Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • स्वच्छिक राष्ट्रिय समीक्षा २०२० का निम्ति युवाहरूको आह्वान
स्वच्छिक राष्ट्रिय समीक्षा २०२० का निम्ति युवाहरूको आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २८, २०७७
Enika article
Hardik health
राज्यको समग्र विकास तथा समृद्धिका लागि युवा पुस्ता सबैभन्दा बलियो र भरसिलो सम्वाहक हुन् । उनीहरू मुलुकको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनका परिवाहक हुन् । मुलुकको विकासमा उनीहरूको भूमिका र योगदान सबैभन्दा महत्वपूर्ण र सशक्त हुन्छ यसमा दुई मत छैन । तसर्थ युवाहरूको सहभागिताले परिवार, समाज, मुलुक हुँदै विश्व जगतमा पुर्‍याउन सक्ने सकारात्मक परिवर्तनका पक्षहरूलाई निक्र्योल गरी नेपालका सातै प्रदेशका युवाहरूको सहभागितामा बियोन्ड बेइजिङ कमिटी नेपालद्वारा आयोजित राइट हियर राइट नाउ, प्लान इन्टरनेसनल नेपाल, भोलेन्ट्री सर्भिस नेपाल, राइट टु सेफ अर्बोसनलगायत संस्थाहरूको संंलग्नतामा दिगो विकास लक्ष्य २०२० अन्तर्गत लक्ष्य ४, ५ र ८ सम्बन्धी एजेन्डामा पटक–पटक भर्चुअल बैठक सम्पन्न गरेका थिए । उक्त बैठकमा सहभागी युवाहरूले दिगो विकास लक्ष्य २०२० अन्तर्गतका लक्ष्य ४, ५ र ८ मा रहेर छलफल तथा विश्लेषण गरी अत्यावश्यक सुझाब तथा सरोकारहरू उठाए र पैरवीका लागि जोडसमेत दिए । जसमध्यको म एक सक्रिय सहभागी हुँ । उक्त बैठकमा सातै प्रदेशका विभिन्न कार्यक्षेत्रमा संलग्न युवायुवती, सम्बन्धित दक्ष व्यक्तित्व, विविध सामाजिक अभियानमा कार्यरत सक्रिय संस्थाहरूलगायतको सहभागितामा थियो । सम्पन्न बैठकमा सहभागी युवाहरूले सम्बन्धित लक्ष्यहरूमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत अवस्थालाई मध्यनजर गर्दै उक्त लक्ष्य हासिल गर्ने सम्बन्धमा विविध सुझाबहरू पेस गरेका थिए । प्रत्येक एजेन्डाहरू यस्ता महत्वपूर्ण थिए कि हामी सबै सहभागी युवाहरूले सदैव चनाखो, सक्षम र गतिशिल भएर सकेसम्म आवश्यक सुझाबहरू पेस गर्ने जमर्को गरेका थियौँ । उक्त भर्चुअल बैठकको क्रममा नेपालको स्वेच्छिक राष्ट्रिय समीक्षा २०२० का लागि दिगो विकास लक्ष्य ४ अन्तर्गत ‘सबैका लागि समावेशी तथा न्यायसंगत गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने र जीवन पर्यान्त सिकाइका अवसरहरू प्रवद्र्धन गर्ने,’ ‘लक्ष्य ५ अन्तर्गत लैंगिक समानता हासिल गर्ने र सबै महिला तथा बालबालिकाहरूको सशक्तीकरण गर्ने,’ र लक्ष्य ८ अन्तर्गत ‘सबैका लागि भरपर्दो, समावेशी र दिगो आर्थिक समुन्नति, पूर्ण तथा फलदायी रोजगारी एवं सम्मानजनक कामका निम्ति उपस्थिति हामी सम्पूर्ण युवाहरूको तर्फबाट मुख्य आह्वानहरू यस प्रकार थियो । बृहत यौनिक तथा प्रजनन् शिक्षालाई प्रवद्र्धन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैंगिक संवेदनशील शिक्षाको सुनिश्चितता गरियोस् – दिगो विकासको निर्धारित लक्ष्य प्राप्त गर्नका लागि स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म युवाहरूलाई योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने कार्यमा सक्रिय समानुपातिक समतामूलक सहभागिता र अर्थपूर्ण भूमिकाको सुनिश्चितता होस् । – युवाहरूको विविधता– (महिला तथा बालबालिका यौनिक तथा लैंगिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति एवं विविध कारणले सामाजिक, आर्थिक तथा राजनीति रूपमा पिछडिएका युवाहरू) लाई सम्मान गर्दै उनीहरूको क्षमतालाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संविधान, नीति नियम तथा अन्तर्राष्ट्रिय मानवअधिकारले सुनिश्चित गरेको सम्पूर्ण अधिकार सुरक्षित गरी स्वतन्तत्रापूर्वक एवं निस्फिक्री भएर प्रयोग गर्न पाउने वातावरणको सुनिश्तिता गरियोस् । – गुणस्तरीय शिक्षाको पहुँचबाहिर रहेका महिला तथा बालबालिका, अपांगता भएका, लैंगिक तथा अल्पसंख्यक समुदाय, आर्थिक रूपमा विपन्नता, साथै भैगोलिक रूपमा पिछडिएका व्यक्तिहरूका लागि समावेशी तथा न्ययसंगत अवसर तथा वातावरणको सिर्जना गरियोस् । – महिला तथा बालबालिका, अपंगता भएका व्यक्तिहरू साथै लैंगिक तथा अल्पसंख्यकलाई स्वास्थ्य तथा सरसफाइमा सकेसम्म निःशुल्क, सहज रूपमा उपभोग गर्ने अवसरहरूको प्रत्याभूत गरियोस् । – समाजमा स्थापित कुरितीहरू (बालबिबाह, न÷देखिने भेद्भाव, विविधकारणले पढाइ छाड्नु परेका बालबालिका) को मारमा परेका बालबालिका सबैलाई गुणस्तरीय शिक्षा उपभोग हुने गरी राज्यले नीतिगत व्यवस्था तय गरी संरक्षण र प्रवद्र्धन गरियोस् । – बृहत यौनिक तथा प्रजनन् शिक्षालाई प्रवद्र्धन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैंगिक संवेदनशील शिक्षाको सुनिश्चितता गरियोस् । – लैंगिक, यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूको उचित पहिचानसहितका हक तथा अधिकारहरू स्थापित गरी उनीहरूलाई समाजमा सहज र सामान्य ढंगबाट स्थापित हुनका लागि वातावरणको सिर्जना गरियोस् । – महिलाहरूका निम्ति सुरक्षित मातृत्व, सुरक्षित गर्भपात तथा प्रजनन् स्वास्थ्यजस्ता मौलिक अधिकारलाई उपभोग गर्न सहज एवं सर्वसुलभ बनाइयोस् । – महिलाहरूका क्षमता वृद्धि तथा विकासका निम्ति बाधापूर्ण सामाजिक मूल्य, मान्यता एवं कुसंस्कारहरूलाई दुरुत्साहित गर्ने तथा नीतिगत संवैधानिक व्यवस्थामा व्यवस्था भएका असमानजनक व्यवस्थालाई संशोधन तथा खारेज गरी लैंगिक समनताको सुनिश्चित गरियोस् । – कामको उचित सम्मान, समान ज्यालादारी, एवं स्वच्छ कार्यकक्षको व्यवस्था गर्दै लैंगिक समानताको राज्यद्वारा प्रवद्र्धन एवं संरक्षण गरियोस् । – दिगो विकासको लक्ष्यलाई प्राप्त गर्न महिला तथा बालबालिका यौनिक तथा लैंगिक अल्पसंख्यक, अपांग एवं विविध कारणले सामाजिक, आर्थिक तथा राजनीति रूपमा पिछडिएका युवाहरूको क्षमतालाई विकास गर्दै राज्यद्वारा रोजगारीको अवसरहरू सिर्जना गरियोस् । – राज्यले राष्ट्रिय अर्थतन्त्रको मूल प्रवाहमा युवाहरूलाई सहभागी गराउँदै उद्यमशिलतालाई प्रवद्र्धन गरी प्राथमिकतामा राखियोस् आदि । यसरी दिगो विकास लक्ष्य २०२० एजेन्डालाई साकार पार्न लक्ष्य ४, ५ र ८ अन्तर्गत रही युवा वर्गको सहभागिता, उनीहरूको आकांक्षा, अनुभव, बहुआयमिक दृष्टिकोण र क्षमताअनुरूपको सल्लाह, सुक्षावहरू हामीले आङ्खनो क्षमताले भ्याएसम्म पेस गर्ने कोसिस ग¥यौँ । जसमा मलगायत हामी युवावर्गहरू सुरुदेखि अन्त्यसम्म एकदमै उत्साही भएर सहभागी भएका थियौँ । उत्साह अझ उत्कृष्ट, समान र सुन्दर यसकारण पनि थियो किनकि यस बैठकमा साझा युवा जमात थिए । प्रत्यक तह, तप्का र समूहका युवाहरूको सहभागिता थियो । महिला, पुरुष, जनजाति, तेस्रो लिंगी, दलित, पिछसडएका एवं सिमान्तकृत वर्गलगायत भ्यायसम्म सम्पूर्ण क्षेत्र र समूहबाट सहभागी भएका थिए । अझ भन्दा विविधताले सजिएको उत्साहजनक साझा सहभागिता थियो । जुन एकदमै महत्वपूर्ण थियो । यस्तो महत्वपूर्ण विषयमा संलग्न हुने अवसर वास्तवमै हामी सम्पूर्ण युवाहरूका लागि सुवर्ण विश्वव्यापी मौका हो । युवाहरूको आवजलाई आकार दिई सम्बन्धित निकायसम्म पुर्‍याउन भूमिका खेल्नुहुने बियोन्ड बेइजिङ कमिटीसँग सहकार्य गरेका राइट हेयर राइट नाउ, प्लान इन्टरनेसनल नेपाल, भोलेन्ट्री सर्भिस नेपाल, राइट टु सेफ अर्बोसनलगायत संस्थाहरूका पदाधिकारी र जिम्मेवार व्यक्तित्वहरूप्रति मलगायत सम्पूर्ण सहभागीहरू कृतज्ञ छौँ । आसा छ, हामी युवाको यस एकीकृत आह्वान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यवहारिक, उपयोगी र सम्मानजनक छन् र यसको उचित सम्बोधन हुनेछ ।  
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  ०४:५६
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP