Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • नारी, ऊ कहिल्यै हारिनन्
नारी, ऊ कहिल्यै हारिनन्
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १९, २०७७
Shanti Basnet
Hardik health
महिला आधा आकाश हुन्, महिला यो सृष्टि चलाउने देवी हुन् । एउटी नारी आमा, छोरी ,बुहारीजस्ता अनगिन्ती शक्तिको रूपहरूमा रूपान्तरित हुन्छे । कलागला/सु–संस्कारी न्याय, मायाप्रेमकी खानी सुन्दर्ताकी धनी यस ब्रह्माण्डकी नारी अस्तित्व हुन् । नारी हामीले टेकेको धर्ती हुन् उनलाई जतिसुकै आँधीबेहरी आए पनि सधैँ आङ्खनो अस्तित्वलाई स्विकारेर बस्न सक्ने क्षमतावान् मान्न सकिन्छ हो त्यस्तै हुन् नारी पनि हरेक विघ्न बाधाहरूलाई सहन सक्छे नारी जस्तोसुकै मरुभूमिका पनि हँसाउन, रसाउन सक्छे । नारी परापूर्वक कालमा माता पार्वतीको ईच्छामा भगवान् शिवले रचना गरेको देश नेपाल हो भन्ने मान्यता रहेको छ । घर बदलियो, थर बदलियो, तर नामको पछाडि काममार्फत सर्वनाम फेर्नलाई हरेक नारीहरू तल्लिन छन् । बिहानीको झिस्मिसेदेखि साँझको त्यो गोँधुली साझसम्म पनि नारीहरूको दैनिकीले लामो सास फेर्न पालो पाएको हुन्न । तर पनि ती नारीको सूर्यमूखी फूलजस्तै अनुहारमा कान्ति र परिवारलाई शान्तिका निम्ति मुहार चम्किलो नै बनाइरहेकी हुन्छे । हरेकको मन मस्तिष्कमा बसेकी हुन्छे । त्यो नारी जुन आङ्खनो भन्दा नि परिवारको खुसीका निम्ति आफूलाई दियोझैँ बलिरहेकी हुन्छे । उ आफू निभ्ने कुरा नै बिर्सिएर आङ्खनाहरूलाई हरेक पलमा उज्यालो दिन तयार रहन्छे । त्यसैले त उ हार्दिनँ । उनी हार्नसँग डराउदिनन्, किनकि उनी आङ्खना खुसीभन्दा आङ्खनाका खुसीमा हराउँछन कि भन्ने डरमा उ सधैँ डटिरहेकी हुन्छे । हरेक कुरालाई मिलाएर अगाडि लैजाने अर्थात घर परिवार समाज र देशलाई नै अगाडि लैजाने हिम्मत राख्छे नारी । त्यसैले त नारीलाई देवीको रूप पनि मानिन्छ । नारी हुन् आफैँमा शक्ति हो, जुन शक्तिलाई चलाउन सकियो भने संसार परिवर्तन गर्न सक्ने सामथ्र्य राख्छन् । नारी त्यसैले त आँखाका ज्योती हुन् । नारी आङ्खनो चुलोचौकादेखि न्यायलयको ढोकासम्म अब्बल रहेको प्रमाणित भइसकेको छ । लक्ष्मीको धन, कालीको तागत र सरस्वतीको विद्याजस्ता धेरै नै देवीहरू छन् । देवताभन्दा कमजोर छैनन् देवीहरू पनि । आफूआफूमा धेरै नै उच्च किसिमको शक्ति भएको मानिन्छन्, नारी । मस्त्यपुराणमा दुई सय देवीहरूको सूची रहेको छ, पौराणिक कथनअनुसार पनि नारी आफैँमा शक्तिशाली मानिन्छन् । नारीलाई लक्ष्मीको स्वरूप मानिएको छ त्यो आफैँमा राम्रो पक्ष हो, हुन् पनि हो नारीले हरेक घर व्यवहारहरू सम्हालेर आङ्खनो परिवारलाई सुखी र सम्पन्न बनाएको हुन्छे । तर पनि पुरुष प्रधान देश भएकाले नारीलाई विभिन्न अवसरहरूमा सहभागी हुन दिइँदैन, आर्थिक कुरामा महिलाले होइन, पुरुषले मात्रै हैसियत राख्न सक्छन् भन्ने सोचले ग्रस्त भएकै कारण आज महिलाहरू सोचेजस्तो अगाडि बढ्न सकेका छैनन् । समाजले नारी पुरुषलाई बराबरी त भन्यो तर त्यो व्यवहारिक हुन सकेको छैन तर पनि नारीहरू आङ्खनो घर परिवार, समाज र यो देशलाई चुनौति दिँदै आङ्खनो हकहितका निम्ति अगाडि बढिरहेकाछन् । आजका दिनमा यो पुरुषको काम, यो महिलाको काम हो भन्ने सोच समाजबाट हट्दै गएको पाइन्छ । किनकि नारीले हलो जोत्ने पनि काम गर्न थालेका छन् भने उच्च तहमा पुगेर आङ्खनो हकअधिकारका कुराहरू आङ्खनै हातहरूले लेखेर आएका छन । त्यसैले त आज नारी हारिनन्, हरेक पल उ एक्लै भए पनि सकारात्मक कामका लागि सधैँ अडिग रहिरहेकी छे । अहिले आङ्खनो घरधन्दा सकेर भए पनि, दूधे बालकलाई काखमा च्यापेर भए पनि आङ्खनो काम कर्तव्यलाई सम्हालेर नारी आङ्खनो हकहितका निम्ति सभा सम्मेलनमा आङ्खनो बुलन्द आवाज गुञ्जाएर आङ्खनो अधिकारलाई स्थापित गरेकी छन् । नारी व्यवहारिक मात्रै होइन, बौद्धिकतामा पनि उत्तिकै अब्बल सावित छ । नारीहरू घरधन्दाका कामकाजी मात्रै होइनन् । अहिले समाज परिवर्तनका मेरुदण्डका रूपमा हेरिनु पर्छ । नेपालका लागि मात्रै होइन, विश्वका लागि नै यही भूमिमा जन्मेका जनकपुत्री सीतादेखि भृकुटी, योगमायाजस्ता नेपालका छोरीहरू विश्वका लागि प्रेरणादायी रहेका छन् । महिलाहरू न्यायालयमा पनि उत्ति नै शक्तिशाली छन्, जसमध्ये सुशीला कार्की २७ असार ०७३ देखि २४ जेठ ०७४ सम्म प्रधानन्यायाधीश बन्ने पहिलो महिला हुन् । त्यसैगरी, अनुराधा कोइराला हाम्रो देश संघीयतामा गएपछि ३ माघ ०७४ देखि १७ कात्तिक ०७६ सम्म प्रदेश ३ को प्रमुख बन्ने पहिलो प्रदेश प्रमुख हुन् साथै चेलिबेटी बेचलिखनविरुद्ध योगदानरत माइती नेपालकी अगुवा भएर धेरै नै बेचिएका शोषण दमनमा परेका चेलिवेटीहरूलाई उद्धार गरेबापत उनी सिएनएन हिरोका रूपमा समेत पुरस्कृत महिला हुन् । झमक घिमिरे फरक शारीरिक क्षमता भएकी लेखनशैलीको शक्तिशाली प्रतिभाकी खानी हुन्, उनले आत्माकथा जीवन काँडा की फूलमार्फत नेपाली साहित्यमा मदन पुरस्कार विजेता हुन् । उनले औपचारिक शिक्षा नपाए तापनि खुट्टाले लेखेरै नेपाली साहित्यकी चम्किलो तारा बनेकी नारी हुन् । उनको जीवन र संघर्षलाई मानव जीवनकै उदाहरणीय प्रेरणाको रूपमा लिइन्छ । पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली नारी हुन् । उनले १० बैशाख ०५० मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । सगरमाथाको शिखरबाट श्रीमान् छिरिङसँग फर्कँदै गर्दा उनको मृत्यु भएको थियो । नारीहरूले पनि यस्ता अनगिन्ति विश्व रेकर्ड नै गरेका छन् । त्यो मुख्य गरेर नारीको सहास, धैर्यता र लगनशीलताले मात्रै यस्ता कार्यहरू सम्पन्न भएका हुन् । नत्र अहिले त पुरुषप्रधानको नै हुकुम लागू भइरहेको छ तर पनि नारीलाई त्यति सहास छ आत्मविश्वास छ, जहाँ आफूले गर्ने कामप्रति मोह छ, त्यसैले नारीलाई हराउन खोजे पनि हराउन सकिँदैन । नारी बहुरूपी प्रतिभाकी खानी हुन् । त्यसैले नारीलाई सम्मान गर्न जरुरी छ । संविधानका पानामा झैँ हरेक नेपालीहरूको घरघरमा नारीहरूलाई सक्षम बनाउने र शक्तिशाली बनाउने सधैँ नै प्रेरणा जगाउनु पर्छ । हरेक नारीहरूले हरेक कुराहरूमा धेरै नै संघर्षशील जीवन बिताउनु परे पनि त्यो नारीको जीवन सुन्दर रहेको सबैले देखेको कुरा हो । सबैले त्यसलाई अनुमान गरेर मात्रै हुन्न अनुभव गर्ने गर्नुपर्छ । नारी भनेको नै पिपलको बोट हो किनकि पिपलले चाह्यो भने चट्टानलाई नै फोरेर उम्रन सक्छ । त्यसैगरी नारी पनि हरेक समस्याहरूलाई समाधान गरी आङ्खना साना साना खुसीहरूलाई बटुलेर सहासिक बनेकी हुन्छे । हरेक महिलालाई शक्तिशाली बनाउनका लागि परिवारका हरेक सदस्यहरूको सहयोगबाट मात्रै सम्भव छ त्यसैले हरेक परिवारले नारीलाई सशक्तीकरणतर्फ डोर्याउन आवश्यक छ ।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP