Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • स्वच्छिक राष्ट्रिय समीक्षा २०२० का निम्ति युवाहरूको आह्वान
स्वच्छिक राष्ट्रिय समीक्षा २०२० का निम्ति युवाहरूको आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २८, २०७७
Enika article
Hardik health
राज्यको समग्र विकास तथा समृद्धिका लागि युवा पुस्ता सबैभन्दा बलियो र भरसिलो सम्वाहक हुन् । उनीहरू मुलुकको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनका परिवाहक हुन् । मुलुकको विकासमा उनीहरूको भूमिका र योगदान सबैभन्दा महत्वपूर्ण र सशक्त हुन्छ यसमा दुई मत छैन । तसर्थ युवाहरूको सहभागिताले परिवार, समाज, मुलुक हुँदै विश्व जगतमा पुर्‍याउन सक्ने सकारात्मक परिवर्तनका पक्षहरूलाई निक्र्योल गरी नेपालका सातै प्रदेशका युवाहरूको सहभागितामा बियोन्ड बेइजिङ कमिटी नेपालद्वारा आयोजित राइट हियर राइट नाउ, प्लान इन्टरनेसनल नेपाल, भोलेन्ट्री सर्भिस नेपाल, राइट टु सेफ अर्बोसनलगायत संस्थाहरूको संंलग्नतामा दिगो विकास लक्ष्य २०२० अन्तर्गत लक्ष्य ४, ५ र ८ सम्बन्धी एजेन्डामा पटक–पटक भर्चुअल बैठक सम्पन्न गरेका थिए । उक्त बैठकमा सहभागी युवाहरूले दिगो विकास लक्ष्य २०२० अन्तर्गतका लक्ष्य ४, ५ र ८ मा रहेर छलफल तथा विश्लेषण गरी अत्यावश्यक सुझाब तथा सरोकारहरू उठाए र पैरवीका लागि जोडसमेत दिए । जसमध्यको म एक सक्रिय सहभागी हुँ । उक्त बैठकमा सातै प्रदेशका विभिन्न कार्यक्षेत्रमा संलग्न युवायुवती, सम्बन्धित दक्ष व्यक्तित्व, विविध सामाजिक अभियानमा कार्यरत सक्रिय संस्थाहरूलगायतको सहभागितामा थियो । सम्पन्न बैठकमा सहभागी युवाहरूले सम्बन्धित लक्ष्यहरूमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत अवस्थालाई मध्यनजर गर्दै उक्त लक्ष्य हासिल गर्ने सम्बन्धमा विविध सुझाबहरू पेस गरेका थिए । प्रत्येक एजेन्डाहरू यस्ता महत्वपूर्ण थिए कि हामी सबै सहभागी युवाहरूले सदैव चनाखो, सक्षम र गतिशिल भएर सकेसम्म आवश्यक सुझाबहरू पेस गर्ने जमर्को गरेका थियौँ । उक्त भर्चुअल बैठकको क्रममा नेपालको स्वेच्छिक राष्ट्रिय समीक्षा २०२० का लागि दिगो विकास लक्ष्य ४ अन्तर्गत ‘सबैका लागि समावेशी तथा न्यायसंगत गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने र जीवन पर्यान्त सिकाइका अवसरहरू प्रवद्र्धन गर्ने,’ ‘लक्ष्य ५ अन्तर्गत लैंगिक समानता हासिल गर्ने र सबै महिला तथा बालबालिकाहरूको सशक्तीकरण गर्ने,’ र लक्ष्य ८ अन्तर्गत ‘सबैका लागि भरपर्दो, समावेशी र दिगो आर्थिक समुन्नति, पूर्ण तथा फलदायी रोजगारी एवं सम्मानजनक कामका निम्ति उपस्थिति हामी सम्पूर्ण युवाहरूको तर्फबाट मुख्य आह्वानहरू यस प्रकार थियो । बृहत यौनिक तथा प्रजनन् शिक्षालाई प्रवद्र्धन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैंगिक संवेदनशील शिक्षाको सुनिश्चितता गरियोस् – दिगो विकासको निर्धारित लक्ष्य प्राप्त गर्नका लागि स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म युवाहरूलाई योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने कार्यमा सक्रिय समानुपातिक समतामूलक सहभागिता र अर्थपूर्ण भूमिकाको सुनिश्चितता होस् । – युवाहरूको विविधता– (महिला तथा बालबालिका यौनिक तथा लैंगिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति एवं विविध कारणले सामाजिक, आर्थिक तथा राजनीति रूपमा पिछडिएका युवाहरू) लाई सम्मान गर्दै उनीहरूको क्षमतालाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संविधान, नीति नियम तथा अन्तर्राष्ट्रिय मानवअधिकारले सुनिश्चित गरेको सम्पूर्ण अधिकार सुरक्षित गरी स्वतन्तत्रापूर्वक एवं निस्फिक्री भएर प्रयोग गर्न पाउने वातावरणको सुनिश्तिता गरियोस् । – गुणस्तरीय शिक्षाको पहुँचबाहिर रहेका महिला तथा बालबालिका, अपांगता भएका, लैंगिक तथा अल्पसंख्यक समुदाय, आर्थिक रूपमा विपन्नता, साथै भैगोलिक रूपमा पिछडिएका व्यक्तिहरूका लागि समावेशी तथा न्ययसंगत अवसर तथा वातावरणको सिर्जना गरियोस् । – महिला तथा बालबालिका, अपंगता भएका व्यक्तिहरू साथै लैंगिक तथा अल्पसंख्यकलाई स्वास्थ्य तथा सरसफाइमा सकेसम्म निःशुल्क, सहज रूपमा उपभोग गर्ने अवसरहरूको प्रत्याभूत गरियोस् । – समाजमा स्थापित कुरितीहरू (बालबिबाह, न÷देखिने भेद्भाव, विविधकारणले पढाइ छाड्नु परेका बालबालिका) को मारमा परेका बालबालिका सबैलाई गुणस्तरीय शिक्षा उपभोग हुने गरी राज्यले नीतिगत व्यवस्था तय गरी संरक्षण र प्रवद्र्धन गरियोस् । – बृहत यौनिक तथा प्रजनन् शिक्षालाई प्रवद्र्धन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैंगिक संवेदनशील शिक्षाको सुनिश्चितता गरियोस् । – लैंगिक, यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूको उचित पहिचानसहितका हक तथा अधिकारहरू स्थापित गरी उनीहरूलाई समाजमा सहज र सामान्य ढंगबाट स्थापित हुनका लागि वातावरणको सिर्जना गरियोस् । – महिलाहरूका निम्ति सुरक्षित मातृत्व, सुरक्षित गर्भपात तथा प्रजनन् स्वास्थ्यजस्ता मौलिक अधिकारलाई उपभोग गर्न सहज एवं सर्वसुलभ बनाइयोस् । – महिलाहरूका क्षमता वृद्धि तथा विकासका निम्ति बाधापूर्ण सामाजिक मूल्य, मान्यता एवं कुसंस्कारहरूलाई दुरुत्साहित गर्ने तथा नीतिगत संवैधानिक व्यवस्थामा व्यवस्था भएका असमानजनक व्यवस्थालाई संशोधन तथा खारेज गरी लैंगिक समनताको सुनिश्चित गरियोस् । – कामको उचित सम्मान, समान ज्यालादारी, एवं स्वच्छ कार्यकक्षको व्यवस्था गर्दै लैंगिक समानताको राज्यद्वारा प्रवद्र्धन एवं संरक्षण गरियोस् । – दिगो विकासको लक्ष्यलाई प्राप्त गर्न महिला तथा बालबालिका यौनिक तथा लैंगिक अल्पसंख्यक, अपांग एवं विविध कारणले सामाजिक, आर्थिक तथा राजनीति रूपमा पिछडिएका युवाहरूको क्षमतालाई विकास गर्दै राज्यद्वारा रोजगारीको अवसरहरू सिर्जना गरियोस् । – राज्यले राष्ट्रिय अर्थतन्त्रको मूल प्रवाहमा युवाहरूलाई सहभागी गराउँदै उद्यमशिलतालाई प्रवद्र्धन गरी प्राथमिकतामा राखियोस् आदि । यसरी दिगो विकास लक्ष्य २०२० एजेन्डालाई साकार पार्न लक्ष्य ४, ५ र ८ अन्तर्गत रही युवा वर्गको सहभागिता, उनीहरूको आकांक्षा, अनुभव, बहुआयमिक दृष्टिकोण र क्षमताअनुरूपको सल्लाह, सुक्षावहरू हामीले आङ्खनो क्षमताले भ्याएसम्म पेस गर्ने कोसिस ग¥यौँ । जसमा मलगायत हामी युवावर्गहरू सुरुदेखि अन्त्यसम्म एकदमै उत्साही भएर सहभागी भएका थियौँ । उत्साह अझ उत्कृष्ट, समान र सुन्दर यसकारण पनि थियो किनकि यस बैठकमा साझा युवा जमात थिए । प्रत्यक तह, तप्का र समूहका युवाहरूको सहभागिता थियो । महिला, पुरुष, जनजाति, तेस्रो लिंगी, दलित, पिछसडएका एवं सिमान्तकृत वर्गलगायत भ्यायसम्म सम्पूर्ण क्षेत्र र समूहबाट सहभागी भएका थिए । अझ भन्दा विविधताले सजिएको उत्साहजनक साझा सहभागिता थियो । जुन एकदमै महत्वपूर्ण थियो । यस्तो महत्वपूर्ण विषयमा संलग्न हुने अवसर वास्तवमै हामी सम्पूर्ण युवाहरूका लागि सुवर्ण विश्वव्यापी मौका हो । युवाहरूको आवजलाई आकार दिई सम्बन्धित निकायसम्म पुर्‍याउन भूमिका खेल्नुहुने बियोन्ड बेइजिङ कमिटीसँग सहकार्य गरेका राइट हेयर राइट नाउ, प्लान इन्टरनेसनल नेपाल, भोलेन्ट्री सर्भिस नेपाल, राइट टु सेफ अर्बोसनलगायत संस्थाहरूका पदाधिकारी र जिम्मेवार व्यक्तित्वहरूप्रति मलगायत सम्पूर्ण सहभागीहरू कृतज्ञ छौँ । आसा छ, हामी युवाको यस एकीकृत आह्वान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यवहारिक, उपयोगी र सम्मानजनक छन् र यसको उचित सम्बोधन हुनेछ ।  
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  ०४:५६
प्रतिक्रिया दिनुहोस्
थप विचार
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा शुक्रबार, कात्तिक १४, २०८२
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP