धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज पनि दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर निर्माण कार्य गर्ने भनिए पनि काम सम्पन्न हुन नसकेपछि आजका लागि पुनः समय निर्धारण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक तथा सडक प्रयोगकर्तालाई आग्रह गरेको छ । साथै, ट्राफिक नियम र सडक अनुशासन पालना गर्न पनि अनुरोध गरेको छ ।
