काठमाडौं - हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
राति भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम किसिमको वर्षा वा हिमपातको सम्भावना रहेको छ। तसर्थ, यसबाट आवश्यक सतर्कता अपनाउन तथा सर्वसाधारण र सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।