Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • यौन तथा प्रजनन् स्वास्थ्यमा चेतना बढ्दै
यौन तथा प्रजनन् स्वास्थ्यमा चेतना बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २१, २०७७
Roni.jpeg
Hardik health
यौन तथा प्रजनन् स्वास्थ्य संवेदनशील विषयको रूपमा रहेको पाइन्छ जुन विषयबारे चर्चा र छलफल गर्न कोही पनि रुचाउँदैनन् । समुदायको विभिन्न कडा नियम तथा कानुनका कारण आवश्यकता परेका व्यक्तिहरूले पनि यस विषयमा छलफल गर्न मान्दैनन् । त्यसैले मानिसहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य बारेमा खुला रूपमा कुरा गर्न अनुमति छैन । महिनावारी किशोरीमा हुने एक प्राकृतिक प्रक्रिया परिवर्तनमध्ये एक रूपमा लिइए तापनि यस विषयमा कुराकानी गर्न बन्देज लगाएको छ । सबै जनालाई यौन तथा प्रजनन् स्वास्थ्यबारे विभिन्न जिज्ञासा तथा प्रश्नहरू भए तापनि पनि सुरक्षित स्थान नभएकाले खुलस्त रूपमा व्यक्त गर्न वा सोध्न गाह्रो छ । विगतको समयमा पाना पल्टाउ“दै हेर्ने हो भने यौन तथा प्रजनन् स्वास्थ्य विषयमा कुराकानी तथा छलफल भएको पाइँदैन । भए पनि दबाइराख्ने प्रचलन छ । बिस्तारै बिस्तारै आजभोलि यौन तथा प्रजनन् स्वास्थ्य विषयको महत्वलाई बुझ्न र बुझाउन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूका लागिपरेका छन् भने केही तहसम्म यसको महत्वलाई पनि बुझ्न थाल्दै छन् । यौन तथा प्रजनन् स्वास्थ्य एउटा बृहत् विषय हो । यसमा थुप्रै कुराहरू समावेश हुन्छन्, जसले गर्दा महिला–पुरुष, किशोर–किशोरी, युवा–युवती सबै जनताका लागि उत्ति नै महत्वपूर्ण हुन्छन् । कतिपय समुदायहरूले सकारात्मक कदम पनि चालिसकेका छन् भने कतिपय समुदायमा अझै पनि बत्तीमुनिको उज्यालोजस्तो भएको पाइन्छ । उदाहरणका लागि हाम्रो समुदायमा पढेका बुद्धिजीवी व्यक्तिहरू पनि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी बोल्न, प्रश्न सोध्न तथा आवश्यकताअनुसार परामर्श दिनसमेत चाहँदैनन् । यसरी थुप्रै समुदायहरूमा शिक्षित वर्गहरूले समेत यस विषयलाई कुनै महत्व नदिएका कारणले गर्दा पनि समुदायका थुप्रै किशोर किशोरीहरूलाई यो विषयमा बोल्न बन्देज लगाएकोजस्तै पाइन्छ । जसले गर्दा समुदायमा थुप्रै महिला तथा किशोरीहरू आङ्खनो अधिकारबाट वञ्चित भइरहेका छन् । तर, आजभोलि हेर्ने हो भने समुदायका व्यक्तिहरूले यौन तथा प्रजनन् स्वास्थ्य हामी सबैको सरोकारको विषय हो र यसको महत्वलाई पनि बिस्तारै बिस्तारै बुझ्दै छन् । यससम्बन्धी काम गर्न थुप्रै सरकारी तथा गैरसरकारी संस्थाहरूलाई सहयोग पनि गर्दै आइरहेको पाइन्छ । यौन तथा प्रजनन् स्वास्थ्य विषयबारे जिज्ञासा तथा प्रश्नहरू भए तापनि समाजको डरले बोल्नसमेत नचाहने र स्वास्थ्य यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी विभिन्न जिज्ञासा समस्या भए तापनि समाजका डरले लाल्छना लगाउने डरले समाजका व्यक्तिहरूद्वारा बहिष्कार गर्लान् कि भन्ने डरले आफूमा भएका विभिन्न प्रश्नहरूलाई मनमा नै दबाउँदै आइरहेका थिए । तर, आजभोलि बिस्तारै यो विषय हाम्रो शरीर र स्वास्थ्यसम्बन्धी हो भनेर यसको महत्वलाई बुझ्दै आइरहेको पाइन्छ । यसबारे विभिन्न गोष्ठी छलफल तथा कार्यक्रमहरूको माध्यमबाट यो विषयमा दिन प्रतिदिन क्रियाकलापहरू बढ्दै गइरहेको पाइन्छ । सरोकारवालाहरूले पनि केही तहसम्म यसको महत्वलाई देशभर फैलाउन मद्दत गरिरहेको पाइन्छ । आजभोलि थुप्रै ठाउ“हरूमा यौन तथा प्रजनन् स्वास्थ्य हाम्रो सरोकारको विषयमध्ये एक हो भनेर आवाज पनि उठ्न थालिसकेको छ । (बियोन्ड बेइजिङ कमिटी नेपाल र राइट हियर राइट नाउको सहयोगमा)
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  ०७:१८
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP