अन्याय पर्दा किन ती संविधानका ठेलीहरू पल्टाइँदैनन् ? यो प्रश्न नेपाल सरकारका उच्च पदमा आसिन न्यायलयका पण्डितहरूलाई पनि हो । राजनीति मात्रै हैन प्रशासनिक तवरबाट पनि लोकतन्त्रको प्रमुख मूल्य र मान्यतालाई जोगाइ राख्न सक्नुपर्ने कर्तव्य हो, नत्र राज्यको ढुकुटी रित्याउन मात्रै त्यो पद होइन महोदय । एउटा नेता कुनै मन्त्रालयमा मन्त्री भएर आउँदा जति चाकरी गर्छौ नि, त्यो चाकरी गर्न नेपाल सरकारले भर्ती गरेर राखेको होइन । जनताको पक्षमा काम गर्नलाई राखेको हो । अबका दिनहरूमा लोकतन्त्रका पक्षधरहरूले यस्ता अनावश्यक चाकरी प्रथामा लागेका केही थान व्यक्तिहरूलाई पनि राज्यको तवरबाट मूल्यांकन गरी दण्डको व्यवस्था हुनु पर्छ, अनिमात्रै सहिदको सपनाहरू साकार हुनेछ । लोकतन्त्र के का लागि थियो ? त्यसमा ध्यान दियौँ भने मात्रै लोकतन्त्रको पर्यावाची बन्न सकिन्छ । लोकतन्त्र आएको धेरै वर्ष भइसक्यो तर, जनताको जनजीवन त उस्तै छ त अनि लोकतन्त्रको जीत कसरी भयो त देशमा । सधैँ भ्रष्टचारीहरू नै उच्च तहमा पुग्नु नै लोकतन्त्रको जीत हो त । खैत अझँै पनि कैयौँ बालवालिकाहरू स्कुल जानबाट बञ्चित छन्, प्रत्येक दिन वैदेशिक रोजगारका लागि युवायुवतीहरू विभिन्न देशहरूमा बेचबिखन भइरहेका छन् । गाँस, बास र कपासको राम्रो व्यवस्था नै छैन । यस्ता समस्याहरू त अनगिन्ती रूपमा रहेका छन्, अझैँ पनि राज्यको निकायबाट पाउनु पर्ने सेवा सुविधाहरू जनताले पाएका नै छैनन् । वास्तवमा भन्नुपर्दा राजतन्त्रमा भन्दा धेरै लोकतन्त्रमा जनताहरू मारमा परिरहेका छन् । लोकतन्त्रमा न सरकारले केहि गरिदिन्छ न जनताहरू आफैँ केही गर्न सकिरहेका छन् । एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा त राज्य प्रवेश ग¥यो, तर आज देश सञ्चालन गर्ने नेताहरू ‘कुइरो भित्रको काग’ जस्तै भइरहेका छन् । जबसम्म राजनीतिक स्वार्थ भन्दामाथि उठेर देश र जनताको हितको निम्ति नेतृत्ववर्गले सोच्ने गर्दैनन् तबसम्म देश र वीर सहिदहरूको सपना साकार हुनेछैन । नत्र देशलाई सधैँभरि सहिद र तीनका परिवारको आशु लाग्नेछ । जनतालाई नेताको भाषणमा होइन, हरेक नेपालीहरूको चुलोमा वा घरघरमा लोकतन्त्र आएको आभाष दिलाउन सक्ने कार्य गरिनु पर्दछ । वर्तमान अवस्थामा कोभिड–१९ को दोस्रो लहर सुरु भइसकेको छ । सरकारले विभिन्न स्वास्थ्यका मापदण्डहरू अपनाएर मात्रै अतिआवश्यक काममा मात्रै घर बाहिर निस्किनु भनेर सूचना जारी गरेको छ । अहिले हेर्दा राज्यको कर्तव्य सूचना जारी गर्नु होजस्तो मात्र देखिएको छ । राज्यले जनहितमा सन्देश प्रवाह गर्दैगर्दा जनहितमा आधारभूत आवश्यकता पूरा गर्न पनि सक्नुपर्छ । लोकतन्त्रमा भोकभोकै मान्छे मर्ने अवस्था त आउनदिनु भएन नी ।सरकारको जस्तो जनताको ढुकुटी हुन्न, अधिकांश नेपालीहरूको अवस्था दयनीय नै छ । पहिलो चरणको कोभिड–१९ ले जनजीवन कष्टकर भएको देखिएको नै हो । त्यही आधारमा सरकारले हरेक जनताको स्वास्थ्यमा खेलवाड गर्नुहुन्न । यदि सरकारले जनताको स्वास्थ्यजस्तो विषयमा संवेदनशील भएन भने ठूलो मूल्य चुकाउनु पर्नेछ । राज्यसँग उपलव्ध स्रोत, साधनहरूलाई न्योचित वितरण गरेर जनताको हित गर्नु नै लोकतन्त्रको मूल मर्म हो । लोकतन्त्र दिवसको शुभकामना ।
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  १०:०९
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP