Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #जेनजी_प्रदर्शन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • औद्योगिक क्षेत्रमा भोटेताल्चा
औद्योगिक क्षेत्रमा भोटेताल्चा
admin123
admin123 बुधबार, वैशाख ५, २०७५
IMG_20180222_121008
Hardik health
     मन भण्डारी नेपालगञ्ज/नेपालगन्जको आदर्शनगरमा रहेको नेपाल औद्योगिक विकास निगमको मध्यपश्चिमाञ्चल क्षेत्रिय कार्यालय बिगत १४ बर्षदेखि बन्द अवस्थामा छ । तत्कालिन समयमा विकास बैंकहरु नभएको अवस्थामा बैंकको बिकल्पको रुपमा कार्य गर्ने गरि २०१६ सालदेखि संचालनमा रहेको नेपाल औद्योगिक विकास निगमको नेपालगन्ज स्थित कार्यालय २०६० सालदेखि बन्द भएको हो । अहिलेको जस्तो प्रसस्तै मात्रामा बैंकहरु नभएको र उद्योग धन्दा तथा ब्यवसाय संचालन गर्न खोज्नेहरुका लागि ऋण लगानी गरिदिने कुनै निकाय नभएको अवस्थामा उद्योगीहरुका लागि बैंकको रुपमा कार्य गर्न देशका पाँच वटै विकास क्षेत्रमा नेपाल सरकारको स्वामित्वमा रहने गरि औद्योगिक विकास निगमका कार्यालयहरु संचालनमा आएका थिए । २०१६ सालदेखि नेपालगन्जमा कार्यालय संचालन गरि कार्य थालनि गरेको नेपाल औद्योगिक विकास निगमको मध्यपश्चिमाञ्चल क्षेत्रिय कार्यालय सुरुमा रानितलाउमा घर भाडामा लिएर संचालन भएको थियो । २०१६ साल देखि २०४५ साल सम्म भाडामै कार्यालय संचालन गरेको सो निगमको कार्यालय २०४५ सालमा नेपालगन्ज वडा नं. १० आदर्श नगर आफ्नै भवनमा सरेको थियो । नेपाल सरकारका पूर्ब उद्योग मन्त्रि बालाराम घर्तीमगरले १५ वटा कोठा भएको कार्यालय भवन २०४५ साल असोजमा उद्घाटन गरे पछि कार्यालय आफ्नै भवनमा सरेको थियो । करिब १० कठ्ठा क्षेत्रफलमा दुईवटा भवनमा गरि १५ वटा कोठा, प्रसस्तै मात्रमा फर्निचरहरु, कम्युटर, मोटरसाइकल लगाएतका थुप्रै सम्पत्ति भएको सो कार्यालयमा सदाका लागि ताला लागेको छ । अहिले त्यहाँ न त कर्मचारी छन्, न त कुनै कारोबार हुन्छ, छ त मात्र भवन । बिभिन्न ब्यवसाय तथा उद्योग संचालन गर्नेहरुका लागि धितोमा ऋण लगानि गर्दै आएको सो कार्यालयमा २०६० सालमा तत्कालिन बिद्रोही नेकपा माओबादिले बम हानेपछि बन्द भएको थियो । माओबादिले कार्यालयमा बम हाने पछि सुरक्षाको कारण देखाउँदै कारोबार नै बन्द भएको सो कार्यालयमा काम गर्दै आएका कार्यालय सहयोगि उद्धव फुयाँलले बताए । असुरक्षाको कारण बन्द भएको सो कार्यालय नेपालमा शान्ति आइसक्दा पनि संचालनमा नआई सदाका लागि बन्द भएकोछ । मध्यपश्चिमाञ्चल क्षेत्रिय कार्यालय सदाका लागि बन्द भएपनि अरु क्षेत्रका कार्यालय भने हाल सम्म पनि संचालनमा छन् । १७,१८ जना कर्मचारी कार्यरत रहेको सो कार्यालयमा २०६० पछि एक जना कर्मचारी र दुई जना गेटपाले मात्रै रहेको बताईन्छ । माओबादीले बम हानेपछि सबै कागजात र फाइलहरु केन्द्रीय कार्यालयमा पठाइ कारोबार नै बन्द गरिएको कार्यालयका कर्मचारी उद्धव फुयाँलले बताए । २०६० सालमा माओबादिले कार्यालयमा बम हानेपछि सबै कर्मचारीहरु अरु क्षेत्रको कार्यालयमा गएको र २०६८ सालदेखि गत फागुन मसान्त सम्म आफु एक्लैले कार्यालय कुर्दै आएको उनको भनाई थियो । कुनै कामकाज नभएपनि बिहान १० देखि बेलुकि ५ बजे सम्म कार्यालय कुर्दै आएका उद्धवले चैत्र १ गतेदखि स्वेच्छिक अवकास लिएपछि कार्यालय कर्मचारी बिहिन भएकोछ । औद्योगिक प्रबद्र्धन र ब्यवसाय सुधारमा सहयोग गर्ने काम गर्दै आएको सो कार्यालयका सबै कोठामा २०६० सालदेखि ताला लागेकोछ । यति धेरै सम्पति भएको सो कार्यालयलयलाई न त पुर्नसंचालन गर्नका लागि कुनै निकायबाट प्रयास भयो न त अरु कुनै प्रयोजनका लागि सो भवनको सदुपयोग भयो । नेपाल औद्योगिक विकास निगमको धनगढी कार्यालय हेर्दै आएका शुधिर केशर लुर्इंटेलका अनुसार सबै औद्योगिक विकास निगमका कार्यालयहरुलाई राष्ट्रिय बाणिज्य बैंकमा गाभ्ने निर्णय नेपाल सरकारले गरेकोछ । नेपाल औद्योगिक बिकास निगमलाई राष्ट्रिय बाणिज्य बैंकमा गाभ्ने निर्णय भएकोछ अब छिट्टै एकिकृत कारोबार हुन्छ— नेपाल औद्योगिक विकास निगमको कार्यालय धनगढिका प्रमुख शुधिर केशर लुइटेल भने — अरु क्षेत्रको कार्यालयहरुमा नियमित रुपमा कारोबार हुंदै आएपनि नेपालगन्जको कार्यालयमा कुनै कारोबार छैन सामानहरुको रेखदेखका लागि गेटपालेको ब्यवस्था गरिएकोछ, अब भवन राष्ट्रिय बाणिज्य बैंकको निगरानिमा        रहन्छ । यति ठुलो क्षेत्रफलमा भवन निर्माण गरि सक्रिय रुपमा कारोबार गर्दै आएको औद्योगिक प्रतिष्ठान एकाएक बन्द हुंदा कार्यालयलाई संचालन गर्नका लागि कसैको ध्यान जान नसक्दा कार्यालय भित्र भएका सामान समेत जिर्ण अवस्थामा छन् । सरकारको स्वामित्वमा रहेको त्यो जग्गा र भवनको संरक्षण गरि प्रयोगमा ल्याउन सम्बन्धित निकायको ध्यान जरुरीछ ।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसद् विघटन गर्नुपर्ने  बालेनकाे माग
संसद् विघटन गर्नुपर्ने बालेनकाे माग मंगलबार, भदौ २४, २०८२
प्रदर्शनकारीहरुले रविलाई गरे थुनमुक्त
प्रदर्शनकारीहरुले रविलाई गरे थुनमुक्त मंगलबार, भदौ २४, २०८२
माओवादी पार्टी कार्यालयमा आगजनी
माओवादी पार्टी कार्यालयमा आगजनी मंगलबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने
रास्वपाका सबै सांसदले राजीनामा दिने मंगलबार, भदौ २४, २०८२
ओली–देउवाको सकियो राजनीतिक औचित्य 
ओली–देउवाको सकियो राजनीतिक औचित्य  मंगलबार, भदौ २४, २०८२
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा सोमबार, भदौ २३, २०८२
संसदीय सुनुवाइ समिति सभापतिको शपथ
संसदीय सुनुवाइ समिति सभापतिको शपथ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP