काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा मन्त्री खनालले उनलाई नियुक्तिका लागि बधाइ दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा दुवै पक्षले नेपाल-पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गरे।
दुवै मुलुकबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो।