काठमाडाैं- यातायात व्यवस्था विभागले दसैं लक्षित गरी अग्रिम बुकिङ खुला भएसँगै सार्वजनिक यातायातको भाडा दर सार्वजनिक गरेको छ । विभागले नयाँ भाडादर आज सार्वजनिक गरेको हो ।
यसअघि १८ असार २०८३ मा भाडा समायोजन गरिएको थियो । विभागले डिजेल वा पेट्रालबाट चल्ने सवारीसाधन पछिल्लो भाडा दर सार्वजनिक गरेको छ । तर, विद्युतीय सवारीसाधन (ईभी) का हकमा भने यो सूचीभन्दा पनि अघिल्लो पटक २०८१ सालमा तोकिएको भाडा दर नै कायम छ ।सोहीकारण ईभीले डिजेल वा पेट्राल सवारीसाधन बराबर भाडा लिन पाउने छैनन् ।