Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निजगढ विमानस्थल निर्विकल्प आयोजना होः पर्यटनमन्त्री
निजगढ विमानस्थल निर्विकल्प आयोजना होः पर्यटनमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १९, २०७७
Hardik health
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले देशको राष्ट्रिय हित र विकाससँग जोडिएको राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको निर्विकल्प आयोजना भएको बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आइतबार सिंहदरबारमा भएको बैठकमा पर्यटनमन्त्री भट्टराईले वर्षौदेखि चर्चामा रहेको बहुप्रतीक्षित निजगढ विमानस्थल निर्माणका बाँकी उल्झनका विषयलाई किनारा लगाउँदै निर्माणलाई गति दिइने दृढता व्यक्त गरे । ‘नागरिक उड्डयनको हालको अवस्था र कोभिड–१९ को प्रभाव सम्बन्धमा समितिलाई जानकारी गराउँदै मन्त्री भट्टराईले निजगढ विमानस्थल राष्ट्रिय हितको बहुआयामिक विषयसँग जोडिएको संवेदनशील आयोजना भएकाले सरोकार पक्षसँगको समन्वय र सहकार्यमा आयोजनालाई गतिशील बनाइने विश्वास व्यक्त गरे । पछिल्लो पटक निजगढ विमानस्थल निर्माणका लागि लगानी बोर्डले छनोट गरेको ज्युरिच इन्टरनेशनल एयरपोर्ट अन्तिम पटकको कबोल अवधिमा पनि सम्पर्कमा नआएको भनी समाचार आइरहेका सन्दर्भमा प्रष्ट पार्दै पर्यटनमन्त्रीले ज्युरिचको विकल्पमा नयाँ प्रक्रिया अघि बढाउन सकिने धारणा राखे । उनले भने, ‘निजगढ विमानस्थल निर्विकल्प आयोजना भएकाले हामी (सरकार) यसलाई चाडो शुरुआत गरौँ भन्ने अडानमै छौँ, ठूलो लगानी जुटाउनुपर्ने भएकाले प्रयत्न जारी छ, ज्युरिचलाई अन्तिम मौका दिएका छौँ, ऊ नआए नयाँ ‘च्याप्टर’ मा जान्छौँ ।’ विमानस्थल निर्माणका लागि सार्वजनिक निजी साझेदारी वा सरकारदेखि सरकार ‘जिटुजी’ ढाँचामा र त्यो पनि नभए सरकार आफैँ लगानी गरेर भए पनि विमानस्थल निर्माण गर्ने दिशातिर छलफल अघि बढेको पर्यटनमन्त्रीले जानकारी बताए । मन्त्री भट्टराईका अनुसार निजगढ विमानस्थल निर्माणका लागि एक हजार ९०० हेक्टर क्षेत्रफलमा रुख कटानका लागि अहिले रुख गणना भइरहेको र हालसम्म ६५ हजार भइसकेको छ । विमानस्थलमा मुआब्जा वितरणलगायत काम पनि धमाधम भइरहेको छ । मन्त्री भट्टराईले महामारीकै बीच हवाई क्षेत्रमा भौतिक पूर्वाधारको काम निरन्तर भएको र हाल भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ९५ प्रतिशत भौतिक प्रगति भई केही प्राविधिक काम मात्रै बाँकी रहेकाले शीघ्र सञ्चालनयोग्य भएको उल्लेख गरे । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण पनि निर्धारित समयभित्रै सम्पन्न गर्नेगरी तीव्र गतिमा भइरहेको छ । मुलुकभर ५५ विमानस्थलमध्ये ३६ विमानस्थल कालोपत्रे भइसकेका छन् । हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएको भनी उठेका जिज्ञासामा पर्यटनमन्त्री भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को प्रावधानअनुरूप दिएको भए पनि संवेदनशील विषय भएकाले यसबारे छिट्टै उपयुक्त निर्णय लिइने जानकारी दिए । प्राधिकरणले गत भदौ २८ गते हिमालयलाई ग्राउण्ड ह्याण्डलिङ सेवाको अनुमति दिएकामा पर्यटनमन्त्री भट्टराईले यही असोज ११ गते उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । कोभिड महामारीबाट सुरक्षित रहेर अन्तरराष्ट्रिय तथा आन्तरिक उडान संख्या वृद्धि गरिएको र आन्तरिक उडान अक्टोबरका लागि साबिकको ५० प्रतिशत क्षमतामा उडान सञ्चालन गरिएको छ । बैठकमा अधिकांश सांसदले राष्ट्रिय महत्वको निजगढ विमानस्थल निर्माणमा भइरहेको विलम्बप्रति पर्यटन मन्त्रालय, प्राधिकरणलगायत निकायको ध्यानाकर्षण गराएका थिए । समितिका सदस्य माधवकुमार नेपालले देशको हितका लागि राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका सबै बाधाव्यवधानलाई किनारा लगाउँदै तदरूपताका साथ अघि बढ्न सुझाव दिए । वर्षौँदेखि चर्चामा रहेको आयोजनाको अहिलेको कार्य सुस्त गतिमा रहेको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले वनलगायत समस्यालाई उच्चतहबाटै समाधान गरेर आयोजना चाँडो अघि बढाइनुपर्नेमा जोड दिए । सांसद डा भीमबहादुर रावलले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई बेवास्ता गर्दै निजी कम्पनीले भूमिस्थ सेवा दिन लागिएको भन्ने विषय निकै संवेदनशील भएकाले निर्णयमा पुनर्विचार गर्न तथा निगम व्यवस्थापन सुधारका लागि प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी रहने व्यवस्था हटाउन माग गरे । सांसद डा दीपकप्रकाश भट्ट, मोहन बानियाँ र शेषचाँदकुमारी ताराले पर्यटन विकासका हिसाबले निजगढ विमानस्थल अपरिहार्य आयोजना भएकाले चाँडो निर्माण गरिनुपर्ने धारणा राखे । सांसद पुष्पा भुसाल, रेणुका गुरुङ, नारदमुनि राना, सुजिता शाक्यलगायतले निगमको विद्यमान दुरवस्थालाई सुधार गरी राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाइनुपर्नेमा जोड दिए । सांसद प्रेमप्रसाद तुलाचनले दुर्गम क्षेत्रको उडान सहजजीरण र निषेधित पर्यटकीय गन्तव्यमा सहजताको वातावरण सिर्जना गरिनुपर्ने बताए ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  ०६:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP