Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ समाचार
  • Home
  • अर्थ समाचार
  • विकट गाउँमा फोर जी सेवा
विकट गाउँमा फोर जी सेवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ६, २०७७
4G-internet
Hardik health
सोलुखुम्बु–हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलुदँधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दँधकोशी गाउँपालिकाको काङ्गेलमा बिहीबार बेलुकीबाट सो सेवा सञ्चालन भएको हो । यस्तै सोलुदँधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामुको स्याङबोचेमा यसअघि नै यस किसिमको सेवा सञ्चालन भइसकेको टेलिकमले जनाएको छ । क्याम्जे, डाँडाखर्क र गुदेलमा पनि केही दिनभित्रमा सेवा सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख पन्थीको भनाइ छ । उता छिमेकी जिल्ला खोटाङमा २८ वटा फोर लेग टावरमध्ये चार वटा सञ्चालनमा आएको छ । जिल्लाको दिक्तेल, रूपाकोट र मझुवागढी नगरपालिकाअन्तर्गत देवीस्थान, दिक्तेल बजार र खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा सेवा सञ्चालन भएको छ । यस्तै केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रूपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा पुनः सञ्चालन हुने गरी काम भइरहेको बताइएको छ । यता ओखलढुङ्गा जिल्लामा पनि फोर जी सेवा सञ्चालन भएको छ । कँल २५ वटा फोर लेग टावरमध्ये छ वटाबाट फोर जी सेवा सञ्चालन भएको टेलिकम शाखा कार्यालयले जनाएको छ । सिद्धीचरण नगरपालिकाको वीरेन्द्र पार्क, तलुवा, ओखलढुङ्गा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा शुरु भएको हो । साथै अन्य टावरमा एन्टिना राख्ने कामसँगै लिङ्क मिलाउने काम भइरहेको पन्थीको भनाइ छ । हङ्कङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सिसिएसआई) ले रेडियो एक्सेस नेटवर्क (¥यान) एवं जेडटिइले सामग्री जडानको काम गरिरहेको छ । अहिले नेपालमा टेलिकमका सक्रिय फोर जी प्रयोगकर्ता ३० लाख नाघेको टेलिकमले जनाएको छ । पहिला नेट चलाउनकै लागि आधा घण्टा हिँडेर इन्टरनेट भएको स्थानमा पुग्नुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राही हर्षित भएका छन् । गाउँगाउँमा फोर जी सेवा पुनः सञ्चालन भएसँगै अग्लो डाँडा चढ्नुपर्ने, टाढाटाढा हिँडेर जानुपर्ने बाध्यता हटेको थुलुङ दँधकोशी गाउँपालिका–४ जुबुका सुजन खत्रीले बताए । घरबाहिर भएकाले बुबाआमासँग भिडियो कुराकानी गर्न पाएको भन्दै सामाजिक सञ्जालबाट खुशी व्यक्त गरेका छन् । जिल्लाको विकट गाउँ माप्यदँधकोशीमा रहनुभएका आमासँग ललितपुरबाट भिडियो कुरा गरेको भन्दै चन्द्र घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत पहलकर्ता सबैलाई धन्यवाद दिए । विगतका दिनमा मोबाइलमा नेटवर्क खोज्न हिँड्नपर्ने माप्यदँधकोशीमा फोर जी सेवा शुरु भएपछि स्थानीयवासी दङ्ग परेका छन् । यस्तै खोटाङ जस्तो विकट जिल्लामा फोर जी सेवा सञ्चालन भएसँगै घरैमा बसेर सामाजिक सञ्जालको माध्यमबाट विश्वका विभिन्न क्षेत्रलाई नजिकैबाट नियाल्न सकिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङका कविराज रिजालको भनाइ छ । केही महिना अगाडि नै ७७ ओटै जिल्लामा फोर जी विस्तार भइसकेको टेलिकमले घोषणा गरिसकेको थियो । टेलिकमको फोर जी विस्तारको कँल लागत १८ अर्ब ७१ करोड रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमको फोर जी सेवाको पहुँच हालसम्म ६१५ स्थानीय तहमा पुगेको छ भने देशैभर फोर जीको पहुँच पु¥याउने गरी २०७५ पुसमा सम्झौता भई काम अगाडि बढाएको थियो । नेपाल टेलिकमले गत पुस मसान्तसम्ममा दुई हजार ९५५ स्थानमा पाँच हजार १७६ ओटा बिटिएस टावरमार्फत फोर जी सेवा उपलब्ध गराएको छ । कोभिड–१९ का कारण काममा केही ढिलाइ भए पनि अहिले भने द्रुतगतिमा काम भइरहेको टेलिकम कार्यालयका प्रमुख पन्थीले जानकारी दिए । रासस  
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  ०६:५१
प्रतिक्रिया दिनुहोस्
थप अर्थ समाचार
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP