Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ
  • Home
  • अर्थ
  • व्यवसायलाई चलायमान बनाउन तयारः सचिव गौतम
व्यवसायलाई चलायमान बनाउन तयारः सचिव गौतम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १८, २०७७
Byabasayee
Hardik health
काठमाडौं– वैदेशिक रोजगार चलायमान बनाउन सहयोग गर्न तयार रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव सूर्यप्रसाद गौतमले बताएका छन् । सोमबार मन्त्रालयमा बैदेशिक रोजगार व्यवसायी संघले गरेको स्वागत कार्यक्रममा सचिव गौतमले कोरोना भाइरस (कोभिड–१९) बाट थलिएको व्यवसायलाई चलायमान बनाउन गर्नुपर्ने तत्कालिन कामका विषयमा आफू व्यवसायीसँग छलफल गरेर अगाडि बढ्न तयार गरेको बताए । कार्यक्रममा सचिव गौतमले वैदेशिक रोजगार व्यवसायी र सरकारको संयुक्त प्रयासमा यो क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताएका छन् । स्वदेशमा रोजगारीको सिर्जनाको अवस्था नहुँदासम्म विदेश जाने युवाहरूका लागि सुरक्षित र भरपर्दो रूपमा बैदेशिक रोजगारमा जाने वातावरण निर्माण गर्नका लागि सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । आपूm भर्खर आएको र धेरै नीति नियमहरू रहेकाले ती नीति नियमलाई समयसापेक्ष रूपमा परिमार्जन गरेर अगाडि बढ्ने सचिव गौतमले बताएका छन् । ‘म मन्त्रालयम आएका भर्खर हो, एक सय जति निर्देशिकाहरू रहेछन्, तिनलाई समयअनुसार परिमार्जन गर्नका लागि छलफल गरेर अगाडि बढ्छु,’ सचिव गौतमले भने । जसका लागि व्यावसायीको सकारात्मक सुझाव आवश्यक रहेको उनको भनाइ थियो । सरकारले नीति नियमका आधारमा इजाजत दिएको भए पनि हेर्ने नजर फरक रहेको भन्दै त्यसलाई नै परिवर्तन गर्नु पर्ने उनको तर्क थियो । त्यस्तै, स्वागत कार्यक्रममा व्यवसायीको तर्फबाट बोल्दै वैदेशिक रोजगार व्यावसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले यो व्यवसायलाई इज्जतिलो बनाउनु पर्ने धारण व्यक्त गरेका छन् । अहिले वैदेशिक रोजगारमा लागेका व्यवासायिलाई गलत नजरले हेर्ने गरिएको भन्दै यसमा सुधार गरेर अगाडि बढ्नु पर्ने उनले बताए । साथै सरकारले भनेको १० हजार रूपैयाँमा रोजगारीमा पठाउन सम्भव नरहेको उनले दाबी गरेका छन् । एक जनालाई विदेश पठाउनका लागि कम्तीमा २७ हजार तीन सय ८० रूपैयाँ लाग्ने भन्दै सरकाले भनेको १० हजार सेवा शुल्क कार्यान्वयन गर्न नसकिएको उनले बताए । पहिले ६० हजारदेखि ८० हजार रूपैयाँसम्म लिएर रोजगारीमा पठाउँदा रसिद दिने गरिएको भए पनि अहिले १० हजार रूपैयाँमा पठाउने व्यवस्था भएपछि रसिद दिन समस्या भएको पनि उनले बताएका छन् । त्यस्तै, वार्षिक रूपमा एक सय जना कामदार पठाउनु पर्ने व्यवस्था नै अव्यवहारिक रहेको बताएका छन् । ‘आपूmहरूले दुई वर्षसम्म पनि लगातार एक सय जना कामदार पठाउन नसक्ने व्यावसायीको नवीकरण गर्ने भनेर सहमति गरिएको भए पनि नियमावलीमा हरेक वर्ष भन्ने शब्द थपेर मारमा परिएयो,’ उनले बताए । त्यस्तै, संघका अध्यक्ष विष्णु गैरेले सबै पक्षसँग छलफल नगरी कानुन बनाउँदा समस्या आएको भन्दै सचिवले त्यसमा ध्यान दिनु पर्ने धारण व्यक्त गरेका छन् । अनलाइनको व्यवस्था भए पनि त्यसमा समन्वय नहुँदा २ हजार ३ सय फाइल साउदीमा रोकिएको भन्दै यसलाई सहजीकरण गरिदिन पनि उनले सचिवसँग आग्रह गरे । अध्यक्ष गैरेले फाइल रोकिँदा विदेशबाट माग आएअनुसार श्रमिक पठाउन नसकिएको भन्दै नेपालले पाउँदै आएको कोटा गुम्ने खतरा रहेको बढेको उनले बताएका छन् । मुलुकमा रोजगारको कुनै सम्भावना नरहँदा विदेशमा पनि नेपालीको कोटा गुम्ने हो भने अवस्था भयवह हुने भन्दै उनले कोरोनाले रोकिएका श्रम गन्तव्य खुलाउने विषयमा पनि सरकारले काम गर्नु पर्ने बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP