काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उद्घाटन गरेका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उनले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका हुन्।
एनपिएलको उद्घाटन खेल आज साँझ ५:०० बजेदेखि सुरु भएको छ।
उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको प्रतिस्पर्धा जारी छ।
प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने छ।