Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सामाजिक सद्भावका सारथी नन्दलाल
सामाजिक सद्भावका सारथी नन्दलाल
admin123
admin123 सोमबार, असार ४, २०७५
35384525_2208646679354193_6123103774601904128_n
नेपालगञ्ज/जब समाजका सबै सदस्यको हितका पक्षमा काम गरिन्छ, एकअर्कासँग आबद्धताको भाव निर्माण गरिन्छ, एक–आपसमा विश्वास प्रवद्र्धन गरिन्छ । अरुका लागि आफु उदाहरण बन्ने काम गरिन्छ । त्यहाँ सामाजिक सद्भाव कायम हुन्छ । एक अर्काको अस्तित्वको स्विकार गरेर भातृत्व, मित्रताको भाव जागृत गरेको खण्डमा त्यहाँ सद्भाव अभिृबद्धि हुन्छ । हो, यस्तै भावलाई बर्षाैं देखि जागृत गर्न अग्रसर छन्—नेपालगञ्ज उद्योग बाणिज्य सँघका अध्यक्ष नन्दलाल बैश्य । जसलाई सद्भावका सारथि भन्दा अतियोक्ति हुँदैन । नेपालगञ्ज त्रिभुवचौक पूर्बमा अवस्थित नन्कुराम होलिराम कपडा पसलका सञ्चालक बैश्य सबै धर्मावलम्बिहरुलाई २० बर्ष देखि शुभकामना आदान—प्रदान गर्न अग्रसर रहँदै आएका छन् । चाहे हिन्दुहरुको महान चाड दशैं, तिहार, होलि होस् या नयाँ बर्ष, चाहे मुस्लिमहरुको ईद, बक्र ईद, मोहम्मद डे, रमजान होस् वा ईसाईहरुको क्रिसमस, वा बौद्ध धर्मावलम्विहरुको बुद्ध जयन्ति सबै पर्व र अवसरलाई बैश्यले सबैलाई यादगार हुने काम गर्दछन् । सबै पर्ब र अवसरमा ५ देखि १५ वटा सम्म शुभकामना व्यानर बनाएर नेपालगञ्ज शहरका बिभिन्न चौकहरुमा टाँस्ने गरेका छन् । उनले पछिल्लो समय कोहलपुर र खजुरामा समेत शुभकामना व्यानर टाँस्ने गरेका छन् । जसबाट शुभकामना प्रदान गर्ने काम मात्र नभई सकारात्मक सन्देश समेत प्रवाह हुने गरेकोछ । नेपालगञ्जमा व्यानर टाँस्ने चलनको शुरुवात आफुले गरेपछि अरुले पनि शुभकामना व्यानरहरु ठाउँ—ठाउँमा राख्न थालेको उनले बताए । शुरु—शुरुमा सस्तो लोकप्रियताका लागि व्यानर टाँगेको आरोप आफुलाई लाग्थ्यो तर अहिले सबै सोही कार्य गर्न तर्फ अग्रसर हुँदा आफुलाई खुसी लाग्ने गरेको उनको भनाई छ । एउटा धर्म मान्ने व्यक्ति त्यहि धर्ममा मात्र सिमित हुँदा अर्काे धर्म मान्ने व्यक्ति साथी हुन सक्दैन, उ टाढा—टाढा हुन्छ, बैश्यले भने—जव सबैका सुख र दुःखमा साथ दिन हामी अग्रसर हुन्छौं, अनि मात्र बास्तविक मित्रता स्थापित हुन सक्दछ । जब मित्रता, भातृत्व कायम हुन्छ, सद्भाव आपसेआप भईहाल्छ, बैश्यले भने—शुभकामना आदान, प्रदान पनि सबैसँग नजिक हुने एउटा माध्यम हो । उनी पर्ब, उत्सब र अवसरहरुको शुभकामना केवल व्यानरबाट मात्र दिँदैनन्, पर्ब, उत्सब मनाउने थलो हिन्दुहरुका बिभिन्न मन्दिर, मुस्लिमहरुका बिभिन्न मस्जिद, ईसाईहरुको बिभिन्न चर्च, बौद्धहरुको बौद्ध गुम्वा, सिखहरुको गुरुद्धारामा गएर गले मिलाउँछन्, अँकमाल गर्छन्, हात मिलाउँछन् । अन्य धर्मावलम्विहरुको घरमा गएर शुभकामना साटासाट गर्छन् । यसबाट धेरै व्यक्तिहरुलाई सकारात्मक प्रभाव परेकोछ । यति मात्र सिमित छैनन् नन्दलाल, बर्षेनि बिभिन्न चाडपर्बहरुमा भण्डारा लगाउने, प्रसाद बाँड्ने, पानी, सर्बत बाँड्ने, नेपालगञ्जको हँडियाबाबामा कम्बल बितरण गर्ने कार्य समेत नियमित र निरन्तर गर्दै आएका छन् । भेट्यौं भने माया बढ्छ, माया बढ्यो भने, मित्रता हुन्छ, मित्रता भयो भने सद्भाव बढ्छ —उनले भने—मेरो हृदय देखिको ईच्छाका कारण बर्षेनि ५० हजार देखि १ लाख सम्म खर्च गरेर व्यानर टाँस्ने, भण्डारा लगाउने, प्रसाद, सर्बत, पानी बितरण गर्दै आएको छुँ । उनी अहिले नेपालगञ्ज उद्योग बाणिज्य सँघको नेतृत्वमा छन्, सँघको तर्फबाट पनि शुभकामना आदान, प्रदान गर्ने काम भईरहेकोछ भने व्यक्तिगत रुपमा नन्कुराम होलिरामबाट पनि सो कार्यले निरन्तरता पाईरहेकोछ । मुस्लिमहरुको ईद आउँदैछ, शुभकामना व्यानरका माध्यमबाट नन्दलाल नेपालगञ्ज भरि छाईसकेकाछन् । उनी भन्छन्—मुस्लिमहरुको ईदका कारण बिदेश जाने अवसर समेत मैले यस पटक छाडें । बिदेश त म पछि पनि जान सक्छु, मुख नेर आएको मुस्लिम साथीहरुको महान चाडको शुभकामना आदान, प्रदान यहि बर्ष जसरी अर्काै बर्ष गर्न सक्दैन—उनले भने—त्यसैले बिदेश गईन । उनको यो कार्यले पक्कै पनि समाजमा सकारात्मक सन्देश प्रबाह गरेकोछ, यस्तो कार्यले निरन्तरता पाओस् हार्दिक शुभकामना ।
प्रकाशित मिति: सोमबार, असार ४, २०७५  १४:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै
एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै मंगलबार, असार १७, २०८२
एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा
एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा सोमबार, असार १६, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP